लेख – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Wed, 13 Apr 2022 01:35:05 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg लेख – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दल, साढगाठ र स्थानीय तह निर्वाचनमा दमक https://pradeshaawaj.com/?p=17840 https://pradeshaawaj.com/?p=17840#respond Wed, 13 Apr 2022 01:18:23 +0000 https://pradeshaawaj.com/?p=17840

✍सुदिप पन्त / दमक नगरपालिका नेपालको सुदुरपूर्वी जिल्ला झापाको पश्चिमी भागमा रहेको सुन्दर सहर हो । तत्कालिन गाउँपञ्चायतलाई नगरपञ्चायतको रुपमा २०३९ सालमा नगरपञ्चायत घोषित यो नगर जिल्लाको पुरानो मध्येको नगरपालिका पनि हो । सहरी विकास, भौतिक पूर्वाधार, मानव विकास, शैक्षिक तथा सामाजिक दृष्टिकोणबाट समृद्धीको चरणमा प्रवेश गरेको यो सहर देशकै नमूना र आधुनिक सहर बन्ने क्रममा रहेको छ ।

एक लाखको हामारीमा जनसंख्या रहेको यो नगरपालिकामा आसन्न स्थानीय नर्विाचनको तयारीमा रहेका दलहरु उम्मेदवार छान्ने सकसमा छन् ।सिङो राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने यो नगरपालिकाको चुनावलाई सबै दलहरुले आफ्नो आफ्नो बलबुता लगाएर उपस्थिती जनाउने कोशीसमा छन ।

एमाले – प्रजातन्त्र प्राप्ती पछी हाल सम्म दमक नगरपालिकामा एकाधिकार नै जमाएको पार्टी हो एमाले । एमालेबाहेक चुनाबी प्रकृयाबाट मेयर उपमेयर अहिले सम्म अरु कुनै पार्टीले जित्न सकेको छैनन । पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको आफ्नो मुख्य गड पनि यही भएकोले अरु कुनै पार्टीसँग गठबन्धन गरे पनि मेयर पदमा भने सम्झौता गर्दैन  । एमालेले मेयर अर्को कुनै पार्टीलाई दिनु भनेको समग्र एमाले मात्र नभएर ओली आँफै पनि आफ्नो क्षेत्रमा कमजोर रहेछन भन्ने सन्देश जाने भएकोले त्यो रिस्क उनिहरुले लिन चाहन्नन ।
रा.प्र.पा सँग गठबन्धन भएमा उपमेयर र केही वडाहरु दिन सक्ने स्थिती छ । अरु मुख्य पार्टीहरु सँग गठबन्धन हुने स्थिती छैन । मुख्य उम्मेदवारहरु मेयरमा गीता अधिकारि अम्बिका खनाल ,होम थापा र ईन्द्र भण्डारी रहेका छन । पार्टी राजनितीमा खनाल ,थापा अगाडि र भण्डारीको केन्द्रमा संपर्क सम्बन्ध राम्रो रहे पनि लोकप्रिय र चुनाव जित्ने उम्मेदवारको रुपमा गीता अधिकारिको नामनै अगाडि आउछ ।
काङ्रेस – दमकमा काङ्रेसमा आस्थावन मतदाताहरु धेरै छन । तर सङठन कमजोर भएको कारण मेयर पदमा अरु पार्टीको उम्मेदवारहरुलाई भोट हालिदिने गरेको कारण जहिले पनि तेश्रो चौथो स्थानमा पुग्छ । बिगत देखी केलाउदा रा.प्र.पा र माओवादीहरुलाई पनि राम्रो सँग थाहा छ नेपाली काङ्रेस एमाले पछीको बलियो शक्ती हो । गत निर्बाचनमा काङ्रेसबाट उपमेयरमा उम्मेदवार दिएकी रेगिना भट्टराईको मतलाई उदाहरण लिदा पनि हुन्छ । यदी घात अन्तर्घात नहुने हो र सङठित काङ्रेसीहरुले प्रतिबद्द भएर मत हाल्ने हो भने काङ्रेस एक्लै दोश्रो शक्तीनै हो ।
सुरेश सुब्बा ,शेर ब भट्टराई ,प्रकाश प्रसाईं ,रोशन गौतम , रेगिना भट्टराई ,पर्शुराम रिजाल ,देबी दाहाल , भूमिकाराज राई ,रोशन बिष्ट लगायतनै देखिएका अनुहारहरु हुन । काङ्रेस अहिले गठबन्धनभित्रको प्रमुख शक्ती भएको कारण र गठबन्धनका अरु दलहरु सहित् चुनावमा उम्मेदवार दिनुपर्ने बाध्यताले कस्ले मेयर उपमेयर लिने दिने भन्ने कुराको टुङो अली पछी होला । एमाले टुक्रिएको कारण र गठबन्धन पार्टीहरु सरकारमा भएकाले पनि सबै एक जुट हुँदा दमक नगरपालिकामा आफुहरुको जित हुने कुराहरुमा उनिहरु पनि ढुक्क देखिन्छन् ।
रा.प्र.पा -नगर पालिकाको चुनावमा प्राप्त मतलाई आधार मान्दा दोश्रो शक्तीको रुपमा देखिने रा.प्र.पा दमक नगरपालिकामा पार्टी भन्दा पनि त्यो पार्टीको नेता राम थापा प्रभावशाली देखिदै आएका छन ,उनले मनोनित मेयर भएर पनि जिम्मेवारि सम्हालेका थिए । ।लामो समय देखी राजनीति गर्दै आएका उनीलाई दमकेलीहरुले पार्टी लाइन भन्दा माथि उठेर भोट हालिदिने गरेका कारण रा.प्र.पा दोश्रो शक्ति नै हो कि जस्तो पनि लाग्छ ।रा.प्र.पा र काङ्रेसको मात्र गठबन्धनबाट पनि नगरपालिकामा एमाले निश्चितरुपले पराजित हुन्थ्यो तर स्थिति त्यस्तो छैन ।
केन्दिय गठबन्धनले स्थानिय निकायहरुमा अन्य पार्टीसँग गठबन्धन नगर्ने निर्णय लिएको हुँदा रा.प्र.पा काङ्रेसको गठबन्धन हुने कुरा लगभग सुन्य अवस्थामा छ । यदी एमाले र रा।प्र।पाको गठबन्धन हुने हो भने स्थिती ठ्याकै काङ्रेस रा।प्र।पाको जस्तै हुनेछ । अधिकाँश पदमा यि दुई गठबन्धनले जित्ने सम्भावना छ । एमालेले मेयरमा राम थापालाई दिने स्थिती छैन राम थापाले उपमेयर स्विकार गर्ने स्थिती छैन । एउटा कुरा हुनसक्छ । यदी राम थापाले आगामी दिनमा प्रदेश वा केन्द्रमा जाने इच्छा ब्यक्त गरे र एमालेले त्यो कुरा मा उनलाई पछी जिताउने सम्झौता गरेर भिम पौडेललाई उपमेयर बनाएर एमालेसँग गठबन्धन गरे काङ्रेस ,माओवादी एसमाजबादीलाई फलामको चिउरा साबित हुनसक्छ ।
माओवादी – हिजो नेकपाको रुपमा एमाले माओवादी एक भए पनि दमकको हकमा कहिले पनि भित्र मनबाट एकै भएका थिएनन । झलक्क हेर्दा माओवादीको मत सभ्रान्त बर्गमा न्युन देखिए जस्तो भए पनि स्थानिय गरीब निमुखा र निम्न आय स्तर भएका मतदाताहरुमा राम्रो पकड छ । एक्लै चुनावमा जादा स्थिती बलियो नभए पनि गठबन्धनबाट चुनावमा होमिदा माओवादी पार्टीले उलटफेर गर्न सक्छ । गगन पुरी ,दुर्गा चौलागाईं ,शंकर बस्नेत ,बिरेन्द्र बस्नेत ,बेदु गौतमहरु माओवादीबाट देखिएका अनुहारहरु हुन ।
एकीकृत समाजबादी – एमालेबाट टुक्रिएर बनेको अर्को पार्टीको दमकमा केही प्रभाव पार्ने ब्यक्तीहरु पनि छन । पूर्व मेयर ईन्द्र बुढाथोकी ,मणी भण्डारी लगायतका नेताहरुले मेयर उपमेयरहरुमा आफ्नो दावी नगरे पनि वडाहरुमा आफ्नो पार्टीको हिस्सा पक्का खोज्ने छन । एमालेलाई जित्ने अवस्था नभए पनि चुनावमा मतहरु काटिने र कमजोर बनाउने कुरामा शंका छैन ।
जे भए पनि लामो समय देखी दमक नगरपालिकामा आफ्नो पकड जमाउदै आएको एमालेलाई भने यो चोटि त्यती सहज र सरल छैन । त्यस्तै नगरपालिकामा गत चुनावमा नराम्रोसँग पराजित काङ्रेस चाँही गठबन्धनको सहराबाट लाल किल्ला भत्काउने उदेश्यमा केन्द्रित छ ।
]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17840 0
महिला सशक्तीकरण र उद्यमशिलतामा सहकारीको भूमिका https://pradeshaawaj.com/?p=17510 https://pradeshaawaj.com/?p=17510#respond Tue, 08 Mar 2022 13:11:56 +0000 https://pradeshaawaj.com/?p=17510

नेपाली समाजमा महिला पुरुष एक रथका दुई पा भन्ने उक्ति परापूर्वकालदेखि नै मनन गर्दै आए पनि हाम्रो आर्थिक सामाजिक र सांस्कृतिक जज्जीरहरूले त्यो उक्ति लाई व्यावहारिक रुपान्तरण गर्न अझै संघर्ष गरी राख्नु परेको छ। धर्म-कर्म पाप-पुन्य, स्वर्ग-नर्क जस्ता कथित धार्मिक शिक्षा र त्यसबाट विकसित मनोविज्ञानबाट परापूर्वकालदेखि नै महिलाप्रति हेर्ने र गर्ने व्यवहार पूर्ण विभेदकारी थियो ।

नेपालको राजनीतिक संस्कारले पनि सो कुरालाई चिन सकेको थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि महिलाप्रति समाज केहो उदार देखिए पनि व्यावहारिक बन्न सकेन । यो क्रम २०४७ सालको राजनीतिक परिवर्तनको अवधिसम्म कायमै रहन गयो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भन्ने व्यवस्था गरी लिङ्ग अथवा कुनै पनि आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम- मानिएको छ। कारबाहीलाई पूर्णतः निषेध गरेको छ भन्ने उल्लेख भएसँगै महिला-पुरुष समविकासको अवधारणाले संविधानमा ने मूर्त रूप लिएको थियो। त्यसपछि खुलेका संघ-संस्था तथा सहकारीहरुले कुनै न कुनै रुपमा महिलाको सहभागितालाई स्थान दिँदै २०७२ को नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार र हाल स्थानीयदेखि संघीय सरकारसम्म महिलाहरुको सहभागितालाई हेर्दा दक्षिण एसियामा नै महिलाको स्थानलाई उच्चस्तरमा सम्मान गरेको अनुभूत भइरहेको छ । संवैधानिक बाध्यात्मक कारणले गर्दा अहिले । संघीय संसदमा महिलाको सहभागिता ३३ प्रतिशत छ । त्यसैगरी स्थानीय तहमा २७ प्रतिशत महिलाहरु निर्वाचित भएका छन् भने वर्तमान मन्त्री परिषदमा १९ प्रतिशत महिलाहरु पुगेका छन्।

परिवार, समुदाय हुँदै देश विकासको सन्दर्भमा रथका दुवै पाङ्ग्रा समानान्तर रुपमा अघि बढ्नु अपरिहार्य रहन्छ। जुन देशमा पुरुषसरह महिलाहरुको पनि सहभागिताले स्थान पाएको छ, निश्चित रूपमै ती देशहरुको आर्थिक तथा सामाजिक विकास राम्रो भएको छ । विश्वका विकसित मुलुकहरूमा महिलाको भूमिका पुरुषको सरह स्वीकार गरेको पाइन्छ। अथवा महिला पुरुष समान गतिमा अगाडि बढिरहेका हुन्छन् । नेपाल लगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूको अवस्था कमजोर मानिएको छ।

महिलाको सर्वाङ्गीण विकासमा सहकारीको भूमिका

पछिल्लो समयमा प्रविधिको उच्च विकाससँगै सबै तह तप्काका नागरिकहरु सु-सूचित हुने अवसर प्राप्त भएको छ । नेपाल जस्तो कम-विकसित देशमा समेत विकासोन्मुख र विकसित देशहरुको प्रभाव बढ्दै गएको छ। फलस्वरूप महिला सशक्तीकरणसँग सबन्धित रहेर धेरै
प्रकारका सरकारी, गैर-सरकारी, पेशागत संघ-संस्थाहरु स्थापना भएका छन् । यस्ता संघ-संस्थाहरु महिलाहरुको कुनै एक पक्षको विकासमा काम गर्ने विशिष्ट उद्देश्यहरु • राखेर काम गरिरहेका छन् । संस्थाको उद्देश्यअनुसार महिला अधिकार, तालिम, शिक्षा, न्यायजस्ता विषयहरुमा कार्य गरिरहे तापनि महिलाको सर्वाङ्गिण विकासमा भूमिका खेल्ने संस्थाको रुपमा सहकारी संस्थालाई लिन सकिन्छ । सहकारी संस्थाहरुले महिलाको आर्थिक, सामाजिक तथा मानवीय एवम् चौतर्फी विकासमा बहुमूल्य योगदान पुयाएको भन्न सकिन्छ।

सहकारीको अवधारणा नै समूहमा काम गर्ने भन्ने जनाउँछ। शिक्षा र प्रविधिको विकाससँगै आम नागरिकको जीवन शैलीमा परिवर्तन आएको छ । गाउँमा मात्र नभएर सहरी क्षेत्रमा समेत छरिएर रहेका स-साना रकम संकलन गरी ठुलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । यिनै समूहहरु आज सहकारीमा रुपान्तरण भएका हुन् भने अझै पनि थुप्रै महिला आमा, दिदीबहिनीहरुले अनौपचारिक रुपमा समूहहरु सञ्चालन गरिराखेको पाइन्छ । समूहको दायरा, लक्ष्य र प्रभाव बढ्दै गएपछि सरकारी ऐन कानुनअनुसार सम्बन्धित निकायमा दर्ता भई स्थापित संस्थाहरुलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ। आमा समूह, दिदी-बहिनी समूह, किशोरी समूह लगायतका अनेकौँ नाममा खुलेका हजारौंको संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ । महिलाहरुमा नेतृत्वको विकास भएको छ। सानो-सानो पुँजीको सदुपयोग मात्र भएको छैन, त्यसलाई लगानीको चक्रबाट ठुलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो • कार्यले रोजगारी, नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य, सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् ।

महिला उद्यमशीलताको विकास हुनु भनेको देशको समृद्धिको अभियानमा सहयोग पुयाउनु हो । त्यसको गहनदायित्व राज्यको भए पनि सहकारी संस्थाहरुले राज्यको काममा सघाउ पुयाइराखेका छन् । सहकारी संस्थाका कारण महिलाहरुमा बचत गर्ने बानीको विकास मात्र नभएर रुचि अनुसारको ज्ञान, सीप र प्रविधि समेत हस्तान्तरण हुँदै आएको छ । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको पहिचान गर्दै स्थान विशेषका पेशा व्यवसाय सञ्चालन गर्न सहकारी संस्थाहरुले पुलको काम गरिदिनाले महिला आर्थिक रुपमा सबल र सामाजिक रुपमा सशक्त बन्दै गएका उदाहारणहरु छन् । पुरुषसरह महिलाहरुले अपनाएका पेशा व्यवसायबाट पनि पर्याप्त उदाहरण पेश गर्न सकिन्छ । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ। थोरै लगानीमा स्वरोजगार बन्न सक्ने खालका व्यवसायहरु तितौरा, आलुचिप्स, सेनेटरी प्याड, दालमोठ, मैनबत्ती, साबुन, सिलाइबुनाइलगायत सयौँ प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पुऱ्याएको छ । त्यति मात्र होइन महिलाले सञ्चालन गरेका संघ-संस्था पुरुषको दाँजोमा बढी उत्पादनमूलक, पारदर्शी र सफल भएका छन् । यसबाट के विश्वास गर्न सकिन्छ भने महिलाहरुले आर्थिक रुपमा मात्र नभएर सामाजिक पुँजी निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् ।

झापाका सहकारीमा महिला सहभागिता

विश्वका धेरै मुलुकहरुले सहकारी क्षेत्रबाट आर्थिक योगदान पुऱ्याइरहेको सन्दर्भमा विश्व सहकारीको मूल्यमान्यता र सिद्धान्त अनुरुप सहकारी ऐन २०४८ जारी गरी सहकारीलाई विधिवत ढंगबाट अघि बढाउने कुराको थालनी भएको पाइन्छ। ऐन जारी भएपछि देशमा सहकारी गठन गर्ने तथा सहकारी अभियान सञ्चालन गर्ने विषयले गति लिएको देखिन्छ । नेपाल संघीय संरचनामा गइसकेपछि मात्र २६ वर्षपछि नयाँ सहकारी ऐन २०७४ ले सहकारी क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्य राखेको छ। यस अवधिमा विषयगत सहकारी संघ संस्थाको संख्या,त्यसमा आबद्ध भएका सदस्यहरुको संख्या, त्यसले ओगटेको क्षेत्र, गर्ने कारोबार र पहुँच अकल्पनीय रुपले झाँगिएको पाइन्छ।

देशभरि कुल सहकारीको संख्या २९,८८६ रहेको छ। कुल २९,८८६ मध्ये संघीय सरकारमार्फत १२५ (०.४१%) वय सहकारी संघ संस्था रहेका छन्, भने प्रदेश सरकार अन्तर्गत ६,००२ (२०.०८%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी स्थानीय सरकार अन्तर्गत २३,७५९ (७९.४९%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी सहकारी संघ संस्थामा आबद्ध कूल सदस्य संख्या ७३,०७,४६२ रहेको छ। नेपालको कूल जनसंख्या २,६४,९४,५०४ रहेको छ र कुल जनसंख्याको २८ प्रतिशत सहकारीमा आबद्ध रहेको छ । कुल सदस्य संख्यामध्ये महिला सदस्यको संख्या ४०,९२,३९५ र पुरुष सदस्यको संख्या ३२,१५,०६८ रहेको पाइएको छ । जसमा कुल सहकारी सदस्यहरुमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत देखिएको छ। यस तथ्यांकलाई हेर्दा समेत सहकारीमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको छ।

जिल्ला सहकारी संघ झापाको तथ्यांकअनुसार झापामा ९१४ वटा सहकारी संस्था दर्ता भएका छन् । सहकारीमा अहिले ३ लाख ९९ हजार ७७४ शेयर सदस्य रहेको जिल्ला सहकारी संघ झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये १३६ वटा सहकारी संस्था महिलाले मात्र सञ्चालन गरेका छन् । झापामा महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा १६ हजार ९९० जना शेयर सदस्य छन् भने सञ्चालक सदस्यका रुपमा मात्र पनि एक हजार ६० जनाभन्दा बढी महिला सक्रिय रहेका छन्। पछिल्लो समयमा सहकारीमा आबद्ध हुने संख्यालाई हेर्दा झापामा सञ्चालित सहकारी संस्थामा महिलाहरूको मात्रै संख्या एक लाख ८० हजारभन्दा बढी पुगिसकेको छ । सहकारीमा आबद्ध भई महिलाको आर्थिक सबलीकरणका केही उदाहरणहरु : १. सतासी महिला मौरीपालन सहकारी संस्थाकासदस्यहरुलाई तालिम प्रदान गरी हाल वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको छ । ५२३ सदस्यमध्ये १५० सदस्यले मौरी पालेका छन् । सबै सदस्यसँग गरी ३ हजार गोला मौरी छन् ।

२. महारानीझोडा साना किसान कृषि सहकारीमा एक हजार ९७९ जना महिला मात्रै सदस्य छन् । उक्त संस्थाले ४६ करोडको कारोबार गर्दै आएको छ।

३. मेची सहकारीमा ७ हजार २५० जना शेयर सदस्य

छन् । जसमा झण्डै ५५ प्रतिशत महिला शेयर सदस्यहरु रहेका छन् । झापा गौरादह नगरपालिकाका-५ को नमूना एकीकृत ४.

कृषि सहकारीमा आबद्ध महिला सदस्यले नमुना

अचार लघु उद्योग सञ्चालनमा ल्याएका छन् । ५. अर्जुनधारा नगरपालिका-२ मा रहेको हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारीमा १८०० भन्दा बढी महिला सदस्यहरु आबद्ध रहेका छन् भने ३०० भन्दा बढी सदस्यले बाखा, कुखुरा लगायतका पशुपन्छीपालन व्यवसाय गरेका छन् । सहकारीले आफ्नै दूध संकलन केन्द्र र सहकारी पसल समेत सञ्चालनमा ल्याएको छ।

६. अर्जुनधारा नगरपालिका-७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थामा २२०० सदस्य छन् भने कृषि बीउबिजन, मलदेखि पशु दाना उद्योग र युरिया मल समेत उत्पादन गरी सदस्यहरुको उद्यमशीलतामा सहयोग पुऱ्याइराखेको छ।

यी माथिका केही प्रतिनिधि उदाहरण हुन् जसमा सहकारीको माध्यमबाट महिलाहरुको सामाजिक, आर्थिक, बौद्धिक विकासमा टेवा पुगेको छ।

 चुनौती र अवसर

जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन्छन् तब सबै क्षेत्रमा महिलाप्रतिको दृष्टिकोणमा समेत परिवर्तन हुने कुरा विभिन्न अध्ययन तथा व्यवहारले देखाएको छ। त्यसैले सबै महिलाका लागि आर्थिक सशक्तीकरण प्रमुखलक्ष्य र आवश्यकता बनेको छ । आर्थिक सक्षमतासँगै अन्य अवसरहरु प्राप्त गर्न महिलालाई सहज हुने हुँदा यो आवश्यकत्ता स्वाभाविक धारणा मानिन पुगेको हो । परिवार चलाउन महिला र पुरुष दुवैको अधिकार र कर्तव्यलाई सन्तुलनमा लिएर जानु पर्दछ । अधिकारको माग बढी र कर्तव्य पालना कम भएको अवस्थामा समेत परिवार र समाज सरल रेखाबाट अघि बढ्न सक्दैन। महिलाका केही आफ्नै खालका विशेष भूमिका होलान् तर ती भूमिका निर्वाह गर्नुपर्ने कार्यका अतिरिक्त अर्थोपार्जनको जिम्मेवारी र चाहना महिलाको काँधमा थप भएको छ । सहकारीको प्रमुख जिम्मेवार पदमा रहेका महिलालाई घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण बनेका छन् । घर-परिवारलाई दिनु पर्ने समय पुरुषको तुलनामा महिलाहरुको बढी हुने गरेको छ भने त्यत्तिकै समय दिएर संस्था, उद्योग, व्यवसाय हाँक्ने कुरा र पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु ठुलो चुनौती छ । आर्थिकरुपमा स्वावलम्बी बन्नु र चुनौतीहरुलाई अवसरका रुपमा बदल्न सक्ने गरी आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भन्ने सन्देश दिनु छ। आफ्नो संस्था, व्यवसाय तथा उद्योगमा हुनुपर्ने व्यावसायिक ज्ञान, सीप र व्यवस्थापकीय क्षमतामा महिलाहरुले आफूलाई अगाडि बढाउन सके थप अवसर उनीहरुको पछि लाग्ने कुरामा शंका छैन । विषयगत ज्ञान, सीप र तालिमको कमी, पारिवारिक कुरामा बढी समयको खर्च, आधुनिक प्रविधिसँग आफूलाई जोड्न नसक्नु, स्वनिर्णय गर्ने कुराहरुमा अझै स्वतन्त्र अनुभूति नहुनु, तालिमको कमी, जोखिम मोल्न तयार नहुनु, घरभन्दा बाहिरको संसारमा प्राप्त हुने अवसरहरुमा आफूलाई समायोजन गर्न पछि पर्नु लगायतका कारणले गर्दा अझै पनि महिलाहरु निर्णायक भूमिकामा पुग्न सकिरहेका छैनन् ।

विभिन्न चुनौतीका बाबजुद पनि महिला घर व्यवस्थापन गर्दै आफ्नो कार्यक्षेत्रमा अगाडि बढिरहेका छन्। सहकारी संस्थाहरुले महिलालाई संगठित गरी आर्थिकतथा सामाजिक क्षमताको विकासमा योगदान दिँदै आएको छ। यसले समाजमा महिलाको हैसियत बृद्धि भएको छ। उनीहरुको विचार र बोलीलाई महत्व दिन थालिएको छ । आधुनिक सूचना सञ्चार प्रविधिसँगै जनमानसमा विकास भएको चेतनाका कारण सहकारी लगायत अन्य संघ संस्थाहरुमा महिला सहभागिता तुलनात्मक हिसाबले बढ्दै गएको छ। नेपालको संविधान, ऐन, कानुनले दिएका अधिकारलाई आत्मसात गर्दै कर्तव्यको बाटोमा आफूलाई अगाडि बढाउन सके चुनौतीहरु नै अवसर बन्ने छन् त्यसैले सक्रिय सहभागितामार्फत् नयाँ नयाँ अवसर प्राप्त गर्न महिला लाग्नु पर्दछ ।

 निष्कर्ष

पछिल्लो समय सबै क्षेत्रहरु समावेशी र महिलामैत्री बन्दै गएका छन् । महिलाको चौतर्फी विकासमा सहकारी पहिलो आधार हुन सक्छ, जसबाट माथि उठेर सामाजिक, आर्थिक, राजनीतिक सबै किसिमका नेतृत्वहरुमा पुग्न सक्ने छन् । त्यसका लागि महिलाको सीप र प्रविधि माथिको पहुँचमा बृद्धि गर्नु पर्दछ । हरेक सहकारी संघ/संस्थामा महिलाहरुको सहभागितालाई सुनिश्चित गर्नु पर्दछ, महिला केन्द्रित कार्यक्रमलाई वार्षिक योजनामा अनिवार्य रुपले राख्नुपर्दछ । यसका लागि स्थानीय सरकारसँग हातेमालो गर्न सकिन्छ।

महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरुलाई विभिन्न किसिमका छुट र अनुदानको व्यवस्था भए पनि पहुँचको कमीका कारण त्यस्ता सुविधाहरुबाट अझै बन्चित हुनुपरेको छ, जसलाई सम्बन्धित निकायबाट सुनुवाई हुनु जरुरी छ । सफल र अनुकरणीय संस्था र व्यक्तिलाई प्रोत्साहन गर्ने संस्कृतिको विकास गर्नु पर्दछ। योजना तर्जुमा, कार्यान्वयन र निर्णय प्रक्रियामा महिला सहभागिता अनिवार्य गर्न सके महिलाहरुको अहिलेको अवस्थाले थप फड्को मार्नेछ ।

(नोट: प्रस्तुत लेखमा समावेश गरिएका तथ्यांकहरु विभिन्न समयमा प्रकाशित लेख तथा प्रतिवेदनहरु बाट लिएको हुँदा वर्तमान तथ्यांकहरु फरक पर्न सक्नेछ ।) लेख  सहकारी स्मारिका २०७७ मा प्रकाशित छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17510 0
कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात https://pradeshaawaj.com/?p=16970 https://pradeshaawaj.com/?p=16970#respond Tue, 30 Nov 2021 14:26:12 +0000 https://pradeshaawaj.com/?p=16970

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भएका छन् । उनलाई नगर दुई हजार सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् ।

संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ । प्नतियोगिता अपरान्ह १ बजे देखि सुरू हुनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए । प्रतियोगिता अन्तर्गत भोलि बुधबारको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकाको सामना गर्ने छन् भने गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।

प्रतियोगिताको पहिलो चरणमा वाइ पाएर बसेको झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछन् भने दमक नगरपालिकाले शिवसताक्षी र कन्काईबीच भएको खेलको विजयी टिमको सामना गर्नेछ । खेल बिहानको ८ बजे देखि हुने आयोजक समितिले जनाएको छ । उपाध्यक्ष कपको उद्घाटन समारोह कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा तथा कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, गाउँपालिका भित्रका सबै पार्टी प्रतिनिधि, स्थानिय समाजसेविहरुको उपस्थित रहेको थियो । कार्यक्रम सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले सञ्चालन गरेको थियो भने खेल संयोजक सुदिप थुलुङ राईले स्वागत मन्तव्य राखेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16970 0
नेपाल अमेरिकासँग पराजित https://pradeshaawaj.com/?p=16773 https://pradeshaawaj.com/?p=16773#respond Sat, 18 Sep 2021 04:17:10 +0000 https://pradeshaawaj.com/?p=16773

काडमाण्डाै,  आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपाल अमेरिकासँग एकदिवसीयमा पहिलो पटक पराजित भएको हो । अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । सुसान्त मोदानीले दुई रन जोडे ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा तीन चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २÷२ रनमा आउट भए ।

ओपनर आसिफ शेख पनि तीन रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोडे । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिए भने केली फिलिपले तीन विकेट लिए । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक÷एक विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16773 0
मालिका केशरीको आख्यान ‘दुबाल’ विमोचित https://pradeshaawaj.com/?p=16559 https://pradeshaawaj.com/?p=16559#respond Mon, 23 Aug 2021 01:49:29 +0000 https://pradeshaawaj.com/?p=16559

काठमाण्डाै,  साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुबाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनलेभने,– उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएरबाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुबाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनलेऔंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– ।शरणार्थी केटी कार्चुबको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।


यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुबाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागरगरेको बताए । उनले भने,–साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख,पीर, वेदना र उकुसमुकुसलाई दुबालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिमअध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै  आधुनिकता रपरम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण दुबाल’जन्मेको बताए । देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्नेप्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास पुनरुत्थान’ र सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशनगरेको ‘दुबाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16559 0
आज जनै पूर्णिमा, रक्षा बन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस यस्ताे यी चाडकाे महत्व https://pradeshaawaj.com/?p=16554 https://pradeshaawaj.com/?p=16554#respond Sun, 22 Aug 2021 01:47:47 +0000 https://pradeshaawaj.com/?p=16554

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

समथर फाँटका गह्राहरूदेखि गैरीखेतसम्मका रोपाईँ सकिइहोला । शुरुमा रोपेका धानहरू त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । अझ भदौरे धानका बालाहरू त फुट्न थालिसके होलान् ।

अब यो रोपाइँपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्करै चाड–पर्वहरू आउन थालेका छन् । वास्तवमा रोपाईँपछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।

खुसीयालीको चाड विशेष रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन् । अनि दिदी–बहिनी हुनुहुन्छ भने आफ्ना दाजुभाइहरूका लागि राखी खरिद गर्नुभयो त ! अनि दाजुभाइहरूले भने आफ्नी दिदी–बहिनीहरूका लागि के कस्तो उपहार दिने तर्खर गर्नुभएको छ त आज ?

हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।

बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’

आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।

यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल बिहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ ।

आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसार्इँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।

सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् । स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त संकुचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्छ, तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।

यस दिन, दिदी–बहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनका धागो बाँधिदिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदी–बहिनिलाई उपहार दिन्छन् । आफ्ना दिदी–बहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् । आफ्ना दाजुभाई तथा दिदी–बहिनीसँग टाढा हुनुहुन्छ ? यदि टाढा हुनुहुन्छ भने आफ्नो दिदी–बहिनी दाजुभाइसँग रक्षा बन्धन लगाउन नपाउनु या उपहार दिन नपाउनुको कमी पक्कै महसुस गर्दै हुनुहुन्छ होला ।

यो पावन अवसरमा आफ्नो दिदी–बहिनी दाजुभाइ सँगसँगै नहुनु कति दुःखद हुन्छ हामीले बुझेका छौँ । यही कमीलाई केही हदसम्म पूरा गर्न हाम्रो पात्रोले हाम्रो रिचार्ज सेवा लिएर आएको छ, जहाँ हजुरहरूले नेपालमा बस्नुभएका दिदी–बहिनी तथा दाजुभाईलाई उपहार स्वरुप हाम्रो रिचार्ज प्रयोग गरी खुसी बाड्न सक्नुहुनेछ ।

क्वाति खाने दिन

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।

पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यही गुंपुन्हिको दिन विभिन्न ९ थरी गेडागुडी पकाएर बनाइने क्वाति खाने भएकोले यसलाई क्वाति पुन्हि पनि भनिन्छ। गुंपुन्हि पर्वको नाम यो पर्व पर्ने महिनाको नामसँग पनि जोडिएको छ। नेपाल सम्वतअनुसार यो पर्व गुंला महिनामा पर्न आउँछ। गुंलाको पुन्हि भएकोले यसको नाम गुंपुन्हि भएको भन्ने पनि चलन छ।

क्वाति पकाउने आ–आफ्नै तरिका हुन्छ । भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाति तयार पारिन्छ । आजको दिन क्वाति खाएमा पाचनक्रियासँग सम्बन्धित रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ । परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ । तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई–हामी जहाँ छौंँ, जे गर्दैछौँ ।

आजको यो सांस्कारिक काँचो धागो वा दाजु–भाई, दिदी–बहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँ युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् । सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

संस्कृत दिवस

संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिनमै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार–प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो । आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ ।  (हाम्रो पात्रो)

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16554 0
खोपमाथीको राजनीति https://pradeshaawaj.com/?p=16358 https://pradeshaawaj.com/?p=16358#respond Sun, 25 Jul 2021 06:21:05 +0000 https://pradeshaawaj.com/?p=16358

 दमक / कोभिड १९ विरुद्धको खोपका लागि विश्वभरका सबै मुलुकहरू दौडधुप गरिरहेका छन् सबै राष्ट्रहरू कसरी आफ्ना नागरिकलाई छिटो भन्दा छिटो खोप लगाउन सकिन्छ भन्ने रणनीतिमा छन् । खोप उत्पादक राष्ट्रहरू खोप अनुदान, साहायताको माध्यमबाट आफ्नो कुटनीतिक सम्बन्ध र छविलाई उच्च बनाउन पनि खोजिरहेका छन् ।

नेपालमा पनि यस्तै खोपमाथीको राजनीति देखा पर्न थालेको छ, देउवाले प्रधानमन्त्री नियक्त हुने वित्तिकै चैतिभत्र सबै नागरिकलाई खोप लगाउने निर्णय गर्नु, खोप केन्द्रहरूको अनुगमन गर्ने जस्ता घटना र पूर्व प्रधानमन्त्री के.पी. ओलिले सिंहदरबार छाड्ने क्रममा खोपमा राजनीति नगर्न साथै आफ्नो कार्यकालमा अएका तथा सुनिश्चित भएका खोपको विवरण पनि सुनाउन भ्याउनुले खोपमाथीको राजनीतिलाई सङ्केत गरेको देखिन्छ ।

पूर्व प्रधानमन्त्री ओलिले सिंहदरबार छाड्नु अघि देशबासीका नाममा गरेको सम्बोधनमा अहिले मुल प्रश्न खोपको अपूर्ति हो, अब कोभिड नियन्त्रणको चरणमा छौं त्यसका लागि हामीले सम्पूर्ण नेपालि जनतालाई खोप लगाउने प्रबन्ध गरेका छौं, खोपको माग र अपूर्ति बिचको असन्तुलन, खोपको असमान वितरण र खोप राष्ट्रवादका असहजताका बिचमा पनि नेपालले कोभिड विरुद्धको खोपलाई तिव्रता दिएको छ, हामी खोप उत्पादक होइनौं तर हामीले छोटो समयमा नै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेका छौं भन्दै सँगै भारतबाट अनुदान ११ लाख, खरिद १० लाख चिनबाट खरिद ४० लाख, अनुदान १८ लाख, नयाँ १६ लाख अनुदान दिने घोषणा, अमेरिकाबाट १५ लाख अनुदान, जापानबाट १६ लाख अनुदान, कोभ्याक्सबाट ३ लाख ४८ हजार आएको, ३ लाख ५० हजार आउँदै गरेको र कोभ्याक्सबाट क्रमश अझै खोपहरू आउने, ठुलो मात्रामा खोप खरिदको टुङ्गो लागेको, सुविधा मुल्यमा खोप प्राप्त हुने, बालबालिकालाई फाइजरको खोप दिन मिल्ने र त्यसको खरिद पक्रिया अगाडि बढेको जस्ता लामा विवरण प्रस्तुत गरे ।

यी विवरणा प्रस्तुत गरिसकेपछि ओलिले भनका थिए हुन त मलाई थाहा छ भरे या भोलि बिहानबाट सुरु हुनेछ, ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौं भनेर तमाशा सुरू हुनेछ मानिलिउँ चट्ट गरेर (चुट्की बजाएर) जादु गरेर चाहिँ उनिहरूले आजै ल्याएका हुन् की खोप जस्तो एउटा प्रचार गर्नेछन् ।
यता प्रधानमन्त्री देउवो भनेः आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकबाट असोज मसान्तभित्र एक तिहाई जनता र चैतभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेका छन् । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले पहिलो निर्णय भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड खोप खरिद गर्न ५ अर्ब बजेट सहमति दिएका छन्, प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने क्रममा प्रतिनिधि सभामा पनि पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप अर्थात् विकास भन्दा नागरिकको जीवनरक्षा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभामै नेकपा एमालेका तर्फबाट बोलेका पूर्व परराष्ट्रमन्त्री तथा पार्टीप्रवक्ता प्रदिप ज्ञवलीले १ करोड ६१ लाख मात्रा खोप हाम्रो सरकारले सुनिश्चित गरि सकेको घोषणा समेत गरेका थिए । यसरी खोपको क्रेडिट लिन दैडधुप चलेको छ अर्थात आएका र आउन लागेको खोपमा केहि राजनैतिक रंग पनि थपिएका छन् । अहिले सबैको पहिलो आवश्यकता खोप भएकाले पनि यो खोप हामीले ल्याएका हौं, भन्न हातारो गरिरहेका छन् ।

याे समाग्री प्रदेश अावाजक राम प्रसाद खतिवडाले तयार पारेका हुन्

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16358 0
कोरोना महामारी, लक डाउन र सामाजिक संजालको प्रयोग https://pradeshaawaj.com/?p=15748 https://pradeshaawaj.com/?p=15748#respond Fri, 04 Jun 2021 06:20:55 +0000 https://pradeshaawaj.com/?p=15748

गत वर्षदेखि नै विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (covid 19 ) का कारणले हामी आज अत्यन्तै जटिल र विषम परिस्थितिमा छौँ । कोरोनाकै कारण नेपालमा पनि ठुलो धनजनको क्षति हुनुको साथै स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा पुग्नगएको क्षतिले हामी सबैलाई मर्माहत तुल्याएको छ भने अर्कातिर दिनप्रतिदिन मानवीय क्षति समेत भइरहेको छ । संक्रमितको संख्या दैनिक उकालो लागेको छ । संक्रमित बिरामीहरूले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुविधा पनि अस्पतालबाट पाउन सक्ने अवस्था छैन ।

मृत्युलाई अगाडि देख्दा पनि बिरामी निरीह भएर उपचारका अभावमा छट्पटाइ रहेको अवस्था छ । संक्रमितहरूको आफ्नै पिडा र बाध्यता छ तर उनीहरूका लागि उपयुक्त स्वास्थ्य सम्बन्धि साधन र प्रयाप्त औषधि छैन । सरकारसंग पुर्ब तयारीको निम्ति प्रशस्त समय थियो । तर सत्ता र शक्तिको छिनाझपटीमा सरकार अल्मलिंदा मूख्य तायित्वबाट उ च्यूत भयो, नजताको जनरमा सरकार गि¥यो । यस्तै विषयमा अल्झिदा अहिले स्वास्थ्यको दृष्टिले संकटपूर्ण अवस्थामा पुग्यो ।
महामारीको त्रासदीपूर्ण कारणले नागरिकहरू घरभित्रै बस्न बाध्य हुनुपर्यो । प्रायजसो घरबाहिर बस्ने बानी परेकोले घरमा समय बिताउन गाह्रो भएको छ । यो बेला मानिसहरू अन्य काम गर्नुको सट्टा सामाजिक संजालको बढी प्रयोग गरिरहेका छन् । सामाजिक संजाल जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि आज आएर हाम्रो जिवनका अभिन्न अङ्ग बनेका छन् तर सामाजिक संजालको सदुपयोग कसरी गर्ने र किन गर्ने भन्ने कुरा बुज्न जरुरी छ । नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा सामाजिक संजालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन् र यो क्रम निरन्तर बढ्दो छ । वर्तमान परिवेशमा सामजिक संजालको प्रयोगले ब्यक्तिलाई एकांगी बनाएको छ । असमाजिक बनाएको छ ।

हाल कोरोना महामारीको तेस्रो लहर चलिरहँदा केही मानिसहरू त्रसित र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला छ भने केही ब्यक्तिहरू सामाजिक संजाल मार्फत आतंक मच्चाइरहेका छन् । यसो गर्नुको सट्टा कोरोना जितेर आफुले बिरामी अवस्थामा भोगेका र अनुभव गरेका विषयमा केन्द्रीत रहेर आफू बाच्न सफल भएको कुरा अरुमापनि पु¥याउने बानी बसालौं ता कि तपाईंको सकारात्मक कुराले बिरामीलाई हौसला मिल्नेछ । २०७८ साल जेठ ९ गते पनि यस्तै अपत्यारिलो खबर हास्य टेलिसिरियल “हल्का रामाइलो” का चर्चित कलाकार बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) को कोरोनाको कारण निधन पूरा पढ्नुहोस् भनेर सामाजिक संजालमा एकाएक मिडियाले पोस्ट गर्यो र श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । तर यो खबर झुटो भएकाले कलाकार बल्छिले त्यही दिनमै लाइभमा जोडिएर आफ्नो घटना नभएको र आफू सकुशल रहेको यही सामाजिक संजाल बाट जानकारी गराएका थिए। त्यसको केही दिन लगतै अर्का लोकप्रिय गायक पशुपति पराजुलीको पनि एउटा “म मरें भने” बोलको गितमा गरिएको सुटिङको फोटोलाई लिएर कोरोनको कारण पशुपती परजुलीको यो हालत भनेर सामाजिक संजाल मार्फत पोस्ट गरिएको थियो । त्यस्तै अर्का विवेकशील पार्टीका नेता उज्वल थापाको फोटो राखेर निधन प्रति श्रद्धाञ्जलीको प्रचार गर्ने र मानवीय संबेदनामा खेल्ने पात्रहरू पनि धेरै देखिएका छन् भने अर्कातिर काेही भ्रममा नपरौ यो खबर झुट हो भन्दै मानवीय भावना पनि देखाएका छन् ।

यसरी अनुमती बिना र सोच बिचारै नगरी अरुको ब्यक्तिगत जीवनमा असर पुर्याउने काम जो कोहिले नगरौं । मेरो यो लेखबाटै सबै प्रति विनम्र अनुरोध छ । कसैको व्यक्तिगत जीवनमा हानी हुनपुग्ने झुटा समाचारहरू विलकुल पोस्ट नगरौं । मृत्यु जो सुकैको होस् यो संबेदनशील घटना हो । ब्यक्तिको मृत्यु हुन नपाइ मृतकका आफन्त साथिभाइहरूले मृतकका आफन्तको सहमति बिना सामाजिक संजाल मार्फत खोजी खोजी फोटो राखेर श्रद्धाञ्जली दिन हतारो गर्छन् । त्यति मात्र नभएर तिनै विभत्स तस्बिरहरूलाई लिएर यो तस्बिर देखेर पनि नदेखेजस्तो नगर्नुहोला अन्यथा नराम्रो हुनेछ वा जति सेयर गर्नु भयो तपाईंको मनोकांक्षा पूरा हुनेछ भनेर देबि देबताको तस्बिर पनि राखिएका हुन्छन् । वास्तवमा यो सरासर ब्यक्तिको आस्थामा गरिएको खेलवाड हो । भनिएको छ– विद्युतिय कारोबार ऐन २०६३ मा विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रशारण गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने विभिन्न आपराधिक काम वा हैरानी अनि अपमानजनक÷अमर्यादित किसिमका पोस्टहरू पोस्ट गर्ने गराउने ब्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था पनि छ । तर पनि कानुनी कार्यान्वयन भने शून्य नै छ ।

समाजिक संजाल प्रयाेगका सकारात्मक पक्षहरू

सामाजिक संजालका सकारात्मक प्रयोगका नवितम उदाहरणहरू प्रयाप्त मात्रामा देख्न र सुन्न पाइन्छ । सामाजिक संजालको प्रभावकारी ढङ्गले प्रयोग हुँदा कतिपय गरिव र अशक्त नागरिकको उपचार खर्चका लागि लाखौं रूपैयाँ संकलन भएका थुप्रै उदाहरण पनि छन् । केही रोजगारमुलक बिज्ञापनहरू पनि हामी यसबाट नै सूचना पाउछौं । आफुलाइ मनपरेको समानहरू घर बसिबसि सपिङ्ग गर्छौ । २०७२ सालको भुकम्पमा देशविदेश बाट सहयोग जुटेको हामिले भुलेका छैनौं । नेपाल प्रहरीले पनि यहि सामाजिक संजाललाई प्रभावकारी ढङ्गले सदुपयोग गरेको पाइन्छ । सुरक्षा उद्धारका लागि सामाजिक संजालले सहयोगी भुमिका खेलेको छ । मिडियाका लागि रिपोर्टरले दिन नसकेका सूचना तथा तस्वीर र भिडियो यहाँ उपलब्ध हुन सक्छन् । सन्सारको जुनसुकै मुलुकको घटनाहरू श्रब्य दृश्य सहितको समाचार छिनभरमै आफू बसेको ठाँउमा सुन्न र देख्न पाएका छौं ।

यतिमात्र होइन सन्सारका जुनसुकै कुनामा रहेका आफन्त साथीभाइसङ्ग जुन सुकै सिलसिलामा जुन बेलापनी प्रत्यक्ष कुराकानी गर्न पाएका छौं । फुर्सद हुनेका लागि त झन् समय बिताउने माध्यम बनेको छ। मानिसहरू घन्टौं रमाइरहन सक्छन् । पौरखिहरू घरमै बसिबसि आफ्ना प्रतिभाहरू पोस्ट गर्ने र हेर्ने गरेका छन् । यो सबै इन्टरनेट, फेसबुक र सामाजिक संजालको देन हो । विचार आदानप्रदान गर्नेहरूका लागि यो बहस गर्ने स्थान बनेको छ। विशिष्ट पत्रकारहरूका लागि त सूचनाको स्रोत नै बनेको छ । आफुदेखी टाढा हुनेहरूका लागि यसले नजिक भएको आभास गराएको छ । अध्ययन, अनुसन्धान एवं लेखन कार्यका लागि यसले थप सघाउ पुर्याएको छ । आफ्ना बिचार भावनाहरू राख्न सजिलो भएको छ । ब्यक्ति, परिवार, समुदाय, कार्यालय ब्यापार व्यावसाय सबैका लागि हरेक काममा प्रयोग गर्न सकिने भएकाले यसको सही सदुपयोग गरौँ भन्ने अपेक्षा छ ।

समाजिक संजाल प्रयाेगका नकारात्मक पक्षहरू

विभिन्न फाइदाजनक कुरा हुँदाहुँदै पनि कहिले काहीं त्यही सामाजिक संजाल हाम्रो लागि समस्या बन्न पुगेको छ । हामीले बुझेर होस् या नबुझी हाम्रा ब्यक्तिगत र नीजि जानकारी सामाजिक संजालमा राख्ने गर्छाै । जसलेगर्दा गलत सोच बोकेका ब्यक्तिले यसको भरपुर फाइदा लिने गर्छन् र उल्टै तपाईंलाई सिकार बनाई हानी नोक्सानी पुर्याउन सक्छन् । फेक आइडी बनाइ कसैलाई झुक्याउने, झुटा भ्रामक कुराहरू लेख्ने, ब्यक्तिगत स्वतन्त्रता र गोपनीयताको अधिकार माथी हनन् गर्ने काम यो संजालले गरेको छ । पछिल्लो समयमा सामाजिक संजालका कारण आत्महत्या, चोरी तस्करी जस्ता कुसंस्कारहरू दिनप्रतिदिन बढ्दै गएको छ । सामाजिक संजालको लतमा फसेका किशोर किशोरीहरू इन्टरनेटको माध्यमबाट विभिन्न अश्लिल फिल्महरू हेर्नुका साथै अश्लि भिडियोहरू सेयर गर्ने, पढ्ने, एक अर्कालाई मन परोस् या नपरोस् जबरजस्ती म्यासेज गर्ने र यसैको कुलतमा परि एक अर्कामा प्रेम गर्ने अनि कम उमेरमै शारीरिक सम्बन्ध कायम राख्ने प्रवृत्ति छ ।

अर्को कुरा दिनभरी काम गरेर जीविकोपार्जन गर्ने मानिस समेत सामाजिक संजालको लतमा परेर बिहान बेलुका छाक टार्ने पैसाले मोबाइल रिचार्ज गर्ने र अनावश्यक समय यसैमा खर्च गरेका छन् । उस्तै परे बुवाआमाले खाजा खान दिएको पैसा पनि नखाइनखाइ मोबाइल रिचार्ज गरि अनावश्यक च्याटिङ गर्ने केटाकेटीको पनि ठुलै जमात छ । सामाजिक संजालको प्रयोग अध्ययन अनुसन्धान भन्दा पनि मनोरञ्जनको साधनको रूपमा बढी प्रयोग गरिएको छ । सामाजिक संजालमा लिप्त भएकाहरूमा आफ्नो परिवारलाई दिने समय छैन भने बच्चाका आमाहरूलाई बच्चाको हेरबिचार गर्ने फुर्सद छैन । जसका कारण छोराछोरी विभिन्न कुलतमा फसेका छन् । मानिसमा रहेको मानबीय संवेदना यतिसम्म हराउँदै गएको छ कि आफुले कहिले नदेखेको ब्यक्तीसङ्ग च्याटमा बोलेकै भरमा नाङ्गो हुन तयार हुन्छन् । कतिपय युवा युवतीहरू सामाजिक संजालकै कारण झुटो बिबाह गर्न तयार हुन्छन् भने कतिपय मानसिक हिंसाको सिकार र आत्महत्या गर्न बाध्य हुन्छन् । यसैले यस्ता नोक्सानी बाट बच्नलाई कानुन बिपरित गरिएका अपराधीक क्रियाकलाप गर्ने ब्यक्तिलाई कानुनको कठघरामा उभ्याइ कानुन बमोजिम कारबाही गर्नु पर्ने जरुरी देखिएको छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15748 0
दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ https://pradeshaawaj.com/?p=15522 https://pradeshaawaj.com/?p=15522#respond Sat, 08 May 2021 02:23:48 +0000 https://pradeshaawaj.com/?p=15522

दमक/ यतिखेर देश नै कोरोना संक्रमणको चपेटमा छ । प्रमुख राजनीतिक दलहरु यतिखेर सत्ताको जोडघटाउनमा रहेकाछन् । राजनीतिक दलहरुको घोषणपत्र र उदेश्यकहरु हेर्ने हो भने जनजिवनलाई सहज बनाउने र जनता केन्द्रित भएर काम गर्ने हो । तर दुर्भाग्य यो भएको छैन । ब्याक्तिगत स्वार्थका कारण राजनीति त लाजनीतिमा परिणत भइसकेको अवस्था छ । यसले गर्दा स्थानीय राजनीतिक दलका नेता होस वा केन्द्रिय खास आस एवं भरोसा गर्ने अवस्था देखिन्न ।

यो कोरोना संक्रमण त्यति सहजै रोकथाम होला भन्ने देखिन्न । झापा सहित दमकमा पछिल्लो समयको कोरोना संक्रमणको दर हेर्ने हो भने अवस्था जटिल बन्दैछ । तर पक्कै पनि स्थिति नियण्त्रण बाहिर छैन यसले गर्दा हतोत्सहि हुनुपर्छ भन्ने छइन र होइन । तर हामी सबैको सामुहिक प्रयास र तयारी भएन भने हामीमाझ भयाभह अवस्था आउन पनि सक्छ । जसले गर्दा समयमा नै हामी एकताबद्ध भएर लागनौ भने हामी सबैको ज्यान जोखिममा छ ।

सर्वप्रथम त हामी पहिला आफु सुरक्षित बनौ । त्यसका लागि आधारभूत स्वास्थ्य मापदण्डको पालना गरौ । निषेधाज्ञा तथा लकडाउनको पूर्ण पालना गरौ र गराउन सहयोग गरौ । दमकको कोभिड उपचार केन्द्रको क्षमता विस्तारसंगै भेन्टिलेटर लगायतको सुविधा थप्नका लागि राज्यसंग जसको पहुँच पुग्छ त्यसका लागि पहल गरौ । सबैतिरबाट सहयोगका लागि सार्वजनिक अपिल गरौ । आखिर राजनीतिक दलहरु एक भएर यसका लागि लाग्ने हो भने असम्भव पक्कै नहोला ।

दमक सहित झापाका ५० बेडभन्दा मथि क्षमता रहेको नीजि अस्पतालहरुले सबैले कोभिड अस्थाई उपचार केन्द्र बनाऔ । जसरी बिएण्डसिले पछिल्लो समयमा झापामा मात्र नभएर नेपालमा नै अनुशरणिय काम गरेको छ । आम्दा अस्पतालले पनि कोरोना संक्रमितको उपचार शुरु गरेको छ । दमकमा पनि एडभान्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको बताएको छ । लाईफलाइन अस्पतालले पनि तयारी गरिरहेको छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिनु पर्छ । स्थानीय सरकारले झनै प्रभावकारी रुपमा समन्वय गर्नु पर्छ ।

दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ । चाहे सरकारी अस्पतालमा होस या सामुदायिक अस्पताल (आम्दा) मा नै किन नहोस । नीजिमा नै पनि किन नगर्ने ? यसमा लायन्स क्लवहरु, रोटरी क्लव, जेसिज लगायत सामाजिक सेवा लाग्ने बताउने सबैले ध्यान दिन जरुरी रहेको छ । मानवीय सेवा नै सर्वोतम सेवा भएकाले कोरोना संक्रमितको जिवन रक्षाका लागि अक्सिजनको अपरिहार्यता पछिल्लो समयमा धेरै नै देखिएको छ । यसका लागि सामुहिक पहल जरुरी छ । कोहि पनि होम आईसुलेसनमा मृत्यु वरण गर्न नपरोस । यसका लागि बढिभन्दा बढि क्षमतामा आईसुलेसन कक्ष, क्वारेन्टाइन र अस्पतालहरुमा अस्थाई बेडहरु भएपनि लगाउन आवश्यक छ ।

काेरोना जाँच ल्याव दमक उद्योग बाणिज्य संघको पहलमा ल्याउन कसरत भएको थियो । त्यसमा स्थानीय सरकारले सञ्चालनका लागि समस्या देखाएका कारण त्यो आउन सकेन । कमसेकम ल्यावका लागि आवश्यक प्राविधिक उपकरण स्वीकार गर्न सकेको थियो भने कोरोना जाँचमा अहिलेको जस्तो ढिलो हुने थिएन । त्यो समयमा जनशक्ति र आवश्यक खर्चको बिषयले गर्दा ल्याव आउन सकेन । यसको केहि चरणको छलफलमा म पनि सहभागि भएकाले मलाई यो बिषयले अहिले पनि घोच्ने गर्छ । दाताले प्राविधिक उपकरणदेखि सबै ब्यवस्थापन गर्नेसके मात्र सम्भव बताएकाले यो हुन सकेन । यो गल्ति अहिले महसुस भएको हुनुपर्छ । संघले यसको समन्वय गर्न प्रकाश प्रशाईलाई जिम्मा दिएको थियो र उनले कोसिस पनि गरेका थिए ।

जसरी सरकारी होस या नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर सेवा गरिरहेकाछन् । यो सम्मानयोग्य छ । उनिहरुको हौसला बढाउन आवश्यक छ । यसमा सबैभन्दा बढि स्थानीय सरकारले सक्रियता जनाउनु पर्छ । मानिस कोरोना संक्रमितको छेउ पर्न जान मान्दैन । तर उनिहरु गएर प्रत्यक्ष सेवा गरिरहेका हुन्छन् । निश्चय पनि कोरोना संक्रमणका विरामीको उपचार केहि महगो हुनेरहेछ यसलाई अस्पतालहरुले लागत मूल्य लिएर अहिले सेवा गर्नु पर्छ । जोसंग आर्थिक हैसियत र साच्चै बिपन्न छ उसलाई निशुल्क उपचार एवं सेवा दिनु पर्दछ ।

कन्ट्याक्ट ट्रेसिङमा भएको कमजोरीका कारण समस्या विकराल बन्ने देखिन्छ । यसमा निक्कै ध्यान जान आवश्यक रहेको छ । अहिलेसम्म प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार नै गम्भिर बन्नुपर्छ । यो स्थानीय सरकार आफैले गर्न सक्दैन । अझ रिर्पोट ढिला आँउनु अर्को समस्या हो । दूइदेखि तीनमा मात्र रिर्पोट आँउदा कोरोना संक्रमणदर झन् बढदो गतिमा छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15522 0
बजारमा थरीथरी मास्क : कुन बढी सुरक्षित ? https://pradeshaawaj.com/?p=15310 https://pradeshaawaj.com/?p=15310#respond Tue, 27 Apr 2021 05:10:45 +0000 https://pradeshaawaj.com/?p=15310

कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ ।

अहिले राज्यस्तरबाट पनि मास्कमा कडाइ गरिएको छ । तर यति हुँदाहुँदै पनि कस्तो मास्क लगाउने भन्ने मापदण्डको बारेमा भने खासै चासो दिने गरिएको पाइँदैन । अहिले केवल मुख छोप्नुलाई कोरोनाबाट बच्ने उपाय भनिएको छ ।

टेकुस्थित राष्ट्रि जनस्वास्थ्य प्रयोगशालाबाट भर्खरै सेवानिवृत्त भएका भाइरोलोजिस्ट डा. विष्णु उपाध्याय मेडिकल क्षेत्रमा १०० प्रतिशत भन्ने केही पनि हुँदैन भन्छन् । त्यसैले मास्कले पनि कुनै भाइरसलाई १०० प्रतिशत रोक्न मद्धत गर्छ भन्नु उचित हुँदैन । त्यसैले अहिलेको महामारीमा ८०/९० प्रतिशतसम्म भाइरसलाई नियन्त्रण गर्नुपनि धेरै ठूलो कुरा हो । त्यसैले मास्क लगाउँदा पनि यसको गुणस्तरबारे ध्यान दिनुपर्ने उनी बताउँछन् । मास्कले भाइरस रोक्छ भनेर सबैसँग टाँसिएर कुरा गर्ने, धेरै नजिक हुने जस्तो गर्नु हुँदैन । दुवैले मास्क लगाएको भए पनि भौतिक दुरी भने कायम गर्नुपर्ने उनी बताउँछन् ।

अहिलेको मास्क लगाउनु पर्ने अवस्था लहर र फेसन भन्दा बढी बाध्यता हो । नेपालमा सम्भावित भयावह स्थिति र भारतमा देखिएको कोरोना महामारीको भयावह अवस्थामा मास्क लगाउने मात्रै नभएर सुरक्षित मास्कको खोजी पनि आवश्यक देखिएको छ । तर यसको लागि कस्तो मास्क सुरक्षित छ त ? भाइरोलोजिस्ट डा. उपाध्यायले विभिन्न प्रकारका मास्कको गुणस्तरीयताको बारेमा उल्लेख गरेका छन् ।

एन ९५ मास्क

प्रयोगशाला होस् या त अस्पतालमा उपचार गराउने चिकित्सकले जस्तोसुकै बिरामीको पनि उपचार गराउनुपर्ने हुन्छ । अहिले भाइरसको यो महामारीमा कसलाई कोरोना लागेको छ भन्ने यकिन हुँदैन । त्यस्तो अवस्थामा बिरामीले खोक्ने हाछ्युँ गर्ने गर्दा त्यसको छिटाले आफूलाई संक्रमण नहोस् भन्नको लागि एन ९५ मास्क प्रयोग गरिन्छ ।

एन ९५ मात्रै लगाएर पनि हुँदैन । त्यो लगाएर बाहिरबाट फेससिल्ड लगाएर त्यसरी मात्रै हामी जोगिन सकिन्छ । एन ९५ अर्थात् यसले भाइरसलाई ९५ प्रतिशतसम्म रोक्ने गर्छ भन्ने मान्यता राखिन्छ । यसको अर्थ एन ९५ मास्क लगाउनेबित्तिकै ९५ प्रतिशत रोकिन्छ भन्ने चाहिँ हुँदैन । यसमा मास्क लगाउने स्टाइल आदिको आधारमा हुन्छ । मास्क लगाउँदा दायाँबायाँबाट हावा नछिर्ने र नियमित मास्कमा हात लगिरहने गर्नु हुँदैन ।

त्यस्तो अवस्थामा यो मास्कले भाइरस र९५ प्रतिशतसम्म रोक्ने, ब्याक्टेरिया १०० प्रतिशतसम्म, फोहोर १०० प्रतिशतसम्म र पोलिनलाई पनि १०० प्रतिशतसम्म न्यूनीकरण गर्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् । उपाध्याय यो मास्क बढी गरेर मेडिकल प्रयोजनमा काम गर्नेहरुको लागि उपयोगी हुने गर्छ । त्यसैले अहिले बजारमा पाइने मास्कमध्ये सबैभन्दा उपयोगी एन ९५ मास्क हो ।

सर्जिकल मास्क

भाइरस न्यूनीकरणको लागि सर्जिकल मास्कले पनि ९५ प्रतिशत नै भाइरसलाई रोक्छ भन्ने मान्यता राखिन्छ । तर उपाध्याय सर्जिकल मास्क एन ९५ जस्तो गुणस्तरीय भने नहुने बताउँछन् । मेडिकल साइन्स सम्बन्धी जानकारहरु सर्जिकल मास्कले भाइरस ९५ प्रतिशत रोक्छ भने ब्याक्टेरिया, डस्ट र पोलिन समान ८० प्रतिशत रोक्छ भन्ने मान्यता राखिन्छ । यो सामान्यतया सबैले प्रयोग गर्न सक्छन् । यो दुवैजनाले प्रयोग गरेर सामाजिक दुरी कायम गर्न सकियो भने यो प्रभावकारी हुने उपाध्याय बताउँछन् ।

फेसनको लागि प्रयोग गरिने मास्क

फेसनको लागि प्रयोग गरिने मास्क नेपालमा पनि पाउने गरिन्छ । कस्पोन्ज मास्क केवल फेसनको लागि प्रयोग गरिने आकर्षक मास्क हो । यो मास्कमा भाइरस रोक्ने क्षमता केवल शून्य प्रतिशत मात्रै हुन्छ । यसमा ब्याक्टेरिया, फोहोर र पोलिन रोक्ने क्षमता समान ०.५ प्रतिशत हुने गर्छ । यो अहिलेको भाइरसको लागि केही पनि उपयुक्त नरहेको बताइन्छ ।

कपडाको मास्क

कपडाको मास्क आफैँमा भाइरस रोक्नको लागि प्रभावकारी हुँदैन । कपडाको मास्कले भाइरस एक प्रतिशत पनि रोकिँदैन । तर ब्याक्टेरिया, डस्ट र पोलिनको नियन्त्रणमा भने यो ५० प्रतिशतसम्म प्रभावकारी हुने मानिन्छ । उपाध्याय कपडाको मास्कभित्र एउटा सर्जिकल मास्क लगाउने हो भने यो प्रभावकारी हुने मान्यता राख्छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15310 0
test