के परदेशि चै नेपाली हैनन् ? किन भुल्दैछ सरकारले परदेशिकाे गुन !

✍️  हाल बिश्वभरि फैलिएकाे काेराेना भाईरस (काविड-१९) ले भारत , खाडि लगायत अन्य देशमा परदेशिएका नेपालीहरु घर फर्कन पाउनु पर्ने कुरा उठाउदै गर्दा , केही अाफुलाई बिद्वान भनीदिउन जस्ताे गर्नेहरुबाट ठुलाे ठुलाे स्वरमा बिदेशिएकाहरुले राष्ट्रलाई के याेगदान दिएका छन ? देशका लागि प्रत्येक नागरीकको योगदान हुनुपर्छ । योगदान बिना सङ्कटमा मात्र देश खोज्ने ? जस्ता नितान्त ग्रैर जिम्मेवार अभिव्यक्तिहरु अाईरहेका छन । हालकाे नेपाल सरकारकाे बिदेसिएका नागरिक प्रतिकाे उदासिनता र नागरिक स्तरबाट अाईरहेका यस्ता अभिब्यक्तिहरुलाई नेपाल बाहिर रहेका हरेक नागरिकलाई कोभिड १९ संक्रमणको सम्भावित स्रोतका रुपमा हेरिएको र राज्यले उसका समस्त नेपाली नागरिकहक निलम्बन गरेको रुपमा बुझ्ने हाे परदेशिएकाहरुले !! त्यसाेभए के बिदेशमा भएका नेपालिहरु अब नेपाली रहेनन ? के उनिहरुले नेपालकालागी केही याेगदान गरेका छैनन ? नेपालमा पार्टिकाे झण्डा हल्लाएर नेताका अगाडिपछाडि गर्दै माैका मिलाएर कमिसन खान पल्केकाहरुकाे मात्र देश निर्माणमा याेगदान मानिने हाे त ? परदेशमा पिडा खेपिरहेकाहरुलाई थप पिडित र अाक्राेषित बनाउने यस्ता अभिब्यक्तिहरु केही लाेभिपापीकाे स्वाघाेषित नियम हाे भन्नेमा म स्पष्ट छु ।

तर यसले केही भ्रम अाम जनतामा अबस्य परेकाे छ । त्यसलाई चिर्नकाेलागी भएपनि लाखाैं नेपालीहरु खाडी मुलुक लगायत अन्य देशहरुमा ४५ लाख (भारत बाहेक)भन्दा बढी युवा किन जानुपर्याे ? जानुपर्ने रहर बाध्यता वा अन्य केहि कारण छन भन्ने कुरा बुझ्न जरुरि छ । आफ्नो परिवार समाज र देश देखि टाढा रहेर श्रम गर्नु कुनै पनि देशका नागरिकको रहर हुन्छ जस्तो लाग्दैन नेपालमै बसेर विश्व घुम्नका लागि जान पाए किन श्रम खर्चिन जान्थे ? बिदेशिनुका धेरै कारण छन सबैभन्दा प्रख्यात र सबैले भन्ने गरेको र यथार्थ भनेकै रोजगारी हो ।

त्यसो भन्दै गर्दा नेपालमै पनि धेरैले गरेकाछन गर्नेलाई नेपालमै छ भन्ने जवाफ आउन सक्छ जुन जायज पनि हो । तर त्यसको पछाडिको यथार्थता पनि बुझ्नु जरुरि छ बिदेश गएका लाखौ युवाहरुकै श्रम पसिना र त्यागले नेपालमा व्यवसाय गरि केहि गर्न सक्ने भएका हुन भन्न कुनै अफ्ठेरो छैन । नेपालीहरु विदेश जानु भन्दा पहिलेको अवस्था र पछिको व्यवसायिक अवस्था हेर्ने हो भने आकाश पातालको फरक छ , जुन प्रत्यक्ष रुपमा बैदेशिक रोजगारले नै वाताबरण बनाइदिएको हो । साधारण भाषामा भन्नुपर्दा विदेशबाट पठाएको रेमिट्यान्स खर्चि्दिएर नेपालका व्यवसायहरु चलेका हुन । नत्र पाखो बारीमा उब्जाएका कोदो मकै खाएर जीवन धान्ने नेपाली अहिले घर जग्गा किन्ने मोटर गाडी चढेर रेष्टुरेन्टमा बसेर पिज्जा , केएफसी खाने सपिंग मल घुम्न सक्ने पक्कै थिएँनन । सर्बसाधारणकाे कुरा छाेडाै उनिहरु अाफ्नै खुन पसिनामा बाचेका हुन। अहिले त परजिबिहरु नागरिककै खुन पसिनामा उनै नागरिकै शिरमा चढेर ताण्डब गरिरहेका नेता , तिनका भराैटेहरुलाई महल बनाउने , चिल्ला गाडि चढने हैसियत कसले बनाईदियाे ? नेपालमै बसेर जग्गा, सवारीसाधन, लत्ता कपडा, खाधान्न सामग्री लगायत होटल रेष्टुरेन्टहरु कलकारखाना उधोग धन्दा हस्पिटल बोर्डिंग स्कुल बैंक र मेनपावरहरुको व्यवसाय तिब्र रुपमा फस्टाउनु त्यहि बिदेशिएका कामदारहरुले पठाएका रेमिट्यान्सले नै हो । राज्यले अरबौ रुपैया राजस्व त्यहि ब्यापार व्यवसायबाट उठाउन सकेको हाे र आत्मनिर्भर र समृद्धीकाे फुई लगाउन पाएकाे हाे ।

नेपाल आत्मनिर्भर र समृद्ध बनाउन अाफ्नाे खुन पसिना बगाउने श्रमिक अहिलेकाे महामारिमा ठुलाे संकटमा परेका छन । याे महामारिबाट मजदुर मात्र हैन कुनैपनि कारणले नेपालबाहिर रहेका नेपाली नागरिक समस्यामा छन । भारतका मजदुरहरुकाे अाैपचारिक अांकडा नभएपनि हाम्राे सामाजिक परिवेसकाे अाधारमा उनिहरुपनि लाखाैंकाे संख्यामा छन भन्न सकिन्छ । त्यस्तै भर्खरैकाे सरकारि अांकडा अनुसार कोभिड–१९ को संकटका कारण रोजगारी गुमाएर र घर फर्किन चाहने खाडीका पाँच मुलुक बहराइन, यूएई, साउदी अरेबिया, कतार र ओमानसँगै मलेसियाका समेत ४ लाख ७ हजार नेपाली कामदार तत्काल स्वदेश फर्किन सक्ने अवस्थामा छन । फर्किन सक्नेमध्ये १ लाख २७ हजार जनालाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ । तर छिमेकि देश भारतले समेत संसारकै ठुलाे मजदुर फर्काउे अभियान सुरु गरिसकेकाे अबस्थामा , नेपालमा अांकडा खाेज्ने काम हुदैछ ।

सरकारकाे यस्ताे उदासिनताका कारण सामान्य अवस्थामा समेत ‘कास्केट’मा लाश बनेर आउने परदेशिकाे नियति थियाे नै , याे कोरोनाको महामारिले देशकाे माटाे टेक्नै नपाईने हाे कि भन्ने मनाेबैज्ञानिक तनाबमा परेका छन !!
संकटमा परेका अाफ्ना नागरिक संसारकाे कुनैपनि कुनामा भएपनि फर्काउनकालागी अन्य देशहरु लागिरहेकाे अबस्थामा पनि आफ्नै नागरिक विदेशमा अलपत्र परे पनि परुन् , मरेपनि मरुन भन्ने मान्यता राख्ने शायद नेपाल सरकार एक्लो मात्रै हो विश्वमा। संकटले गुहार मागिरहेकाहरुलाई याेगदानकाे पाठ पढाउनेहरु पनि याे समयमा सरकारकै काेटिकाहुन । तर माफ गर्नुहाेला मानववाद र संविधानले यो आततायी र उदासीन चरित्र स्वीकार्दैन। सरकारले अझै परदेशका नेपालिलाई नेपाल छिर्न नदिने निर्णय फिर्ता गरेर नेपाली फर्काएन भने ‘ओलीवाद’ को परिभाषा ,राजनीतिक सिद्धान्त र व्यवहार एउटा अत्यन्त अमानवीय पक्षका रुपमा ईतिहासमा लेखिने निश्चित छ ।

लेखक मिलन अधिकारी ,हाल युएई

फेसबूकमा कमेन्ट्स गर्नुहोस्