झापा, २३ फाल्गुन / झापाको दमकमा ८ मा शुक्रबार देखि सिहर्ष एजुकेशन कन्सलटेन्सी संचालनमा आएको छ ।
कन्सलटेन्सीको ग्लोबल म्यानेजिङ फउण्डेशनका प्रबन्ध निर्देशक नारयाण प्रसाद साप्कोटाले उद्याटन गर्नुभयो । जपान अध्यान गर्न जान चाहाने कक्षा १२ उतिर्ण बिद्यार्थीहरुलाई लक्षित गरि सम्पर्क कार्यलयको रुपमा कन्सलटेन्सी संचालनमा ल्याएको प्रबन्ध निर्देशक खेमराज शाहले बताउनुभयो । उद्याटन पश्चात प्रमुख अतिथि साप्कोटाले सहभागी बिद्यार्थीहरुलाई अध्यानका लागी जापान जाँदा अपनाउनु पर्ने आवश्यक परामर्श समेत दिनुभएको थियो ।
नेपाली बिद्यार्थीहरुको बिदेश गएर अध्यान गर्ने मोह बड्दै गएको अवस्थामा जापन उपयुक्त गन्तब्य रहेकोले कन्सल्टेन्सीले यही २५ गतेबाट जापनीज भाषा समेत अध्यापन गराउने जनाइएको छ ।