काेराेना त्रास, सरकार र क्वारेन्टाइनमा देखिएको लापरबाही

0
774

✍बिष्णु  चुडाल पाण्डे  –  विश्वमा विभिन्न रास्ट्रहरु जस्तै यतिबेला हाम्रो देश नेपाल पनि कोरोना महामारी Covid 19 विरुद्ध कठिन संघर्ष गरिरहेको अवस्था छ। सिङ्गो विश्व त्रसित हुँदै गर्दा हामी नेपालीहरु बन्द कोठामा जीवन गुजारा गरिरहेको बेला कोरोना महामारिबाट जोगाउन जिम्मा लिएको हाम्रो सरकार कोरोनाको नाममा दश अरब खर्च गरीएकाे भन्दै गर्दा नेपाली जनताहरु बसेको क्वारेन्टाइनको अवस्था, उनीहरुको खानपानको अवस्था र पि सि आर टेस्ट गर्न नपाउदा कसरी आम नागरिकको जीवन रक्षा होला ?

कोरोना भाइरस Covid 19 काे महामारीले देश आक्रान्त बनेकाे छ । यस्ताे महामारीको प्रभावबाट देशले कहिले मुक्ती पाउने हाे अहिलेनै भन्न सक्ने अवस्था छैन। अहिलेको वर्तमान समयमा हेर्दा संक्रमितको दर ज्यादै उच्च रहेको देखिएको छ। धेरै मानिसहरुले अकालमा ज्यान गुमाइ रहेका  छन् ।

अहिलेको यो विषम परिस्थितिमा बिगत ७ महिना अघिदेखि विश्व का बिभिन्न शक्तिशाली राष्ट्रहरू लकडाउनमा छन् भने नेपालले पनि ३ महिना अघाडिबाट लकडाउनको अवस्था भोगिरहेको छ । आम नागरिकहरुले लकडाउनको समयमा कष्टकर जीवन बिताइरहेका छन् भने अर्कोतिर शारिरिक, मानसिक तनाव, खाध्यान्नको अभाव र साहुको ऋणको बोझले हजारौं मानिसले आत्महत्या गरिरहेका छन् । मानसिक सन्तुलन गुमाउनेको संख्या पनि उतिकै बढीरहेको अवस्था छ । वास्तवमा भन्नू पर्दा झन्डै दुई तिहाई बहुमत भएको सरकारले नेतृत्व गरिरहेको संबेदनसिल अवस्थामा देशका सम्पुर्ण नागरिकले कोरोना विरुद्धको महामारी, भोकमरी, आत्महत्या मात्र नभएर सुरक्षित भनिएको क्वारेन्टाइनमै महिलाहरु बलात्कारको सिकार भैरहेको बेला एकतिर सरकारमै बसेका ब्यक्तिहरु कोरोनाको नाममा भ्रष्टाचार गर्न मस्त देखिएका छन् ।

कोरोना संक्रमण Covid 19 का कारण नागरिकले एक मुठ्ठी चिउरा पनि नपाइरहेको बेला दुईतिहाइ भनिएको सरकार करोडौंको कार्पेट ओछ्याउन ब्यस्त रहेकाे छ । हामी आम नागरिकले यहि कोरोना महामारीको सेरोफेरोमा रहेर यो कुरालाई अगाडि नल्याउने हो भने देशमा भोकमरी सृजना हुने सम्भावना नजिकै देखिएको छ। सरकार चलाउनेहरूनै यति बेला कोरोनाको निउमा कमाउने धन्दामा लागिरहेका छन् ।  तोकिएको रकम भन्दा बढी मुल्यमा स्वास्थ्य सामाग्री ल्याउने अनि कमिसन खाने कुरामा मात्र ब्यस्त देखिएको छ । Covid 19 कोरोना महामारी दिन प्रतीदिन उकालो लागिरहेको छ। यो कठिन परिस्थितिमा आम नागरिक ससक्त ढंगले उभिन जरुरी छ । अहिलेको वर्तमान अवस्थामा जति बढी लकडाउनको घोषणा भएको छ त्यति नै बढी संक्रमणको अवस्था बढीरहेको छ र संक्रमितकाे मृत्यु  भइ रहेकाे छ ।

आजकाे मिति सम्ममा नेपालमा २२ जनाले कोरोना बाट ज्यान गुमाइ सकेकाे र ८ हजार २ सय ७४ जना संक्रमित भइसकेकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ । कोहिले क्वारेन्टाइनमै उपचार र सुरक्षा नपाएर ज्यान गुमाए भने कोहिले डायलेसिस गर्दा गर्दै ज्यान गुमाए तर क्वारेन्टाइनमा देखिएको लापरबाही बारे सरकारलाई कुनै वास्ता छैन । सरकार खाली पि सि आर किट नकिनेर आर डि टी कीट मात्र किनेर जनताको आँखामा छारो हाल्ने काम गर्दैछ।

WHO को मापदण्ड अनुसार क्वारेन्टाइनको व्यवस्था राम्रो हुन सकिरहेको छैन । नेपालका क्वारेन्टाइनहरु बाख्राको खोर जतिको पनि देखिएका छैनन् , खानपिनको राम्रो किसिमको व्यवस्था छैन, साबुनपानीले हात धुनुपर्छ भनिएको छ तर क्वारेन्टाइनमा बसेको भनिएको ठाँउमा साबुनपानी को राम्रो व्यवस्था पनि छैन। व्यवस्थापनको लापरबाही र कमजोरीका कारण नेपालका क्वारेन्टाइनहरु सुरक्षित नभएर उल्टो भाइरस सार्ने ठाँउ बनेका छन् । कस्तो विडम्बना जिवित अवस्थामा उपचारका साथै बिरामीको पि सि आर टेस्ट हुन सक्दैन तर मृत्यु पछि मात्र टेस्ट गरिन्छ। यो अवस्था किन देखापरिरएको छ ? एकातिर खर्च जोगाउने नाममा क्वारेन्टाइनमा राखिएका साधारण नागरिकमा कोरोनाको लक्षण नदेखिएसम्म कुनै परिक्षण नगर्ने अर्कोतिर विशिष्ट भनाउदा ब्यक्तिहरुको भने धमाधम पि सि आर परिक्षण गरिन्छ।

विश्व स्वास्थ्य संगठनले सन्सार भर सतर्कता अपनाउन बिगुल फुकिरहेको छ। नेपालमा पनि आम नागरिकले सतर्कता अपनाउन जरुरी छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फ विभिन्न शीर्षकमा उपचार त भएका होलान् तर कोरोना रोकथाम हुन सकिरहेको छैन । चिनमा करोडौं मानिसको दुई दिन भित्रै कोरोना परिक्षण भएको थियो तर नेपालमा यस्तो प्रक्रिया सम्भव नहोला तर पनि एक घर एक परिक्षणको प्रयास गर्न जरुरी देखिन्छ । हाम्रो देशमा पि सि आर को प्रयोग कम र आर डि टि काे  बढी प्रयोग गर्ने क्वारेन्टाइनमा बस्ने नागरिकको समेत परिक्षण नगर्ने  सरकारले  कसरी उपचार गरिदेला भनेर आम नागरिकले  विश्वास गर्ने ? यहाँ प्रश्न चिन्ह उब्जिएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here