दमक नगरपालिकाको कुल बजेटबाट ४९ करोड कटौती, कोरोनाबाट बच्न हात धुने अभियान

0
652

दमक , २४ फागुन / झापाको दमक नगरपालिको चालु आर्थिक बर्ष २०७६–७७ को कुल बजेटबाट रु ४९ करोड २८ लाख कटौती भएको छ । शनिबार दमक नगरपालिकाबाट पारित भएको विद्ययकका बिषमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा यस्तो बताइएको हो ।

श्रोत निश्चित नभएका र संचित कोषमा दाखिला नहुने बजेटको श्रोतलाई घटाई बजेटमा सन्तुला कायम गरिएको उपमेयर गीता अधिकारीले बताइन् । यसमा आगामी आर्थीक बर्षमा मात्र सम्झौता हुने विश्व बैक परियोजनातर्फ रु २० करोड , संचित कोषमा दाखिला नभई सिधै सेवाग्राहीको खातामा निकासा हुने सामाजिक सुरक्षा भत्ताको रकम रु १५ करोड र नगरबिकास कोषबाट ऋण लिने अनुमान गरिएको रु १४ करोड २८ लाख घटाउँदा चालु आर्थिक बर्षको कुल बजेट रु १ अर्ब १६ करोड १३ लाख ३५ हजार कायम भएको हो ।

छैठौ नगरसभाले गत फागुन ५ गते पेश गरिएको बिभिन्न ७ बिधेयकहरु शुक्रबार सर्वसम्मत पारित भएको छ ।

नगरपालिकाको सभाहलमा सम्पन्न छैठौ नगरसभाको दोस्रो बैठकबाट नगरप्रहरी बिधेयक ,दमक नगर आधारभुत तथा माध्यामिक शिक्षा बिधेयक, दमक नगर पुर्वधार ब्यावस्थापन बिधेयक, प्रशासकीय कार्य्विधि नियमित गर्ने बिधेयक ,बिपद ,जोखिम न्युनिकरण तथा ब्यवस्थापन बिधेयक, संस्था दर्ता बिधेयक २०७६ पारित भएको हो ।

सभाले पाँचौ नगरसभाबाट पारित चालु आर्थिक बर्ष २०७६⁄०७७को बार्षिक बजेटलाई कुल आय ब्ययबाट संशोधन गरिएको छ भने नगरपालिकाले सम्पादन गर्नुपर्ने ७ वटा ऐनका बिधेयकहरु माथी छलफल गरि दोस्रो बैठकबाट पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेष तिम्सिनाले बताए । त्यसैगरि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलावको कामना सहित बिशेष प्रस्ताव पारित गरेको छ । नगरकार्यपालीका बैठकका निर्णयहरु नगरसभा र कार्यपालीकाद्धारा गठित बिभिन्न समितिका प्रतिबेदन र सम्झौता समेत अनुमोदन भएको छ ।

यसैबिच दमक नगरपालिकाले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सर्तक रहन आग्रह गरेको छ । फागुन २२ गते बसेको नगरकार्यपालिकाको बैठकबाट कोरोना भाईरसको सङक्रमणबाट बच्न सतर्कता अपनाउने भन्दै १५ बुदे निर्णय गरिएको हो ।

त्यस बिषयमा शनिबार विहान दमकका स्वास्थ्यकर्मीसहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग समेत छलफल गरीएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । नगरपालिकाले हात धुने अभियानलाई बिशेष जोड दिइएको छ । यस्तै भिडभाड ,महोत्सव, राजनितिक कार्यक्रम गर्न रोक लगाएको छ भने गर्नैपर्ने अवस्थामा नगरपालिकामा जानकारी गराउन आग्रह गरिएको छ ।

नेपाल सरकारको निर्णय अनुसार नै दमक नगरपालिकाले पनि १५ बुदे जरुरी सुचना सार्वजनिक गरिएको हो । नगरपालिकाले रुघाखोकी लागे मात्र मास्क प्रयोग गर्न र अन्य अवस्थामा मास्कको प्रयोग नगर्न आग्रह गरेको छ । अन्य अवस्थामा पनि मास्क लगाउनाले सामाजमा आंशका र त्रास फैलने भएकाले यस्तो आग्रह गरिएको दमक नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here