दमकका दुई विद्यालयले पाए पक्की भवन, जनप्रतिनिधी भन्छन् भवन संगै चुनौती बढ्याे

0
1065

झापा, २९ फागुन / झापाको दमक–३ मा निर्मित सामुदायीक विद्यालयका दुई भवन संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय नेपालकी प्रमुख क्यारोलिन स्पोनीत वर्माले भवन हस्तान्तरण गरेकी हुन् ।
भवन हस्तान्तरण पछि ढुकुरपानी माविमा आयोजीत कार्यक्रममा उनले शरणार्थीहरुको संरक्षणका लागि नेपाल सरकारले पुर्याएकाे योगदानको प्रशंसा गरिन् ।

वडा नं. ३ का वडाध्यक्ष नवीन बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, ढुकुरपानी माविका प्रअ कृष्णप्रसाद भण्डारी लगायतले शरणार्थी बालबालिकाहरुको पठन पाठनका लागि शिक्षक दरवन्दि मुख्य चुनौती रहेको बताए ।

यस्तै बेलडाँगी शिविर सचिव कृष्ण लिंगदेनले अपांगता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरेर पठन पाठनको व्यवस्था मिलाई दिन माग गरे भने कारिटास दमकका प्रवन्धक देवेन्द्र पोखरेलले सन् २०२० बाट सवै दाताहरु बाहिरिने पूर्व घोषणा अनुसारनै विद्यालयहरुलाई भवन प्रदान गरिएको बताए ।

तर आगामी दिनमा अन्य प्रकारका सहयोगका लागि पनि कारितास प्रतिवद्ध रहेको उनको भनाई थियो । चुलाचुली आधारभूत विद्यालयले ६८ लाख ८१ हजार तथा ढुकुरपानी माविले १ करोड २४ लाख रुपैयाँ लागतमा बनेका  भवन पाएका हुन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here