Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Fri, 28 Jun 2024 11:50:16 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमक नगरपालिकाको सूचना https://pradeshaawaj.com/?p=20824 https://pradeshaawaj.com/?p=20824#respond Fri, 28 Jun 2024 11:49:03 +0000 https://pradeshaawaj.com/?p=20824

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20824 0
दमक नगरपालिका द्वारा जनहितमा जारी https://pradeshaawaj.com/?p=20822 https://pradeshaawaj.com/?p=20822#respond Mon, 24 Jun 2024 08:47:50 +0000 https://pradeshaawaj.com/?p=20822

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20822 0
स्कुल बस खरिद अभियानको लागि सांसद एल पी सावाँको सहयोग https://pradeshaawaj.com/?p=20812 https://pradeshaawaj.com/?p=20812#respond Sat, 22 Jun 2024 10:04:44 +0000 https://pradeshaawaj.com/?p=20812

फाक्तेप । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभुत विद्यालयको  बस खरिद अभियानको लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

झापा निर्वचन क्षेत्र नम्बर ४ का सघिय सांसद समेत रहेका सावाँले आज विद्यालयमा एक कार्यक्रमका बिच  ६५ हजार ५ सय २५ रुपैयाको चेक हस्तान्तरण  गरेका हुन् ।

साम्सद सावाँले गएको फागुन २४ गते विद्यालयको स्वर्णमहोत्सबको अवसरमा उक्त रकम विद्यालयलाई यातायात खरिद अभियानको लागि दिने प्रतिबद्धता जाहेर गरेका थिए।

अभियानमा सांसद सावाँले दिएको रकम नै सबै भन्दा उच्च रहेको उक्त बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार हाल सम्म करिब २२ लाख बराबर रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको छ   ।

यस अभियानमा दोस्रो ठूलो रकम ६२ हजार छ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए ।त्यसै गरि पुर्व बिध्यार्थी तथा हाल बेलायत मा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू ( राई) को स्मृतिमा प्रदान गरेका थिए ।

त्यस्तै पुर्व विद्यार्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गरेका छन् भने सोही विद्यालयका पुर्व शिक्षक बल बलबहादुर राइले ५१ हजार रुपैया र विद्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाइ यश आघी नै हस्तान्तरण गरिएको बताइएको छ ।
त्यसै गरि दक्षिण कोरियामा कार्यरत पुर्व विद्यार्थीहरुले एक मुस्ट  रुपमा २ लाख ४३ हजर बराबर , त्यसैगरी साउदी अरब बाट रोशन भट्टराईको पहलमा १ लाख माथिको रकम प्राप्त भएको समेत विद्यालयले  जनाएको छ ।

त्यस्तै स्थानीय बासी, अभिभावक , ब्यबसायी, शिक्षा प्रेमी ,विभिन्न संघ सस्था लगायतले यथा सक्दो सहयोग गरि रहेकाले र हाल सम्म करिब २२ लाखको हाराहारीमा आर्थिक संकलन भएको जनाइएको छ ।

स्कुल बस खरिद अभियान हाल भन्सार छुटको प्रक्रिया पूरा गरि सुनवल भन्सारमा बसको बडी बनिने काम भैइ रहेको र श्रावणको पहिलो हप्ता सम्ममा विद्यालय बस आइपुग्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिए । उनले भने बसको मूल्य करिब २७ लाख लाग्ने र अझै ५ लाख रुपैया अपुग रहेकाले अब अन्तिममा एक पटक सबैको सहयोगको खाचो रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20812 0
शिवसताक्षीमा २१ वटा योजनाका पुराना कागजातमाथि अनुसन्धान https://pradeshaawaj.com/?p=20809 https://pradeshaawaj.com/?p=20809#respond Sat, 22 Jun 2024 10:02:22 +0000 https://pradeshaawaj.com/?p=20809

दमक/ झापाको शिवसताक्षी नगरपालिका कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले २१ वटा योजनाहरुसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।

नगरपालिकाबाट २०७४ देखि २०७९ बीचमा सञ्चालन भएका तथा कार्यान्वयनको प्रकृयामा छिराइएका ठुलो संख्यामा रहेका योजनाहरुमाथि अख्तियारले छानबिनका लागि ति कागजात नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालयबाट खटिएको टोलीले बिहिबार र शुक्रबार नगरपालिका कार्यालयबाट बहुचर्चित डुँडामारी सिमसार योजनासहित कूल २१ वटा योजनासँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको समाचार स्रोतको दाबी छ । डीपिआर ( विस्तृत अध्ययन प्रतिवेदन) देखि ठेक्का प्रकृयामा समेत अनियमितताको उजुरी परेपछि वातावरणीय प्रभाव मुल्याङकन रिपोर्ट लगायतका कागजातहरुमाथि अख्तियारको इटहरीस्थित कार्यालयबाट अनुसन्धान भइरहेको बताइएको छ ।

तत्कानि नगर प्रमुख चन्द्रकुमार शेर्माको कार्यकालमा डुँडामारी सिमसार योजनाको डीपिआरमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो । सोको छानबिनका क्रममा अन्य साना ठुला करोडौं लागतका योजना तथा परियोजनाहरुमा समेत अनियमितता हुन सक्ने आंशका देखिएपछि अख्तियार सक्रिय भएको हो । अख्तियारले थप छानबिन अघि बढाएको अवस्थामा पहिला शुरु भएका र हाल कार्यान्वयनको चरणमा रहेका कतिपय योजनाहरुको निरन्तरतामा समेत यसले अप्ठ्यारो पार्न सक्ने कानुनका जानकारहरु बताउँछन् ।
ति योजनाहरुको अनियमितताका बिषयमा अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाई छ ।

शिवसताक्षी नगरपालिका प्रमुख रोशन थोप्रासँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा अख्तियारले छानबिन गरिरहेको बिषयमा आफूले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए । उनले भने– त्यो बिषयमा म धेरै बोल्नु छैन । अख्तियारलाइनै बुझ्नुहोस । टोली आएको थियो कार्यालयसँग सम्बन्धित बिषय भएकाले मलाई जानकारीमा आएको चाहिं हो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20809 0
दमक नगरपालीकाको सूचना https://pradeshaawaj.com/?p=20816 https://pradeshaawaj.com/?p=20816#respond Sat, 22 Jun 2024 04:27:02 +0000 https://pradeshaawaj.com/?p=20816

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20816 0
२ दिन देखि बेपत्ता भएका किशोरीको अवस्था अज्ञात, चाँडो खोजी गर्न गाउँपालिका अध्यक्षको आग्रह https://pradeshaawaj.com/?p=20802 https://pradeshaawaj.com/?p=20802#respond Fri, 21 Jun 2024 17:20:45 +0000 https://pradeshaawaj.com/?p=20802

दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् ।
सो ठाउँकी १३ बर्षिया जेनिसा श्रेष्ठ १२ बर्षिया दीक्षा ताजपुरिया र १७ बर्षिया सोनिया रिकीयासन बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् ।

घरबाट निस्किएका उनीहरु अझै सम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ । एकसाथ समुहमै किशोरीहरु वेपत्ता भएको घट्नापछि उनीहरुको परिवार र आफन्तजन मात्रै नभएर सिंगो गाउँका बासिन्दा चिन्तित बनेका छन् ।

किशोरीहरु एकसाथ वेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा उनीहरुका अभिभावकले लिखित हुलिया निवेदन गरेका छन् । उनीहरु वेपत्ता भएको घटनाबारे प्रहरी अनुसन्धानमा भएको प्रगति र उनीहरुको अवस्थाबारे गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी निशान थापासँग उनको कार्यकक्षमा भेटगरि जानकारी लिएका छन् ।

अध्यक्ष राईले प्रहरी प्रमुख थापासँगै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँग पनि किशोरीहरुको समुहनै वेपत्ता भएको घट्नामा सुक्ष्म अनुसन्धान गरि उनीहरुको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20802 0
झापामा एकै घरमा दुई बालकसहित तीनजना मृत फेला https://pradeshaawaj.com/?p=20794 https://pradeshaawaj.com/?p=20794#respond Fri, 14 Jun 2024 10:11:59 +0000 https://pradeshaawaj.com/?p=20794

पाराबारी ।झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20794 0
दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना https://pradeshaawaj.com/?p=20799 https://pradeshaawaj.com/?p=20799#respond Fri, 14 Jun 2024 09:34:16 +0000 https://pradeshaawaj.com/?p=20799

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20799 0
कमल गाउँपालिकाले दियाे बिद्यार्थीलाई छात्रवृत्ति रकम https://pradeshaawaj.com/?p=20789 https://pradeshaawaj.com/?p=20789#respond Thu, 13 Jun 2024 20:12:17 +0000 https://pradeshaawaj.com/?p=20789

झापा / झापाको कमल गाउँपालिका स्थायी ठेगाना भएका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ जना बिद्यार्थीलाई गाउँपालिकाले दलित छात्रवृत्ति रकम प्रदान गरेको छ ।

गाउँपालिका भित्र स्थाई बसोवास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ति विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्ति वापत नगद तीन लाख रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा शाखा अन्तर्गत वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही १७ हजार रुपैयाँ ५० हजार रुपैयाँ सम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित बिद्यार्थीलाई हस्तान्तरण गर्दै कमलबासी बिद्यार्थीहरुको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस भन्ने उद्धेश्य राखेर सो रकम प्रदान गरिएको उल्लेख गरे ।

उनले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलबासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मुल प्रवाहमा आउन नसकेका, दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका नागरिकहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताए ।

गाउँपालिकाबाट प्रदान गरिएको सो छात्रवृत्ति रकम पाउने विद्यार्थीहरूमा भूमिका पाँचचोटी, दिलासा बिक, लक्ष्मी कर्मकार, प्रल्हाद बर्देवा, तुलसा महरा, कविता दमाईँ, विना देवी दर्जी, ऐश्वर्या बराइली, ओम कुमारी लामिछाने, राजकुमार मिस्त्री, विनिता महरा दर्जी, सरोज दर्जी, लक्ष्मी बर्देवा दर्जी, विनिता देवी घतानी, यमुना देवी घतानी, दिलमाया बिक र मिना बिक बर्देवा रहेका छन् ।

वनीहरूले अध्ययन गरेको विषय र शैक्षिक संस्थाको शुल्कको आधारमा न्युनतम १५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँ सम्म छात्रवृत्ति रकम वितरण गरिएको कमल गाउँपालिका शिक्षा शाखाका कर्मचारी रविन गौतमले जानकारी दिए ।

छात्रवृत्ति बापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसला समेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाईले बताइन

गाउँपालिकाले पालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण सिकाइमा सहयो्गर पुरयाउन स्मार्ट टेलिभिजन समेत हस्तान्तरण समेत गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकामा सञ्चालित २१ वटा सामुदायिक विद्यालय मध्ये आवश्यकताका आधारमा १५ वटा विद्यालयलाई गाउँपालिका अध्यक्ष राईले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

अहिलेको युग प्रविधिसँग टाढा बस्न नसकिने युग भएकाले सबै बिद्यालयमा प्रविधिमैत्री शिक्षाको शिक्षाका लागि यसलाई सदुपयोग गर्न समेत गाउँपालिका अध्यक्ष राईले निर्देशन दिए ।

शिक्षा शाखाका प्राविधिक कर्मचारी रविन गौतमले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रष्ट्याउँदै स्वागत मन्तव्य राखेका थिए।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20789 0
सिजन अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त, दमक नगरपालिकाले दियाे चासाे https://pradeshaawaj.com/?p=20783 https://pradeshaawaj.com/?p=20783#respond Thu, 13 Jun 2024 17:52:55 +0000 https://pradeshaawaj.com/?p=20783

दमक बजारमा अप्राकृतिक रुपमा पकाइएका फलफुलको कारोबार भइरहेको सूचना पाएपछि स्थानीय सरकारले सम्बन्धित व्यवसायीहरुलाई सचेत गराएको छ ।

विशेष गरी अहिले बजारमा निस्किएको आँप र केरालाई लक्षित गर्दै दमक नगरपालिकाले त्यस्तो सचेत गराएको हो । नगरपालिकाले सार्वजनिक सूचना मार्फत सो बिषयमा सम्बन्धित विक्रेता तथा उत्पादक व्यवसायीहरु र आम उपभोक्ताहरुलाई सचेत गराएको हो ।

सिजन सुरु हुनु भन्दा अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त देखिन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर सचेत गराईएको दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताइन् । कृतिम रुपमा पकाईएका फलफुलले मानव स्वास्थ्यलाई असर गर्ने भएकोले त्यस्ता फलफुलहरु बिक्रि नगर्न ब्यबसायीलाई समेत आग्रह गरिएको भन्दै उनले उपभोक्ताले पनि फलफुल किन्दा सचतता अपनाउनु पर्ने बताइन् ।

नगरपालीकाको बजार अनुगमन टोलीले नियमित अनुगमन गरिरहेको भन्दै अप्राकृतिक रुपमा पकाईएका फलफु भेटिए जफथ गरिने र त्यस्ता ब्यबसायीलाई कारबाही समेत हुने भएकोले सुचना जारी गरेर सचेत गराएको नगर उप प्रमुख भट्टराईले बताइन् ।

नगरपालिकाद्धारा जारी सार्वजनिक हित सम्बन्धिको सूचनामा क्याल्सियम कार्वाइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक रसायनको प्रयोग गरि पकाइएका आँप, केरा ताथ अन्य फलफुलहरुको विक्री वितरण नगर्न सम्बन्धित व्यवसायीहरुलाई सचेत गराइएको छ भने प्राकृतिक रुपमा परिपक्व भएपछि मात्रै त्यस्ता फलफुलहरु बोटबाट झारेर उपभोक्ता माझ लैजान र प्राकृतिक रुपबाट आँप पकाउँदा बेसार, प्याज र प्राकृतिक धुँवाको प्रयोग गर्न सुझाइएको छ । एउटा लटका सबै आँपहरु एकै प्रकारबाट उस्तै रंगमा पाकेको देखिनु, फलको बोक्रा पहेंलो हुनु तर भित्री फल राम्रोसँग पाकेको नहुनु, फलको प्राकृतिक बास्ना नहुनु, पहेंलो भएर पाकेको फलमाथि कालो धब्बाहरु देखिएमा त्यस्तो फल अप्राकृतिक ढंगबाट पकाइएको हुने पनि जारी सूचनामा उल्लेख छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20783 0
test