नेपलमा २ लाख ४ हजार ८५८ जनाले जीते कोरोना 

0
220

काठमाडौं, पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको छ ।पछिलो २४ घण्टामा १० हजार ८४३ नमुना पिसिआर परिक्षण गरिएको छ ।

हाल देशभर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here