विविध कार्यक्रमको आयोजना गर्दै मेची सहकारी संस्थाको २४ औं बार्षिकोत्सव तथा २६ औं साधारणसभा शुरु

0
789

दमक /  झापाकाे दमकमा मुख्य कार्यलय रहेकाे मेची सहकारी संस्था आफनो बार्षिकोत्सवसहित साधारणसभा विविध कार्यक्रमको आयोजना गरि शुरु गरेको छ ।

सहकारीका बिभिन्न कार्यक्रमहरु  साउन २८ गते बुधवार देखि शुरु भएका छन् । काेराेना भाइरसकाे एकै स्थानमा साधारण सभा गर्न सम्भब नभएकाे कारण साउन २८ देखि भदाै २ गते सम्म बिभिन्न स्थानमा प्रतिबेदन सार्वजनिक  भदाै ११ गते रक्तदान, नेत्रदान र शरिर दान र भदाै १२ गते  पुरस्कार बितरण गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

२४ औं बार्षिकोत्सव तथा २६ औं साधारणसभा आगामी भदौ १२ गते  समिति, उप समिति क्षेत्रिय सम्पर्क उप समितिकाे उपस्थितिमा गर्ने  संस्थाले आज आयाेजित पत्रकार भेटघाछ कार्यक्रममा जानकारी दिएको छ । झापाको उत्कृष्ट सहकारीको दर्जामा पर्ने मेची सहकारी संस्थाले आफ्ना सदस्यका लागि  घर निर्माण (सहकारी अवास) मा समेत लगानी गर्ने योजना अघि बढाए पनि प्राबिधिक समस्याले राेकिएकाे काम यस वर्ष देखि सुरू गरीने अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।संस्थाको कार्यालयमै पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले हालसम्म गरेका बार्षिक कार्यहरुको सूची समेत सार्वजनिक गरे ।

त्यस्तै संस्थाका व्यवस्थापक खोमप्रसाद वगालेले संस्थाको आर्थिक कारोवार समेटेर आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गएको वर्ष कुल ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया खुद आय आर्जन गर्न सफल भएको जनाए  । सस्थालेकाे हाल ५ हजार ७ सय ७६ जना सदस्य रहेका छन् भने  कुल सेयर पुँजी २१ कराेड ७८ लाख ३२ हजार ५ सय रहेकाे जनाइएकाे छ । साथै सस्थाले यस वर्ष २ हजार सदस्य थप गर्ने

संस्थाले अहिलेसम्म वातावरण र पर्यावरण संरक्षणमा रवर खेती, बाल उद्यान, नौका विहार, पिकनिक स्पोट, माछापालन लगायतका काम गरिसकेको बताइएको छ । यस बाहेक यता सामाजिक लोक कल्याणकारी कार्य, समस्यामा परेका नागरिकको सहयोग लगायतका क्षेत्रमा समेत काम गरिसकेको र यस वर्ष देखि विपद वचत याेजन समेत संचालन गर्ने जानकारी दिइएको छ । कार्यक्रममा संस्थाले नाफामुखी भन्दा पनि सेवामुखी कार्यलाई जोड दिइएको बताएको छ ।

त्यस्तै सस्थाले पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको स्व.गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार यसवर्ष  गिरीराज भट्टराई पुरस्कृत गर्ने भएकाे छ । उनी संगै स्व. गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कारवाट ओमदेवी मल्ललाई तथा मेची सहकारी पुरस्कारवाट उर्लावारीका पत्रकार रुपेन्द्र शेर्मा र मेची सञ्चार गृह पुरस्कारवाट विर्तामोडको साझा मञ्च मिडीयालाई प्रदान गरिने भएको  छ ।

ती सवै पुरस्कार भदौ १२ गते हुने २४ औ बार्षिकोत्सव तथा २६ औ साधारणसभाका अवसरमा नगद,सम्मान पत्रसहित पुरस्कृत गरिने जनाईएको छ ।

 दमकमा मुख्य कार्यालाय भए पनि झापा माेरङ लाइ कार्य क्षेत्र बनाइ काम गरीरहेकाे सस्थाले बढ्दाे सदस्यहरूकाे बृद्वि भए सगै सदस्यहरूकाे मागलाइ मध्येनजर गर्दै उर्लाबारी, मधुमल्ला र कमलमा सेवा केन्द्र खाेलि सकेकाे छ भने गाैरादह, शिवसताक्षी, बिर्तामाेड र चुलाचुलीमा सेवा केन्द्र बिस्तार गर्ने याेजना रहेकाे जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here