समाज – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Thu, 13 Jun 2024 07:52:38 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg समाज – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन https://pradeshaawaj.com/?p=20759&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b8-%25e0%25a4%259a%25e0%25a5%258c%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%25b8%25e0%25a5%258d https://pradeshaawaj.com/?p=20759#respond Thu, 13 Jun 2024 07:52:38 +0000 https://pradeshaawaj.com/?p=20759 बिर्तामाेड /  प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।

पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए ।

बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

उनको अन्त्येष्टी शुक्रवार छोरा बिदेशबाट आइपुगेपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले झापाको पत्रकारितामा अपुरणीय क्षति पुगेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20759 0
सगरमाथा तेक्वान्दो डोजाङ काे अध्यक्षमा महेन्द्रकुमारी लिम्बू https://pradeshaawaj.com/?p=20753&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a5%25e0%25a4%25be-%25e0%25a4%25a4%25e0%25a5%2587%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a6%25e0%25a5%258b-%25e0%25a4%25a1%25e0%25a5%258b%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%2599 https://pradeshaawaj.com/?p=20753#respond Thu, 13 Jun 2024 07:48:12 +0000 https://pradeshaawaj.com/?p=20753 दमक। संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको अध्यक्षतामा नेपाल सगरमाथा तेक्वान्दो दोजाङ दमक पूर्नगठन गरिएको छ । लिम्बू कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।पूर्नगठित कार्यसमितिको उपाध्यक्षमा भीम पौडेल, सचिवमा रोशन दाहाल र कोषाध्यक्षमा कल्पना राई सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, कार्यसमितिको सदस्यहरुमा डाक्टर सोफिया थुलुङ, धिरेन सुब्बा, मिरा काफ्ले, मनु कटुवाल, डिल्लीप्रसाद चापागाई रहेका छन् ।बेलायत (युके) मा सैनिक जीवन बिताउँदै तेक्वान्दो खेलका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक स्वर्गीय राष्ट्रकुमार राईको पहलमा सगरमाथा तेक्वान्दो दोजाङ दमकसहित देशको विभिन्न स्थानमा स्थापना भएको हो । ग्राण्डमास्टर स्वर्गीय राईको गतवर्ष हृद्धयघातका कारण निधन भएको थियो ।

सगरमाथा तेक्वान्दो दोजाङका अध्यक्ष र उपाध्यक्षसहित कार्यसमिति सदस्य अनि प्रशिक्षकले राजीनामा दिएपछि कार्यसमितिलाई पुर्नगठन गर्नुपरेको अध्यक्ष लिम्बूले बताईन् । यसैवीच, गत शनिबार, सगरमाथा तेक्वान्दो दोजाङले दमक–४ स्थित एकता एकाडेमीमा खेलाडीहरुको ग्रेडिङ गरिएको छ । दमक–३ ढुकुरपानीस्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र एकता एकाडेमीका ६० जना खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

ग्रेडिङ कार्यक्रममा जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बासहित जिल्ला प्रशिक्षक बिबेक गिरी, मिरा काफ्ले र मनु कटुवाल लगायतको सहभागिता थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20753 0
धरमपुर साकोस द्वारा बिपन्न बिद्यार्थीलाई स्वीटर बितरण https://pradeshaawaj.com/?p=20697&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a7%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b0-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b8-%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a4%25bf%25e0%25a4%25aa%25e0%25a4%25a8 https://pradeshaawaj.com/?p=20697#respond Tue, 02 Jan 2024 14:21:42 +0000 https://pradeshaawaj.com/?p=20697 शिवसताक्षी/ झापाको शिवसताक्षी १मा रहेको धरमपुर साकोसले आज ९० जना सामुदायिक  बिध्यालयका बिपन्न बिद्यार्थीहरुलाइ न्यानो स्वीटर बितरण गरेको छ ।

साबिक धरमपुर गाबिस हाल शिवसताक्षी नपा २र ३ मा रहेको आधारभुत तहको ३वटा सामुदायिक बिध्यलयका बिपन्न बिध्यार्थीहरुलाइ ३०/३० जनालाई न्यानो स्वीटर बितरण गरेको सस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिए ।उनका अनुसार सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै जाडोमा न्यानो स्वीटर बितरण गरिएको हो ।

सामुदायिक बिद्यालयमा बिपन्न परिवारका छोरा छोरीहरु अध्यापन गर्ने भएकोले जाडो मौसममा थोरै भएपनि राहात होस भनेर स्वीटर बितरण गरेको सस्थाका अध्यक्ष कुमर शंकरले बताए । स्वीटर बितरण गरिएका बिध्यलयहरु क्रमश: हिमालय आ बी., पाथिभरा आ.बी.र शान्ती आधारभुत बिध्यलय रहेका छ्न । नगरको दक्षिण पस्चिम भेल्ट्मा रहेका यि ३वटै बिध्यलयमा सस्थाका पदाधिकारी ,कर्मचारी साथै बिध्यलय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक प्रतिनिधिहरुको रोहबरमा स्वीटर बितरण गरिएको बताइएको छ । सस्थाले अघिल्लो बर्ष पनि साबिक धरमपुर गाबिसका ३वटै मा बि बिध्यलयका ९० जना बिपन्न बिध्यर्थीहरुलाइ स्वीटर बितरण गरेको थियो ।

शिवसताक्षी १स्थित धरमपुर बजारमा मुख्य कार्यलय रहेको धरमपुर बचत तथा ऋण सहकारी सस्थाको शिवसताक्षी २ स्थित मङ्ग्लबारेमा सेवा केन्द्र रहेको छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20697 0
अमेरिकामा इन्ट्राकाे नेपाली साङ्गीतिक उत्सव https://pradeshaawaj.com/?p=20659&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2585%25e0%25a4%25ae%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2587%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587-%25e0%25a4%25a8%25e0%25a5%2587%25e0%25a4%25aa https://pradeshaawaj.com/?p=20659#respond Mon, 11 Dec 2023 09:57:00 +0000 https://pradeshaawaj.com/?p=20659 मङ्सिर : नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिनुभएको थियो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो ।

सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए ।

त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शङ्कर विसी, पार्वती राई र रुपेस उप्रतीको साङ्गीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपाली भाषीलाई थप मनोरञ्जन दिएको थियो ।

कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

सो फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलालेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20659 0
एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको आरोप https://pradeshaawaj.com/?p=20651&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%258f%25e0%25a4%25a8%25e0%25a4%25b8%25e0%25a5%2587%25e0%25a4%25b2-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%2595%25e0%25a4%25b0%25e0%25a4%25a3%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2586%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25bf%25e0%25a4%2595-%25e0%25a4%25b2%25e0%25a5%2587 https://pradeshaawaj.com/?p=20651#respond Sat, 09 Dec 2023 20:17:46 +0000 https://pradeshaawaj.com/?p=20651 काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ ।

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो ।

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो ।

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20651 0
महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध https://pradeshaawaj.com/?p=20648&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a4%25ad%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a4%25be https://pradeshaawaj.com/?p=20648#respond Fri, 08 Dec 2023 20:11:50 +0000 https://pradeshaawaj.com/?p=20648 काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो ।

महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताउनुभयो ।

तिहारमा प्लाष्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20648 0
नक्कली कागजात बनाउने थप चारजना पक्राउ https://pradeshaawaj.com/?p=20626&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a4%25b2%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25a4-%25e0%25a4%25ac%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%25a8%25e0%25a5%2587-%25e0%25a4%25a5%25e0%25a4%25aa-%25e0%25a4%259a https://pradeshaawaj.com/?p=20626#respond Mon, 06 Nov 2023 14:47:19 +0000 https://pradeshaawaj.com/?p=20626 भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौँ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिषामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजातहरु बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चारजनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएकामा उक्त कार्यमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने देखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको हो ।

निजहरुलाई विभिन्न व्यक्तिहरुका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान–दुई सय ३० सहित काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

आइतबार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20626 0
झापाली समाज अष्ट्रेलिया द्वारा महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान https://pradeshaawaj.com/?p=20616&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%259c-%25e0%25a4%2585%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25be https://pradeshaawaj.com/?p=20616#respond Mon, 30 Oct 2023 18:28:58 +0000 https://pradeshaawaj.com/?p=20616 दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित महाभारा स्वास्थ्य चौकीलाई दशैं तिहारको अवसर पारेर अष्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार दिएको छ ।
अन्तराष्ट्रिय झापाली समाजको विर्तामोडमा सम्पन्न चौथो महाधिवेशन उदघाटन कार्यक्रममा समाजद्धारा प्रदान गरिएको सो एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीलाई एम्बुलेन्सको साँचो ( चाबी) हस्तान्तरण गरेका हुन् ।

झापाली समाज अष्ट्रेलियाका पूर्व उपाध्यक्ष नेत्र पौडेलका अनुसार समाजमा आवद्ध झापालीहरुले स्वास्थ्य सेवामा ग्रामिण भेगका नागरिकहरुको पहुँच सहज बनाउन मद्धत पुरयाउने उद्धेश्यले सो एम्बुलेन्स उपलब्ध गराएका हुन । सो समाजले यसअघि पनि पटक पटक झापाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुलाई प्रविधियुक्त बनाउन कम्प्युटर प्रदान गरेको थियो ।

सो समाजले विभिन्न प्राकृतिक प्रकोपमा परेका तथा असहाय, विपन्न नागरिकहरुको स्वास्थ्य, शिक्षाका क्षेत्रमा समेत सहयोग गर्दै आएको छ ।

महाभारामा यसअघि साना किसान कृषि सहकारी संस्थाको नाममा रहेको एम्बुलेन्सले सेवा दिँदै आएकोमा करिब ३÷४ बर्ष यता सो एम्बुलेन्स दुर्घटनामा परेपछि पुनः सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकार मार्फत सञ्चालन हुने सो एम्बुलेन्सबाट ग्रामिण क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20616 0
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य https://pradeshaawaj.com/?p=20608&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25aa%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2587%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%25a0 https://pradeshaawaj.com/?p=20608#respond Thu, 19 Oct 2023 10:07:26 +0000 https://pradeshaawaj.com/?p=20608 बेइजिङ, २ कात्तिक : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

“उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ”, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०’मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।

चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गर्नुभएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20608 0
बिश्वासिलो साकोसको अध्यक्षमा पुनः असिम राई https://pradeshaawaj.com/?p=20595&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%25bf%25e0%25a4%25b2%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2585%25e0%25a4%25a7%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%2595 https://pradeshaawaj.com/?p=20595#respond Sat, 30 Sep 2023 13:03:16 +0000 https://pradeshaawaj.com/?p=20595 दमक । बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमक ६ स्थीत मुख्य चोमा कार्यलय रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा १करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको संस्थाका अध्यक्ष राईले बताएका छन । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष राईले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

त्सैगरि संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन हलको बन्दसत्रबाट सुझब सहित पारित भएको छ । संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले दमकमा संचालित सहकारीको भिडमा राम्रै कारोबार गरी साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ता द्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु ,आवधिक बचतकर्ता राममाय बस्नेत ,बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई ,अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग ,दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ ,टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार द्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

त्यसैगरि आज नै संस्थाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।समितको अध्यक्षमा पुनः असिम राई, उपाध्यक्षमा सम्झाना साँवा लिम्बु , सचिबमा सुमनकुमार राई, सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग ,निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचा समितिका संयोजक अनिलदेब राईले जानकारी दिए । उनक अनुसार लेखा समिति र सल्लाहाकार समिति पनि सर्बसम्मत चयान भएका छन जसमा लेखा सुपरिबेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्य हरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन । त्यस्तै सल्लाहाकार समितिको संयोजकमा बिक्रम सुब्बा र सदस्यहरुमा रजिन राई ,देबेन्द्र चेम्जोङ चयन भएका छन ।
उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20595 0