विश्व – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Thu, 20 Jul 2023 09:10:18 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg विश्व – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 एन.आर.एन.ए लाई सबैको,सधैंको बनाउनु पर्छ : मोतीलाल खरेल https://pradeshaawaj.com/?p=20455 https://pradeshaawaj.com/?p=20455#respond Thu, 20 Jul 2023 08:59:27 +0000 https://pradeshaawaj.com/?p=20455

काठमाडौं / हाल बेलायत बसोबास गर्नुहुने गुल्मी मुसिकोटका मोतीलाल खरेल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवार बन्नुभएको छ ।

२०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको २२ तारीखका दिन हुन लागेको एन.आर.एन.ए. बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवारी दिएको खरेलले जानकारी दिनुभयो ।

सन् २००६ मा बेलायत आएर हाल व्यवसाय गर्दै आउनु भएका खरेलले आफ्नो क्षेत्रमा आपत् बिपदमा परेका हरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

एन.आर.एन.ए गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्नु पर्ने संस्था भए पनि हाल झोला बोकेर खाली पदका लागि मात्र उम्मेद्धार बन्ने भएकोले आफ्नो विजय पछि फरक प्रकृति
बाट सदस्यहरु बनाउने र सदस्य लाई खाली भोटको लागि मात्र प्रयोग गर्ने कुरा लाई हटाएर सदस्यहरुलाई दिने सेवा, विभिन्न विषयमा परामर्श लगायतका कुरा लाई व्यवस्थित गर्ने, नेपाल सरकार संग समन्यन गरेर पाउने सदस्यले पाउने सुविधा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको छ ।

एन.आर.एन.ए. बेलायत स्कटल्याण्ड राज्य समिति परिषद्मा नवीन सोच भएका व्यक्ति हरुको समुह नैं निर्वाचनमा होमिएको छ । सुदृढ र एकताबद्ध एन.आर.एन.ए.का लागि अध्यक्षमा दिवाकर पाण्डेको टीम लाई विजय गराउन सम्पूर्ण बेलायत बसी एन.आर.एन.एका सदस्य हरुमा आग्रह गर्नु भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20455 0
भारतिय सुरक्षा प्रमुख सवार हेलिकप्टर दुर्घटना https://pradeshaawaj.com/?p=17041 https://pradeshaawaj.com/?p=17041#respond Wed, 08 Dec 2021 09:13:21 +0000 https://pradeshaawaj.com/?p=17041

तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17041 0
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ https://pradeshaawaj.com/?p=16978 https://pradeshaawaj.com/?p=16978#respond Wed, 01 Dec 2021 02:36:50 +0000 https://pradeshaawaj.com/?p=16978

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16978 0
भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित https://pradeshaawaj.com/?p=15414 https://pradeshaawaj.com/?p=15414#respond Sat, 01 May 2021 07:19:14 +0000 https://pradeshaawaj.com/?p=15414

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।

कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै अहिलेसम्म देशभरी कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15414 0
ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमै आक्रमण गरेपछि वासिंगटनमा कर्फ्यू, हतियारहित केही गिरफ्तार https://pradeshaawaj.com/?p=14500 https://pradeshaawaj.com/?p=14500#respond Thu, 07 Jan 2021 01:51:31 +0000 https://pradeshaawaj.com/?p=14500

एजेन्सी, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ । त्यसक्रममा एक जना मारिएका छन् ।

संसद सदस्यहरुले गत नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न लागेकै बेला ट्रम्पका हतियारधारी जत्थाले संसद भवन परिसरमा प्रदर्शन र आक्रमण थालेका थिए ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गर्नुभएको छ ।

ट्रम्पले आफ्ना समर्थकलाई घर फर्किन आग्रह गर्नुभएको छ भने सभामुख पेलोसीले बुधबार राति संसद चल्ने प्रष्ट गर्नुभएको छ ।

उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको थियो ।

झण्डै तीन घण्टा हतियारधारी ट्रम्प समर्थकले संसद भवन नियन्त्रणमा लिएका थिए । सुरक्षाकर्मीले सांसदहरुलाई भवनबाट निकाल्नु परेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको हर्कतलाई विद्रोही गतिविधिको संज्ञा दिनुभएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14500 0
नेपालमै पहिलो पटक वर्ल्डलिंकले सुरु गर्‍यो वाईफाई फाइभ, यसरी गर्नुहोस् प्रयोग https://pradeshaawaj.com/?p=10500 https://pradeshaawaj.com/?p=10500#respond Mon, 16 Mar 2020 14:07:02 +0000 https://pradeshaawaj.com/?p=10500

काठमाडौं । अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ । कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन् ।

अहिले वाईफाई सिक्स सपोर्ट गर्ने डिभाइसहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन् ।जसको एउटा उदाहरण हो आईफोन इलाभेन र सामसङ ग्यालेक्सी एस ट्वान्टी ।

सामसङले वाईफाई सिक्स सपोर्ट गर्ने प्रविधि आफ्नो प्रिमियम फोन ग्यालेक्सी टेनबाटै प्रयोगमा ल्याएको थियो । यस्तो अवस्थामा वाईफाई फाईभ विश्व परिवेशमा सामान्य विषय हो ।

तर, नेपालको परिवेशमा भने यो नौलो र नयाँ सुरुवात हो । वर्ल्डलिंक कम्युनिकेसन प्रालिले नेपालमै पहिलो पटक वाईफाई फाइभ सुरु गरेको हो ।

गएको कात्तिकमा वर्ल्डलिंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो ।

विदेशी लगानी भित्रिएसँगै कम्पनीले आफ्ना ग्राहकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने बताएको थियो । सोही अनुसार कम्पनीले वाइफाई नेटवर्कलाई गुणस्तरिय बनाउने योजनाका साथ वाईफाई फाइभ सुरु गरेको हो ।

याे प्रविधि कम्पनीका नयाँ तथा पुराना दुबै ग्राहकले प्रयाेग गर्न सक्नेछन् । पुराना ग्राहकले आफूले प्रयाेग गरिरहेकाे सेवालाई अपग्रेड गरि याे सेवा लिन सक्ने कम्पनीले जनाएको छ । यो सेवा विद्यमान शूल्कभन्दा केही महंगो भने पर्नेछ ।

के हो वाईफाई फाइभ

सामान्यतया हामीले हाल प्रयोग गर्ने वाईफाई राउटर सिंगल ब्याण्ड राउटर हो । जसले २.४ गिगाहर्ज सपोर्ट गर्छ । यसमा तीन वटामात्रै च्यानल हुन्छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या धेरै छ । सबैले यहि ब्याण्डमा वाइफाई दिने हुँदा नेटवर्क एक अर्कासँग जुध्ने समस्या छ । जसले गर्दा राम्रो स्पीड आउँदैन ।

यसलाई ‘८०२.११ बी/जी/एन’ सीरीज पनि भिनिन्छ । यसको स्पीड प्रतिच्यानल १५० एमबीपीएस प्रतिसकेण्ड भनिए पनि नेटवर्क इन्टरफेरेन्स समस्याले गर्दा ३० देखी ४० एमबीपीसए मात्रै स्पिड दिन्छ ।

तर वर्ल्डलिंकले सुरु गरेको फाइभजी वाईफाई राउटरमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज गरी दुई वटा ब्याण्ड रहेका छन् । जसमा च्यानल अवरोध हुने समस्या कम हुन्छ । त्यसैले यसले प्रतिच्यानल ५०० एमबीपीएस र कुल १ जीबी भन्दा बढीको स्पीड दिन सक्छ ।

यसको विकास सन् २०१३ मै भएको हो । जसलाई ‘८०२.११ एसी’ सिरिज पनि भनिन्छ । यो वाईफाई सबै डिभाइसमा नचल्न सक्छ । ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै आवश्यक पर्छ ।

यदि तपाईंको डिभाइसले ‘८०२.११ एसी’ सिरिज सपोर्ट गर्छ भने फाइभजी वाईफाई कनेक्ट गर्दा स्पीड बढी हुनुका साथै विश्वसनीय समेत हुने कम्पनीले जनाएको छ । तर, यसको कभरेज एरिया भने थोरै हुन्छ ।

कम्पनीका अनुसार २.४ गिगाहर्जमा दुई सय मिटर कभरेज हुन्छ भने ५ गिगाहर्जमा घरभित्र ३० देखि सय मीटर जति हुन्छ । यदि तपाईं राउटरको नजिक हुनुहन्छ भने अटोमेटिक फाइभ गिगाहर्जमा कनेक्ट हुन्छ भने टाढा हुँदा स्वतः २.४ गिगाहर्जमा कनेक्ट हुनपुग्छ ।

यसरी थाहा पाउनुहोस् फाइभजी वाईफाई सर्पोट गर्ने डिभाइस ?
यसअघि नै उल्लेख गरिसकेको छ कि वाईफाई फाइभ सबै डिभाइसले सपोर्ट गर्दैन । तर, सन् २०१४ पछि भित्रिएका धेरै जसो डिभाइसमा यो चल्छ । त्यसका लागि तपाईंको डिभाइस ८०२.११ एसी’ सिरिज सपोर्ट गर्ने अथवा डबल ब्याण्ड सपोर्ट गर्ने डिभाइस नै हुनुपर्छ ।

तपाईंको डिभाइसले यसलाई सपोर्ट गर्छ कि गर्दैन भनेर थाहा पाउन तपाईंले डिभाइस किन्दा आउने बक्समा हेर्नुपर्ने हुन्छ । उक्त बक्सको पछाडि तपाईंको डिभाइसले कुन–कुन कनेक्टीभिटी सपोर्ट गर्छ भनेर उल्लेख गरिएको हुन्छ ।

यदि तपाईंसँग उक्त बक्स छैन भने त्यसको पनि विकल्प छ । त्यसका लागि तपाईंलाई आफूले प्रयोग गर्ने डिभाइसको मोडल थाहा हुनुपर्छ । यदि मोडल र नाम थाहा भएको खण्डमा तपाईंले गूगल सर्चबाट उक्त डिभाइसको बारेमा जानकारी लिन सक्नु हुनेछ ।

यदि तपाईंको डिभाइसले डबल ब्याण्ड वाइफाई सर्पोट गर्छ अथवा ‘८०२.११ एसी’ सिरिज वाईफाई सपोर्ट गर्छ भनेर लेखिएको छ भने तपाईंले वाईफाई फाइभ प्रयोग गरि उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नुहुने  वर्ल्डलिंक कम्युनिकेसन दमक साखाका राजन तिम्सिनाले बताए जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=10500 0
दमकमा अटिजम सिकाइ केन्द्र संचालनमा https://pradeshaawaj.com/?p=10446 https://pradeshaawaj.com/?p=10446#respond Thu, 12 Mar 2020 16:35:58 +0000 https://pradeshaawaj.com/?p=10446

झापा, २९ फागुन /  झापाकाे दमकमा अटिजम सिकाइ केन्द्र बिहिबार बाट सन्चालमा आएकाे छ ।

दमक नगरपालिका शिक्षा समितिकाे लामाे प्रयास  र सम्पूर्ण अटिजम अभिभावकहरूकाे  साथ र सहयाेगमा अटिजम सिकाई केन्द्रकाे रूपमा  र सरस्वती माध्यमिक विध्यालयमा अटिजम कक्षा संचालन आएकाे छ ।

सिकाई केन्द्रकाे प्रदेश सभासद अर्जुन राईज्यूकाे प्रमुख आतिथ्यमा उद्घाटन भएकाे छ । कार्यक्रममा बाेल्दै सभासद राईले अभिभावक हरूलाइ परेकाे समस्या लाइ सामुहिक पहलमा सुरूभएकाे सिकाई केन्द्रलाइ प्रदेश सरकारले पनि सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गरे ।

अटिजम भएका बच्चाकाे स्वभाव सामान्य बच्चा भन्दा फरक हुने भएकाले यस सिकाई केन्द्र बाट बच्चालाइ ठुलाे अवसर मिल्न सक्ने भन्दै अभिभावक भाेला बरालले खुशी ब्यक्त गरे । हाल दमकमा तिन जना बालिका सहित दश जनालाइ अटिजम भएकाे पाइएकाे छ ।

नगरपालिकाले पाच लाख सहयाेगमा अटिजम सिकाई केन्द्र काे सुरूवात गरीएकाे छ । कार्यक्रम लाई दिगाे र निरन्तरता प्रदान गर्न सबैकाे सहयाेग र समन्वय अावश्यक रहेकाे र आगामि बजेटमा यसकार्यक्रमका लागि छुट्टै बजेट छुट्याउने उपमेयर गिता अधिकारीले बताइन्।

कार्यक्रममा अटिजम केयर नेपाल झापा जिल्ला अध्यक्ष कुमार चुडाल, दमक नगरपालिकाका मेयर राेमनाथ आेली, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल, दमक अपाङ्ग सहयाेग समिती का संयाेजक मदन बाेहाेरा लगायतले सिकाई केन्द्र नाैलाे भएकाले यसकाे चुनाैतिकाे समना गदै थप परिस्कृत गर्दै लगिने बताए ।

बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष समिन रिजाल अध्यक्षतामा भएकाे कार्यक्रममा, वडा नम्बर नाै का वडा अध्यक्ष राम बाहदुर धिमाल, बिध्यालयका शिक्षक, अटिजम भएका बालबालिकाका अभिभावक, स्थानिय समाजसेवी, लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम सन्चालन सबिन रिजाल र पुजा पोख्रेलले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=10446 0
नेपालका लागि विशेष ६८औँ मिस वल्र्ड https://pradeshaawaj.com/?p=8726 https://pradeshaawaj.com/?p=8726#respond Sat, 08 Dec 2018 02:52:33 +0000 https://pradeshaawaj.com/?p=8726

चिनियाँ सहर सान्यामा आठौँपटक आयोजना भइरहेको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ संस्करणको आज शनिबार ग्राण्ड फिनाले हुँदै छ । सुन्दरीहरूको एक महिना लामो यो कुम्भमेलामा ११८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिताको यसै शृङ्खलामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले आठमध्ये दुई विधाको विजेता तथा अन्य प्रतिस्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गरेर आफ्नो दह्रो उपस्थितिको प्रदर्शन गरेकी छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिता तथा शृङ्खलाको प्रदर्शनबारे प्रतिमा चन्दको चर्चा ।

चीनको सान्या सहरमा आयोजना भइरहेको यस वर्षको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनाले आजै शनिबार हुँदै छ । सम्भवतः पाठकले यी पंक्तिहरू पढ्दै गर्दा फाइनलमा पुगेका अन्य विभिन्न मुलुका सुन्दरीहरू मिस वल्र्ड २०१८ को उपाधिका लागि आफ्नो पूरै शक्ति लगाएर प्रतिस्पर्धा गरिरहेका हुनेछन् ।
बेलायतका इरिक मोर्लेद्वारा सन् १९५१ मा लण्डनमा स्थापना गरिएको यो सुन्दरी प्रतियोगिता हाल विश्वमा सञ्चालनमा आइरहेका सुन्दरी प्रतियोगिताहरूमध्ये सबैभन्दा पुरानो हो । चीनको हेनान प्रान्तको दक्षिणी सहर सान्यामा ९ नोभेम्बरदेखि आयोजना भइरहेको र ८ डिसेम्बरमा समापन हुने यो प्रतियोगिता मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ शृङ्खला हो । यो एकमहिने यस प्रतिस्पर्धात्मक प्रतियोगितामा मिस वल्र्ड नेपालको शृङ्खला खतिवडासहित संसारका ११८ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
इतिहास
संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिनी अर्थात पौडी खेल्दा महिलाहरूले लगाउने वस्त्रको प्रवद्र्धन गर्नु थियो । त्यतिबेला पश्चिमा जगत्मा पनि बिकिनीलाई शालीन मानिदैनथ्यो, छाडा वस्त्रका रूपमा यसको निकै नै आलोचना पनि भएको थियो । त्यसैले यसको प्रवद्र्धनका लागि महोत्सवमा बिकिनी प्रतियोगिता आयोजना गर्ने योजना बनेको थियो । मुख्यतः यो बिकिनी प्रतियोगिता फेस्टिभल अफ ब्रिटेन महोत्सवका लागि आयोजना गरिएको थियो तर यसको लोकप्रियता देखेर चतुर व्यावसायिक बुद्धिका त्यतिबेला ३३ वर्षका एरिक मोर्लेले मिस वल्र्ड सुन्दरी प्रतियोगितालाई वार्षिक रूपमै आयोजना गर्ने निधो गरे । त्यसै समयमा मिस वल्र्ड नामलाई ट्रेडमार्कका रूपमा नै दर्ता पनि गर्नुका साथै यसपछि आयोजना हुने सुन्दरी प्रतियोगिता यही नामबाट आयोजना हुने निर्णय पनि मोर्लेले गरेका थिए ।
सन् १९५१ अर्थात वि.सं २००८ सालमा आयोजित पहिलो मिस वल्र्ड सुन्दरी प्रतियोगिताकी विजेता स्वीडिस सुन्दरी कस्र्टिन किकी हाकान्सनलाई बिकिनी लगाएर नै मिस वल्र्डको ताज लगाइएको थियो जसको पोप लगायत धेरैले विरोध गरेका थिए । फलस्वरुप बिकिनीका सट्टा केही शालीन देखिने सामान्य किसिमको स्वीमसुट सुन्दरीहरूलाई लगाउन दिइए पनि सन् १९७६ को मिस वल्र्डदेखि यसको सट्टामा फाइनल राउन्डमा इभनिङ गाउन लगाएर ताज पहिर्याउन सुरु गरियो । स्वीमसुटसम्बन्धमा विभिन्न विरोध जारी नै रहँदा एउटा कोठाभित्र स्वीमसुट राउन्डको आयोजनासमेत गरिँदै आइएको थियो । अन्ततः ६३ वर्षपछि सन् २०१४ को ६४औँ मिस वल्र्डदेखि स्वीमसुट राउन्डलाई पूर्ण रूपमा प्रतियोगिताबाट हटाइयो । यसरी बिकिनीमा मिस वल्र्डको ताज पहिरिने पहिलो तथा अन्तिम सुन्दरी नै कस्र्टिन बन्न पुगिन् । लन्डनमा आयोजना गरिएको पहिलो मिस वल्र्ड प्रतियोगितामा अमेरिका, बेलायत, स्वीडेन, हल्यान्ड, फ्रान्स, डेनमार्कका २६ सुन्दरीहरूको सहभागिता थियो । कबलथ

पुरस्कार राशी
मिस युनिभर्सजस्तो मिस वल्र्ड सुन्दरी प्रतियोगिताको नगद तथा अन्य पुरस्कार सार्वजनिक गरिँदैन तर भारतीय सञ्चारमाध्यमका अनुसार गत वर्षकी मिस वल्र्ड भारतकी मानुषी चिल्लरले नगद पुरस्कारमात्र १५ लाख डलर अर्थात १६ करोड रुपियाँभन्दा बढी पाएकी थिइन् । यस हिसाबमा यस वर्षकी विजेताले पक्कै पनि यसभन्दा केही बढी नगद राशी पाउनेछिन् । यसबाहेक अन्य थुप्रै पुरस्कार तथा सुविधाको हकदार पनि विजेता हुन्छिन् । मिस वल्र्ड विजेता सुन्दरीलाई पहिर्याइने ताजको मोल साढे सात लाख डलर अर्थात आठ करोड रुपियाँभन्दा बढी छ ।
मिस वल्र्डमा नेपालको सहभागिता
मिस वल्र्ड सुन्दरी प्रतियोगितामा नेपालले सन् १९९७ देखि सहभागिता जनाउन सुरु गर्यो र सन् १९९७ की मिस वल्र्ड नेपाल सुन्दरी झरना बज्राचार्यले पहिलोपटक मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन् । त्यसयता शृङ्खलासहित १९ नेपाली सुन्दरीहरूले मिस वल्र्डको अनुभव सँगालिसकेका छन् । सन् २००१ मा दरबार हत्याकाण्डका कारण नेपालमा मिस नेपाल प्रतियोगिता आयोजना हुन सकेन, परिणामस्वरूप नेपालले त्यस वर्षको मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउने प्रश्नै थिएन । दुई दशक लामो यात्रामा अहिलेसम्म नेपालका सुन्दरीहरूले यो विश्व प्लेटफर्ममा खासै उल्लेखनीय प्रदर्शन वा आफ्नो सौन्दर्यको जादु देखाउन सकेका छैनन् ।
विगतका नतिजाहरूलाई केलाउने हो भने सन् २०१० सम्म नेपाली सुन्दरीहरूको सहभागितामात्र सहभागितामा सीमित रह्यो । सन् २०११ की मिस नेपाल सुन्दरी मेलिना जोशीले मिस वल्र्डको एक विधा व्युटी विथ ए पर्पाेजको समूहमा ११औँ स्थान हासिल गरिन् । यो नै नेपाली सुन्दरीहरूको त्यतिबेलासम्मको सबैभन्दा ठूलो उपलब्धि थियो, मिस वल्र्ड सुन्दरी प्रतियोगितामा । यसपछि सन् २०१२ को मिस वल्र्डमा बेलायतमा बसोबास गर्ने सृष्टि श्रेष्ठ क्वाटरफाइनल चरणमा पुग्न सफल हुनुका साथै मल्टिमिडिया अवार्ड तथा बीच व्युटी विधामा दसौँ स्थान हासिल गरिन् । सन् २०१३ मा मिस नेपाल इशानी श्रेष्ठले व्युटी विथ ए पर्पाेज विधामा प्रथम भएर इतिहास बनाउन सफल भइन्, यस्तै मल्टिमिडिया अवार्डमा दोस्रो स्थान प्राप्त गरिन् ।
यसपछि क्रमैसँग सन् २०१४ की मिस नेपाल सुविन लिम्बू, सन् २०१५ की इभाना मानन्धर, सन् २०१६ की अस्मी श्रेष्ठको प्रदर्शन सामान्य नै रह्यो ।
सन् २०१७ मा मारवाडी समुदायबाट पहिलोपटक मिस नेपाल बन्न सफल मोरङ उर्लाबारीकी निकिता चन्दकले मिस वल्र्डमा कुनै विधामा उपाधि हासिल नगरे पनि क्वाटर फाइनलमा प्रवेश पाएकी थिइन् ।
फरक छिन् शृङ्खला
अहिले सान्या, चीनमा भइरहेको मिस वल्र्डको ६८औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा बढी सफल देखिएकी छन् । यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न देशका सुन्दरीलाई पछि पार्दै व्युटी विथ ए पर्पाेज तथा मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । मल्टिमिडिया विधामा उनले जापान, रूस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिइन् । यस्तै डिसेम्बर ३ तारिख अर्थात यही सोमबारकै साँझ आयोजित मिस वल्र्डको अर्काे विधा व्युटी विथ ए पर्पाेजका लागि सिङ्गापुर, जापान, इटाली, रूसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरूका दाँजोमा उनको प्रस्तुति अब्बल भएकै कारण उनी यस विधाको विजेताको हकदार भइन् । यिनै विधाका विजेताका रूपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सफल भइन् । व्युटी विथ ए पर्पाेजका लागि उनले आफ्नो गृहजिल्ला मकवानपुरका चेपाङ जातिका स्वास्थ्यस्थिति र स्वास्थ्य केन्द्रबारे वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।
यसबाहेक सान्या टुरिजम प्रोमोसनल भिडियो अवार्डमा दोस्रो उपविजेता भएकी शृङ्खला ११८ देशका सुन्दरीमाझ भएको टप मोडल विधामा शीर्ष ३२ मा पर्न सफल भइन् । जारी मिस वल्र्डमा समावेश आठ विधाअन्तर्गत शृङ्खला नै त्यस्ती एकमात्र प्रतियोगी हुन्, जसले दुई विधामा विजय तथा एकमा दोस्रो उपविजेता तथा अर्काे विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् । यस दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा सन् २०१८ को मिस वल्र्ड प्रतियोगिता नेपालका लागि विशेष उल्लेखनीय रहेको मान्न सकिन्छ । अहिलेसम्म नेपाली सुन्दरीहरूमा अनुभव, शैक्षिक अवस्था, मुलुकको अवस्थाजस्ता विविध कारणले विश्व सुन्दरी रङ्गमञ्चमा लघुताभास अनुभव गर्दथे, यसलाई मेट्ने काम शृङ्खलाले गरिदिएकी छन् । यसबाट आउँदा दिनहरूमा यस्ता रङ्गमञ्चहरूमा नेपाली सुन्दरीहरूको आत्मविश्वास तथा हौसलामा निकै नै अभिवृद्धि हुने निश्चित छ । उनीहरूमा हामी पनि विश्वका कुनै पनि देशका सुन्दरीको दाँजोमा कुनै पनि कुरामा कम छैनौँ भन्ने विश्वास जगाउन शृङ्खलाको यो विधागत विजयले निकै महŒवपूर्ण भूमिका खेल्नेछ । राजनीतिक पृष्ठभूमि भएको परिवारकी चेली शृङ्खलाको भावी लक्ष्य पनि ठूलै छ, बाबुआमाको बिँडो थाम्दै मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्ने उनको सपना तथा लक्ष्य छ । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा तथा प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्य मुनु सिग्देल खतिवडाकी सुपुत्री शृङ्खलाको यो लक्ष्यबारे भविष्यले बताउनेछ तर मिस वल्र्डको उपाधि हात पार्न पनि उनको तयारी कम छैन भन्ने तथ्य उनको मिहिनेत तथा आठमध्ये तीन विधामा अब्बल हुनुलाई मान्न सकिन्छ । आशा र कामना गरौँ शृङ्खला यसपटकको विश्व सुन्दरी प्रतियोगितामा निकै राम्रो नतिजा ल्याउन पक्कै पनि सफल हुनेछिन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8726 0
मेनपावरको मनपरी – छ वर्ष बित्दा पनि शव आएन https://pradeshaawaj.com/?p=8625 https://pradeshaawaj.com/?p=8625#respond Tue, 20 Nov 2018 07:27:02 +0000 https://pradeshaawaj.com/?p=8625

भद्रपुर, मङ्सिर ४ गते / झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन ।

पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताउनुभयो ।

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उहाँका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ जानुभएको नीरज निराश भएर आज घर फर्किनुभएको छ ।

अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताउनुभयो । “आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो”, श्रेष्ठले भन्नुभयो ।

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउनुहुन्छ । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ हुनुहुन्छ ।

नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा जानुभएको थियो भन्नेसमेत छोराछोरीलाई जानकारी छैन ।

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाउनुभएको र त्यसपश्चात चार वर्षसम्म सम्पर्कविहीन हुनुभएको छोरा नीरजले बताउनुभयो । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो ।

श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् । नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताउनुभयो । “हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ”, शव नआएपछि निराश बन्नुभएका जेठा छोरा नीरज भन्नुहुन्छ, “शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।” रासस

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8625 0
चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल विवादमा https://pradeshaawaj.com/?p=8521 https://pradeshaawaj.com/?p=8521#respond Wed, 24 Oct 2018 03:22:09 +0000 https://pradeshaawaj.com/?p=8521

एजेन्सी/ चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ गरे ।

छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा आतसबाजीको भिडियो चलेको थियो । २० अर्ब अमेरिकी डलरमा बनेको यस पुलमा बुधबारबाट मात्रै यातायात चल्नेछ ।

५५ किमी लामो यो पुलले हङकङ र मकाउलाई चीनको मुलभुमिसँग जोड्छ । विश्वको सबैभन्दा लामो यस पुलको बारेमा कयैन रोचक पक्षहरु रहेका छन् । यहाँ बेलायती पत्रिका द गार्डियनले प्रस्तुत गरेको पुलको पाँच प्रमुख तथ्यहरु प्रस्तुत गरिएको छ ः

चालकले गर्ने हाई र ब्लडप्रेसरको निरन्तर निगरानी

पुलमा गाडी चलाउने चालकहरुको मुटुको रफ्तार र ब्लड प्रेसरको निगरानी निरन्तर हुनेछ । र यी सुचना पुलको कन्ट्रोल सेन्टरमा पुग्नेछ । हङकङका मिडियाको रिपोर्ट अनुसार पुलमा गाडि चलाइरहेका ड्राइभरमाथि पनि क्यामेराको निगरानी हुनेछ । यदी कुनै चालककले २० सेकेण्डभित्र तीन पटकभन्दा बढी हाई गरेमा ‘हाई निगरानी क्यामेरा’ले खतराको सुचना दिनेछ ।

सबैलाई पहँुच हुने छैन पुलमा

हुनत पुलले चिनियाँ स्वशासित क्षेत्रहरु हङकङ र मकाउलाई चिनियाँ मुलभूमीको अझ नजिक ल्याउन लक्ष्य लिएको छ तर चुनिएका मानिसहरुले मात्र यस पुलमा पहँुच पाउनेछन् ।

हङकङका जनतालाई पुल पार गर्नको लागि विशेष परमिटको आवश्यकता पर्नेछ । हङकङबाट झुहाई प्रवेश पाउनको लागि केही कडा सर्तहरु पुरा गर्नेलाई मात्र दीर्घकालिन खालको विशेष परमिट दिइने रिपोर्टहरु पनि आइरहेका छन् । यी सर्तहरुमा चीनलाई उलेख्य कर बुझाएको, चीनको दक्षिण प्रान्त ग्वाङदोङ क्षेत्रमा ठूलो रकम अनुदानमा दिएको र थुप्रै मध्य एक राजनीतिक संगठनको सदस्यता रहेको मानिएको छ । अन्यले भने एक निजी बस लिन सक्छन् । यो पुलमा सार्वजनिक यातायात भने चल्ने छैनन् ।

पुललाई लिएर हङकङवासीमा असन्तुष्टि

हङकङका अनलाईन प्रयोगकर्ताहरुले पुलको सिमित प्रवेशप्रति गुनासो गरेका छन् । “हङकङकै करदाताले तिरेको त्यत्रो पैसा प्रयोग भएका पुल… तर हामीहरु सबैलाई नै खुल्ला गरिएको छैन,” एक जना हङकङ निवासीले साउथ चाइना मर्निङ पोष्टमा टिप्पणी गरेका छन् ।

लोकतन्त्र पक्षधर कानुनकर्मी एडीले यस पुललाई ‘तत्काल आवश्यक नहरेको एक राजनीतक रुपले प्रेरित विशाल संरचना’ भने । झुहाईको उत्तरतर्फ अर्काे पुल सेनझेन र झोङशान नजिक बनिरहेको छ । उक्त पुलको निर्माण पछि सन् २०३० सम्ममा हङकङ–झुहाई–मकाउ पुलमा यातायातको चाप उलेख्य घट्नेछ ।
“यो कुराले पनि यो अनावश्यक रहेको देखाउँछ,” उनले भने ।

कुन साइडमा चल्ने छन् गाडी ?

हङकङ र मकाउमा सवारीसाधन देब्रेबाट चलाइन्छ । तर मुलभूमि चीनमा भने गाडी दाँयाबाट चल्छ । यसले पुलमा गाडि कुन साइडमा चल्ने भनेर मानिसहरुमा अन्यौलता निम्त्यीएको छ । पुललाई मुलभूमि चीनको भूभाग मानिने भएकाले चालकहरुले पुलमा रहँदा गाडि दाहिनेबाट चलाउनुपर्ने हङकङको यातायात विभागले बताएको छ । विभागका अनुसार यस सहरका चालकले पनि पुलमा सोही नियम पालना गर्नुपर्नेछ ।

हुन त सुरुमै साइड बदल्नका लागि केही सिर्जनात्मक समाधानका विकल्पहरु पनि अघि ल्याइएका छन् । यसमा डच आर्किटेक्टको समुहले प्रस्ताव गरेको पर्ल रिभर नेकलेस नाम दिइएको एक ‘फ्लिपर पुल’ विशेष चर्चामा रह्यो । तर पछि भने परम्परागत उपाय अपनाइयो । अब कारलाई पुल प्रवेश गर्नु अघि विशेष रुपमा निर्माण गरिएको ‘मर्ज पोइन्ट’मा रोकेर साइड बदल्न लगाइनेछ ।

‘राजनीतिक पुल’

यो पुल हङकङ र मकाउलाई चीनको दक्षिणी क्षेत्रमा रहेको ११ शहरसँग जोडेर एक हाई–टेक क्षेत्र निर्माण गर्ने अभियानको हिस्सा हो । ‘ग्रेटर बे एरिया’ नाम दिएको यो क्षेत्र अमेरिकाको चर्चित सिलिकन भ्यालीलाई प्रतिस्पर्धा दिन सक्ने गरी बनाइँदैछ ।

अघिल्लो महिना मात्र चिनियाँ मूलभूमिसँग हङकङलाई तीव्र गतिको रेलमार्गले जोडियो । आलोचकहरुले अबौं डलरको यस पुल हङकङमा बढ्दै गएको चीन विरोधी धारणालाई मत्थर पार्नको लागि हङकङको चीनसँगको समायोजनको गति बढाउन बनाइएको आरोप लगाएका छन् । हङकङ र मकाउ चीनको अभिन्न अंग भए पनि उनीहरु आफ्नै अलग सरकार, कानुनी प्रणाली र नीति भएका विशेष प्रशासनिक क्षेत्र हुन् । स्वशासनका पक्षधरहरुले यस पुल हङकङमाथि चीनको नियन्त्रण बढाउन ल्याइएको बताइरहेका छन् ।

द गार्जियनबाट

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8521 0
test