दमककाे हिमालय माबिमा चलचित्र नालापानीको निर्माण टाेली, दमकमा बिषेश प्रर्दशन हुदै

0
1198

दमक, माघ २७ /  चलचित्र ‘नालापानी’ को अफिसियल ट्रेलर सार्बजानिक भए सगै यसकाे चर्चा चुलिएकाे छ ।

चारैतिर चर्चा चलिरहेकाे बेला चलचित्र निर्माणकाे टाेली भने  यतिबेला झापाकाे दमकमा बिषेश प्रर्दशन लागि अाएकाे छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढमा भएको अङ्ग्रेज र नेपालको युद्धमा नेपालको रक्षाको लागि  वीर बलभद्र कुँवरकाे कप्तानीमा लडेको ऐतिहासिक लडाइँ ‘नालापानी’ काे कथालाइ  दमकका बिभिन्न बिध्यालयका बिध्यार्थिलाइ चलचित्र देखाउन लागिएकाे छ ।

यसैकाे प्रचारका लागि चलचित्र निर्माणकाे टाेली निर्देशक रिमेश अधिकारी, नायिका पुजना प्रधान, चलचित्र बितरक केदार पराजुली,नेपाल चलचित्र संघको पुर्वाञ्चल अध्यक्ष चैतन्य बराल, लगायतकाे टाेली दमकमा हिमालय माबि पुगेकाे थियाे ।

  बिध्यार्थि सगंकाे भेटघाट कार्यक्रममा बाेल्दै  नायिका तथा निर्माता समेत रहेकी पुजना प्रधानले कक्षा ४ देखि सामाजिक शिक्षामा पढ्रदै गरेकाे  नालापानी काे इतिहासलाइ चलचित्रकाे माध्यम बाट बुझ्न सहज हुने भएकाले  बिध्याथीमाझ प्रर्दशन गर्न लागिएकाे  बताइन् ।

नालापनी लडाइलाई नेपाली फौजीहरुले कसरी सफल बनाए तथा लडाई सफल बनाउन वीर बलभद्र कुवँरको कस्तो भूमिका रहेको थियो लगायतका पक्षलाई चलचित्रले समेटेको छ ।

मनोज शाक्यले निर्माण गरेको चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन भने रिमेश अधिकारीले निर्देशन गरेका छन् । चलचित्रको कथावस्तु कृष्ण आचार्य र रिमेश अधिकारीले लेखेका हुन ।

नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द रहेको छ । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही,सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान लगायत अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=kNssnlTkXyo

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here