४ महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले

0
212

काठमाडौं । देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।

होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ ।

आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ।

कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गनुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here