दमकमा अटिजम सिकाइ केन्द्र संचालनमा

0
825

झापा, २९ फागुन /  झापाकाे दमकमा अटिजम सिकाइ केन्द्र बिहिबार बाट सन्चालमा आएकाे छ ।

दमक नगरपालिका शिक्षा समितिकाे लामाे प्रयास  र सम्पूर्ण अटिजम अभिभावकहरूकाे  साथ र सहयाेगमा अटिजम सिकाई केन्द्रकाे रूपमा  र सरस्वती माध्यमिक विध्यालयमा अटिजम कक्षा संचालन आएकाे छ ।

सिकाई केन्द्रकाे प्रदेश सभासद अर्जुन राईज्यूकाे प्रमुख आतिथ्यमा उद्घाटन भएकाे छ । कार्यक्रममा बाेल्दै सभासद राईले अभिभावक हरूलाइ परेकाे समस्या लाइ सामुहिक पहलमा सुरूभएकाे सिकाई केन्द्रलाइ प्रदेश सरकारले पनि सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गरे ।

अटिजम भएका बच्चाकाे स्वभाव सामान्य बच्चा भन्दा फरक हुने भएकाले यस सिकाई केन्द्र बाट बच्चालाइ ठुलाे अवसर मिल्न सक्ने भन्दै अभिभावक भाेला बरालले खुशी ब्यक्त गरे । हाल दमकमा तिन जना बालिका सहित दश जनालाइ अटिजम भएकाे पाइएकाे छ ।

नगरपालिकाले पाच लाख सहयाेगमा अटिजम सिकाई केन्द्र काे सुरूवात गरीएकाे छ । कार्यक्रम लाई दिगाे र निरन्तरता प्रदान गर्न सबैकाे सहयाेग र समन्वय अावश्यक रहेकाे र आगामि बजेटमा यसकार्यक्रमका लागि छुट्टै बजेट छुट्याउने उपमेयर गिता अधिकारीले बताइन्।

कार्यक्रममा अटिजम केयर नेपाल झापा जिल्ला अध्यक्ष कुमार चुडाल, दमक नगरपालिकाका मेयर राेमनाथ आेली, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल, दमक अपाङ्ग सहयाेग समिती का संयाेजक मदन बाेहाेरा लगायतले सिकाई केन्द्र नाैलाे भएकाले यसकाे चुनाैतिकाे समना गदै थप परिस्कृत गर्दै लगिने बताए ।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल अध्यक्षतामा भएकाे कार्यक्रममा, वडा नम्बर नाै का वडा अध्यक्ष राम बाहदुर धिमाल, बिध्यालयका शिक्षक, अटिजम भएका बालबालिकाका अभिभावक, स्थानिय समाजसेवी, लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम सन्चालन सबिन रिजाल र पुजा पोख्रेलले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here