Friday, September 22, 2023
Homeप्रदेशजनताकाे सेवामा जनप्रतिनिधि आफुले पाएकाे रकमबाट स्थानीयलाइ बनाइ दिए पक्की...

जनताकाे सेवामा जनप्रतिनिधि आफुले पाएकाे रकमबाट स्थानीयलाइ बनाइ दिए पक्की घर

दमक/ झापा दमक नगरपालिका वडा नं ३ का जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट स्थानीय एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन ।

वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएको ९४ बर्षिया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर  बुधबार हस्तान्तरण गरेका हुन ।

वडाध्यक्ष नबिन बरालले स्थानीयबासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरेर घर हस्तान्तरण गरे ।

बरालले पीढित लामिछानेको परिवारमा रहेका अन्य सदस्यहरु समेत शारिरिक रुपमा अशक्त रहेकाले सहाराबिहिनताको महसुस गर्न नपरोस भन्ने उद्धेश्यले नगरपालिकाको कोही एक्लो छैन भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए ।

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०÷११ धुर जमिनमा जनप्रतिनिधिहरुको ४ लाख १५ हजार रुपैयाँको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले ६५ हजार भन्दा बढी मुल्य बराबरको प्राविधिक ( मिस्त्री) खर्च उपलब्ध गराएपछि २० दिनमा नै घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए ।

घर हस्तान्तरण गर्न आयोजित सक्षिंप्त कार्यक्रममा वडाध्यक्ष बराल, नगर कार्यपालिका सदस्य खडग बहादुर धिमाल, वडा सदस्य लुइँटेल, महिला वडा सदस्य तनकुमारी दाहाल , दलित महिला सदस्य राधिका ठटाल र वडा नं ३ का वडा सचिव सन्दिप सुवेदी लगायत स्थानीयहरुको उपस्थिति थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments