राहत बितरण कार्यमा रचनात्मक सहयोग र खबरदारी गर्न भण्डारीकाे सुझाव

0
629

झापा / नेपाली काग्रसका झापा क्षेत्र नम्बर ५ का सभापति ढुण्डिराज भण्डारीले कोरोना भाइरसको यो माहामारिको विषम परिस्थितिमा अाफ्नाे धारणा सर्वजनिक गरेका छन् ।

उनकाे भनाइ जस्ताकाे जस्तै  ” आफु पनि बचौ, अरु लाई पनि बचाऔ, सामजिक दुरि कायम गरौ ” कोरोना भाइरसको यो माहामारिको विषम परिस्थितिमा स्थानीय सरकारले ढिलै भएपनी अतिबिपन्न बर्गलाइ राहत बितरण गर्न थालेको सुनिदै छ । राहत बितरण गर्दा आग्र्ह पुर्बाग्रह नगरि अस्था र स्वार्थ को घेराभन्दा माथी उठेर लक्ष्यित बर्ग सम्म राहत पुगोस र राहत बितरण कार्यमा रचनात्मक सहयोग र खबरदारी गर्न क्षेत्रभरीका नेता तथा कार्यकर्ता हरु लाई अपिल गर्दछु । साथै बिपतको यो घडीमा राजनितिक भन्दा माथि उठेर मानवीयताको हिसाबमा सबै लाई सहयोग गरौ । साथै यस जटिल घडिमा अहोरात्र खटिएका स्वास्थ्य कर्मी र सुरक्षा निकायका र सम्बन्धित सबै मा नेपाली कांग्रेस को तर्फबाट धन्यवाद दिन चाहन्छु। मानिस को परीक्षा अप्ठ्यारो परिस्थितिमा हुने हुनाले इतिहास ले गर्ब गर्ने काम र सहयोग गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु। जय नेपाल

ढुण्डिराज भण्डारी
सभापति निर्वाचन क्षेत्र नम्बर ५ झापा

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here