कोरोना भाइरस बाट हुनसक्ने जाेखिम न्यूनिकारणका लागि जिल्ला प्रशासन झापाले गर्याे यस्ताे निर्णय

0
581

काकरभिट्टा, २३ फागुन / जिल्ला प्रशासन कार्यालय झापाले  सुचना जारी गरी नजिकै आईरहेको होली पर्वमा समेत बिशेष सर्तक रहन प्रशासन कार्यालयले भनेको छ । प्रशासन कार्यालयको सुचनामा भनिएको छ, ‘होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्नु नगराउनु ।’

जिल्लामा धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी, महोत्सव जस्ता कार्यक्रम नगर्न र तोकिएका कार्यक्रममा समेत जिल्ला प्रशासन कार्यालय झापाले सुचना मार्फत रोक लगाएको छ ।

प्रशासन कार्यालयले बिश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै शैक्षिक संस्थाहरुमा समेत धेरै मानिस जम्मा हुने बार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न भनेको छ । नेपाल सरकारको निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालय झापाले पाँच बुदे जरुरी सुचना जारी गरी थप  १५ वटा निर्णय गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here