राशिफल – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sat, 09 Dec 2023 20:26:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg राशिफल – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 आज २०८० मंसिर २४ आइतवारकाे राशिफल https://pradeshaawaj.com/?p=20653 https://pradeshaawaj.com/?p=20653#respond Sat, 09 Dec 2023 20:24:37 +0000 https://pradeshaawaj.com/?p=20653

२४-मंसिर २०८० | आइतवार १०-डिसेम्बर २०२३।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। पहिलेका कमजोरी सच्याउने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। पछिका लागि काम गर्ने मौका छ। भेटघाटले उत्साह जगाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। महत्त्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउला। मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पेसा–व्यवसायमा केही मन्दी आउन सक्छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20653 0
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई स्थानीय बजेटमा समेट्न माग https://pradeshaawaj.com/?p=20225 https://pradeshaawaj.com/?p=20225#respond Mon, 29 May 2023 12:15:21 +0000 https://pradeshaawaj.com/?p=20225

दमक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय तहसँग आफूहरूका लागि पनि बजेट विजियोजन गर्न माग गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै उनीहरूले अब स्थानीय तहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।

सेफ द चिल्ड्रेनको सहयोग र नील हिरा समाजको आयोजनामा भएको अन्तक्रिर्या कार्यक्रममा स्थानीय तहले बेवास्ता गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो छ ।

कार्यक्रममा लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बुले पछिल्लो समय दमक नगरपालिकाले बजेट विनियोजन गरेको भए पनि अरू स्थानीय तहले बजेटमा समेट्न नसकेको गुनासो गरिन् । उनले बजेटमा समेटेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई रोजगारीको अवसर दिनुपर्ने बताइन् । उनले अल्पसंख्यक भनेर एकमुष्ठ बजेट छुट्याएमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अवसर नपाउने बताइन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हरेक समुदायमा हुन्छन्,’ उनले भनिन्,’तसर्थ सबै स्थानीय तहले बजेटमा समेटुन् ।’

छलफल कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार स्थापित गर्न नगरपालिका तयार भएको बताइन् । उनले बजेटमा समेटेरै जाने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर काम गर्न तयार भएको उनको भनाइ छ ।

कार्यक्रममा दमक नगरपालिका कार्यपालिका सदस्य सरदा भट्टराई, मओवादी नेतृ भूमिका कोइराला, दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज आचार्य, दमक नगरपालिकाका सामाजिक शाखा अधिकृत केशव प्रसाईंले बोलेका थिए । नील हिरा समाजका परशुराम चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अवस्थाका बारेमा प्रस्तुति गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20225 0
दमकको ऊँ मेचीमा बाँझोपन विशेष स्वास्थ्य शिविर हुने https://pradeshaawaj.com/?p=20053 https://pradeshaawaj.com/?p=20053#respond Thu, 04 May 2023 14:44:41 +0000 https://pradeshaawaj.com/?p=20053

दमक, बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुने भएको छ ।

दमक ७ मा सञ्चालित ऊँ मेची अस्पतालमा २९ वैशाखमा हुने शिविर भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग रहने  जनाइएको छ ।

शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ । शिविरमा सो सेन्टरबाट आउने विशेषज्ञ डाक्टरहरु सिफली वंशल माधव, डा. प्रसिञ्जितकुमार रोयसहित ऊँ मेची अस्पतालका डाक्टरहरुबाट समेत सेवा प्रदान गरिनेछ ।

अस्पतालका चिकित्सक शंकरप्रसाद हुजदारले यो एक किसिमको उपचार तथा परामर्श शिविर भएको उल्लेख गरे । उनका अनुसार नेपालमा बैदेशिक रोजगारको समस्या र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निसन्तान हुने तथा प्रजनन क्षमतामा ह्रास आएको छ । करिब १४ प्रतिशतमा निसन्तानको समस्या देखिएको र यो दर बर्षेनी बढिरहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरका मृत्युन्जय घोषले बताए ।

२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20053 0
आज २०७९ पुस १५ गते शुक्रवारको राशिफल https://pradeshaawaj.com/?p=18991 https://pradeshaawaj.com/?p=18991#respond Fri, 30 Dec 2022 03:00:50 +0000 https://pradeshaawaj.com/?p=18991

आजको राशिफल – Aajako Rashifal
२०७९ पुस १५ गते शुक्रवार, ३० डिसेम्बर २०२२। पौष शुक्लपक्ष अष्टमी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १७ः०५ बजेदेखि रेवती। चन्द्रराशि– मीन।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर–छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक काममा मन रमाउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउन सक्छ। तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि काम गर्न सकिनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18991 0
गौरीगञ्जलाई आधुनिक शहर बनाइने : अध्यक्ष ओली https://pradeshaawaj.com/?p=18721 https://pradeshaawaj.com/?p=18721#respond Sun, 30 Oct 2022 12:38:13 +0000 https://pradeshaawaj.com/?p=18721

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक शहर र विकसित गरिने बताउनुभएको छ ।

नेकपा एमाले जनता भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मंसीर ४ गते चुनावपछि बन्ने बताउनुभयो ।गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने बताउनु भयो । उहाँले नागरिकताको सवालमा रहेका समस्या समाधान गर्ने पनि बताउनुभयो ।

यसै विच लोकतान्त्री समाजवादी पार्टी लोसपाका नेता पर्वतलाल राजवंशीसहित ११७ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । झापाको गौरीगञ्जमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

यस्तै एमालेमा प्रवेश गर्नेमा स्वतन्त्र बुदकरण राजवंशीका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि रहनुभएको छ । उहाँहरू सबै जनालाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18721 0
कार्तिक १८ देखि २५ गतेसम्म प्रथम अठासी गोल्डकप हुने https://pradeshaawaj.com/?p=18698 https://pradeshaawaj.com/?p=18698#respond Sun, 23 Oct 2022 23:23:53 +0000 https://pradeshaawaj.com/?p=18698

दमक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।१६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले कार्तिक १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बारे जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष योङ्हाङले भने ।
अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए । उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १६ गतेभित्र इन्ट्री गर्नुपर्ने छ ।

माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ ।
प्रतियोगिता बारे हालसम्म पालिकामा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको विकासका लागि माङसेबुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य एवम् प्रवक्ता सुसन राईले जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18698 0
आज २०७९ साउन १९ गते बिहीवारको राशिफल https://pradeshaawaj.com/?p=18368 https://pradeshaawaj.com/?p=18368#respond Thu, 04 Aug 2022 02:41:49 +0000 https://pradeshaawaj.com/?p=18368

आजको राशिफल – Aajako Rashifal
२०७९ साउन १९ गते, बिहीवार, ४ अगस्ट २०२२। श्रावण शुक्लपक्ष सप्तमी तिथि। चित्रा नक्षत्र, १५ः५८ बजेदेखि स्वाती। चन्द्रराशि– तुला।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयाेग प्राप्त हुनेछ। व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ। केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन्।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। जिम्मेवारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। तापनि, आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। योजना बनाएर काम गर्दा फाइदा हुनेछ। समाजसेवा, धर्मकर्म र पराेपकारी काममा मन रमाउनेछ। भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि बल र बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। शुभचिन्तकहरूको साथ–सहयाेग प्राप्त हुनेछ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18368 0
आज२०७९ असार २० गते साेमवारको राशिफल https://pradeshaawaj.com/?p=18308 https://pradeshaawaj.com/?p=18308#respond Mon, 04 Jul 2022 03:07:18 +0000 https://pradeshaawaj.com/?p=18308

आजको राशिफल – Aajako Rashifal
२०७९ असार २० गते, साेमवार, ४ जुलाई २०२२। आषाढ शुक्लपक्ष पञ्चमी तिथि, १४ः४७ बजेदेखि षष्ठी। मघा नक्षत्र, प्रातः ६ः०५ बजेदेखि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। उपलब्धिविहीन काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18308 0
आज२०७९ असार १७ गते शुक्रवारको राशिफल https://pradeshaawaj.com/?p=18278 https://pradeshaawaj.com/?p=18278#respond Fri, 01 Jul 2022 00:01:46 +0000 https://pradeshaawaj.com/?p=18278

आजको राशिफल – Aajako Rashifal
२०७९ असार १७ गते, शुक्रवार, १ जुलाई २०२२। आषाढ शुक्लपक्ष द्वितीया तिथि, प्रातः ११ः०१ बजेदेखि तृतीया। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। तर आलस्य गर्ने बानीले पछि परिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यापारमा राम्रै फाइदा हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। दिगो काममा फाइदा उठाउने समय छ। तर आगन्तुकहरूले अलमल्याउने हुँदा आजको कामलाई बाधा पुग्नेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। तर ठूलो भागको आशा राख्दा काम बिग्रनेछ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउनेछन्। आर्थिक लेनदेनमा सजग रहनुहोला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। तापनि लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थीहरूकाे जीवनयात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। श्रम परे पनि धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। दिगो काम प्रारम्भ हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18278 0
आज २०७९ असार १६ गते बिहीवारको राशिफल https://pradeshaawaj.com/?p=18262 https://pradeshaawaj.com/?p=18262#respond Thu, 30 Jun 2022 00:48:35 +0000 https://pradeshaawaj.com/?p=18262

आजको राशिफल – Aajako Rashifal
२०७९ असार १६ गते, बिहीवार, ३० जुन २०२२। आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, प्रातः ९ः०६ बजेदेखि द्वितीया। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १७ः२८ बजेदेखि कर्कट।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। साँझतिर चिताएको योजना कार्यान्वयनमा आउनेछ। मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ। हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18262 0
test