वास्ता छैन जनताको बस ! पराइको नजरमा चर्चित देखिन्छ

0
425

✍सन्जु निरौला (सेजल)
गजल
कहि रोग ले त कहि भोक ले जनता पिडित देखिन्छ
निको भइ घर फर्कने भन्दा बेसि सङ्क्रमित देखिन्छ

हेर्नुश जीवनस्तर निरन्तर गुज्रिरहेको देख्दा पनि
वास्ता छैन जनताको बस! पराइको नजरमा चर्चित देखिन्छ

भयभीत छ जताततै साँध सर्दा धरी मौन छ सरकार
लाग्छ पक्कै उँ भित्रभित्रै देश बेची समर्पित देखिन्छ

सरकारको बेवास्ता अनि लापरबाहीले गर्दा खेरी
अरु देशको तुलनामा मेरो देश घृणित देखिन्छ

हड्डीमा कुकुर पल्काइ चोरले घरको सर्वस्व लुटेझै
छिमेकी देश नेपाल लुट्न पाउदा प्रभावित देखिन्छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here