म चेपाङ हुँ चेपाङ
म यो झुप्रोमा बस्न सक्दिनँ
जलाईदेऊ
म कुद्न सक्दिनँ
हात्ती लाएर लखेट
म बोल्न सक्दिन
मुखमा पट्टी बाँध
र जंगलमा लगेर कुट
यी पानी, झरी, बर्षा र बढी
मेरै लागि हुन्
यही भेलसँगै बगेर जान मन छ मलाई
म अनागरिक,
मसँग पासपोर्ट भिषा छँदै छैन्
यही नारायणीको उछालसँगै बग्छु
र ठोरी पार हुन्छु
मलाई यहाँ बस्न
एकरती मन छैन्
दिन र रात त मेरो थिएन
आगो र पानी त मेरो भयो नि
म चेपाङ हुँ चेपाङ ।
✍बुलु मुकारुङ, ११ साउन ०७७