‘मनमोहन’ को याे कस्ताे अनौठो प्रेम कथा

0
735

बैदेशिक रोजगारीका लागि युएईमा रहेका झापा दमकका मनमोहन (मोहन फुयँेल)ले मुङ्लानमै बसेर आफ्नो नयाँ साङ्गीतिक कोशेली सार्वजनिक गरेका छन् । ‘प्रेमकथा’ नाम दिईएको गीतमा उनी भन्छन्–अनौठो र अचम्म प्रेमकथा हो यो, अधुरो साईनोको पूरा व्यथा हो यो ।’ कार्टुन थीमबाट निर्माण गरिएको भिडीयोमा उनले बयस्कहरुका लागि मात्र यो सामाग्री तयार पारिएको सुचित पनि गरेका छन् । तर गीत युवा पुस्तालाई सन्देश दिने प्रकारको छ ।


गीतमा कथा
उनले आफ्नो गीत मार्फत कथा बुनेका छन् र प्रस्तुत गरेका छन् । अपरिचित युवा–युवती विच कसरी ख्याल ख्यालैमा मायाँ बस्छ र यौनप्याश मेटाउने माध्यम हुँदै त्यो सम्बन्ध कसरी अपराधमा परिणत हुन्छ भन्ने कथा गीतमा उतारिएको छ ।
सम्वन्धहरुलाई स्वार्थमा मात्र उपयोग गर्दा त्यसले कसैको जीवन वर्वाद पार्ने र कोहि जेलमा सड्नु पर्ने अवस्था पनि आउने सक्ने तर्फ उनले सजग पनि गराएका छन् ।
लकडाउनलाई उपयोग
६ वर्ष देखि बैदेशीक रोजगारीका लागि विदेशमा रहेका उनले विश्वव्यापी लकडाउनको सदुपयोग गर्दै यो गीत र ¥याप तयार पारेका हुन् । यस अघि समेत उनको विभिन्न र्याप सार्वजनिक भई सकेका छन् ।

यस अघि उनले निर्मला पन्तका बलात्कारी र हत्याराले उन्मुक्ति पाएको भन्दै दववा मुलक गीत बनाएका थिए । बिदेशमा बसे पनि आफ्नो देशमा बढेको दण्डहिनताले आफ्नोमन पनि दुखाएको उनको भनाई छ । बलात्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई पनि सरकारले सार्वजनिक गर्न नसकेकाले दवावका लागि र्याप तयार पारेको उनले बताए । ‘निर्मलालाई न्याय देउ’ बोलको गीतको भिडीयोा समेत तयार पारेर उनले सार्वजनिक गरेका हुन् । गणतन्त्रमा पनि नेपाली नागरिकले न्यायको महसुस गर्न नपाएको उनले र्यारपमा उल्लेख गरेका छन् । आफुलाई ‘मनमोहन’ नाममा सांगतिकि क्षेत्रमा स्थापित गर्ने संघर्षमा रहेका उनले युएईकै स्टुडीयोमा गीत रेकर्ड गराएको र केहि नेपालीको सहयोगमा भिडीयो तयार पारेको बताए ।
बाल्यकाल देखिको धित

झण्डै एक दशक अघि झापाकै दमकमा रहेको एक एफएममा कार्यक्रम प्रस्तोता भएर काम थालेका उनी त्यहाँ करिव साढे ३ वर्ष मात्र रहे । त्यस पछि बैदेशिक रोजगारीका लागि गए । तर सानैमा स्कुलका स्टेजहरु देखिनै आफ्नो आवाज पोख्दै आएका उनले अहिले विदेश पुगेर भए पनि सानै देखिको धित मेट्न पाएको बताएका छन् । र्याप गीतमा आफुलाई स्थापित गर्ने लक्ष्यमा रहेका उनले र्याप भजन, सवै ठिक छ, खाडी एउटा कथा लगायतका गीत र र्यापा पनि तयार पारेर भिडीयो सार्वजनिक गरेका छन् । लकडाउन हटे पछि आफ्नै देशमा आएर सांगतितिक जीवनलाई अघि बढाउने लक्ष्य रहेको उनले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here