अर्थ/ वाणिज्य – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Mon, 17 Jun 2024 11:15:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg अर्थ/ वाणिज्य – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना https://pradeshaawaj.com/?p=20799 https://pradeshaawaj.com/?p=20799#respond Fri, 14 Jun 2024 09:34:16 +0000 https://pradeshaawaj.com/?p=20799

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20799 0
अलैंचीको मूल्य बढ्यो https://pradeshaawaj.com/?p=20673 https://pradeshaawaj.com/?p=20673#respond Tue, 12 Dec 2023 19:03:08 +0000 https://pradeshaawaj.com/?p=20673

सङ्खुवासभा, सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो ।

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उहाँको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।

अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ ।

नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20673 0
नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि https://pradeshaawaj.com/?p=20671 https://pradeshaawaj.com/?p=20671#respond Tue, 12 Dec 2023 18:58:56 +0000 https://pradeshaawaj.com/?p=20671

काठमाडौँ, : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ ।

सबै समूहका उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ । आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20671 0
एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको आरोप https://pradeshaawaj.com/?p=20651 https://pradeshaawaj.com/?p=20651#respond Sat, 09 Dec 2023 20:17:46 +0000 https://pradeshaawaj.com/?p=20651

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो ।

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो ।

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20651 0
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि https://pradeshaawaj.com/?p=20631 https://pradeshaawaj.com/?p=20631#respond Mon, 06 Nov 2023 14:53:05 +0000 https://pradeshaawaj.com/?p=20631

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ ।

कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलब ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलब ९३, आशा लघुवित्त छ दशमलब १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलब ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलब ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलब ४० प्रतिशतले गुमाएका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20631 0
जनआस्थाको १७ औ बार्षिक साधारण सभा सम्पन्न https://pradeshaawaj.com/?p=20585 https://pradeshaawaj.com/?p=20585#respond Sat, 23 Sep 2023 13:18:40 +0000 https://pradeshaawaj.com/?p=20585

डुडामारी । जनआस्था बचत तथा ऋण सहकारी संस्थाले आज १७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको शिवसताक्षी ८ स्थीत डुडामारीमा कार्यलय रहेको जन आस्था बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा ८२ लाख १४हजार ९सय चुक्ता सेयर पुँजी रहेको छ भने ५करोड ७८लाख ३ हजार ६ सय ८१ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष जयश्वर अङदेम्बे द्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।


सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको छ । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष आङदेम्बेले बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

संस्थाका अध्यक्ष जयश्वर आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै नगर प्रमुख थोप्राले नगरकै पुरानो सहकारी मध्येको एक जनआस्था साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा असल निक्षेप कर्ता चन्द्रा आङदेम्बे , असल ऋणि गंगामाया सेम्बे लिम्बु, असल बाल बचत सदस्य समिना भण्डारी, र जेष्ठ सदस्य दिलबहादुर कुँवर लाई नगद सहित सम्मान पत्रले सम्मानित गरेको संस्थाका सदस्य रोमन लाम्गादेले जानकारी दिए ।
संस्था बिभिन्न सामाजिक गतिबिधिहरुमा सक्रिय हुनुको साथै सदस्यको मृत्यु हुदा नगद २५हजार र समबेदना पत्र सहित स्रदाञ्जली अर्पण गर्दछ भने सदस्यको एकाघर भित्र मृत्य भएमा नगद ५हजार र समबेदना पत्र सहित स्रदाञ्जली अर्पण गर्ने गरेको बताइएको छ ।

 

सो अवसर वाडा नम्बर ८का अध्यक्ष सन्तकुमार फेवदिन, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शंकर , संस्थाका संस्थापक अध्यक्ष पदमशुन्दर भण्डारी लगायतले शुभकामना मन्तब्य सहित आ आफ्नो धारण राखेको कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोपाल कुँवरले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब गंगाप्रसाद ओझाले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20585 0
कमल गाउँपालिकाको नीति कार्यक्रम, ७२ करोड २१ लाख बजेट प्रस्ताव https://pradeshaawaj.com/?p=20404 https://pradeshaawaj.com/?p=20404#respond Sun, 25 Jun 2023 16:38:51 +0000 https://pradeshaawaj.com/?p=20404

दमक/ झापाको कमल गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि कमलको समृद्धी भन्ने नारासहित कृषि बिकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षका २०८०/०८१ का लागि पालिकाको तर्फबाट ७२ करोड २१ लाख रुपैया भन्दा बढीको बजेट प्रस्ताव गरेको छ ।

गाउँपालिकाको आइतबार शुरु १३ औं गाउँ सभा (अधिवेशन)मा अध्यक्ष हुकुमसिंह राईले प्रस्तुत गरेको नीति कार्यक्रममा आधारित रहेर उपाध्यक्ष प्रमिला न्यौपानेद्धारा सो बजेट प्रस्ताव गरिएको हो ।
गाउँ अधिवेशनको पहिलो सेसनमा गाउँपालिकाका अध्यक्ष राईले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढाउने र शैक्षिक क्षेत्रको बिकासका लागि स्थानीय सरकारका तर्फबाट अख्तियार गरिने नीतिहरुको लामो फेहरिस्त प्रस्तुत गरेका छन ।

कृषि बिकासको सो नारालाई अघि सार्दै अध्यक्ष राईले आगामी ४ बर्ष भित्र किसान सुचिकरणको कामलाई पूर्णता दिईने, एक समुह एक कृषि उत्पादन, कृषि उपजको बजारीकरणका लागि समुह तथा सहकारीसँगको साझेदारीमा कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याइने, अगुवा कृषकहरुका लागि रोजगार सेवा केन्द्रबाट श्रमिक ब्यवस्थापन गरी जैविक एवंम कमल युरिया साथै कमल प्राङ्गारिक मल उत्पादन गरी मल उत्पादन तथा वितरण गरी विद्यमान रासायनिकमलको प्रयोगलाई न्यूनीकरण गर्ने नीति अघि सारिएको छ ।

कृषि यान्त्रिकरण तथा कृषिका अन्य पूर्वाधार विकास गरी चाक्लाबन्दी खेतीलाई प्राथमिकता दिईने, नदी उकास तथा बाँझो जमिनमा खरभुजा तरभुजा परवल लगायतका बालीहरु लगाई उत्पादनको आधारमा प्रोत्साहन गर्ने नीति लिइएको छ भने स्वस्थ जीबनका लागि कमलको जैविक ताजा तरकारी भन्ने नारालाईसाकार पार्न एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत पोषणयुक्त तरकारीहरु (कुरिलो, बोडी,रायो,जरेबाली) न्यूनतम १ कठ्ठामा लगाउने कृषकहरुका लागि नगद प्रोत्साहन गर्ने नीति लिइएको छ । त्यस्तै कमल झोल मल र कमल युरिया मलको उपयोगका लागि वडा वडाबाट वितरण गर्ने कामलाई निरन्तरता दिइने उल्लेख छ ।

दुुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादन गरी बिक्री गरिएको प्रमाणका आधारमा अनुदान कार्यक्रम मार्फत आगामी ५ वर्ष भित्रमा ५० लाख लिटर दुधको उत्पादन पुर्याई कमल गाउँपालिकाबाट वार्षिक ३० लाख लि. दुध निर्यात गर्ने तथा दुुग्ध पदार्थ उद्योगहरु स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष राईबाट प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ । ंसामुदायीक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको पहुँच वढाउनका लागि आमा बुवा दुबै गुमाएका साथैं वुवाको मृत्यु भई आमाको सहारामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ती अनुदान उपलव्ध गराउने गाउँपालिकाको नीति छ ।

विद्यार्थीहरुको अन्र्तनिहीत क्षमताको प्रस्फुटनका लागि (नृत्य, खेलकुदतथा कम्प्युटर) लाई प्रोत्साहन गर्नका लागि घुम्ती शिक्षकको ब्यबस्थापन गर्ने नीति लिईएको छ भने विद्यालयहरुमा अध्ययनरत वालवालिकाहरुलाई शैक्षिक उन्नयन तथा पृष्ठपोषण गर्नका लागि पालिकास्तरीय विज्ञ समुह गठन गरेर विद्यालय अनुगमन तथा शिक्षण सिकाई गतिबिधिमा पृष्ठपोषण प्रदान कार्यक्रममा जोड दिईने पनि पालिकाको पारित नीतिमा उल्लेख छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20404 0
कोशी प्रदेशकाे बजेट ३६ अर्ब २४ करोड https://pradeshaawaj.com/?p=20379 https://pradeshaawaj.com/?p=20379#respond Thu, 15 Jun 2023 16:17:20 +0000 https://pradeshaawaj.com/?p=20379

विराटनगर । कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ।

कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यानवयनका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। जसमा चालु तर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगत तर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापन तर्फ १ करोड स्थानिय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार विनियोजन गरिको छ। कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो। बजेटले रोजगार प्रबद्र्धन र उत्पादन बृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। कोशी प्रदेश सरकारले बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई जोड दिएको छ। प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पूर्वाधार विकासका लागि ११ अर्ब ४१ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। युवाहरूलाई स्वरोजगारका लागि सिप विकास तालिम, शिप परिक्षण, सौलियत दरमा कर्जा प्रबाहलगायतका कार्यक्रम बजेटमा समावेश गरिएको छ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्ने, उपयुक्त स्थानमा कोशी औद्योगिक क्षेत्र स्थापना गर्ने, औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि संभाव्यता अध्ययन गर्नेलगायतका कार्यक्रम प्रदेश सरकारले ल्याएको छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20379 0
यामाहाकाे नयाँ स्कुटर रे जेड आर हाइब्रीड १२५ दमकमा सार्वजनिक https://pradeshaawaj.com/?p=20359 https://pradeshaawaj.com/?p=20359#respond Mon, 05 Jun 2023 15:37:16 +0000 https://pradeshaawaj.com/?p=20359

दमक / यामाहाले नयाँ स्कुटर रे जेडआर १२५ सिसिको हाइब्रीड दमकमा सार्वजनिक गरिएको छ।

दमकको क्रिसभ कमर्सियलले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा रे जेडआर हाईब्रीड स्कुटर सार्वजनिक गरेको हो।

प्रमुख अतिथि श्रेष्ठ र क्रिसभ कमर्सियलका संचालक सञ्जु पराजुलीले संयुक्त रुपमा उक्त स्कुटर सार्वजनिक गरेका छन् ।

यो स्कुटर स्मार्ट मोटर जेनेरेटर सहितको नेपालमा आयात गरि सार्वजनिक गरिएको पहिलो हाइब्रीड स्कुटर भएको जनाइएको छ।

स्ट्यान्डर्ड डिलक्स र प्रीमियम तथा प्रीमियम प्लसमा उपलब्ध यो स्कुटर एयर कुलिङ सिस्टम र एफ आई सिस्टममा ब्लु कोर ईन्जिन रहेको क्रिसभ कमर्सियलकी सेल्स प्रतिनिधि आरती संग्रौलाले बताइन् ।

स्कुटरको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ईमको बजार मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँबाट शुरु हुने जनाएको छ। स्कुटर सर्वनिक कार्यक्रममा नेपालको यामाहाको अधिकारिक एम ए डब्लु का एरिया सेल्स म्यानेजर कुन्दन भण्डारी र एरिय सर्भिस इन्जिनियर नितिन साह, दमकमा सामाजिक संघ संस्थाका प्रतिनिधि , ग्राहक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20359 0
‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’ https://pradeshaawaj.com/?p=19132 https://pradeshaawaj.com/?p=19132#respond Sun, 22 Jan 2023 06:57:44 +0000 https://pradeshaawaj.com/?p=19132

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उहाँले केही सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको उल्लेख गर्नुभयो ।

सचिव रेग्मीले भन्नुभयो, “बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।”

 

एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उहाँले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिनुभयो । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताउनुभयो ।

 

नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राख्नुभयो । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19132 0
test