बालबालिकालाई किवानीज क्लव अफ दमकको सहयोग

0
511

झापा, दमकमा रहेको किवानीज क्लब अफ दमकले किवानिज एक दिन कार्यक्रम अन्तर्गत हाम्रो बालआश्रममा रहेका बालबालिकाहरु लाई खाद्धय सामग्री हस्तान्तरण गर्दै दशै शुभकामना आदानप्रदान गरेको छ ।

हाम्राे बालआश्रमका सचिव साजन श्रेष्ठलाई किवानिज क्लवका अध्यक्ष रवि केसीले चामल भुजा,मासु,चिउरा लगायतका सामाग्री हस्तान्तरण गरेका छन् । त्यसै गरी क्लबले पाणिनि माविमा अध्ययन गर्ने एक विपन्न विध्यार्थीलाई पनि खाद्य सामाग्री हस्तान्तरण गरीएकाे छ  ।  दमक ९ निवासी   अमृता राजबंसीलाइ क्लबले  एक वर्ष देखी अभिवावकत्व ग्रहण गर्दै सहयाेग गरेकाे छ  ।  सहयोग हस्तान्तरण कार्यक्रममा बिध्यालयका प्रअ टिका भन्डारी क्लबका अध्यक्ष रवी केशी, इलेक्ट प्रेसीडेन्ट शशी राज बिस्ट लगायत बका  पदाधीकारी हरुको सहभागीता रहेको थियो ।

किवानीज क्लब अफ दमक समाजसेवा गर्ने उदेश्यले एक वर्ष अगाडी गठन भएको हो । प्रत्येक वर्ष अक्टुवर बिश्वभरीनै किवानिज वान डे कार्यक्रम अन्तर्गत बिभन्न कार्यक्रम गरी मनाइने गरीएको कुरा  क्लबका उपाध्यक्ष गोबिन्द राज कट्टलले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here