मनोरन्जन/चलचित्र – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Tue, 26 Sep 2023 06:23:34 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg मनोरन्जन/चलचित्र – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 युकेको स्कट्ल्याण्डमा जीवन शर्मा एकल साझ हुने https://pradeshaawaj.com/?p=20592 https://pradeshaawaj.com/?p=20592#respond Tue, 26 Sep 2023 06:23:34 +0000 https://pradeshaawaj.com/?p=20592

लण्डन । युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ जीवन शर्मा एकल साझ हुने भएको छ ।

गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA,)नेपाल स्कट्ल्याण्ड एसोसिएसन ( NSA) , नेपाली फाइफ कम्युनिटी (NFC) , नेपाल स्कट क्लव (Nepal Scot Club) ,ग्लास्गो नेपाली एसोसिएसन (GNA) र मालिका नौमति बाजा समुह (Malika Naumati Baja Samuha ) को संयुक्त आयोजना तथा समाजसेवी तथा स्कट क्लबका अध्यक्ष श्री धन के सी को संयोजकत्वमा हुन लागेको यो कार्यक्रम अक्टोवर ९ तारिक सोमवारको दिन बेलुकी ५ बजे देखी रात्री १० बजेसम्म Good Companions
2-4 Oxgans Bank, Edinburgh, EH13 9JT मा सन्चालन हुने NRNA UK का पुर्व सचीव तथा समाजसेवी श्री तारानाथ भण्डारीले जानकारी दिए ।

नेपालको जन आन्दोलन र नेपाललाइ प्रजातान्त्रिक प्रणाणीमा विकसित गर्नुपर्छ र मजदुर किसान देखी थिचोमिचोमा परेका आम जनसमुदाय सक्रियताका साथ एकजुट भै अघि बढ्नुपर्छ भन्ने सचेतना सहित हरेक तह र तप्कामा रहेका आम नागरिकहरुलाइ आफ्नो अधिकार आफै ल्याउन को लागी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेका जीवन शर्माका गीतहरुले नेपालको जनाअन्दोलन सफल बनाउन महत्वपुर्ण योगदान गरेको थियो।

जीवन शर्माका गीतहरुको प्रभावले कैयन युवाहरु जनयुद्धमा होमिए, कैयन अभियन्ताहरु प्रधानमन्त्री र मन्त्रीहरु बने,कतिले देशको परिवर्तनको लागी आफ्नो ज्यानको आहुती दिए त कैयन युवाहरु देशमा भएको धरपकड र जोखिम सहन नसकि बिदेशिन बाध्य भए । हो तिनै बिदेशिन बाध्य भएका युवाहरुको जमात जस्ले सवैभन्दा पहिला आफ्नो देशलाइ पहिलो दर्जामा राख्छ।त्यही पुस्ताले जीवन शर्माले देश र जनता प्रति सद्भाव र सम्मानका साथ अफ्नो कला र लेखनबाट शुशोचित गरेको र योगदान दिएको त्यो कठिन समयलाइ आदर गर्दै अनि वहाको आजसम्मको सादगीपन र सादा जीवन उच्च बिचारको हृदयङ्गम गर्दै शर्माको सम्मान गर्न यो कर्यक्रमको आयोजना गरिएको हो कार्यक्रमका सम्योजक श्री धन केसीले जानकारी दिए उनले जीवन शर्माको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन सबैसंग अनुरोध समेत गरेका छन् ।

देशको लागी आफ्नो जीवनकाल भर परिश्रम गरेका जनगायक जीवन शर्मालाइ यसरी सम्मान गरी कार्यक्रम गर्दा विश्वभरी छरिएर वसेका नेपालीहरुले देशलाइ अनेक कालख्ण्ड मा योगदान पुर्याएका बिभुतीहरुलाइ सामुहिक सम्मान गर्ने कार्यको थालनी हुने र सवैले अनुशरण गर्न बाटो खुल्ने आयोजकको अपेक्षा रहेको छ ।

स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी भएर सफल पार्नुहुन स्कटल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली भाषीहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20592 0
बालदिवसमा के प्लस डान्स सेन्टरको सास्कृतिक कार्यक्रम https://pradeshaawaj.com/?p=20534 https://pradeshaawaj.com/?p=20534#respond Sat, 16 Sep 2023 13:11:10 +0000 https://pradeshaawaj.com/?p=20534

डुडामारी/५९औ बाल दिवसको अवसरमा डुडामारीमा रहेको के प्लस डान्स सेन्टरले पनि सास्कृतिक कार्यक्रम गरेर मनएको छ । शिवसताक्षी ८ डुडामारी स्थित घिमिरे महलमा नृत्य प्रशिक्षार्थीहरुलाइ केक खुवाएर बाल दिवस मनाएको हो ।
बिगत ५ बर्श देखि नृत्य प्रशिक्षण गरौदै आएक करण गदाइलीले विभिन्न बिधामा नृत्य प्रशिक्षण गराइ रहेका छ्न। बिहान ५बजे दिखी सुरु भै बेलुका ७बजे सम्म नृत्री प्रशिक्षण गरौउने गरेको प्रशिक्षक गदाइलीले बतए । हाल उनले क्लसिक, दोहोरी, हिपप,बेलि,फिलिमी लगायतका गित हरुमा सिकाउने गरेका छ्न ।बिहान ५बजेको समयमा जुम्बा डान्स गराउने गरेको उनको भनाइ छ । यश डान्स सेन्टरमा हाल ५०जनाले प्रशिक्षण गरिरहेको बताइएको छ ।डुडामारी निवासी डान्स सन्चालक गदाइलीले दमक स्थित दमक डान्स सेन्टर, शिवसताक्षीको बिबिन्न अधा दर्जन निजी स्कुलमा समेत डान्स टिचरको रुपमा कार्यरत रहेका छ्न ।
नृत्यले बालबालीकाहरुको स्वस्थ्य ,शरिरिक सङ्गै मानसिक रुपमा बिकास गर्ने भएकोले पनि नृत्यले अतिरिक्त कृयाकलापमा टेवा पुर्याउने भएकोले बालबालिकाहरुलाइ नृत्री सिकाउन आवस्यक रहेको छ ।


बाल दिवसको अवसरमा देशै भर बिभित कार्यक्रम गरि मनाइ रहदा बाल बलीकाहरुको स्वतन्त्र जिउने अधिकार सुनिस्चित हुन आवस्यक रहेको अवस्थामा अझै पनि बाल बालिकाहरुको हक अधिकार सुन्स्चित हुन सकेको छैन ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20534 0
मिस्टर एण्ड मिस बिश्वकर्माका लागि गहतराजको सहयोग https://pradeshaawaj.com/?p=20522 https://pradeshaawaj.com/?p=20522#respond Sun, 10 Sep 2023 05:52:02 +0000 https://pradeshaawaj.com/?p=20522

झापा। दमकका समाजसेवी तथा रियल स्टेट इन्भेस्टर फौद गहतराजले हालै सम्पन्न मिस्टर एण्ड मिस बिश्वकर्मागहतराजले हालै सम्पन्न मिस्टर एण्ड मिस बिश्वकर्मा कार्यक्रमलाई ४० हजार आर्थिक सहयोग गरेका छन ।

उनले आइतबार एक कार्यक्रमका बिच इभेन्ट म्यनेजमेण्ट प्रदेश इन्चार्ज राज दियालीलाइ उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

बिश्वकर्मा समुदायको किशोर, किशोरीहरुको नेतृत्व र ब्याक्तित्व सङै उनिहरुमा रहेको प्रतिभालाइ उजागर गर्न आयोजना गरिएको फेसन रियालिटी शो मिस एन्ड मिस्टर बिश्वकर्मा आयोजक टिमलाइ कार्यक्रम गर्न सहज होस भनेर आफुले सकेको रकम सहयोग गरेको गहतराजको भनाइ छ ।
गहातराज दमकका उर्जाशिल ब्यबसायी ,सामजीक ब्याक्तित्व सङै केही बर्ष अघि दमकमा सम्पन्न यस इभेन्ट्को आयोजक समेतीका अध्यक्ष तथा परिकल्पना कार समेत रहेको बताइएको छ ।

यस प्रतियोगिताको बिजेता चुलाचुली इलामका दिपन रसाइली र झापा शिवसताक्षी दुधेकी निर्जला सिन्चिउरी बने ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20522 0
शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने https://pradeshaawaj.com/?p=20514 https://pradeshaawaj.com/?p=20514#respond Sat, 09 Sep 2023 13:12:43 +0000 https://pradeshaawaj.com/?p=20514

शिवसताक्षी । झापाको शिवसताक्षीमा हरितालिका तीज महोत्सव हुने भएको छ। सतासीधाम जेसीजको आयोजना र कन्काइ फन वल्डको इभेन्ट म्यनेजमेन्ट्मा भदौ २५ गतेदेखि असोज १० गतेसम्म १५ दिने प्रथम शिवसताक्षी दुधे हरितालिका तीज महोत्सव २०८०, शिवसताक्षीको दूधेमा आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

शिवसताक्षीको दूधेमा पत्रकार सम्मेलन गर्दै सतासीधाम जेसीज २०२३ कि अध्यक्ष जेसी निर्मला प्रधानले देशव्यापी मनाईने नेपाली महिलाको महान चाड हरितालिका तीजको अवसरमा उक्त महोत्सव आयोजना गरिएको बताइन् ।महोत्सवका लागि सतासीधाम जेसीजले इभेन्ट म्यानेजमेन्ट सङग २१ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको समेत सो पत्रकार सम्मेलन मार्फत जान्कारी गराइएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह साँवाले कार्यक्रमको अनुमानित खर्च करिव २६ लाख रहने जानकारी दिए। उक्त कार्यक्रमका लागि कनकाई फन वर्ल्डलाई रोयल्टी बापत केही रकम प्रदान गरिसकेको जेसी साँवाले बताए । त्यस्तै पत्रकार सम्मेलनमा सम्पुर्ण जेसीज सदस्य सहित शिवसताक्षी नगरकी पुर्व उप प्रमुख भोजकुमारी नेपाल र वडा नं ११ का वडाध्यक्ष बाहदुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

हरितालीका तिजको शुभकामना दिदै पुर्व उप प्रमुख नेपालले सतासीधाम जेसीजले यति ठुलो आँट गर्नु आफैमा गौरवको विषय भएको जनाउदै कार्यक्रम सफलताको शुभकामना दिइन । त्यस्तै वडाध्यक्ष आङ्बोले परि आउन सक्ने भितव्यलाई ध्यानमा राखेर सम्पुर्ण सुरक्षाका पाटाहरु बुझेर आफुले कार्यक्रमको लागि सिफारिस गरेको र सभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न हुनेमा आफू बिस्वस्त रहेको बताए ।

महोत्सवले शिवसताक्षी नगरको पर्यटनको प्रवर्धनमा समेत टेवा पुर्याउने भएकोले महोत्सवमा सहभागी हुन आउनेले नगरका सताक्षीधाम, दोमुखा, चिल्लागढ, बौद्ध गुम्बा, किरात माङहिम लगायतका धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्ने पनि आयोजक संस्थाले अपेक्षा लिएको बताएको छ । शिवसताक्षी भित्र र वाहिर गरेर दिनहुँ कम्तिमा २ हजार मानिसले महोत्सवको अवलोकन र मनोरञ्जन गर्ने लक्ष्य राखिएको सल्लाहकार समितिका सदस्य दुर्गा नेम्वाङले जानकारी दिए । उनका अनुसार दुधेमा हुने महोत्सव एतिहासिक हुने र महोत्सव सफल बनाउन सवै संग अनुरोध गरेको समेत बताए ।

महोत्सवको समुद्घाटन भाद्र २५ गते सोमवार दिउँसो २ बजे नेपाल जेसिजका बर्ष २०२३ का रास्ट्रीय अध्यक्ष सिनेटर विकास मानन्धरले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक ले जनाएको छ। महोत्सवमा खेल तथा सांगीतिक प्रश्तुती रहने छ । खेलमा रोटे पिङ्ग ,रेल,ड्राईगन लगायतका खेल तथा तमासा समावेश छन भने जि बब,लाउरे,प्रमोद खरेल,प्रकाश सपूत ,मेलिना राई ,ज्योति मगर , एलिना चौहान,अस्मिता अधिकारी , रचना रिमाल,प्रिति आले,टीका प्रसाईं,विन्दु परियार,सोइस्खा राई ,शिवराज भटराई ,श्रीकृष्ण लुईटेल,मिलन परियार,कमल खत्री,सुमन बेघा,सानाहाङ्ग लिवाङ ,जेनिस उप्रेती साथै द लिजार्ड व्याण्ड र द प्रस्ताव व्याण्ड लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महासचिव जेसी पदम कुँवरले बताए

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20514 0
मिस्टर एण्ड मिस बिश्वकर्मा पूर्वाञ्चल बने निर्जला र दिपन https://pradeshaawaj.com/?p=20503 https://pradeshaawaj.com/?p=20503#respond Sat, 09 Sep 2023 10:40:57 +0000 https://pradeshaawaj.com/?p=20503

बिर्तामोड । प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा पुर्वान्चलको उपाधी क्रमस निर्जला सिन्चिउरी र दिपन रसाइलीले जितेका छ्न !

शुक्रबार बिर्तामोड स्थित साइ पाटी प्यालेसको सभाहलमा आयोजित ग्राण्ड फिनालेबाट सिन्चिउरी र रसाइलीले उपाधी जितेका हुन ।उनिहरुले उपाधी सङ्गै नगद ५०/५० हजार र आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गरे । तस्तै मिस बिस्वकर्मा फर्स्ट रनर अप र सेकेन्ड रनरअप क्रमस दीक्षा बिस्वकर्मा र आशिका लोहार घोषित भए ।त्यसैगरि मिस्टर बिस्वकर्मा फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमश सफल बिस्वकर्मा र शक्ति सिन्चिउरी घोषित भए ।घोषित सबैले ट्रफी र गिफ्ट हम्परमा चित्त बुझाए ।


ग्रण्ड फिनालेमा १५ महिला र ८पुरुष गरि जम्मा २३जनको सहभागिता रहेको थियो ।

उनिहरुले सास्कृतिक पहिरनमा ओपनिङ्ग नृत्य प्रस्तुत गरि उपस्थित दर्शक तथा अथितिहरुलाइ स्वागत गरेका थिए । विभिन्न पहिरन लगाई क्याट वक सहित अ आफ्नो ट्यालेन्ट प्रस्तुत गरि दर्शक, अथिती गण तथा निर्णायक मण्डललाई मनोरञ्जन सहित सबैको ध्यान केन्दृत बनाएका थिए ।

भोटिङ्ग तथा निर्णायकहरुको छ्नौट बाट बिजेता बनेका प्रतिस्पर्धिहरुले निर्णायकले सोधेको प्रस्नको उत्कृस्ट जवाफ दिएर बिजेता बनेका हुन । ग्रण्ड फिनलेका जर्जहरुमा मिसेज पुर्वाअन्चल 2018को सेकेन्ड रनर अप, निरा शंकर , मिस युनिभर्स फाइनलिस्ट दीक्षा खाती फेसन डिजाइनर ज्वलाराज पोखरेल, फेसन डिजाइनर तथा चित्वन फेसन अफ स्कुलका प्रबन्ध निर्देशक रोहित चौधरी , म्युजीक भिडियो डाइरेक्टर रोहित सुमन, तथा टेलिभिजन प्रस्तोता रश्मि थापा रहेका थिए ।
सोही अवसरमा मेरो भोइस युनिभर्स का फाइनलिस्ट साइराज खातीको बेजोड प्रस्तुती समेत रहेको कार्यक्रम सुक्रबार साझ करिब ६:३०बजे बाट सुरु भइ करिब ११:३० बजे सप्पन्न भएको थियो ।ग्राण्ड फिनालेको उद्द्घाटन प्रतिनिधि सभा सदस्य माननीय हर्कमाया बिस्वकर्माले गर्नु भयो ।उहाल्ले उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै यश कार्यक्रमले बिस्वकर्मा समुदायको युवा युवतिहरुको क्षमता अभिबृद्दी गर्न टेवा पुगेको बताउनु भयो । उहाँले  भन्नू भयो यस्ता कार्यक्रम राष्ट्रिय स्तरबाट गर्नु पर्ने र यस्का लागि सबै बिस्वकर्मा समुदायको सहयोग हुनुपर्ने बताउनु भयो ।

को हुन त मिस बिस्वकर्मा पुर्वन्चल
झापा शिवसताक्षी ११दुधेमा २०बर्ष अघि बुबा जितबहदुर र आमा कल्पना सिन्चेउरीको कोखबाट जन्मिएकी हुन निर्जला सिन्चिउरी , बाल्यकाल देखि नै चन्चले स्वभाव र तृस्ण छमाता भएकी उनी बिधालयका हरेक सास्कृत्क कर्यक्रमममा सहभगी भइ नृत्य कला प्रस्तुति गर्न नलजाउने निर्जला नृत्य क्षेत्रमा पोख्त रहेकी छिन । युनिक मल्टिपल कलेज सुरुङ्गामा बिबिएस पहिलो बर्षमा अध्यान्रत निर्जलाको गत बर्ष इलामको सुर्योदय नगरपालीकामा आयोजित मिस सुर्योदय प्रतियोगितामा सेकेण्ड रनर अप भएको अनुभव छ ।यहि अनिभब लाई निखार्दै उनी मिस बिश्वकर्मा पुर्वान्चलको बिजेता बन्न सेकेको उनको भनाइ छ । त्यस्तै मिस्टर बिस्वकर्मा पुर्वन्चल बिजेता दिपन रसाइली इलाम चुलाचुली ५ बुकुवाका युवा हुन । त्यसैगरी टप मोडल,बेस्ट पपुलर,बेस्ट क्यट् वक, द राइजिङ स्टार,लगयत बिदाहरुमा पनि पुरस्कार बितरण गरिएको थियो ।

बि ब्रोस इन्टरटेन्मेण्ट्को आयोजनामा बिस्वकर्मा समुदायका युवहरुको प्रतिभालाइ प्रस्फुटन गराउनको लागि यश प्लेट्फर्म उपलब्ध गरएको आयोजकका चियर मेन सन्जय बिस्वकर्माले जानकारी दिए ।उनका अनुसर यस्तो प्रतिभा ७वटै प्रदेशमा गरिने बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20503 0
मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतिस्पर्धि द्वारा प्रतिभा प्रस्तुत https://pradeshaawaj.com/?p=20497 https://pradeshaawaj.com/?p=20497#respond Tue, 05 Sep 2023 06:10:38 +0000 https://pradeshaawaj.com/?p=20497

झापा । मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चल प्रतियोगिताको क्लोज क्याम्पमा रहेका प्रतिस्पर्धिहरुले अ-आफ्नो प्रतिभा प्रस्तुत गरेका छ्न ।

सोमबार बिर्तामोड्को सिटी सेन्टरमा रहेको साइ पाटी प्यलेसको सभा हलमा उनी हरुले ट्यालेन्ट सो अन्तर गत अ- आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन ।

हाल १५ जना महिला र ८जना पुरुष गरि २३ जना क्लोज क्याम्पमा रहेका छ्न । प्रतियोगी हरुले नृत्य, गायन, कबिता बाचन र समसमयिक बिषयहरुमा स्पिच बाचन गरेका थिए ।उनिहरुको प्रतिभाको मुल्यांकन मिसेस प्रदेश १ ,2018को सेकेन्ड रनरअप तथा पुर्वाअन्चल डान्सिङ क्वीन निरा शंकर ,डान्स कोरियोग्रफर, मनिकुमर शंकर ,ग्लामर नेपालका प्रबन्ध निर्देशक लक्षमण जोयल श्रेष्ठ र पुर्व सिनियर मोडल रमेश बराईली ले गरेका थिए ।

बी ब्रोस इन्टरटेन्डमेन्टको आयोजनामा हुनलागेको मिस्टर एण्ड मिस बिश्वकर्मा प्रतियोगितामा आशिका लोहार, जोस्ना दियाली, मेघा रसाईली,रबिना बराईली, रिया शंकर ,दीक्षा सिन्चिउरी, शृजना बिस्वकर्मा, सरिता दियाली, करुणा रामदाम,बर्षा लोहार,,एस्वर्य बिस्वकर्मा, अस्ना लोहार,अस्मि रसाइली, रिमोना लोहार,र निर्जला सिन्चिउरी रहेका छन ।त्यस्तै मिस्टर बिस्वकर्माको लागि सरोज बराइली,शक्ति सिन्चिउरी,घनस्याम लकान्द्री,रोहित बिस्वकर्मा,सुमन सिन्चिउरी, सुजल बराइली, सफल बिस्वकर्मा, दिपन रसाइली रहेका छन ।

कला साहित्य र मनोरञ्जन सम्बन्धी विभिन्न कार्यक्रम उत्पादन र सञ्चालन गर्दै आइरहेको बी ब्रोसले विश्वकर्मा समुदायभित्र रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले मिस्टर एन्ड मिस पूर्वाञ्चल प्रतियोगिताको आयोजना गरेको संस्थाका चियर मेन तथा मोडल सन्जय बिश्वकर्माले जानकारी दिए।

सहभागी प्रतियोगिहरुलाइ भदौ २१गते सम्म तालिम गराएर भदौ २२ गते बिर्तामोड स्थित साइ पाटी प्यालेस सिटी सेन्टरमा ग्रान्ड फिनाले भब्यताको साथ सम्म्पन्न गर्ने प्रदेश इन्चर्ज राज दियालीले बताएका छ्न ।

पूर्वाञ्चल मिस्टर तथा मिस हुने उत्कृष्ट ३/३ जना लाई नगदसहित आकर्षक गिफ्ट हेम्पर तथा म्युजिक भिडियो र मोडलिङमा अवसर प्रदान गरिने आयोजकले बताएको छ ।
प्रदेश १ मात्र नभई सातै प्रदेशबाट छनौट भएकाहरू2024मा काठ्मडुमा हुने ग्राण्ड फिनालेमा सोझै सहभागी हुन पाउने आयोजकले जनएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20497 0
नेपालकै सबैभन्दा ठूलो धनराशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा https://pradeshaawaj.com/?p=18983 https://pradeshaawaj.com/?p=18983#respond Wed, 28 Dec 2022 14:39:53 +0000 https://pradeshaawaj.com/?p=18983

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुनेभएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजनासहित शोको घोषणा गरेको हो । यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउण्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा भाग लिन चाहने नेपाली भाषीहरूले इन्ट्रा फाउण्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् । यी दुवै रियालिटी शोका विजेताले एक–एक करोड पुरस्कार पाउनेछन् । यस्तै, दुवै रियालिटी शोको फष्ट रनरअपले ३०-३० लाख र सेकेण्ड रनरअपले २०-२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डललाई परिचय गराइएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान हुनुहुन्छ भने ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई रहनुभएको छ । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नुहुनेछ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18983 0
बाबरी’ को निर्माण टोली कलाकार सहित पूर्वमा, युवा लक्षित फिल्म बनेको कलाकारको भनाइ https://pradeshaawaj.com/?p=18543 https://pradeshaawaj.com/?p=18543#respond Thu, 22 Sep 2022 12:24:05 +0000 https://pradeshaawaj.com/?p=18543

दमक । चाड पर्व नजिकिँदै गर्दा एक पछि अर्को चलचित्रले प्रदर्शन मिति घोषणा गरी प्रमोसनका लागि देश दौडाहामा लागेका छन् । यसैक्रममा चलचित्र ‘बाबरी’ले पनि प्रदर्शन मिति घोषणा गरी कलाकार सहित निर्माण टोली प्रमोसनका लागि पूर्वमा आई पुगेका छन् ।

आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रकी नायीका अदिति बुढाथोकीले दमक आफ्नो मामली समेतभएकोले यहॉबाट धेरै मायॉ पाएको बताइन् । नायक धिरज मगरले नयॉपन बोकेको चलचित्र भएकोलेदर्शकलाई निरास नबनाउने बताए । कलाकार कमलमणि नेपालले बाबरीले युवा पुस्तामा फरक सन्देश दिन खोजेको बताउँदै, चलचित्र हेर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा उद्योग बाणीज्य संघ दमकका बरिस्ठ उपाध्यक्ष गोपाल गुरागाईंले दशैंको अवसरमा आएको चलचित्रले दर्सकको मन जितोस भन्ने सुभकामना दिए । त्यसैगरी दमककी पुर्व उप प्रमुख गिता अधिकारीले अदिति धेरै संघर्ष गरेर आएका कलाकार भएकोले सफल हुने विस्वास ब्यक्त गरिन् ।कार्यक्रममा फिल्मका लेखक समेत रहेका सिजन दाहालले युवा पुस्तामा हुने प्रेम,बिछोड को कथालाई  कलात्मक रूपले फिल्ममा  देखाएको बताए ।

यो चलचित्र आगामी आगामी असोज १४ गते रिलिज हुने निर्माण टिमले घोषणा गरेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा धीरज मगर र अदिती बुढाथोकीको शीर्ष भूमिका छ । त्यस्तै नवअभिनेता धीरज नत्कारको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रमा धीरज र अदितीले पहिलोपटक सहकार्य गरेका हुन् । पुष्पा बुढाथोकीको निर्माण रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18543 0
विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने, राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुती दिने https://pradeshaawaj.com/?p=18480 https://pradeshaawaj.com/?p=18480#respond Fri, 16 Sep 2022 14:11:25 +0000 https://pradeshaawaj.com/?p=18480

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भएको हो । सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् ।

शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो । कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो ।

पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको बताए ।

मानवीय सेवाका लागि आयोजित कन्सर्टमा कदम थिएटरको संयोजन र सहकार्य रहेको भन्दै सचिव कमन देवानले कन्सर्ट सफल पार्न दमक र आसपासका विभिन्न सामाजिक, शैक्षिक र व्यवसायिक संघसंस्थाहरुसँग अनुरोध गरिने बताए ।

कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको छ भने विद्यार्थीका लागि २ सय कायम गरिएको आयोजकले जनाएको छ । कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको छ भने सपोर्टरमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत छन् ।

वाईवाई प्यारोसँगको सहकार्य आयोजना गर्न लागिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको छ । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षा रहेका छन्

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18480 0
भदौ ३ देखी प्रदर्शनमा आउँदै  ‘माईकल अधिकारी’ https://pradeshaawaj.com/?p=18392 https://pradeshaawaj.com/?p=18392#respond Sun, 14 Aug 2022 00:38:38 +0000 https://pradeshaawaj.com/?p=18392

 ‘माईकल अधिकारी’को टिम आफ्नो चलचित्रको प्रचारका लागी पुर्व आईपुगेको छ ।

चलचित्रको प्रदर्शन मिति भदौ ३ नजिकिए संगै कलाकार सहित निर्माण टिम नेपाली चलचित्रको प्रमुख बजार पुर्वमा आएको हो । आज दमकमा पत्रकारहरु संग कुरा गर्दै चलचित्र नायक सौगात मल्लले पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने सेरोगेसीको बारेमा चलचित्र निर्माण गरिएको बताए । चलचित्र आत्मियता, भावनात्मक सम्बन्धसँगै भरपुर मनाेरञ्जनले भरिएकाे  नायक मल्लले जानकारी दिए ।

हाँस्य प्रधान प्रमुख रहेको चलचित्रले अन्तिममा सामाजिक सन्देश पनि दिएको चलचित्रका निर्माता निरक पौडेलले बताए । । अभिनेता मल्ललाई अन्य सिनेमाभन्दा माइकल अधिकारीमा फरक अभिनयमा देख्न सकिने भन्दै निर्माता पौडेलले मल्लले आफ्नो भुमिकालाई पुर्ण न्याय गरेर अभिनय गरेको बताए ।

गोपीकृष्ण मुभिजको ब्यानरमा भएको चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका छन् । उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको भने  अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18392 0
test