सिमानाका पुरै शिल्ड छ, सुरक्षित रहन आग्रह

0
677

झापा ।नेपालमा कोरोना संक्रमणदर बढ्न थाले संगै गौरीगञ्ज गाउँपालिकाले भारत संग जोडिएका सिमानाकामा थप कडाई गरेको छ । संक्रमणलाई लिएर गाउँपालिका संबेदनशिल रहेको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।

बजार पसल खुल्ने निश्चित समय बाहेक सिमा जोडिएका क्षेत्रहरुमा सुरक्षा पोष्टहरु राखेर आवागमनमा निगरानी गरिरहेको श्रेष्ठले बताए । भारत तर्फ रहेका नेपालीहरु लाई सुरक्षित रुपमा ल्याउनका लागि तयारी भईरहेको उनको भनाई छ । उनीहरुलाई नेपाल भित्र्याउँदा गर्नुपर्ने ब्यवस्थापनका निकै चुनौतीपुर्ण रहेको समेत उनले बताए । त्यसका लागि प्रदेश सरकार संगको समन्वयमा क्वारेन्टाईन निर्माण संगै उनीहरुको परिक्षण गर्ने बिषयमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा छलफल गरीएको श्रेष्ठले बताए ।

गौरीगञ्ज गाउँपालिका भारत संग जोडिएको हुँदा सबै सचेत र सजग रहन जरुरी रहेको समेत उनले बताए । त्यस्तै उहाले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुको ब्यवस्थापन पनि महत्वपुर्ण बिषय रहेको बताए । बर्खा लाग्ने समय भएकोले उनीहरुको बसोबासका लागि आवश्यक कदम चाल्न अनिबार्य रहेको श्रेष्ठको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here