बहाल कर असुली नगर्न दमक उद्योग वाणिज्य संघले बुझायाे नगरपालिकालाई ज्ञापन पत्र

0
285

दमक/दमक नगरपालिकाले घर बहाल कर समेत व्यवसायीहरुबाट असुल गरिरहेको भन्दै यहाँका उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

व्यवसायीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता तथा नविकरणका सिलसिलामा घर धनीसंग असुल गर्नुपर्ने बहाल कर समेत आफूहरुले तिर्नु परिरहेको गुनासोसहित दमक उद्योग वाणिज्य संघले सोको विरोध गरेको हो ।

सो बिषयलाई लिएर  मंगलबार संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा नगरपालिका कार्यालय पुगेको संघका पदाधिकारीहरु संलग्न टोलीले नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा कोरोना संक्रमणका कारण व्यवसायीहरु मारमा परिरहेको बेला अनावश्यक करको भार समेत थोपरिँदा निजी क्षेत्रमाथि अन्याय भएको उल्लेख गरिएको छ । संघले नगरपालिकाबाट भइरहेको त्यस्तो कार्य तत्काल बन्द गरेर करको भार घटाउन र व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न समेत ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडका, द्धितीय उपाध्यक्ष राजकुमार योङया , तृतीय उपाध्यक्ष रमा लिम्बुसहित व्यवसायी नेताहरुको समुह स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउन नगरपालिका कार्यलय पुगेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here