दमकमा दुई दिने “Aurdino and Robotics कार्यशाला” सम्पन्न

0
597

दमक / दमक पब्लिक लाइब्रेरीको आयोजनामा दुई दिने “Aurdino तथा Robotics” कार्यशालामा  शनिबार सम्पन्न भएकाे छ ।

दमक पब्लिक लाइब्रेरीमा भएकाे   कार्यशालामा १६ जना सहभागी भएका थिए। कार्यशालामा  Aurdino मा प्रोग्राम गर्ने  गरी प्राक्टिकल गरेर साथै रोबोट बनाउन चाहिने सामाग्री र बनाउने तरिकाकाे बारेमा जानकारी गराइएकाे थियाे  ।  दुई दिने कार्यशाला कमल उप्रेती र प्रताप के. सी ले सहजीकरण गरेका थिए ।

उक्त कार्यशालाको समापन कार्यक्रम दमक पब्लिक लाइब्रेरीमा आज दमक पब्लिक लाईब्रेरी युथ टीम अध्यक्ष विनोद उप्रेतीलेको अध्यक्ष ता र वडा न ८ अध्यक्ष पशुपति गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे  । कार्यक्रममा दमक पब्लिक लाइब्रेरी अध्यक्ष भेषराज न्यौपानेले स्वागत मन्तब्य राहखेका थिए ।  त्यस्तै विशिष्ट अतिथि रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाईं र दमक ईलाका प्रसासन कार्यालय शाखा अधिकृत त्रिलोचन रिमालले कार्यक्रमका लागि शुभकामना ब्यक्त गरेका थिए ।

सम्पूर्ण प्रतिक्षार्थि तथा प्रतिक्षक लाई  प्रमुख अतिथि वडा न ८ अध्यक्ष पशुपति गौतमले समान पत्र प्रधान गरेका थिए ।  उक्त कार्यक्रमको समापनमा दमक पब्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको जन्मदिन परेकाेले   युथ टिमले ल्याएको विशेष केक काटेर समापन गरीएकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here