अन्य – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Thu, 20 Jul 2023 09:10:18 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg अन्य – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 एन.आर.एन.ए लाई सबैको,सधैंको बनाउनु पर्छ : मोतीलाल खरेल https://pradeshaawaj.com/?p=20455 https://pradeshaawaj.com/?p=20455#respond Thu, 20 Jul 2023 08:59:27 +0000 https://pradeshaawaj.com/?p=20455

काठमाडौं / हाल बेलायत बसोबास गर्नुहुने गुल्मी मुसिकोटका मोतीलाल खरेल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवार बन्नुभएको छ ।

२०२३-२५ कार्यकालका लागि यही जुलाई महिनाको २२ तारीखका दिन हुन लागेको एन.आर.एन.ए. बेलायतको स्कटल्यान्ड राज्य समितिको सचिव पदमा उम्मेदवारी दिएको खरेलले जानकारी दिनुभयो ।

सन् २००६ मा बेलायत आएर हाल व्यवसाय गर्दै आउनु भएका खरेलले आफ्नो क्षेत्रमा आपत् बिपदमा परेका हरुलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

एन.आर.एन.ए गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्नु पर्ने संस्था भए पनि हाल झोला बोकेर खाली पदका लागि मात्र उम्मेद्धार बन्ने भएकोले आफ्नो विजय पछि फरक प्रकृति
बाट सदस्यहरु बनाउने र सदस्य लाई खाली भोटको लागि मात्र प्रयोग गर्ने कुरा लाई हटाएर सदस्यहरुलाई दिने सेवा, विभिन्न विषयमा परामर्श लगायतका कुरा लाई व्यवस्थित गर्ने, नेपाल सरकार संग समन्यन गरेर पाउने सदस्यले पाउने सुविधा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नु भएको छ ।

एन.आर.एन.ए. बेलायत स्कटल्याण्ड राज्य समिति परिषद्मा नवीन सोच भएका व्यक्ति हरुको समुह नैं निर्वाचनमा होमिएको छ । सुदृढ र एकताबद्ध एन.आर.एन.ए.का लागि अध्यक्षमा दिवाकर पाण्डेको टीम लाई विजय गराउन सम्पूर्ण बेलायत बसी एन.आर.एन.एका सदस्य हरुमा आग्रह गर्नु भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20455 0
घर घर पुगेर ज्येष्ठ नागरिकको सम्मान गर्दै गाउँपालिका अध्यक्ष मेनुका काफ्ले https://pradeshaawaj.com/?p=14527 https://pradeshaawaj.com/?p=14527#respond Mon, 11 Jan 2021 12:35:27 +0000 https://pradeshaawaj.com/?p=14527

झापा, २७ पुस / कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आउनुभएको छ । उहाँले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आउनुभएको हो । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै आउनुभएको छ ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उहाँहरुलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको उहाँको भनाइ छ ।

“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भन्नुभयो, “आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।” उहाँले तीनदिन अघिदेखि शुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताउनुभयो ।

सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उहाँको भनाइ छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ, उहाँहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उहाँहरुको पहिचान गरिएको उहाँले बताउनुभयो । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु पाँच हजारमा आफूले न्यानो सिरक थपेर वितरण गरेको बताउनुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14527 0
प्रधानमन्त्रीलाई पीसीआरमा भन्दा बेसारमा विश्वास छ, कोरोनाले छुँदैन र छोए पनि टिक्दैन https://pradeshaawaj.com/?p=12240 https://pradeshaawaj.com/?p=12240#respond Sun, 14 Jun 2020 03:30:14 +0000 https://pradeshaawaj.com/?p=12240

काठमाण्डौ – ढिलो गरी नेपाल पसेको कोरोना सितिमिति नेपाल छोड्ने पक्षमा छैन । यहाँको हावापानी, चालचलन, उपचार पद्धति, सरकारी पारा र नागरिकको चाला देखेर कोरोना आफैं अलमलमा छ । आफुसित लड्न सरकार र नागरिक संसारमा चलेकाभन्दा भिन्न कार्यशैलीमा अघि सरेपछि कोरोना अलमलिएको मात्र छैन, अचम्मको रनभुल्लमा परेको छ ।

यो देशका प्रधानमन्त्रीलाई पीसीआरमा भन्दा बेसारमा धेरै विश्वास छ । नागरिकलाई चाहिँ घरभित्र भन्दा सडकमा र भिडभाडमा गए कोरोनाले छुँदैन र छोए पनि टिक्दैन भन्ने आत्मविश्वास छ ।

विश्वास र आत्मविश्वास यति धेरै भो कि सरकारले कोरोनालाई भुसुनो जति भाउ दिएन । कारोनालाई भुसुनो नठान्ने सरकारलाई नागरिकले पनि भुसुनोभन्दा गतिलो ठानेनन् । कमिलाको भन्दा बढी भाउ दिएनन् । कमिला र भुसुना त देख्नसम्म सकिन्छ, तर कोरोनालाई न देख्न सकिन्छ, न छुन र छाम्न पाइन्छ । छाम्न नसकिनेलाई छामेर केही हात लाग्दैन, देख्नै नसक्नेलाई गनेर, हिसाब गरेर बस्ने कुरा भएन ।

सबैभन्दा पहिले सर्वज्ञान सम्पन्न प्रधानमन्त्रीको कुरा गरौं ।

हाम्रा प्रधानमन्त्री के मात्र होइनन्, सबैथोक हुन् । प्रधानमन्त्री त यसै हुन्, पार्टी अध्यक्ष पनि हुन् । राजनीति गर्छन्, नेता हुन् । कमेडी गर्छन्, कमेडियन हुन् । खेलका कुरा सबै थाहा छ, खेलाडी पनि हुन् । विज्ञान र आविष्कारका कुरा गर्छन्, वैज्ञानिक हुन् । गीत लेख्छन्, गीतकार हुन् । कविता लेख्छन्, कवि हुन् । सारंगी रेट्छन्, बाँसुरी बजाउँछन्, तबला ठोक्छन्, संगीतकार हुन् । गीत गाउँछन्, राग आलाप्छन्, गायक हुन् । आकाशदेखि पातालसम्मको लेखाजोखा गर्छन्, ज्योतिष हुन् । गरुड पुराणदेखि महाभारतसम्म कण्ठ पारेको जसरी सबै ग्रन्थका कथा सुनाउँछन्, पुराण बाचक पण्डित हुन् । हावाको गति र हिमालको चिसो जोडेर वायुको आयु बताउँछन्, पानीको बहावको जाँचबुझ गर्छन्, जलवायु र मौसम वैज्ञानिक हुन् । ढुंगामा शिलाजित देख्ने पाषाणविद्र हुन्र । शीलाजीतमा पाेषाण देख्ने पोषणविद् हुन् । माटोमुनि फलाम, खनीज र पेट्रोलको खानी देख्ने भूगर्भ वैज्ञानिक पनि हाम्रै प्रधानमन्त्री हुन् ।

हर्रो, बर्रो, टर्रो, शिलाजित, यार्सागुम्बा, तितेपाती, अदुवा, बेसार, कागतीका केस्राकेस्रा, पातपात, जरो टुप्पो जोडेर घण्टौ प्रचन दिनसक्ने झारबुटी विज्ञ पनि हुन् । नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुराको आविष्कार गर्ने र संसदमा प्रतिपक्षबाट पनि सो तर्कलाई प्रमाणित गराउन सक्ने हाम्रा प्रधानमन्त्री रोग प्रतिरोधात्मक क्षमताका आविष्कारक विशेषज्ञ पनि हुन् ।

कोरोनालाई जडिबुटी, ढिंडो, अदुवा, बेसारले ठिक गर्छ भन्ने ठोकुवा गर्न सक्ने विश्व स्वास्थ संगठनका डाक्टरलाई पनि चकित पार्न सक्ने महाडाक्टर पनि हुन् । त्यसैले प्रधानमन्त्रीलाई पीसीआरभन्दा बढी बेसारमा विश्वास छ ।

अहिलेसम्म बेसारमा कोरोना लागेको थाहा छ ? छैन । त्यसो भए बेसार खानेलाई कोरोना लाग्ने कुरै भएन । जसलाई कोरोना लाग्यो, उसले बेसार कम खायो । हिमालमा कोरोना उक्लिएको थाहा छ ? छैन । हिमालमा कोरोना उक्लनै सक्दैन भने हिमालको, विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा बस्नेलाई कोरोना लाग्दैन । जसलाई लाग्यो, उसले हिमाल बिर्सियो, सगरमाथाको माया गरेन ।

अनि नदी खोलामा कोरोनाले पौडी खेलेको थाहा छ ? छैन । अनि कोरोनाबाट मुक्त तिनै नदी र खोलाहरुमा डुबुल्की मार्दै, त्यहीँका पानीले खेतबारी भिजाउँदै, मूल र धाराका पानी पिउँदै आएका नेपालीलाई कहाँबाट कोरोना लाग्छ त । जसलाई लाग्यो, तिनले नेपालका नदीनाला, खोला, कुवा र छहरेलाई बिर्से ।

अनि जडिबुटी र झारपातमा कोरोना सल्कन्छ ? सल्कँदैन । त्यसो हुँदा जडिबुटीको धनी देशमा बस्नेलाई कोरोना पनि सल्कँदैन । जसलाई सल्क्यो, तिनले जडिबुटीको महत्व बुझेनन् ।

हिमालमा ठोक्किनुअघि नै कायल भएको, ठोक्किसकेपछि बरफ भै झरेको स्वच्छ चिसो हावा लिने नेपालीको वरपर कोरोना पर्नै सक्दैन । अनि ढिंडो, खुर्सानी, बेसार, अदुवा लगायत कडा मसला हालेको दाल खाएर फाल ठोक्नेहरुसँग त कोरोना त्यसै तर्सन्छ ।

हजार जिब्रा भएको शेष नागले बर्णन गर्दा एकजुगमा नसकिने अनेक विशेषता र ज्ञानले सम्पन्न हाम्रा प्रधानमन्त्रीको ज्ञान, पाण्डित्य, साधना र चतुष्ज्ञानको महिमा सुनेर नेपाल पसेको कोरोना रन्थनिएको छ भने भारतबाट आएको कोरोना थला पर्न थालेको छ । हाम्रा प्रधानमन्त्रीका लवालव ज्ञानले भरिपूर्ण भाषण सुनेरै कोरोना रन्थनिएको छ । हो भनौं भने होइन, होइन भनौं भने यति धेरै ढुक्क छ ।

सर्वज्ञाता प्रधानमन्त्री रहेको देशका नागरिक झन् चानचुने हुने कुरै भएन । नेपालीलाई थाहा छ, घरमा बसेर कोरोना जितिंदैन । खाटमा, पिंढीमा र आँगनमा लडेर कोरोनासँग लडेको ठहरिंदैन । लड्न त सडकमा जानुपर्छ । त्यो पनि डाक्टर प्रधानमन्त्री बस्ने छेउछाउमै । अन्त गएर लड्न खोज्दा एक्लै भइन्छ, प्रहरी आउँदैन ।
प्रधानमन्त्री बस्ने छेउछाउमा पुगेर जिस्कायो भने प्रहरी आउँछ । लौरोले ठटाउँछ, पानीको फोहोरा बर्साउँछ । घरमा बस्दाबस्दा वाक्क भएको तन, मनमा भिन्नै उर्जा मिल्छ । कोरोना भेटेर उसैसँग लडेको महसुस हुन्छ ।

लौरो, पानीको फोहोरा, धकेलाधकेल, मुक्कामुक्की भए पो लडेजस्तो हुन्छ । घरमा बसेर कोरोनासँग लड्नु रे ! यस्तो पनि कुहीँ हुन्छ ! कोरोनालाई भगाउन त बाहिर निस्कनुपर्छ । हुल बाँधेर बालुवाटार जानुपर्छ । भूतप्रेत, धामीझाँक्रीको भेषमा बुरुकबुरुक उफ्रनुपर्छ । कोही ठिटा हेर्न गएका, कोही ठिटी हेर्न गएका । जे जे गर्न गएका भए पनि सरकारको विरोध गर्न गएका । सरकारको विरोध गर्न नपाएको धेरै भयो, सकेको गर्नुपर्छ । कोरोना सकिएपछि विरोध गर्ने निहुँ नपाइन सक्छ । अहिले त जता फर्के पनि निहुँ नै निहुँ छ । निहुँ पाएको बेला निहुँ खोजेन भने के मज्जा ? अहिले मज्जा नलिए पछि पछुतो लाग्ला । सरकार र कोरोनालाई तर्साउने बेला नै यही हो । त्यसैले हुल बाँधेर सडकमा बुरुकबुरुक गर्नेको पारा देखेर पनि कोरोना आफैं छक्क परेको छ ।

अझ अब त जोर गाडी भएकालाई जोर दिन र बिजोर गाडी भएकालाई बिजोर दिन कोरोनाले नछुने भयो । बिहान बेलुका बजार जानेलाई त पहिलेदेखि नै कोरोनाले देखे, नदेखे गरेरै छाडेको हो । अब बिस्तारै उसले नेपालीलाई सडक, बजारमा ठाउँ छोडिदिन्छ । सरकार र नागरिकले जे जे भन्यो, त्यही मानिदिन्छ । सडकमै निस्कनेसँग राजा त डराएर दूला पसे, जाबो कोरोनाको के कुरा !

मिलन तिमिल्सिनाले उज्यालाे अनलाइनमा लेखेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=12240 0
सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरी बिच झडप https://pradeshaawaj.com/?p=11537 https://pradeshaawaj.com/?p=11537#respond Fri, 08 May 2020 16:00:34 +0000 https://pradeshaawaj.com/?p=11537

काठमाडौं, २६ बैशाख / लकडाउनको समयमा स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा प्रहरी र चिनियाँ नागरिकबिच झडप भएको हो ।

चिनियाँ नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

घाइते डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=11537 0
पर्यटन वर्ष २०२० काे भब्य स्वागत, १९ किमि काे यात्रा २६१ पदल यात्री पुरानाे बाटाे https://pradeshaawaj.com/?p=9622 https://pradeshaawaj.com/?p=9622#respond Mon, 16 Dec 2019 09:13:17 +0000 https://pradeshaawaj.com/?p=9622

दमक / पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक मार्ग पहिचानका लागि पदयात्रा सम्पन्न भएको छ।

मंसिर २५ र २६ को पदयात्रा होटल व्यवसायी संघ दमकले आयोजना गरेको थियाे । झापाको दमकदेखि इलाम र पाँचथर जोड्ने नयाँ मार्ग पहिचानका लागि पदयात्राको अयोाजना गरिएको  थियाे । दमकदेखि पेरुङ्गे, टोड्के, कुसुन्डे हुँदै पञ्जमी बजार सम्मको पदयात्रा सडक मार्गको विकास हुनु अघि पहाडी जिल्लाका बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री आपूर्ति का लागि यो मार्ग उपयोगमा रहेको थियो।

सडक सञ्जालको विकाससँगै उपयोगविहीन रहेको मार्गमा पर्यटन वर्षको सन्दर्भ पारी पदयात्राको आयोजना गरिएको कार्यक्रम संयोजक दिपक फुँयालले जानकारी दिए। पदयात्राको शुभारम्भ प्रदेश १ का वन तथा पर्यटनमन्त्री जगदिश कुशियत तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए।

पदयात्राकाे टाेलीकाे लागि फुइकेमा खाजा नास्ताकाे व्यवस्था गरेकाे थियाे । जहाँ स्थानियहरूले फुलमाला सहित स्वागत कार्यक्रम समेत राखिएका थिए । टाेलि बिहान ७ :३० बजे खाजा नास्ता गरेर  २६१ जना  पद यात्री मावा खाेलाकाे बाटाे पेरूङ्गे तिर लागे । पेरूङ्गे कछेर केहीमाथि  पदयात्राकाे टाेलिकाे लागि माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित कुसुन्डेमा खानाकाे व्यवस्था गरिएकाे थियाे । जहाँ पदयात्रामा सहभागीहरूलाइ फुलमालाले गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा सहितकाे टाेलिले स्वागत गरेकाे थियाे ।

पेरुङ्गे

सडक बाटाे नभएकाे बेला प्रयाेग गरीने याे एतिहासिक पैदल बाटाे लाइ  होटल व्यवसायी संघ दमकले पदयात्राको आयोजना गरेर  याे क्षेत्रलाइ उजागर गरेकाेमा धन्यवाद ब्यक्त गर्दै माङ्सेबुङ गापा अध्यक्ष डिकेन्द्र इधिङ्गोले याे पेरुङ्गे, टोड्के, कुसुन्डे हुदै पंचमी सम्मकाे पैदल बाटाे लाइ  पर्यटकिय रूट बनाउन पहल  भइरहेकाे जानकारी दिए।

कुसुन्डे

बिहानकाे ११ : ३० मा  खाना पश्चात पदयात्राकाे टाेली तारेभीर हुदै टाेड्के उकालाे लाग्याे । बाँझाेगाउँमा छुट्टै खाजाकाे व्यवस्था त्यहाकाे खाजाका रूपमा पहिचान बाेकेकाे दही चिउराकाे ब्यवस्था गरीएकाे थियाे । त्यहा पनि पदयात्रामा सहभागी सबैलाइ फुलमाला लगाएर स्वागत गरियाे ।

बाँझाेगाउँ

दिनकाे ३ बजे तिर खाजा खाएर टाेलि गैरिटाेल हुदै  उकालाे लाग्याे । साझकाे  ५ बजे तिर हस्टे  पुग्याे १९ किलाे मिटरकाे यात्रा करिब ९ घण्टा लागाएर  सबैले सकुसल रूपमा यात्रा पुरा गरे यात्रामा पैदल यात्री झापा,इलाम,माेरङ्ग लागयत स्थान बाट सहभागि भएका थिए । बेलुकाकाे खाना बस्नका लागि स्थानीय संस्था नमूना टाेल विकास संस्थाकाे सभाहल, हाेम स्टेकाे  व्यवस्थापन गरिएकाे थियाे ।

पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पछि परेकाे दमक र इलामकाे पश्चिमी क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आयोजना गरिएको पद यात्रा सफल भएकाे र चाडै  दमकबाट याे रूट लाइ  ब्यवसायीक ट्रेकिङ्ग प्याकेजका रूपमा ग्राहक लाइ उपलब्ध गराउन सक्ने  होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए।

पञ्जमी

 अाफ्नाे जिवनकै अविस्मरणिय यात्रा भएकाे भन्दै पैलद यात्रामा सहभागि भएका  दमक  ५ का वडा अध्यक्ष इन्द्र गुरूङले यात्रा कठिन भए पनि रमाइलाे भएकाे र दुई शताव्दी भन्दा पुरानो बाटो यो रुटलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सके पहाड र तराई दुवै क्षेत्रले फाइदा लिन सक्ने  बताए ।

२६ गते बिहान माङमालुङ चियाबगान हस्टेमा खाजा खाएर टाेलि पञ्चमी बजार तिर लाग्याे । नाैमति बाजा सहित स्वागतमा रहेकाे पञ्चमी बासीकाे व्यवस्थापनमा बिहानकाे खानाकाे व्यवस्था रहेकाे थियाे । खाना पछि टाेलि धार्मिक तथा पर्यटकीय स्थल माङमालुङ तिर माेडियाे ।

माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रमा  विशेष गरी किरात धर्मावलम्बीहरुको उपस्थिती रहने गरेको भएपनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरु आउने गरेकाे र  याे क्षेत्र नेपालकै सबै भन्दा बढी जैबिक बिभिधताले भरीएकाे क्षेत्र भएकाेले यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरुका लागि माङमालुङ आस्थाको केन्द्र बन्न पुगेको माङमालुङ पर्यटकीय  बिकास केन्द्रका सचिब कमल कार्कीले बताए ।

पदयात्राकाे टाेलि माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रकाे अवलाेकन पछि  दमक फर्केकाे थियाे । सडक मार्गको विकास नभएका बेला मेची अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्न उपयोग हुने बाटोलाई पदमार्गको रुपमा विकास गर्न माङ्सेवुङ गाउँपालिकाले पनि प्राथमिकता दिएको छ। पदयात्राका लागि दमक नगरपालिका, माङ्सेवुङ् गाउँपालिका चुलाचुलि गाउँपालिका तथा अन्य बिभिन्न संघ संस्थाहरूले सहयोग गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=9622 0
समर लभको ट्रेलर सार्वजनिक https://pradeshaawaj.com/?p=8898 https://pradeshaawaj.com/?p=8898#respond Tue, 08 Jan 2019 09:47:55 +0000 https://pradeshaawaj.com/?p=8898

पौष २४ काठमाडौं /   सुविन भट्टराईको चर्चित उपन्यास समर लभमाथि निर्माण गरिएको फिल्म समर लभको ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।

मुस्कान ढकालको निर्देशनमा बनेको फिल्ममा उपन्यासका प्रमुख पात्र अतीत शर्माको भूमिका आशिष पिया र साया शाक्यको चरित्र रेवती क्षेत्रीले निर्वाह गरेका छन् । त्यसैगरी सुस्मिताको भूमिका नम्रता सापकोटा निर्वाह गरेकी छिन् । तीन मिनेट लामो ट्रेलरमा प्रेमका विविध आयाम प्रस्तुत गरिएको छ ।

यसअघि नाइँ नभन्नू ल–३ निर्देशन गरेका मुस्कानले समर लभ उत्कृष्ट बनाउन कुनै कुराको कमी नगरिएको बताएका छन् । फिल्मका पटकथा तथा संवाद लेखक सामीप्यराज तिमिल्सिना उपन्यासका अधिकांश कुरालाई फिल्ममा अटाउने प्रयास गरिएको बताउछन । फिल्म निकै सुन्दर बनेकाले उपन्यास पढ्दाको भन्दा बढी मिठास फिल्मले दिने दाबी उनको छ ।

माघ २५ गते प्रदर्शन हुने फिल्ममा आशिष, रेवती र नम्रताका साथमा सरोज खनाल, ओम प्रतीक, सुरजसिंह ठकुरी, शिशिर भण्डारीलगायत कलाकारले अभिनय गरेका छन् । फिल्मको निर्मातामा खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी, विनोद अधिकारी, सोपान सरकार, मनोज बिकेलगायत छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8898 0
नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ https://pradeshaawaj.com/?p=8661 https://pradeshaawaj.com/?p=8661#respond Fri, 30 Nov 2018 02:43:09 +0000 https://pradeshaawaj.com/?p=8661

काठमाडौं, को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ? को हुन् नेपाली चलचित्रकी नम्बर एक नायिका ? चलचित्रप्रेमी, चलचित्रकर्मी वा चलचित्र समीक्षकले यस प्रश्नको जवाफ दिन सक्लान् ?

चलचित्र क्षेत्रमा नम्बर एक अभिनेत्री हुन्छन् नै । फेरि, नम्बर एक अभिनेत्रीको पगरी घुम्ने कुर्सी जस्तै पनि हुन्छ । पुरानालाई नयाँले विस्थापित गर्नु र ग्यालमरसका क्षेत्रको अन्तिम सत्य पनि हो ।

त्यसो भए नेपाली चलचित्र क्षेत्रको वर्तमान समयमा को हुन् त नम्बर एक अभिनेत्री ? को हो त सबैको रोजाइकी सुन्दरी ? कुन अभिनेत्रीलाई लिएर फिल्म गर्ने सपना देख्छन् त फिल्मकर्मी ? अर्थात को हुन् नेपाली चलचित्रकी ‘ड्रिम गर्ल’ ?

सोझो अर्थमा भन्ने हो भने निर्माता तथा निर्देशकको पहिलो रोजाई, धेरै पारिश्रमिक लिने, दर्शकले रुचाइएको, अभिनय गरेको फिल्म हीट भएपछि कलाकारहरु नम्बर १ मा पर्छन् । फिल्मको क्षेत्रमा यी सीमामा कसी लगाउादा अभिनेत्री प्रियंका कार्कीलाई काउनडाउनको पहिलो नम्बरमा राख्न सकिन्छ ?

कुनैबेला निरुता सिंह, जल शाह, विपना थापा, रेखा थापा जस्ता अभिनेत्रीहरु बसिसकेको नम्बर एकको कुर्सीमा आजका मितिमा प्रियंका कार्की बस्न सफल छिन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8661 0
मिस नेवा कोशीको उपाधि सुधालाइ https://pradeshaawaj.com/?p=8560 https://pradeshaawaj.com/?p=8560#respond Tue, 06 Nov 2018 00:53:09 +0000 https://pradeshaawaj.com/?p=8560

विराटनगर / मिस नेवा कोशीको उपाधि विराटनगरकी सुधा श्रेष्ठले जितेकी छन्। मञ्जिना मुभिज प्रालिको आयोजनामा विराटनगरमा भएको मिस नेवा प्रतियोगितामा १३ जना प्रतिस्पधी{लाई पछि पाद{ै सुधाले उपाधिसँगै ताज पहिरिन्। त्यस्तै फष्ट रनरअप मनिषा शाक्य र सेकेण्ड रनरअप आस्मा तुलाधर भएका छन्। त्यस्तै दश{कस्रोता च्वाइस एलिना श्रेष्ठ, मिस ट्यालेन्टमा मषी शाक्य, मिस चाचमि{ङ तमना श्रेष्ठ, वेष्ट फिजिक रुइना प्रधान, वेष्ट ड्रेसको उपाधि नियति प्रधानले प्राप्त गरेका छन् ।

त्यस्तै, मिस फोटोजेनिक आज{ु श्रेष्ठ, मिस एथलेटिक शुभेक्षा ताम्राकार, मिस डिसिपिलिन स्नेहा श्रेष्ठ, मिस प्रसानालिटी आज{ु श्रेष्ठ, मिस क्याटक रुजा शाक्य, मिस फ्रेन्डसिप चेलिना श्रेष्ठ, वेष्ट स्माइलको पुरस्कार सिज{ना श्रेष्ठले जितेका छन्।

वीएफएमका काय{कारी निद{ेशक डा.सन्देशदास श्रेष्ठ, मकालु टेलिभिजनका सिईओ दिवस सुवेदी, नायिका सञ्चिता लुइँटेल, सञ्चारकमी{ रस्मिला प्रजापति र जयन सुब्बा मानन्धरले निणा{यकको भूमिका निवा{ह गरेका थिए। रमपम तयारी चाउचाउ र वीकेएम मसलाले प्रायोजन गरेको काय{क्रममा चचि{त गायक सुमित खड्का, कलाकार पारस थापालगायतको प्रस्तुतिले काय{क्रमलाई निकै रोचक बनाएको थियो ।

गतवष{देखि मिस नेवा प्रतियोगिता सुरु गरिएको हो। नेवारी संस्कृतिको जग{ेना गन{े उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गरेर आएका १३ जना युवतीले प्रतिस्पधा{ गरेका थिए। प्रतियोगितालाई हरेक वष{ निरन्तरता दिइने आयोजक संस्थाका प्रमुख काय{कारी अधिकृत (सिइओ) जतिन ताम्राकारले जानकारी दिए।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8560 0
आयात कडा भएपछि आयुर्वेदिक औषधीको अभाव https://pradeshaawaj.com/?p=8417 https://pradeshaawaj.com/?p=8417#respond Wed, 10 Oct 2018 02:58:07 +0000 https://pradeshaawaj.com/?p=8417

काठमाडौँ, असोज २४ / करीब छ महिना अघि आयातमा रोक लगाएपछि नेपालमा आयुर्वेदिक औषधिको अभाव भएको छ । आयुर्वेदिक औषधिको अभावसँगै नियमित औषधि सेवन गर्ने बिरामी भने मर्कामा परेका छन् । नेपालमा ७० प्रतिशत आयुर्वेदिक औषधि भारत लगायतका मुलुकबाट आयात हुने गरेको छ ।
औषधिको अभाव भएपछि आयुर्वेद चिकित्सक संघले स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागमा तत्काल औषधिको आयात खुलाउन ज्ञापनपत्र बुझाएको थियो ।
आयुर्वेद विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले नेपालमा आयुर्वेदिक औषधिको अभाव भएको जानकारी दिनुहुँदै केही दिन यस्तै अवस्था रहे बिरामी औषधि सेवन गर्नबाट बञ्चित हुने बताउनुभयो ।
डा. उपाध्यायले नेपालमा आयुर्वेदिक औषधि बनाउने कम्पनी सबैखालका आयुर्वेदिक औषधि निर्माण गर्न सक्षम नभइसकेकोले अझै ७० प्रतिशत औषधि आयातमा निर्भर छ । आयातको पनि अधिक अंश छिमेकी मुलुक भारतबाट ल्याउनु पर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । वबमष्दगतष्)द्ध
आयुर्वेद औषधि सल्लाहकार समितिका संयोजक समेत रहनुभएका महानिर्देशक डा.उपाध्यायले सल्लाहकार समितिको निर्णय गरेर भारतबाट आयात हुने कतिपय औषधिमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपी)को व्यवस्था लागू गर्न नसकिने हुनाले औषधि आयातको बाटो खुलाउन औषधि व्यवस्था विभागलाई सिफारिस गरिसकेको जानकारी पनि दिनुभयो ।
‘हामीले दुई महिना अघि नै औषधिको आयात खुलाउन औषधि व्यवस्था विभागलाई सुझाव दिएका हौंँ’, महानिर्देशक डा. उपाध्यायले भन्नुभयो, ‘हालसम्म औषधि व्यवस्था विभागले समितिको सुझावलाई कुनै सुनुवाइ गरेको छैन ।’
नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले भारतबाट आयात हुने केही आयुर्वेदिक औषधिमा रोक लगाइएको बताउनुभयो । उहाँले भारतबाट आयात भएका औषधि क्रमिक रूपमा नेपालमै उत्पादन गर्न सकिने जानकारी दिदै त्यसको लागि समय लाग्ने बताउनुभयो । नेपालका आयुर्वेदिक औषधि उद्योगको क्षमता वृद्धि गर्दै लगेमा नेपाल पनि आयुर्वेद औषधि उत्पादनमा सक्षम हँुदै जाने बताउनुभयो ।
आयुर्वेद औषधि व्यवसायी संघका महासचिव सुमन पाण्डेले भारतमा उत्पादन हुने औषधि कम्पनीलाई सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपी) दिने व्यवस्था भारतीय औषधि व्यवस्था विभागको कानुनमा नरहेकोले नेपालमा सिओपिपीको डकुमेन्ट बुझाउन सम्भव नभएको जानकारी दिनुभयो ।
नेपालमा वार्षिक तीन अर्व रुपियाँ बराबरको आयुर्वेदिक औषधि भारतबाट आयात हुने गरेको जानकारी दिँदै उहाँले बजारमा आयुर्वेदिक औषधिको कमी भइसकेको बचाउनुभयो ।
गुणस्तरको नाममा भारतको कानुनमै नभएको कतिपय प्रावधान औषधि व्यवस्था विभागले राखेको हुनाले नेपालमा औषधिको अभाव हुन पुगेको भन्दै उहाँले रसायन, रस, गुटिवर्टि बनावटका औषधि नेपालमा पूर्ण रुपमा रोक लगायको बताउनुभयो । चन्द्रप्रभावटी, आरोग्य, बजर्निवटी, वसन्टकुस्भाकर रस, सुवर्णभस्म, योगराज गुगुल लगायतका सयौं औषधि नेपाली बजारमा चरम अभाव रहेको उहाँको भनाइ छ ।
यता औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विभागले बनाएको कार्यविधिले गर्दा आयुर्वेदिक औषधि आयातमा समस्या भएको बताउनुभयो । कतिपय औषधि दर्ता भइरहेका छन्, प्रवक्ता केसीले भन्नुभयो, ‘विशुद्ध हर्वल वेद र खनिज मिसिएका औषधि आयातमा भने समस्या छ ।’ आयुर्वेद औषधि सल्लाहकार समितिले निर्णय गरेर तत्काल औषधि आयातमा देखिएका समस्या फुकाउन सल्लाह दिए पनि विभागीय निर्णय हुन बाँकी रहेको केसीको भनाइ छ ।
आयुर्वेदिक औषधि व्यवसायी संघका केन्द्रीय सदस्य गणेशप्रसाद शाहले औषधि व्यवस्था विभागले एलोपेथिक औषधिलाई जस्तै नियम आयुर्वेदिक औषधिलाई लगाउँदा समस्या भएको बताउनुभयो । औषधि व्यवस्था विभागले बनाएको कार्यविधिमा आयात हुने औषधिमा अनिवार्य रूपमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपि) हुनुपर्ने व्यवस्था गरिएको छ ।
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भारतमा समेत खनिजयुक्त औषधिमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपि) हुनुपर्ने नियम नभएको बताउनुभयो ।
डाबर, वैद्यनाथ, झण्डु लगायत २६ वटा कम्पनीबाट आउने आयुर्वेदिक औषधिको नेपाल आयात अहिले बन्द छ । देशको एक मात्र केन्द्रीय आयुर्वेदिक अस्पताल नरदेवीका निर्देशक डा. श्यामबाबु यादवले नेपालमा ७० प्रतिशत आयुर्वेदिक औषधि भारत लगायतका मुलुकबाट आउने जानकारी दिनुभयो । निर्देशक डा. यादवले औषधि आयातको लागि पहल भने जारी रहेको बताउनुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8417 0
इलामको इलम https://pradeshaawaj.com/?p=8003 https://pradeshaawaj.com/?p=8003#respond Mon, 13 Aug 2018 13:03:54 +0000 https://pradeshaawaj.com/?p=8003

इस्कूसका मुन्टा बेच्न बजार लाँदै इलाम लक्ष्मीपुरकी एक महिला ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=8003 0
test