दमकको मिसाल बजारमा खुल्यो योङफेस फेसन वेयर

0
522

दमक/ झापाको दमकस्थित मिसाल बजारमा युवा व्यवसायी तिर्थ पौडेलले आजदेखि योङफेस फेसन वेयर सञ्चालनमा ल्याएका छन् । एनआरएन चीनका सचिव समेत रहेका पौडेलले आधुनिक डिजाइनका लेडिज तथा जेन्स कपडाहरु उपलब्ध गराउने उद्धेश्यले सो फेसन वेयर सञ्चालनमा ल्याएका हुन् ।

करिब ८ बर्ष अघि चीनको गोञ्जाउ सहरमा पुगेर व्यवसायिक यात्रा शुरु गरेका पौडेलले डेढ बर्ष अघि योङ फेस फुटवेयर ( जुत्ता चप्पल) को व्यवसाय सञ्चालनमा ल्याएका थिए । पौडेलले आज शनिबारदेखि आफ्नो व्यवसायलाई विस्तार गर्दै ब्रण्डेड रेडिमेड कपडाका आइटमहरुको व्यापार ( योङफेस फेसन वेयर ) शुरु गरेका हुन् ।

सो व्यवसायको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ र दमक जेसीजका अध्यक्ष कमल कटुवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

पौडेलले सो पसलमा लेडजका लागि मङकी डेनिम र जेन्सका लागि डेनिम क्लबका पहिरन उपलब्ध गराइने जानकारी दिए । उद्घाटनका अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले कोरोना महामारीकाबीच व्यवसायिक क्षेत्रमा भइरहेको लगानीले दमक र समग्र देशकै अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा संघका प्रथम उपाध्यक्ष राजु खड्का र दमक जेसीजका अध्यक्ष कटुवालले पनि शुभकामना दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here