स्वास्थ्य – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Wed, 02 Aug 2023 17:18:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg स्वास्थ्य – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमकमा खुल्यो पूर्वकै सुविधा सम्पन्न,डेजी स्किन केयर https://pradeshaawaj.com/?p=20464&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2596%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a5%258b-%25e0%25a4%25aa%25e0%25a5%2582%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25b5%25e0%25a4%2595%25e0%25a5%2588-%25e0%25a4%25b8%25e0%25a5%2581%25e0%25a4%25b5 https://pradeshaawaj.com/?p=20464#respond Wed, 02 Aug 2023 17:18:55 +0000 https://pradeshaawaj.com/?p=20464 दमक ,१७ साउन । छाला सम्बन्धि सम्पूर्ण समस्याहरुको उपचारका लागी दमकमा डेजी स्किन केयर सञ्चालनमा आएको छ ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीसहितका दश जना युवा व्यवसायीहरुको लगानीमा स्थापना गरिएको छाला सम्बन्धि उपचार केन्द्र आजदेखि विधिवत सञ्चालनमा आएको हो ।दमक- ६ शंखध्वर चौकमा स्थापना गरिएको डेजी स्किन केयरको दमक नगरपालिकाका प्रमुख रामकुमार गरे ।

स्किन केयरको शुभारम्भ गर्दै नगर प्रमुख थापाले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भन्ने युवाहरुमा सोच आउनु राम्रो भएको बताउदै उनले अव मानिसले छाला सम्बन्धि जस्तोसुकै स्वास्थ्य सेवा लिन यस स्किन केयरले भरपर्दो सेवा पुरयाँउने विश्वास व्यक्त गरे ।

नगर उप प्रमुख रेगिना भट्टराईले छालाको उपचार पद्धति महंगो रहेको भन्दै यसलाई सबै नागरिकको पहुँचमा रहन सक्ने बनाउन सुझाव दिईन् ।

स्किन केयर शुभारम्भको अवसरमा स्किन केयरका छाला रोग सम्बन्धि विषेशज्ञ डा. अनिल तिम्सिनाले नेपालमा हाल बढ्दो धुवाँ धुलो र वायु प्रदुषणका कारण छाला सम्बन्धि समस्या बढ्दै गएको उल्लेख गरे । समयमै समस्याको पहिचान गरे छाला सम्बन्धिका बिभिन्न रोगबाट बच्न सकिने उनले सुनाए ।
उक्त स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजु खड्का, लायन्स अगुवा बबरजंग थापा लगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

नेपालमै पहिलो पटक बडिल्याब मेसिनबाट उपचार गरिने भन्दै स्किन केयरका अध्यक्ष समेत रहेका अधिकारीले काठमाण्डौ उपत्यका पछि डेजी स्किन केयरमा मात्रै यसको सेवा रहेको जानकारी दिए । प्राकृतिक रुपमा शरीरको वजन घटाउन र शारीरिक फिटनेश राख्न यो मेसिनको प्रयोग हुने उनको भनाई छ ।

आफनो सेवा शुभारम्भका अवसर पारेर संस्थाले केहिदिनका लागि ओपीडि निशुल्क तथा अन्य सेवामा भने ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाईएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20464 0
अटिजमको विषय चलचित्रमा https://pradeshaawaj.com/?p=20340&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2585%25e0%25a4%259f%25e0%25a4%25bf%25e0%25a4%259c%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b7%25e0%25a4%25af-%25e0%25a4%259a%25e0%25a4%25b2%25e0%25a4%259a%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25be https://pradeshaawaj.com/?p=20340#respond Thu, 01 Jun 2023 16:43:02 +0000 https://pradeshaawaj.com/?p=20340 काठमाण्डाै / चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ ।

निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन् । चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिनुभयो । “कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ”, निर्देशक पण्डितले भन्नुभयो ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20340 0
दमक सौर्य अस्पताल र होम्ताङ आयुर्वेद अवैध रुपमा सञ्चालनमा https://pradeshaawaj.com/?p=20084&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595-%25e0%25a4%25b8%25e0%25a5%258c%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%2585%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b2-%25e0%25a4%25b0-%25e0%25a4%25b9%25e0%25a5%258b%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25a4 https://pradeshaawaj.com/?p=20084#respond Sun, 28 May 2023 12:48:54 +0000 https://pradeshaawaj.com/?p=20084 दमक । झापाको दमकमा दुई अस्पताल सम्बन्धित निकायको अनुमति बिनै सञ्चालनमा रहेको पाइएको छ ।

तोकिएका न्यूनतम मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ति अस्पतालहरुमा आज दमक नगरपालिकाकी अनुगनम समिति संयोजक समेत रहेकी उपप्रमुख रेगिना भट्टराईको नेतृत्वमा स्वास्थ्य अधिकारीहरुले अनुगमन गरेका छन् । अनुगमनका क्रममा दमक ६ जेसीज चोक नजिकै रहेको दमक सौर्य अस्पताल र थाना रोडस्थित होम्ताङ आयुर्वेद अस्पताल सम्बन्धित निकायबाट अनुमति नलिइ सञ्चालनमा रहेको पाइएको हो ।

सौर्यले अस्पतालमा आवश्यक पूर्वाधार तथा भौतिक संरचना समेत निर्माण नगरेको पाइएको छ । अस्पतालले एउटा साँघुरो कोठामा ६ बेड सञ्चालन गरेर बिरामी भर्ना लिइरहेको छ ।
अस्पतालको ल्याव तथा पार्किङ समेत सुविधायुक्त छैन् । अस्पतालका प्रमुख डा. सञ्जय साहले अस्पताल सञ्चालनको अनुमतिको प्रकृया चालू रहेको बताएपनि अस्पताल सञ्चालनको स्विकृति दिन योग्य संरचना नभएको र न्यूनतम मापदण्ड उल्लंघन गरेर सञ्चालन भइरहेको देखिन्छ ।

कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी ऐन अन्तर्गत दर्ता रहेको सो अस्पतालले व्यवसाय दर्ता ६ नम्बर वडा कार्यालयमा गरेको छ । स्वास्थ्य संस्थाका रुपमा सञ्चालनको अनुमति नपाएको सो अस्पताललाई वडाले व्यवसायिक दर्ता प्रमाण पत्र जारी गरेको भएपनि अस्पतालका रुपमा कहिं कतै दर्ता भएको प्रमाणपत्र छैन् । त्यसैगरी होम्ताङ आयुर्वेद अस्पताल एक बर्षअघि देखि सञ्चालनमा रहेको भएपनि अझै अस्पतालका रुपमा कहिं कतै दर्ता छैन् । कम्पनी दर्ता गरेर अस्पताल सञ्चालन गरेको देखिन्छ, अनुगमन संयोजक तथा नगर उपप्रमुख भट्टराईले भनिन् । २५ बेडको भनिएको सो अस्पतालमा अनुगमन टोली पुग्दा कोही पनि डाक्टर भेटिएनन् । अस्पतालका ओपिडी तथा भिडियो एक्सरे कक्ष समेत बन्द अवस्थामा भेटिए ।

अस्पताल सञ्चालनको अनुमति नलिएको सो अस्पतालको एक बर्षअघिनै प्रदेश सरकारका तत्कालिन सामाजिक बिकास मन्त्री जयराम यादवले उदघाटन गरेका थिए । मन्त्रीले उदघाटन गरेको अस्पतालनै स्विकृति बिना सञ्चालनमा रहेको पाइनुले सरकारी निकायनै सर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गम्भिर नभएको महसुस हुन्छ । नगर उपप्रमुख भट्टराईले स्वास्थ्य प्राविधिकहरुको टोलीसहित आजै दमकमा सञ्चालित निर्णायक रेफरेन्स ल्याबको समेत अनुगमन गरेकी छिन् ।

अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दैै उपप्रमुख भट्टराईले स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्रमा लापरवाही गर्ने छुट कसैलाई नभएको बताउँदै तत्काल स्थानीय सरकारले एक्सन लिने बताइन् ।
अनुगमन टोलीमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, स्वास्थ्य निरीक्षक बद्री बराल, ल्याब टेक्नीसियन लोकनाथ पौडेल समेत सहभागि थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20084 0
दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर हुने https://pradeshaawaj.com/?p=20053&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%258a%25e0%25a4%2581-%25e0%25a4%25ae%25e0%25a5%2587%25e0%25a4%259a%25e0%25a5%2580%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%2581%25e0%25a4%259d%25e0%25a5%258b%25e0%25a4%25aa%25e0%25a4%25a8-%25e0%25a4%25b5 https://pradeshaawaj.com/?p=20053#respond Thu, 04 May 2023 14:44:41 +0000 https://pradeshaawaj.com/?p=20053 दमक, बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुने भएको छ ।

दमक ७ मा सञ्चालित ऊँ मेची अस्पतालमा २९ वैशाखमा हुने शिविर भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग रहने  जनाइएको छ ।

शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ । शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टरहरु सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहित ऊँ मेची अस्पतालका डाक्टरहरुबाट समेत सेवा प्रदान गरिनेछ ।

अस्पतालका चिकित्सक शंकरप्रसाद हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गरे । उनका अनुसार नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएको छ । करिब १४ प्रतिशतमा निसन्तानको समस्या देखिएको र यो दर बर्षेनी बढिरहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरका मृत्युन्जय घोषले बताए ।

२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20053 0
डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो https://pradeshaawaj.com/?p=18787&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a1%25e0%25a5%2587%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%259f-%25e0%25a4%25b8%25e0%25a4%2599%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25bf%25e0%25a4%25a4%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25b8%25e0%25a4%2599 https://pradeshaawaj.com/?p=18787#respond Mon, 07 Nov 2022 16:18:20 +0000 https://pradeshaawaj.com/?p=18787 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।

यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18787 0
दमक ३ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न https://pradeshaawaj.com/?p=18289&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595-%25e0%25a5%25a9-%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%258f%25e0%25a4%2595-%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25a8%25e0%25a5%2587-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25b6%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%2595-%25e0%25a4%25b8%25e0%25a5%258d https://pradeshaawaj.com/?p=18289#respond Sun, 03 Jul 2022 15:15:33 +0000 https://pradeshaawaj.com/?p=18289 दमक / दमकमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण, प्रसब फिष्टुला, स्तन क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ३ स्थित सहरी स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा १४० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको नगरपालीका स्वास्थ्य शाखाका सि. अहेब देवीका न्यौपानेले जानकारी दिइन् ।

दमक नगरपालीकाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर १ र सुनसरीको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग रहेको थियो ।

शिविरमा परिक्षण गरेका मध्ये २ जना महिलामा पाठेघरको मुखको क्यान्सर, १० जनामा पाठेघर खसेको र ४ जनामा प्रसब फिस्टुला देखिएको सि अहेब न्यौपानेले जानकारी दिइन् ।

क्यान्सर पोजेटिभ देखिएका र प्रसब फिष्टुला देखिएका महिलाको थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । त्यसैगरी पाठेघर खसेका महिलाको उपचार सुरु गरिएको र अन्य बिरामीहरुलाई पनि औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

दमक वडा नम्बर ३ का वडा अध्यक्ष नविन बरालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर उद्घाट कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख रेगिना भट्टराईले सुरक्षीत प्रसुतीका लागी अझै पनि जनचेतनाको अभाव रहेको बताइन् । स्वास्थ्य संस्थामा गएर प्रसुती गराए बिभिन्न जोखिमहरु कम हुने भए पनि तल्लो समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्थामा पुग्न नसकि रहेको बताइन् ।

बाटो र निर्माण मात्रै बिकाश नभएको भन्दै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरपालीकाले कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा सुत्केरी भएका बेला उचित हेरचाह र उपचार नहुँदा महिलामा पाठेघरको मुखको क्यान्सर, पिसाब नरोकीने जस्ता समस्या देखिने प्रतिष्ठानका प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18289 0
नेपालमा काेराेना संक्रमण बढ्दै, देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि https://pradeshaawaj.com/?p=18155&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a8%25e0%25a5%2587%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a5%2587%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25a3 https://pradeshaawaj.com/?p=18155#respond Thu, 23 Jun 2022 16:30:44 +0000 https://pradeshaawaj.com/?p=18155 काठमाडौं । देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४ सय ९४ जनामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबार १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18155 0
२४ घण्टामा २६ जनामा काेराेना पुष्टि https://pradeshaawaj.com/?p=18045&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25a8%25e0%25a5%25aa-%25e0%25a4%2598%25e0%25a4%25a3%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a5%25a8%25e0%25a5%25ac-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587%25e0%25a4%25b0%25e0%25a4%25be https://pradeshaawaj.com/?p=18045#respond Fri, 03 Jun 2022 15:27:18 +0000 https://pradeshaawaj.com/?p=18045 काठमाण्डाै – पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ११ जना रहेको छ ।

यही अवधिमा ८२ हजार चार सय १३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18045 0
दमकको एड्भान्स अस्पतालमा स्पाईन (मेरुदण्ड) केयर युनिट सञ्चालन https://pradeshaawaj.com/?p=17555&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%258f%25e0%25a4%25a1%25e0%25a5%258d%25e0%25a4%25ad%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25b8-%25e0%25a4%2585%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b2-%25e0%25a4%25b8 https://pradeshaawaj.com/?p=17555#respond Fri, 11 Mar 2022 11:57:49 +0000 https://pradeshaawaj.com/?p=17555 झापा / दमक वडा नम्बर ७ मा रहेको एड्भान्स अस्पतालले स्पाईन( मेरुदण्ड) केयर युनिट सञ्चालमा ल्याएको छ । अस्पतालमा आज औपचारीक कार्यक्रमका विच उक्त केयर युनिट सञ्चालनमा आएको हो ।

मेरुदण्ड रोग बिषेसज्ञ प्राध्यापक डाक्टर गौरबराज ढकालको प्रत्यक्ष निगरानीमा रहने गरि एड्भान्समा उक्त केयर युनिट सुरु गरिएको छ ।

एड्भान्स अस्पताल सञ्चालक समिति सदस्य दिपक खरेलको अध्यक्षता र दमक नगरपालीका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईको बिषेस उपस्थितिमा उक्त केयर युनिटको सुरुवात गरिएको हो । मेरुदण्ड रोग बिषेसज्ञ डा. ढकाल संगको समन्वयमा स्पाईन सम्बन्धि समस्या भएका बिरामीको उपचार गरिने व्यवस्था मिलाईएको एड्भान्स अस्पतालका हाडजोर्नि तथा नशा रोग बिषेसज्ञ डा. अनुप पोखरेलले बताए ।

डा. अनुप पोखरेल

अब ढाड, कम्मर, गर्धन दुख्ने तथा ढाडको नशा च्यापिएका बिरामीले अन्यत्र धाउनु पर्ने समस्या दमक मा नै समाधान हुने  अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिकाश सुवेदीले जानकारी दिए ।

तत्काल केयर युनिट सञ्चालन गरिएको भए पनि केहि समय भित्रमै एड्भान्स अस्पतालमा स्पाईनको सबै उपचार गर्ने तयारी भैरहेको अस्पतालका अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए । उक्त कार्यक्रममा अस्पतालका सञ्चालक,चिकित्सक, कर्मचारी दमकका व्यावसायी लगायतको उपस्थिति रहेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17555 0
दमक स्थित निम्स नेशनल हस्पिटलमा सिटी स्क्यान सेवा सुरु https://pradeshaawaj.com/?p=17465&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595-%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a5%25e0%25a4%25bf%25e0%25a4%25a4-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25b8-%25e0%25a4%25a8%25e0%25a5%2587%25e0%25a4%25b6%25e0%25a4%25a8%25e0%25a4%25b2-%25e0%25a4%25b9%25e0%25a4%25b8%25e0%25a5%258d https://pradeshaawaj.com/?p=17465#respond Tue, 01 Mar 2022 00:06:27 +0000 https://pradeshaawaj.com/?p=17465 दमक, झापा दमकको क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटलले मंगलबार देखि सिटी स्क्यान सेवा सुरु गरेको छ ।

हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सो सेवा शुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अत्याधुनिक ६४ स्लाइसको  उक्त स्क्यान मेसिनबाट निकै गम्भीर प्रकितिका बिरामीको पनि सहजै उपचार गर्न सकिने जनाइएको छ ।

 दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गरिन् । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रममा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय, विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएको अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रेफर दिने गरेको स्पष्ट पारिन् ।

सरकारी अस्पताल दमक अस्पतालकी अध्यक्ष समेत रहेकी अधिकारीले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन । उनले भनिन दमकमा तीन खाले स्वास्थ्य संस्था रहेका छन् । सबैमा गुणस्तरीय सेवा हुन आवश्यक छ । दमक अस्पतालमा उपलब्ध नहुने सिटी स्क्यान सेवाका लागि बिरामीहरुलाई दमक बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको छ ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा बिकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । उनले विभिन्न किसिमका विशेषज्ञ चिकित्सकहरुबाट नियमित ओपिडी, सर्जन सेवाहरु समेत प्रदान गर्दै आएको जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17465 0