७ कराेड ठगी गर्ने दमकका चन्दन पक्राउ

0
12232

काठमाडौं । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका अभियुक्त झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । अभियुक्त जिन्दलले २२ जना व्यक्तिहरुबाट उक्त रकम ठगी गर्नुका साथै तथा बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्‍वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको तथा झापामा जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भएको थियो । पक्राउ जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

एसएसपी थापाका अनुसार झापातिर जमिन र हार्डवयर व्यवसायीलाई उनले ठगेको खुलेकाे छ । चन्दनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी बारा पठाइएको महाशाखाले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here