अनलाईन कक्षा : आँखाको स्वास्थ्यबारे झापा मोडलले दियो प्रशिक्षण

0
435

दमक/दमकको झापा मोडल अंग्रेजी माविले विद्यार्थीहरुमा आँखाको हेरचाह र सुरक्षा सम्बन्धिको प्रशिक्षणमुलक भर्चुअल कक्षा सञ्चालन गरेको छ ।

प्रविधिको उच्च सदुपयोग गर्दै सो विद्यालयले आज आफ्ना विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आँखा सम्बन्धिका चिकित्सक डा. प्रहर क्षेत्रीबाट अनलाईन मार्फत जानकारी प्रदान गरेको हो । बिहान १० बजेदेखि ३ बजे सम्म २ समुहमा ३५० विद्यार्थी तिनका अभिभावकहरुलाई त्यस्तो प्रशिक्षण प्रदान गरिएको विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए ।

कोरोनाको संक्रमण फैलिएसंगै विद्यालय बन्द भएपछि घरैमा बसेका विद्यार्थीहरु बढी मोवाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणहरुमा लामो समय सम्म व्यस्त हुँदा आँखा सम्बन्धि विभिन्न समस्या आउने भएकाले आँखालाई सुरक्षित राख्दै कसरी अनलाईन कक्षाहरुमा सहभागी हुने ? आँखामा तत्कालै देखिन सक्ने समस्याहरु के हुन ? कसरी बच्ने भन्ने बिषयमा केन्द्रित भएर सो कक्षा सञ्चालन गरिएको प्रिन्सिपल श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here