Sunday, May 28, 2023
Homeमुख्य समाचारदमक नगरपालिका छैठौ नगरसभाले पेश गरेको बिभिन्न ७ बिधेयक सर्बसम्मत पारित

दमक नगरपालिका छैठौ नगरसभाले पेश गरेको बिभिन्न ७ बिधेयक सर्बसम्मत पारित

दमक । दमक नगरपालीकाको छैठौ नगरसभाले गत ५ गते पेश गरेको बिभिन्न ७ बिधेयकहरु शुक्रबार बसेको दोस्रो बैठकबाट सर्बसम्मत पारित भएको छ ।

नगरपालीकाको सभाहलमा सम्पन्न छैठौ नगरसभाको दोस्रो बैठक बाट सर्बसम्मत परित भएको हो । सो अवसरमा बिनियोजन ऐन, नगरप्रहरी बिधेयक ,दमक नगर आधारभुत तथा माध्यमीक शिक्षा बिधेयक, दमक नगर पुर्बधार ब्याबस्थापन बिधेयक, प्रशासकीय कार्यबिधि नियमित गर्ने बिधेयक,बिपद जोखिम न्युनिकरण तथा ब्याबस्थापन बिधेयक, संस्था दर्ता बिधेयक २०७६ पारित भएको हो ।सभाले पाँचौ नगर सभाबाट पारित चालु आर्थिक बर्ष २०७६⁄०७७को बार्षिक बजेटलाई कुल आय ब्यय बाट सम्सोधन गरिएको छ भने नगरपालीकाले सम्पादन गर्नु पर्ने ७ वटा ऐनका बिधेयकहरु माथी छलफल गरि दोस्रो बैठक बाट पारित गरिएको नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

त्यसैगरि नगर कार्यपालीका बैठकका निर्णयहरु नगरसभा र कार्यपालीकाद्धारा गठित बिभिन्न समितिका प्रतिबेदन र सम्झौता समेत अनोमोदन भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments