दमकको एक घुम्ति पसलमा महिला मृत फेला

0
21747

दमक/ झापाको दमक १ हवल्दार चोक नजिकै रहेको एउटा घुम्ती पसलमा एक महिला मृत फेला परेकी छिन ।

अन्दाजी ५० बर्षकी बोलहाङदा लिम्बु आज अपरान्ह मृत भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए । पुरानै दिर्घरोगी र अधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको अचानक मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनी आफना पतिसहित केही बेर अघि सम्म संगै घुम्तीमा बस्दै आएकी तर मृत्यु हुदाको समयमा उनका पति अन्यत्रै गएको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि बुझाइएको र आवश्यक अनुसन्धान जारी रहेको डिएसपी पण्डीतले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here