दमकमा थप १३ जनामा कोरोना संक्रमण

0
1556

दमक,३ भदौ / झापाको दमकमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केहिदिन अघि स्वाब संकलन गरी परिक्षणका लागी पठाईएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । जस मध्ये ३ जना शसस्त्र प्रहरी रहेका छन् भने दुईजना नेपाल टेलीकम दमकका ३७ र ४० बर्षका पुरुष कर्मचारी रहेका छन् ।

त्यसैगरी दमक ५ का होम क्वारेन्टाईनमा बसेका ३१ बर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाईनमा बसेकाहरु मा संक्रमण देखिएको बताईएको छ ।

उनिहरु दमककै बिभिन्न वडामा घर भई बिदेशबाट आएका २१ बर्ष देखी ४४ बर्ष सम्मका पुरुषहरु रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here