दमक उधाेग वाणिज्यसंघ द्वारा व्यवसायीक हितकोष मार्फत ७ लाख बितरण

0
546

दमक/  दमक उद्योग वाणिज्य संघले एक वर्षमा ७ लाख रुपैयाँ भन्दा बढि राहत रकम प्रदान गरेको छ ।

व्यवसायी तथा उनीहरुका परिवारजनको निधन हुँदा राहत रकम प्रदान गर्ने उदेश्यले स्थापित व्यवसायीक हितकोष मार्फत सो रकम प्रदान गरिएको हो । संघका अनुसार गत आर्थिक वर्षमा ७ लाख ८८ हजार ४ सय ३० रुपैयाँ प्रदान गरिएको हो । अघिल्लो आर्थिक वर्ष सोहि कोष मार्फत ११ लाख ७५ हजार एक सय ११ रुपैयाँ प्रदान गरिएको थियो ।

संघले कोष मार्फत प्रकोप तथा आगलागीबाट सदस्य परिवारमा क्षती भएका बढिमा ५० हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । यस्तै संघ तथा कोषको सदस्यको निधन भए एक लाख र सदस्य परिवारजनको निधन भएमा २५ हजार रुपैयाँ प्रदान गर्ने गरिएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here