दमकको वडा नं २, ३ र ४ मा बृहत खानेपानी योजना, ४ स्थानमा ट्याङकी बन्ने

0
370

दमक/झापाको दमकस्थित बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना भए यता गरेका कामहरुका बारेमा आज सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

दमक ३ स्थित हंसेदुम्से दुग्ध उत्पादन तथा संकलन सहकारी संस्थाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा संस्थाले आगामी दिनमा सञ्चालन गर्ने खानेपानी योजनाका बिषयमा सरोकारवालाहरुसंग सुझाव समेत लिइएको थियो । संस्थाका अध्यक्ष गेहनाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा २०७६ सालको फागुनमा गठन भएको सो संस्था र स्थानीय सरकारको पहलमा अहिले सम्म खानेपानी योजना निर्माणको डीपिआर तयार गरिएको, विभिन्न चार स्थानमा एक विगाहा ५ कठठ जग्गा प्राप्ती भएको, जग्गाको संरक्षणका लागि कम्पाउण्ड वाल (घेराबारा) लगायतका कामहरु गरिएको, २ स्थानमा हाल बोरिङ गर्ने काम शुरु गरिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक बर्ष २०७७/०७८ मा संघीय सरकारले सो योजनाका लागि ७ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो बजेटको कार्यान्वयन संघीय सरकारलेनै ठेक्का प्रकृया मार्फत गर्ने भएकाले उपभोक्ता संस्थाले आवश्यक समन्वय र निगरानी गर्नेछ । सो आयोजनाको क्षेत्र अन्तर्गत दमकको वडा नं २, ३ र ४ पर्ने जनाइएको छ । त्यहाँका आंशिक उपभोक्ताहरुमा अहिले सञ्चालित साना किसिमका खानेपानी आयोजना मार्फत खानेपानी उपभोग गरिरहेका र सो आयोजना सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा भुटानी शरणार्थीसहित कूल २८ हजार घरधुरी लाभान्वित हुने कार्यक्रममा जनाइयो । सो आयोजना सम्पन्न गर्न ५४ करोड भन्दा बढी लागत लाग्ने डीपिआरमा उल्लेख रहेको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए ।

सो अवसरमा २ का वडाध्यक्ष प्रजापति सापकोटा, ४ का वडाध्यक्ष कुमार साम्सुहाङ, स्थानीय उपभोक्ता अगुवाहरु झसराज ढकाल लगायतले आवश्यक सुझावसहित सो खानेपानी आयोजनाका सम्भावना र चुनौतीका बिषयमा धारणाहरु राखेका थिए । सहभागीहरुले सो क्षेत्रमा यस अघि सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुलाई समेत मर्ज गरेर एकीकृत खानेपानी योजना सञ्चालन गर्न सकिने सम्भावनाका बिषयमा पनि कुरा राखेका थिए । छलफलमा संस्थाकी उपाध्यक्ष लता चापागाइँ, सचिव कृष्ण लुइँटेल, स्थानीय द्रोण श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here