प्रबिधिमैत्री बन्दै दमक ३, वडाका ४० स्थानमा फ्री इन्टरनेट

0
1915

दमक, ६ असार । झापाको दमक ३ मा फ्री इन्टरनेट जडान सुरु भएको छ ।

वडा भित्र ४० स्थानमा फ्री इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै सक्ने गरी काम सुरु भएको वडा सचिब सन्दिप सुबेदीले जानकारी दिए ।

वडा कार्यलयले सामाजिक कार्य अन्तर्गत ४ लाख को लागतमा पाच वर्षका लागि वल्ड लिङ्क सग सझौता गरी काम सुरु गरीएको छ । वडा वासीलाई आधुनिक प्रविधि संग जोडेर प्रबिधिमैत्री बनाउने उद्देश्यले वडामा फ्री इन्टरनेट जोडीएको वडा अध्यक्ष नबिन बरालले बताए । उनले भने हाल सम्म १५ स्थानमा जडान कार्य सकिएको र अरु स्थानमा जडान कार्य धमाधम भइरहेको र केही दिनमै सबै स्थानमा जडान गरी सकिने छ ।

त्यसो त बरालले आफ्नो चुनाबी घोषणा पत्रमा नै उक्त कुरा समाबेश गरेका थिए । धेरै जन प्रतिनिधिले चुनाव जिते पछि घोषणा पत्र बिर्सिको भएपनि बरालले भने उक्त कुरा पुरा गरेर देखाएका छन् ।

फ्री इन्टरनेट सेवा एउटा सेटमा ९० मिनेट र वल्ड लिङ्कका पुराना ग्राहाकले जति पनि चलाउन सकिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here