खुल्यो दमकमा पुष्प -धीरेन्द्र स्मृति प्रतिष्ठान बहु प्राविधिक शिक्षालय, बिध्यार्थी भर्ना सुरू

0
860

दमक/ दमक १ मा यसै बर्षदेखि पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले बहुप्राविधिक बिषय पठनपाठन गराउन शुरु गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी)बाट मान्यता प्राप्त सो शिक्षालयमा सिभिल इञ्जिनियरिङ र कम्प्युटर इञ्जिनियरिङका लागि ३ बर्षे कोर्षमा भर्ना खुलाइएको प्रतिष्ठानले जनाएको छ । प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र प्रतिष्ठान को साझेदारीमा संचालित सो कार्यक्रममा सरकारले तोकेका विभिन्न आरक्षण कोटाको समेत व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष  तिर्थराज बस्नेतले जानकारी दिए ।

सशस्त्र द्धन्द्धकालमा वेपत्ता पारिएको दमक १ का पुष्प बस्नेत र धिरेन्द्र बस्नेतको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले यस अघि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएकोमा यस बर्षदेखि प्राविधिक शिक्षालय समेत सञ्चालन गर्न शुरु गरिएको प्रतिष्ठानले जनाएको छ । प्राविधिक बिषयको अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हटाउने उद्धेश्यले सिटीइभिटीसंगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here