दमक खबर – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Fri, 28 Jun 2024 11:50:16 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg दमक खबर – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमक नगरपालिकाको सूचना https://pradeshaawaj.com/?p=20824 https://pradeshaawaj.com/?p=20824#respond Fri, 28 Jun 2024 11:49:03 +0000 https://pradeshaawaj.com/?p=20824

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20824 0
दमक नगरपालिका द्वारा जनहितमा जारी https://pradeshaawaj.com/?p=20822 https://pradeshaawaj.com/?p=20822#respond Mon, 24 Jun 2024 08:47:50 +0000 https://pradeshaawaj.com/?p=20822

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20822 0
दमक नगरपालीकाको सूचना https://pradeshaawaj.com/?p=20816 https://pradeshaawaj.com/?p=20816#respond Sat, 22 Jun 2024 04:27:02 +0000 https://pradeshaawaj.com/?p=20816

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20816 0
२ दिन देखि बेपत्ता भएका किशोरीको अवस्था अज्ञात, चाँडो खोजी गर्न गाउँपालिका अध्यक्षको आग्रह https://pradeshaawaj.com/?p=20802 https://pradeshaawaj.com/?p=20802#respond Fri, 21 Jun 2024 17:20:45 +0000 https://pradeshaawaj.com/?p=20802

दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् ।
सो ठाउँकी १३ बर्षिया जेनिसा श्रेष्ठ १२ बर्षिया दीक्षा ताजपुरिया र १७ बर्षिया सोनिया रिकीयासन बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् ।

घरबाट निस्किएका उनीहरु अझै सम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ । एकसाथ समुहमै किशोरीहरु वेपत्ता भएको घट्नापछि उनीहरुको परिवार र आफन्तजन मात्रै नभएर सिंगो गाउँका बासिन्दा चिन्तित बनेका छन् ।

किशोरीहरु एकसाथ वेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा उनीहरुका अभिभावकले लिखित हुलिया निवेदन गरेका छन् । उनीहरु वेपत्ता भएको घटनाबारे प्रहरी अनुसन्धानमा भएको प्रगति र उनीहरुको अवस्थाबारे गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी निशान थापासँग उनको कार्यकक्षमा भेटगरि जानकारी लिएका छन् ।

अध्यक्ष राईले प्रहरी प्रमुख थापासँगै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँग पनि किशोरीहरुको समुहनै वेपत्ता भएको घट्नामा सुक्ष्म अनुसन्धान गरि उनीहरुको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20802 0
झापामा एकै घरमा दुई बालकसहित तीनजना मृत फेला https://pradeshaawaj.com/?p=20794 https://pradeshaawaj.com/?p=20794#respond Fri, 14 Jun 2024 10:11:59 +0000 https://pradeshaawaj.com/?p=20794

पाराबारी ।झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20794 0
दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना https://pradeshaawaj.com/?p=20799 https://pradeshaawaj.com/?p=20799#respond Fri, 14 Jun 2024 09:34:16 +0000 https://pradeshaawaj.com/?p=20799

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20799 0
सिजन अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त, दमक नगरपालिकाले दियाे चासाे https://pradeshaawaj.com/?p=20783 https://pradeshaawaj.com/?p=20783#respond Thu, 13 Jun 2024 17:52:55 +0000 https://pradeshaawaj.com/?p=20783

दमक बजारमा अप्राकृतिक रुपमा पकाइएका फलफुलको कारोबार भइरहेको सूचना पाएपछि स्थानीय सरकारले सम्बन्धित व्यवसायीहरुलाई सचेत गराएको छ ।

विशेष गरी अहिले बजारमा निस्किएको आँप र केरालाई लक्षित गर्दै दमक नगरपालिकाले त्यस्तो सचेत गराएको हो । नगरपालिकाले सार्वजनिक सूचना मार्फत सो बिषयमा सम्बन्धित विक्रेता तथा उत्पादक व्यवसायीहरु र आम उपभोक्ताहरुलाई सचेत गराएको हो ।

सिजन सुरु हुनु भन्दा अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त देखिन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर सचेत गराईएको दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताइन् । कृतिम रुपमा पकाईएका फलफुलले मानव स्वास्थ्यलाई असर गर्ने भएकोले त्यस्ता फलफुलहरु बिक्रि नगर्न ब्यबसायीलाई समेत आग्रह गरिएको भन्दै उनले उपभोक्ताले पनि फलफुल किन्दा सचतता अपनाउनु पर्ने बताइन् ।

नगरपालीकाको बजार अनुगमन टोलीले नियमित अनुगमन गरिरहेको भन्दै अप्राकृतिक रुपमा पकाईएका फलफु भेटिए जफथ गरिने र त्यस्ता ब्यबसायीलाई कारबाही समेत हुने भएकोले सुचना जारी गरेर सचेत गराएको नगर उप प्रमुख भट्टराईले बताइन् ।

नगरपालिकाद्धारा जारी सार्वजनिक हित सम्बन्धिको सूचनामा क्याल्सियम कार्वाइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक रसायनको प्रयोग गरि पकाइएका आँप, केरा ताथ अन्य फलफुलहरुको विक्री वितरण नगर्न सम्बन्धित व्यवसायीहरुलाई सचेत गराइएको छ भने प्राकृतिक रुपमा परिपक्व भएपछि मात्रै त्यस्ता फलफुलहरु बोटबाट झारेर उपभोक्ता माझ लैजान र प्राकृतिक रुपबाट आँप पकाउँदा बेसार, प्याज र प्राकृतिक धुँवाको प्रयोग गर्न सुझाइएको छ । एउटा लटका सबै आँपहरु एकै प्रकारबाट उस्तै रंगमा पाकेको देखिनु, फलको बोक्रा पहेंलो हुनु तर भित्री फल राम्रोसँग पाकेको नहुनु, फलको प्राकृतिक बास्ना नहुनु, पहेंलो भएर पाकेको फलमाथि कालो धब्बाहरु देखिएमा त्यस्तो फल अप्राकृतिक ढंगबाट पकाइएको हुने पनि जारी सूचनामा उल्लेख छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20783 0
दमक महोत्सव २०८० सुरु, ब्याज दर एक अंकमा आउँछ : अर्थमन्त्री महत https://pradeshaawaj.com/?p=20721 https://pradeshaawaj.com/?p=20721#respond Sun, 11 Feb 2024 13:52:04 +0000 https://pradeshaawaj.com/?p=20721

दमक/ अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बैंकको ब्याज दर चाँडै एकल अंकमा आउने बताए ।

दमक उधोग वाणिज्य संघले आयोजना गरेको दमक महोत्सव २०८०को उद्घाटन सत्रमा बोल्दै अर्थ मन्त्री महतले यस अघि भएकै खराब ऋण लाई उठाउनकै लागि भए पनि ब्याज घट्ने बताए ।

वाणिज्य संघले माघ २८ गतेदेखि फागुन १२ गते सम्म दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा शुरु गरेको पाँचौं दमक महोत्सव उद्घाटन कार्यक्रमका बोल्दै ऋण लिने दिने दुवैको कमजोरी भएको कारण खराब ऋण बढेको बताउँदै यसको चाँडै समाधान गर्ने कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री महतले बताए । उनले कसैको पछि लागेर ऋणीले लिएको ऋण मिनाह नहुने समेत जानकारी गराएँ त्यो सम्झनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो । कसरी सहज गराउने भनेर कुरामा सरकार लागि परेको बताउदै मन्त्री महतले ऋण लिएको मान्छे ऋण तिर्ने पर्ने बताए । उनले दमकमा रहेका सभा हल र दमक भ्यू टावर अहिलेको आवश्यकता नभएको समेत गर्दा । अघिल्ला सरकारले अनुपादक क्षेत्रमा बढी लगानी गरेको बताउँदै, निर्माण भई सकेको संरचनालाई जुनसुकै सरकारलेपनि अलपत्र पार्न नहुने उल्लेख गरे ।

महोत्सवले केही समयदेखि सुस्ताएको ब्यापार ब्यवसायलाई, आर्थिक चलायमान गर्ने नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए ।

करको दायरा बढाउनु पर्छ वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका संयोजक उमेश डालमियाँ निजी क्षेत्रले मेला महोत्सवको आयोजना गरेमा सरकारलाई कर आउने तर स्थानिय क्लव ,समुहले आयोजना गर्दा केही समस्या पनि भएको भन्दै अर्थमन्त्रीलाई ध्यानकर्षण गराए ।

दमक नगर पालिकाको प्रमुख राम थापाले नगरमा संघीय बजेट आउन रोकिएका भौतिक संरचना समस्यामा रहेको भन्दै दमक गौरवका योजनामा बीचमा अलपत्र नपार्न अर्थमन्त्री महतलाई ध्यानकर्षण गराए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले महोत्सवले दमकको समग्र व्यापार लाई बढाउन सहयोग पुर्याउने बताउँदै । नगरले समेत सबै खाले उपभोक्ताका लागि सस्तो बजार सञ्चालन गर्ने सोच बनाउँदै गरेको बताइन् ।

संघका अध्यक्ष गोपाल गुरागाई को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केंद्रीय सदस्य गोकुल श्रेष्ठ, सविधान सभा सदस्य महेन्द्र कुमारी लिम्बू, दमकका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत को उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य महोत्सवका संयोजक तथा
वरिष्ठ उपाध्यक्ष राजु खड्का राखेका थिए भने महोत्सवको सञ्चालन संघका प्रथम उपाध्यक्ष राज कुमार योङ्या ले गरेका थिए । फाल्गुन १२ गते सम्म संचालन हुने महोत्सवमा विभिन्न व्यापारिक स्टल सहित हरेक दिन साङ्गीतिक कार्यक्रम हुनुको साथै विभिन्न खेल तमासा हुने आयोजकले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20721 0
च्याम्बर अफ कमर्स, दमक झापाको दोस्रो अधिबेशन सम्पन्न https://pradeshaawaj.com/?p=20656 https://pradeshaawaj.com/?p=20656#respond Thu, 07 Dec 2023 20:30:18 +0000 https://pradeshaawaj.com/?p=20656

दमक / च्याम्बर अफ कमर्स, दमक झापाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । दमकमा शुक्रबार सम्पन्न संस्थाको दोस्रो अधिवेशनले ११ सदस्य समिति सर्बसहमत चयन गरेको छ । जसको अध्यक्षमा राजेन्द्र कुमार ढकाल, उपाध्यक्ष अजय कुमार अग्रवाल, सचिव रामप्रसाद रिमाल, सहसचिव ख्याम सापकोटा, कोषाध्यक्ष सम्भु प्रसाद खतिवडा चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा सन्दिप शाहेवाला, नविन शेडाईं, राजकुमार गुप्ता, रिङकुमार आचार्य, विन्दु सिटौला, कुशुम ढुंगेल सर्बसहमत चयन भएका हुन् ।

दोस्रो अधिवेशनको सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दमक नगरपालिका प्रमुख राम थापाले विकासका काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले विकासका काम साझा भएकाले पार्टी हेर्न नहुने भन्दै सकारात्मक काममा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा ब्वसायीहरुले सरकारले ब्यवसायीको हितमा काम नगरेको गुनासो रहेका छन् । उनीहरुले बैंकले बढी ब्याज लिने गरेका कारण ब्यवसायी मारमा परेको बताए । ब्यवसायीहरुले स्थानीय उत्पादनलाई ब्यापार ब्यवसायसँग जोड्नुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथि थापा, चेम्बर केन्द्रीय सदस्य ओम विमली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, चेम्बर प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, आन्तरिक राजश्व कार्यालय प्रमुख लभकुमार अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्र ढकालले गरेका थिए भने सञ्चालन समितिका सचिव राम रिमालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अजय अग्रवालले गरेका थिए ।

संस्थाले अधिवेशनको सम्पन्न गर्न तीन सदस्यीय समिति रहेको निर्वाचन समिति तय गरेको थियो, जसमा संयोजक पूर्वसन्देशका प्रधान सम्पादक गञ्जबहादुर दाहाल, सदस्यहरुमा गौतम गुप्ता र विरोध सुवेदी रहेका थिए । समितिले निर्वाचन प्रक्रिया अघि बढाएपछि अन्तिम चरणमा सर्बसहमति भएको निर्वाचन समितिले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20656 0
बिश्वासिलो साकोसको अध्यक्षमा पुनः असिम राई https://pradeshaawaj.com/?p=20595 https://pradeshaawaj.com/?p=20595#respond Sat, 30 Sep 2023 13:03:16 +0000 https://pradeshaawaj.com/?p=20595

दमक । बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमक ६ स्थीत मुख्य चोमा कार्यलय रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा १करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको संस्थाका अध्यक्ष राईले बताएका छन । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष राईले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

त्सैगरि संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन हलको बन्दसत्रबाट सुझब सहित पारित भएको छ । संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले दमकमा संचालित सहकारीको भिडमा राम्रै कारोबार गरी साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ता द्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु ,आवधिक बचतकर्ता राममाय बस्नेत ,बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई ,अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग ,दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ ,टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार द्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

त्यसैगरि आज नै संस्थाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।समितको अध्यक्षमा पुनः असिम राई, उपाध्यक्षमा सम्झाना साँवा लिम्बु , सचिबमा सुमनकुमार राई, सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग ,निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचा समितिका संयोजक अनिलदेब राईले जानकारी दिए । उनक अनुसार लेखा समिति र सल्लाहाकार समिति पनि सर्बसम्मत चयान भएका छन जसमा लेखा सुपरिबेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्य हरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन । त्यस्तै सल्लाहाकार समितिको संयोजकमा बिक्रम सुब्बा र सदस्यहरुमा रजिन राई ,देबेन्द्र चेम्जोङ चयन भएका छन ।
उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20595 0
test