कृषि अनुदान कहाँ जान्छ, खोइ अर्ग्यानिक तरकारी ?

0
1404

दमक । झापाको दमकमा यसै साता नगरपालिकाले एउटा सर्वपक्षीय समितिको छलफल आयोजना गर्यो ।

गत शनिबार नगरपालिकाको सभाकक्षमा कोरोना सङ्क्रमण र घोषणा गरिएको लकडाउनका विषयमा छलफल गर्न बोलाइएको छलफलमा निर्वाचित जनप्रतिनिधि देखि स्थानीय राजनीतिक र सामाजिक सस्थाका प्रतिनिधि एवम भद्र भलादमीहरु सहभागी थिए । सहभागीहरुले सो विषयमा केन्द्रीत भएर आफ्ना कुराहरु राखे । सबैको ध्यान कोरोनाका कारण गर्नुपरेको लकडाउन र यसले पारेको प्रभावमा केन्द्रित भएको देखिन्थ्यो ।

यस्तै सहभागि मध्यका एक थिए राप्रपाका स्थानीय नेता राम थापा  उनले लकडाउनका समय र यो कोरोना सङ्क्रमणको विषम परिस्थितिमा स्थानीय कृषि उपज अर्ग्यानिक तरकारी उपलब्ध गराउने भुमिका कृषि सम्बन्धि सहकारी तथा राज्यबाट कृषि क्षेत्रमा अनुदान लिएका सस्थाहरुको हुनुपर्नेमा जोड दिए ।

उनले भने सरकारबाट अर्ग्यानिक उत्पादनका लागि अनुदान लिइरहेका सस्थाहरु कहाँ छन ? कहाँ कति उपलब्ध गराए ? कि त्यस्तो अनुदानको दुरुपयोग सदुपयोग के भयो ? खोइ स्थानीय सरकारले खोजी गरेको ?

दमकमा पनि लाख देखि कराेड बढी अनुदान लिने कृषि सहकारी र कृषिफर्महरू रहेका छन् । ति संस्थाले  साैलियत प्रदान गर्नु त कताहाे कता र्ग्यानिककाे नाममा  अाफु खुशि मुल्य राखेर बेच्ने गरेकाे पाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here