दमक ३ मा ३ जनामा र्यापिड टेष्टमा पोजेटिभ देखिए पछी वडामा कडाइ, शरणार्थी शिविर सिल

0
14713

दमक / दमकमा एकै परिवारका ३ जनामा एन्टि बडी पोजेटिभ देखिएको छ । एन्टिबडी पोजेटिभ भनेको ब्यक्तिको शरिरमा कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई जिवित राख्न भाईरसको सकृयता छ भन्ने भएको हो । र्यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएपनि पिसिआर गर्न बाँकी रहेकोले न अत्तालिन नगर पालिकाले आग्रह गरेको छ ।

एक महिना अघि दुबइबाट आए २८ वर्षे यूवामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि परिक्षण गरिएको थियो । सो परिक्षणमा ती यूवाका बुबा र आमामा एन्टिबडी पोजेटिभ देखिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले बताइन । तर उनकी श्रीमतीमा चाहि एन्टी बडी पोजेटिभ नदेखिएको स्वास्थ्य निरिक्षक बद्री बरालले बताए । बिहिबार दमक नगरपालिकाले जारी गरेको विञप्तीमा एक जनामा मात्र आर डि टि पोजेटिभ देखिएको भन्ने उल्लेख थियो । सो विज्ञप्ती पछि परिक्षण गरिएकोले त्यसको रिपोर्ट शुक्रबारको विज्ञप्तीमा समाबेश गर्न छुटेको नगरपालिकाले स्पस्ट पारेको छ । शुक्रबार ३ जनाकै पीसिआर रिपोर्टको नतिजा आए पछि विज्ञप्ती मार्फत सार्वजनिक गरिने नगरकी प्रवक्ता तथा उप प्रमुख गीता अधिकारीले बताईन ।

दमक ३ जनता चोक घर भएका ती परिवारको घर अहिले सिल गरिएको र आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिएका छन् । सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताए । विषेश गरि भुटानी शरणार्थी शिविर समेत यहि वडामा रहेकाले संक्रणको जोखिम झन बढ्न सक्ने भएकोले शिबिरमा आउन र जान पूर्ण रुपमा निषेध गरिएको छ । उप प्रमुख अधिकारीले वडामा थप सुरक्षा कडाई गर्न शिबिरमा रहेको शशस्त्र प्रहरीको बीट र इलाका प्रहरी कार्यालयलाई निर्देशन दिइ सकेको बताईन ।

आरडिटि मा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । दमक अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेण्ट डा.खड्ग फागो लिम्बुले शुक्रबार बिहान तीन जनाकै स्वाव परिक्षणका लागि विपि क्याम्पमा लगेका छन् ।

दमकका बिभिन्न क्वारेन्टाइनमा ४१ जना रहेका छन । जसमा अहिले सम्म कसैमा पनि आरडिटि पोजेटिभ आएको थिएन । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अबस्था सामान्य जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here