प्रदेश – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Fri, 28 Jun 2024 11:50:16 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg प्रदेश – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमक नगरपालिकाको सूचना https://pradeshaawaj.com/?p=20824 https://pradeshaawaj.com/?p=20824#respond Fri, 28 Jun 2024 11:49:03 +0000 https://pradeshaawaj.com/?p=20824

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20824 0
स्कुल बस खरिद अभियानको लागि सांसद एल पी सावाँको सहयोग https://pradeshaawaj.com/?p=20812 https://pradeshaawaj.com/?p=20812#respond Sat, 22 Jun 2024 10:04:44 +0000 https://pradeshaawaj.com/?p=20812

फाक्तेप । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभुत विद्यालयको  बस खरिद अभियानको लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

झापा निर्वचन क्षेत्र नम्बर ४ का सघिय सांसद समेत रहेका सावाँले आज विद्यालयमा एक कार्यक्रमका बिच  ६५ हजार ५ सय २५ रुपैयाको चेक हस्तान्तरण  गरेका हुन् ।

साम्सद सावाँले गएको फागुन २४ गते विद्यालयको स्वर्णमहोत्सबको अवसरमा उक्त रकम विद्यालयलाई यातायात खरिद अभियानको लागि दिने प्रतिबद्धता जाहेर गरेका थिए।

अभियानमा सांसद सावाँले दिएको रकम नै सबै भन्दा उच्च रहेको उक्त बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार हाल सम्म करिब २२ लाख बराबर रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको छ   ।

यस अभियानमा दोस्रो ठूलो रकम ६२ हजार छ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए ।त्यसै गरि पुर्व बिध्यार्थी तथा हाल बेलायत मा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू ( राई) को स्मृतिमा प्रदान गरेका थिए ।

त्यस्तै पुर्व विद्यार्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गरेका छन् भने सोही विद्यालयका पुर्व शिक्षक बल बलबहादुर राइले ५१ हजार रुपैया र विद्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाइ यश आघी नै हस्तान्तरण गरिएको बताइएको छ ।
त्यसै गरि दक्षिण कोरियामा कार्यरत पुर्व विद्यार्थीहरुले एक मुस्ट  रुपमा २ लाख ४३ हजर बराबर , त्यसैगरी साउदी अरब बाट रोशन भट्टराईको पहलमा १ लाख माथिको रकम प्राप्त भएको समेत विद्यालयले  जनाएको छ ।

त्यस्तै स्थानीय बासी, अभिभावक , ब्यबसायी, शिक्षा प्रेमी ,विभिन्न संघ सस्था लगायतले यथा सक्दो सहयोग गरि रहेकाले र हाल सम्म करिब २२ लाखको हाराहारीमा आर्थिक संकलन भएको जनाइएको छ ।

स्कुल बस खरिद अभियान हाल भन्सार छुटको प्रक्रिया पूरा गरि सुनवल भन्सारमा बसको बडी बनिने काम भैइ रहेको र श्रावणको पहिलो हप्ता सम्ममा विद्यालय बस आइपुग्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिए । उनले भने बसको मूल्य करिब २७ लाख लाग्ने र अझै ५ लाख रुपैया अपुग रहेकाले अब अन्तिममा एक पटक सबैको सहयोगको खाचो रहेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20812 0
२ दिन देखि बेपत्ता भएका किशोरीको अवस्था अज्ञात, चाँडो खोजी गर्न गाउँपालिका अध्यक्षको आग्रह https://pradeshaawaj.com/?p=20802 https://pradeshaawaj.com/?p=20802#respond Fri, 21 Jun 2024 17:20:45 +0000 https://pradeshaawaj.com/?p=20802

दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् ।
सो ठाउँकी १३ बर्षिया जेनिसा श्रेष्ठ १२ बर्षिया दीक्षा ताजपुरिया र १७ बर्षिया सोनिया रिकीयासन बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् ।

घरबाट निस्किएका उनीहरु अझै सम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ । एकसाथ समुहमै किशोरीहरु वेपत्ता भएको घट्नापछि उनीहरुको परिवार र आफन्तजन मात्रै नभएर सिंगो गाउँका बासिन्दा चिन्तित बनेका छन् ।

किशोरीहरु एकसाथ वेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा उनीहरुका अभिभावकले लिखित हुलिया निवेदन गरेका छन् । उनीहरु वेपत्ता भएको घटनाबारे प्रहरी अनुसन्धानमा भएको प्रगति र उनीहरुको अवस्थाबारे गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी निशान थापासँग उनको कार्यकक्षमा भेटगरि जानकारी लिएका छन् ।

अध्यक्ष राईले प्रहरी प्रमुख थापासँगै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँग पनि किशोरीहरुको समुहनै वेपत्ता भएको घट्नामा सुक्ष्म अनुसन्धान गरि उनीहरुको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20802 0
झापामा एकै घरमा दुई बालकसहित तीनजना मृत फेला https://pradeshaawaj.com/?p=20794 https://pradeshaawaj.com/?p=20794#respond Fri, 14 Jun 2024 10:11:59 +0000 https://pradeshaawaj.com/?p=20794

पाराबारी ।झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20794 0
दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना https://pradeshaawaj.com/?p=20799 https://pradeshaawaj.com/?p=20799#respond Fri, 14 Jun 2024 09:34:16 +0000 https://pradeshaawaj.com/?p=20799

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20799 0
कमल गाउँपालिकाले दियाे बिद्यार्थीलाई छात्रवृत्ति रकम https://pradeshaawaj.com/?p=20789 https://pradeshaawaj.com/?p=20789#respond Thu, 13 Jun 2024 20:12:17 +0000 https://pradeshaawaj.com/?p=20789

झापा / झापाको कमल गाउँपालिका स्थायी ठेगाना भएका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ जना बिद्यार्थीलाई गाउँपालिकाले दलित छात्रवृत्ति रकम प्रदान गरेको छ ।

गाउँपालिका भित्र स्थाई बसोवास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ति विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्ति वापत नगद तीन लाख रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा शाखा अन्तर्गत वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही १७ हजार रुपैयाँ ५० हजार रुपैयाँ सम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित बिद्यार्थीलाई हस्तान्तरण गर्दै कमलबासी बिद्यार्थीहरुको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस भन्ने उद्धेश्य राखेर सो रकम प्रदान गरिएको उल्लेख गरे ।

उनले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलबासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मुल प्रवाहमा आउन नसकेका, दलित, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका नागरिकहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताए ।

गाउँपालिकाबाट प्रदान गरिएको सो छात्रवृत्ति रकम पाउने विद्यार्थीहरूमा भूमिका पाँचचोटी, दिलासा बिक, लक्ष्मी कर्मकार, प्रल्हाद बर्देवा, तुलसा महरा, कविता दमाईँ, विना देवी दर्जी, ऐश्वर्या बराइली, ओम कुमारी लामिछाने, राजकुमार मिस्त्री, विनिता महरा दर्जी, सरोज दर्जी, लक्ष्मी बर्देवा दर्जी, विनिता देवी घतानी, यमुना देवी घतानी, दिलमाया बिक र मिना बिक बर्देवा रहेका छन् ।

वनीहरूले अध्ययन गरेको विषय र शैक्षिक संस्थाको शुल्कको आधारमा न्युनतम १५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार रुपैयाँ सम्म छात्रवृत्ति रकम वितरण गरिएको कमल गाउँपालिका शिक्षा शाखाका कर्मचारी रविन गौतमले जानकारी दिए ।

छात्रवृत्ति बापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसला समेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाईले बताइन

गाउँपालिकाले पालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण सिकाइमा सहयो्गर पुरयाउन स्मार्ट टेलिभिजन समेत हस्तान्तरण समेत गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकामा सञ्चालित २१ वटा सामुदायिक विद्यालय मध्ये आवश्यकताका आधारमा १५ वटा विद्यालयलाई गाउँपालिका अध्यक्ष राईले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

अहिलेको युग प्रविधिसँग टाढा बस्न नसकिने युग भएकाले सबै बिद्यालयमा प्रविधिमैत्री शिक्षाको शिक्षाका लागि यसलाई सदुपयोग गर्न समेत गाउँपालिका अध्यक्ष राईले निर्देशन दिए ।

शिक्षा शाखाका प्राविधिक कर्मचारी रविन गौतमले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रष्ट्याउँदै स्वागत मन्तव्य राखेका थिए।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20789 0
कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन : सञ्चारमन्त्री शर्मा https://pradeshaawaj.com/?p=20779 https://pradeshaawaj.com/?p=20779#respond Thu, 13 Jun 2024 10:04:04 +0000 https://pradeshaawaj.com/?p=20779

काठमाण्डाै /  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताउकी छन् ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन्।

सञ्चारमन्त्री शर्माले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामाग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् ।

सञ्चारमन्त्री शर्माले नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् । सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरीन् । उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् ।

सञ्चारमन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन् । टिकटक नाममा समस्या नभइ कन्टेटमा समस्या रहेको भन्दै नेपालको नियम कानून र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भइ स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन्

सञ्चारमन्त्री शर्माले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तरबिरोध भएको बताइन् । उनले राजनीतिक व्यवस्थाअनुरुपको सामाजिक चेतना कसरी निर्माण गर्ने ? भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको बताइन्।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20779 0
सार्वजनिक सुनुवाई सम्बन्धी दमक नगरपालिकाको सूचना https://pradeshaawaj.com/?p=20746 https://pradeshaawaj.com/?p=20746#respond Tue, 14 May 2024 13:07:49 +0000 https://pradeshaawaj.com/?p=20746

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20746 0
राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान https://pradeshaawaj.com/?p=20730 https://pradeshaawaj.com/?p=20730#respond Mon, 12 Feb 2024 15:58:17 +0000 https://pradeshaawaj.com/?p=20730

काठमाडौँ, २९  राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20730 0
प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा सम्मान https://pradeshaawaj.com/?p=20727 https://pradeshaawaj.com/?p=20727#respond Mon, 12 Feb 2024 15:48:54 +0000 https://pradeshaawaj.com/?p=20727

काठमाडौँ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक वसन्तकुमार कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन् ।

उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गर्न उल्लेखनीय योगदान पुर्याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीबाट मायाको चिनो ग्रहण गर्दै प्र.म.नि. बसन्त बहादुर कुँवर । मिति २०८० ।१०।२९ गते ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं बहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहेको बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20727 0
test