सहकारी – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sun, 01 Oct 2023 04:07:04 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg सहकारी – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 बिश्वासिलो साकोसको अध्यक्षमा पुनः असिम राई https://pradeshaawaj.com/?p=20595 https://pradeshaawaj.com/?p=20595#respond Sat, 30 Sep 2023 13:03:16 +0000 https://pradeshaawaj.com/?p=20595

दमक । बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज १२औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमक ६ स्थीत मुख्य चोमा कार्यलय रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७९।०८०को असार मसन्त सम्ममा १करोड ४ लाख २२ हजार ६ सय सेयर पुँजी रहेको छ भने ३ करोड ७० लाख १२ हजार ५ सय २८ रुपैयाको वासलात रहेको संस्थाका अध्यक्ष असिम राईद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्था सदस्य केन्द्रित हुनुपर्छ, धेरै सदस्य बनाएर सेवा दिन नसक्नु भन्दा थोरै सदस्यबाट संस्था संचालन गर्नु संस्थाको हित हो भन्ने मान्यता लाई आत्मा साथ गरि संस्था अगाडी बडेको संस्थाका अध्यक्ष राईले बताएका छन । सहकारी भनेको समाजमा छरिएर रहेको सा साना पुँजी सिप र अनुभबलाई एकत्रित गरि सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागी संचालित संस्था भएकोले यस भित्र धनी गरिब सबै बर्गका मानीसहरु आबद्ध भएर संचालन गरिएको संस्था भएकोले समाज रुपान्तरणमा महत्व पुर्ण भुमिका रहेको अध्यक्ष राईले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन मार्फत सदस्य हरुलाई जानकारी गराए ।

त्सैगरि संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक खेमराज पौडेलले लेखा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।अध्यक्ष र लेखा समितिको बार्षिक प्रतिबेदन हलको बन्दसत्रबाट सुझब सहित पारित भएको छ । संस्थाका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्याटन दमक वडा नम्बर ६का अध्यक्ष टेकबहादुर थापाले गरेका थिए । उक्त सहकारी संस्थाको बार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले दमकमा संचालित सहकारीको भिडमा राम्रै कारोबार गरी साकोसले शेयर सदस्यहरुको भावना अनुरुप काम गर्न सफल भएको भन्दै प्रशंशा गरे । उनले हाल आर्थिक तरलताको कारण धेरै सहकारी संस्थाहरुमा बितिय संकट आइरहेको अवस्थामा यस संस्थाले राम्रै प्रगति गर्न सफल भएको भन्दै शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे ।

सो अवसरमा संस्थाले बिभिन्न सदस्य हरुलाई नगद र सम्मान पत्रले सम्मा गरेको छ । यसरी सम्मानित हुनेमा दैनिक बचतकर्ता द्धोय मनिकुमार सरुमगर र बिषल सिटौला, क्रमिक बचतकर्ता द्धोय युवराज पाठक र सुखमति लिम्बु ,आवधिक बचतकर्ता राममाय बस्नेत ,बाल सुनौलो भबिश्य बचतकर्ता मिहाङ राई ,अनिबार्य नियमित बचतकर्ता भिममाया नेम्बाङ्ग ,दैनिक असल ऋण कारोबार गर्ने पत्रा श्रेष्ठ, अनुषा राई, देबराज श्रेष्ठ ,टिकाराम भण्डारी र मासिक असल ऋण कारोबार गर्ने अनिता बिश्वकर्मा र लक्ष्मिमाया नेम्बाङ्गलाई पुरस्कृत गरिएको थियो । त्यस्तै संस्थाका बजार प्रतिनिधि आनन्द धिमाललाई बर्ष उत्कृष्ट कर्मचारी पुरस्कार द्धारा सम्मान गरिएको संस्थाका ब्यबस्थापक हरिप्रसद दाहालले जानकारी दिए ।

त्यसैगरि आज नै संस्थाले नयाँ संचालक समिति समेत चयन गरेको छ ।समितको अध्यक्षमा पुनः असिम राई, उपाध्यक्षमा सम्झाना साँवा लिम्बु , सचिबमा सुमनकुमार राई, सदस्यहरुमा क्रमशः नारायण प्रसाद खरेल, अनिमा तामाङ्ग ,निर्माला लावती, युबराज दंगाल सर्बसम्मत चयान भएको निर्वाचा समितिका संयोजक अनिलदेब राईले जानकारी दिए । उनक अनुसार लेखा समिति र सल्लाहाकार समिति पनि सर्बसम्मत चयान भएका छन जसमा लेखा सुपरिबेक्षण समितको संयोजकमा पुनः खेमराज पौडेल चयन भएका छन भने सदस्य हरुमा क्रमशः कबिता फागो र माया राई चयन भएका छन । त्यस्तै सल्लाहाकार समितिको संयोजकमा बिक्रम सुब्बा र सदस्यहरुमा रजिन राई ,देबेन्द्र चेम्जोङ चयन भएका छन ।
उपाध्यक्ष सम्झाना साँवा लिम्बुले स्वागत मन्तबय बोलेको कार्यक्रमको संचालन सचिब सुमनकुमार राईले गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20595 0
नयाँ बाटो सहकारीको बार्षिकोत्सवमा रक्तदान र कुर्सी सहयोग https://pradeshaawaj.com/?p=20087 https://pradeshaawaj.com/?p=20087#respond Sun, 28 May 2023 13:04:14 +0000 https://pradeshaawaj.com/?p=20087

दमक /झापा दमक ६ स्थित नयाँ बाटो बहुउद्धेश्यीय सहकारी संस्थाको ९ औं बार्षिकोत्सवका अवसरमा आज (आइतबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको प्रांगणमा आयोजित रक्तदान कार्यक्रम दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको प्रमुख आतिथ्य मा सम्पन्न भएको हो । सो अवसरमा संस्थाका अध्यक्ष टिकाराम खतिवडा, प्रमुख अतिथी गुरागाइँसहित कूल ७६ जनाले रक्तदान गरेका संस्थाले जनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उदघाटनमा प्रमुख अतिथी गुरागाइँले रक्तदानलाई निरन्तरता दिन आवश्यक भएको बताए । उनले रक्तदाताहरुलाई रक्तदानमा प्रोत्साहित गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखालाई आग्रह गर्दै आवश्यक सहयोगका लागि वाणिज्य संघ तयार रहेको बताए । रक्तसञ्चार शाखाका इञ्चार्ज सिद्धार्थ दाहालले रक्तदानको प्राविधिक बिषयमा जानकारी गराएका थिए । सो अवसरमा संस्थाले रक्तसञ्चार शाखालाई चार थान कुर्सी पनि सहयोग गरेको संस्थाका संस्थाका सञ्चालक सदस्य निरुपण भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अनिता खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव राजेन्द्र विमलीले सञ्चालन गरेका थिए । कार्यक्रममा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, क्लब हिमालय टाइगरका जे बिमली लगायत, स्थानीय लेखनाथ टोल बिकास संस्थाका पदाधिकारी सदस्यहरुको आतिथ्य रहेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20087 0
‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’ https://pradeshaawaj.com/?p=19132 https://pradeshaawaj.com/?p=19132#respond Sun, 22 Jan 2023 06:57:44 +0000 https://pradeshaawaj.com/?p=19132

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उहाँले केही सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको उल्लेख गर्नुभयो ।

सचिव रेग्मीले भन्नुभयो, “बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।”

 

एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उहाँले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिनुभयो । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताउनुभयो ।

 

नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राख्नुभयो । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19132 0
लखनपुर साना किसान कृषि सहकारी द्वारा किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान https://pradeshaawaj.com/?p=19065 https://pradeshaawaj.com/?p=19065#respond Fri, 06 Jan 2023 15:34:10 +0000 https://pradeshaawaj.com/?p=19065

कमल  / झापाको कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसरमा ४२ जना किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की वितरण गरेको छ ।

किसानहरुलाई व्यवसायीक तरकारी खेती तर्फ प्रेरित गर्ने उदेश्यले ५० प्रतिशत अनुदानमा संस्थाले ति ट्याङ्की प्रदान गरेको हो । संस्थाकी उपाध्यक्ष शोभा उप्रेती संग्रौलाको अध्यक्षता र संस्थाका सल्लाहकार संयोजक बेनुप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सोहि कार्यक्रममा गाउँपालिका र संस्थाले संयुक्त रुपमा उत्पादन गरेको जैविक युरीया र घनजिवामृत समेत ६० जना किसानलाई प्रदान गरिएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा उक्त जैविक मल प्रयोग गर्ने विधिका बारेमा गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी गराउनु भएको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19065 0
शितल कृषि सहकारीको ९ औं साधारण सभा सम्पन्न https://pradeshaawaj.com/?p=18752 https://pradeshaawaj.com/?p=18752#respond Thu, 03 Nov 2022 15:44:22 +0000 https://pradeshaawaj.com/?p=18752

दमक/दमक ५ स्थित शितल कृषि सहकारी संस्थाकोे ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा बिहिबार आयोजित साधारण सभाको उदघाटन जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाले गरेका छन ।

साधारण सभामा उत्कृष्टा कारोबार गर्ने शेयर सदस्यहरुलाई संस्थाले सामुहिक रुपमा पुरस्कृत गरेको छ । साधारण सभाको उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्रमाथिको चौतर्फी आक्रमण बन्द गरिनु आवश्यक रहेको बताए ।

सहकारीले ससाना पुँजी भएका व्यवसायी तथा लघु उद्यमीहरुलाई प्रवद्र्धन गर्न सहयोग पुरयाएको र बैंकहरु नाफामुखी मात्रै भएको कारण सहकारी आम मानिसहरुको प्राथमिकतामा पर्नुपर्ने सहकारी अभियान्ताहरुको जोड छ । साधारण सभाको उदघाटन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमककी प्रमुख मुना केसी, दमक ५ का वडा सदस्य गोपाल संग्रौला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, सहकारीका संस्थापक अध्यक्ष रामवृक्ष चौधरी लगायतले शुभकामना मन्तव्य राखेका संस्थाका व्यवस्थापक राहुल शाहले जानकारी दिए ।

संस्थाका अध्यक्ष सुनिल शाहको अध्यक्षतमा भएको उदघाटन कार्यक्रममा अध्यक्ष शाहले सञ्चालक समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले सहकारी विभागले तोकेको मापदण्ड अनुसार बचत तथा ऋणको कारोबार गर्दै आएको हुँदा संस्थामा रहेको कृषीलाई संशोधन गरी बचत तथा ऋण सहकारी संस्थाका रुपमा आगामी दिनदेखि कारोबार गर्ने प्रस्ताव समेत स्विकृत गरेको जनाइएको छ । सभाको बन्द सत्रले अध्यक्षबाट प्रस्तुत प्रतिवेदन र लेखा समिति संयोजक विजय शाहबाट प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको पनि जनाइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18752 0
साना किसान कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न https://pradeshaawaj.com/?p=18576 https://pradeshaawaj.com/?p=18576#respond Sat, 24 Sep 2022 01:19:29 +0000 https://pradeshaawaj.com/?p=18576

कमल / लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता एवम् कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बास्तोला तथा लेखा समितिको तर्फबाट संयोजक सुजिता पोखरेलले प्रतिवेदन पेश गरिन्।

कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार समिति संयोजक बेनुप्रसाद शिवाकोटी, कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायतका अतिथीले महिलाहरुलाई संगठित गर्दै आय आर्जनका कार्यमा संलग्न गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए।

संस्थाले किसानहरु लक्षित कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवम् आयात प्रतिष्थापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिए । रैथाने बालीहरुको संरक्षण, व्यवसायीक कृषि र पशुपालन, उन्नत मल विउ वितरण, विभिन्न निकाय सँगको सहकार्यमा कृषिको व्यवसायीकरण लगायतका क्षेत्रमा संस्थाले प्राथमिकता दिएको उनले जनाए  । १ हजार ७ सय २९ शेयर सदस्य तथा २ सय ७५ समुह मार्फत संस्थाले कारोवार गर्दै आएको जनाईएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18576 0
सुदर्शन सहकारीको १२ औं साधारण सभा सम्पन्न, बचतकर्ता, शेयर सदस्य सहित तिन पत्रकार सम्मानित https://pradeshaawaj.com/?p=18474 https://pradeshaawaj.com/?p=18474#respond Fri, 16 Sep 2022 13:57:49 +0000 https://pradeshaawaj.com/?p=18474

दमक/ उर्लाबारी ५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले आज शुक्रबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा औपचारिक कार्यक्रम गरी संस्थाका उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट शेयर सदस्य समेत एक सय जना बढीलाई पुरस्कार एवं सम्मान गर्दै साधारण सभा समापन गरेको हो । संस्थाले गत मंगलबार पथरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र , बुधबार मधुमल्ला सेवा केन्द्र र बिहिबार उर्लाबारीस्थित मुख्य कार्यालयमा इकाइगत साधारण सभा गर्दै शुक्रबार माइन्यूट प्रमाणिकरणसहित सभाको औपचारिक समापन गरेको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष गोपाल भटटराईको सभापतित्व र जिल्ला सहकारी संघ मोरगंका अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहकारीको कार्यक्षेत्र रहेको दमक र मोरगंमा रहेर पत्रकारितामा क्रियाशील तीन जना पत्रकारलाई समेत पुरस्कृत गरिएको थियो ।

संस्थाले सहकारी क्षेत्रका बिषयमा सञ्चारका माध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन योगदान दिएको ठहर गर्दै निष्कर्ष मिडिया प्रालिका सञ्चालक बिष्णु पौडेलसहित उर्लाबारीलाई कार्यथलो बनाएर २ दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्धय मिलन के राउत र मदनबाबु प्रसाईलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी पोखरेलले सहकारी अभियान नेपालमा मात्रै नभई विश्वका बिकसित मुलुकहरुमा समेत सफल अभियान भएको र वित्तिय क्षेत्रमा सहकारीको मोडल विश्वमै उदाहरणीय रहेको चर्चा गरे ।

 कार्यक्रममा उर्लाबारी ५ का वडाध्यक्ष रविन तामागं, ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा संस्थाका सञ्चालक नरेन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।

सो संस्थामा गत आर्थिक बर्ष सम्ममा कूल ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी कायम भएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई लक्षित गर्दै ल्याएका शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत सन्तान प्राप्ती खुशीयालीमा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा प्रकोपमा परि घरबारबिहिन भएका सदस्यलाई २० हजार, बिरामी भई शल्यक्रिया गर्नुपर्ने सदस्यलाई शल्यक्रिया राहत योजनामा ७ हजार, अंगभंग राहत योजनामा सदस्यलाई २ लाख सम्म, स्वास्थ्य सुधार राहत योजना एक लाख, छात्रवृत्ती योजनामा १० हजार, मृतक राहत कोषमा ४५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रमहरु ल्याएको संस्थाका अध्यक्ष भटटराईले जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18474 0
मेची सहकारीकाे नाफा १२ करोड https://pradeshaawaj.com/?p=18396 https://pradeshaawaj.com/?p=18396#respond Fri, 12 Aug 2022 20:39:25 +0000 https://pradeshaawaj.com/?p=18396

दमक / कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमिका बाबजुद दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले  संस्थाले गत आर्थिक बर्ष २०७८/०७९ मा लिइएका सबै लक्ष्य पुरा गर्न सफल भएको छ ।

संस्थामा गत असार मसान्त सम्ममा रहेका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा १४ करोड ७७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको सहकारीका अध्यक्ष नारायण प्रसादा भट्टराईले जानकारी दिए ।

संस्थाले गत आर्थिक बर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाको २८ औं बार्षिक साधारण सभाको सन्मुखमा आज आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९/८० लाई बचत बर्षका रुपमा मनाउने योजना अध्यक्ष भट्टराईले सार्वजनिक गरका छन् ।

संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष भटटराईले संस्थाले अहिले प्रदेश एकका विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । त्यस्तै संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी बार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सार सहित संस्थाले लिएको नीति कार्यन्वयनको पक्षका बारेमा प्रस्ट पारेका थिए ।  सस्थाले अाफ्ना सदस्य लाइ सुबिधा लाइ ध्यानमा राखेर दिदै अाएकाे सुबिधा लाइ थप गर्दै बिभिन्न याेजना समेत अघि सारेकाे छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18396 0
सुदर्शन सहकारीको दमक शाखा औपचारिक उद्घाटन  https://pradeshaawaj.com/?p=18084 https://pradeshaawaj.com/?p=18084#respond Sun, 12 Jun 2022 14:03:25 +0000 https://pradeshaawaj.com/?p=18084

दमक / मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा औपचारिक रुपमा आईतबार बाट सेवा केन्द्र जेसिज चोक उतरमा सन्चालनमा ल्याएको छ।

मोरङमा उत्कृष्ट सहकारीका रुपमा स्थापित रहेको सहकारीले आफ्नो शाखा औपचारिक रुपमा उदघाटन गरेको हो । सस्थाका अध्यक्ष गोपाल भटराई ,संचालक समिती र शेयर सदस्यको उपस्तिथिमा शाखा उदघाटन गरिएको थियो ।

यस अघि संस्थाले मोरङमा पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । संस्थाले २०८७ वैशाख १२ देखि कारोबार सुरु गरेको भएपनि सेवा केन्द्रको औपचारिक उदघाटन भने आज गरिएको हो।

मोरङ बाहिर पहिलो सेवा केन्द्र रहेको शाखा बाट ४ करोड बढीको कारोबार रहेको छ भने शेयर पूँजी ८० लाख रहेको छ शाखाले १ हजार बढी सदस्यलाई सेवा दिँदै आएको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पाैडेलले जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18084 0
महिला सशक्तीकरण र उद्यमशिलतामा सहकारीको भूमिका https://pradeshaawaj.com/?p=17510 https://pradeshaawaj.com/?p=17510#respond Tue, 08 Mar 2022 13:11:56 +0000 https://pradeshaawaj.com/?p=17510

नेपाली समाजमा महिला पुरुष एक रथका दुई पा भन्ने उक्ति परापूर्वकालदेखि नै मनन गर्दै आए पनि हाम्रो आर्थिक सामाजिक र सांस्कृतिक जज्जीरहरूले त्यो उक्ति लाई व्यावहारिक रुपान्तरण गर्न अझै संघर्ष गरी राख्नु परेको छ। धर्म-कर्म पाप-पुन्य, स्वर्ग-नर्क जस्ता कथित धार्मिक शिक्षा र त्यसबाट विकसित मनोविज्ञानबाट परापूर्वकालदेखि नै महिलाप्रति हेर्ने र गर्ने व्यवहार पूर्ण विभेदकारी थियो ।

नेपालको राजनीतिक संस्कारले पनि सो कुरालाई चिन सकेको थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि महिलाप्रति समाज केहो उदार देखिए पनि व्यावहारिक बन्न सकेन । यो क्रम २०४७ सालको राजनीतिक परिवर्तनको अवधिसम्म कायमै रहन गयो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भन्ने व्यवस्था गरी लिङ्ग अथवा कुनै पनि आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम- मानिएको छ। कारबाहीलाई पूर्णतः निषेध गरेको छ भन्ने उल्लेख भएसँगै महिला-पुरुष समविकासको अवधारणाले संविधानमा ने मूर्त रूप लिएको थियो। त्यसपछि खुलेका संघ-संस्था तथा सहकारीहरुले कुनै न कुनै रुपमा महिलाको सहभागितालाई स्थान दिँदै २०७२ को नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार र हाल स्थानीयदेखि संघीय सरकारसम्म महिलाहरुको सहभागितालाई हेर्दा दक्षिण एसियामा नै महिलाको स्थानलाई उच्चस्तरमा सम्मान गरेको अनुभूत भइरहेको छ । संवैधानिक बाध्यात्मक कारणले गर्दा अहिले । संघीय संसदमा महिलाको सहभागिता ३३ प्रतिशत छ । त्यसैगरी स्थानीय तहमा २७ प्रतिशत महिलाहरु निर्वाचित भएका छन् भने वर्तमान मन्त्री परिषदमा १९ प्रतिशत महिलाहरु पुगेका छन्।

परिवार, समुदाय हुँदै देश विकासको सन्दर्भमा रथका दुवै पाङ्ग्रा समानान्तर रुपमा अघि बढ्नु अपरिहार्य रहन्छ। जुन देशमा पुरुषसरह महिलाहरुको पनि सहभागिताले स्थान पाएको छ, निश्चित रूपमै ती देशहरुको आर्थिक तथा सामाजिक विकास राम्रो भएको छ । विश्वका विकसित मुलुकहरूमा महिलाको भूमिका पुरुषको सरह स्वीकार गरेको पाइन्छ। अथवा महिला पुरुष समान गतिमा अगाडि बढिरहेका हुन्छन् । नेपाल लगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूको अवस्था कमजोर मानिएको छ।

महिलाको सर्वाङ्गीण विकासमा सहकारीको भूमिका

पछिल्लो समयमा प्रविधिको उच्च विकाससँगै सबै तह तप्काका नागरिकहरु सु-सूचित हुने अवसर प्राप्त भएको छ । नेपाल जस्तो कम-विकसित देशमा समेत विकासोन्मुख र विकसित देशहरुको प्रभाव बढ्दै गएको छ। फलस्वरूप महिला सशक्तीकरणसँग सबन्धित रहेर धेरै
प्रकारका सरकारी, गैर-सरकारी, पेशागत संघ-संस्थाहरु स्थापना भएका छन् । यस्ता संघ-संस्थाहरु महिलाहरुको कुनै एक पक्षको विकासमा काम गर्ने विशिष्ट उद्देश्यहरु • राखेर काम गरिरहेका छन् । संस्थाको उद्देश्यअनुसार महिला अधिकार, तालिम, शिक्षा, न्यायजस्ता विषयहरुमा कार्य गरिरहे तापनि महिलाको सर्वाङ्गिण विकासमा भूमिका खेल्ने संस्थाको रुपमा सहकारी संस्थालाई लिन सकिन्छ । सहकारी संस्थाहरुले महिलाको आर्थिक, सामाजिक तथा मानवीय एवम् चौतर्फी विकासमा बहुमूल्य योगदान पुयाएको भन्न सकिन्छ।

सहकारीको अवधारणा नै समूहमा काम गर्ने भन्ने जनाउँछ। शिक्षा र प्रविधिको विकाससँगै आम नागरिकको जीवन शैलीमा परिवर्तन आएको छ । गाउँमा मात्र नभएर सहरी क्षेत्रमा समेत छरिएर रहेका स-साना रकम संकलन गरी ठुलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । यिनै समूहहरु आज सहकारीमा रुपान्तरण भएका हुन् भने अझै पनि थुप्रै महिला आमा, दिदीबहिनीहरुले अनौपचारिक रुपमा समूहहरु सञ्चालन गरिराखेको पाइन्छ । समूहको दायरा, लक्ष्य र प्रभाव बढ्दै गएपछि सरकारी ऐन कानुनअनुसार सम्बन्धित निकायमा दर्ता भई स्थापित संस्थाहरुलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ। आमा समूह, दिदी-बहिनी समूह, किशोरी समूह लगायतका अनेकौँ नाममा खुलेका हजारौंको संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ । महिलाहरुमा नेतृत्वको विकास भएको छ। सानो-सानो पुँजीको सदुपयोग मात्र भएको छैन, त्यसलाई लगानीको चक्रबाट ठुलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो • कार्यले रोजगारी, नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य, सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् ।

महिला उद्यमशीलताको विकास हुनु भनेको देशको समृद्धिको अभियानमा सहयोग पुयाउनु हो । त्यसको गहनदायित्व राज्यको भए पनि सहकारी संस्थाहरुले राज्यको काममा सघाउ पुयाइराखेका छन् । सहकारी संस्थाका कारण महिलाहरुमा बचत गर्ने बानीको विकास मात्र नभएर रुचि अनुसारको ज्ञान, सीप र प्रविधि समेत हस्तान्तरण हुँदै आएको छ । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको पहिचान गर्दै स्थान विशेषका पेशा व्यवसाय सञ्चालन गर्न सहकारी संस्थाहरुले पुलको काम गरिदिनाले महिला आर्थिक रुपमा सबल र सामाजिक रुपमा सशक्त बन्दै गएका उदाहारणहरु छन् । पुरुषसरह महिलाहरुले अपनाएका पेशा व्यवसायबाट पनि पर्याप्त उदाहरण पेश गर्न सकिन्छ । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ। थोरै लगानीमा स्वरोजगार बन्न सक्ने खालका व्यवसायहरु तितौरा, आलुचिप्स, सेनेटरी प्याड, दालमोठ, मैनबत्ती, साबुन, सिलाइबुनाइलगायत सयौँ प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पुऱ्याएको छ । त्यति मात्र होइन महिलाले सञ्चालन गरेका संघ-संस्था पुरुषको दाँजोमा बढी उत्पादनमूलक, पारदर्शी र सफल भएका छन् । यसबाट के विश्वास गर्न सकिन्छ भने महिलाहरुले आर्थिक रुपमा मात्र नभएर सामाजिक पुँजी निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् ।

झापाका सहकारीमा महिला सहभागिता

विश्वका धेरै मुलुकहरुले सहकारी क्षेत्रबाट आर्थिक योगदान पुऱ्याइरहेको सन्दर्भमा विश्व सहकारीको मूल्यमान्यता र सिद्धान्त अनुरुप सहकारी ऐन २०४८ जारी गरी सहकारीलाई विधिवत ढंगबाट अघि बढाउने कुराको थालनी भएको पाइन्छ। ऐन जारी भएपछि देशमा सहकारी गठन गर्ने तथा सहकारी अभियान सञ्चालन गर्ने विषयले गति लिएको देखिन्छ । नेपाल संघीय संरचनामा गइसकेपछि मात्र २६ वर्षपछि नयाँ सहकारी ऐन २०७४ ले सहकारी क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्य राखेको छ। यस अवधिमा विषयगत सहकारी संघ संस्थाको संख्या,त्यसमा आबद्ध भएका सदस्यहरुको संख्या, त्यसले ओगटेको क्षेत्र, गर्ने कारोबार र पहुँच अकल्पनीय रुपले झाँगिएको पाइन्छ।

देशभरि कुल सहकारीको संख्या २९,८८६ रहेको छ। कुल २९,८८६ मध्ये संघीय सरकारमार्फत १२५ (०.४१%) वय सहकारी संघ संस्था रहेका छन्, भने प्रदेश सरकार अन्तर्गत ६,००२ (२०.०८%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी स्थानीय सरकार अन्तर्गत २३,७५९ (७९.४९%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी सहकारी संघ संस्थामा आबद्ध कूल सदस्य संख्या ७३,०७,४६२ रहेको छ। नेपालको कूल जनसंख्या २,६४,९४,५०४ रहेको छ र कुल जनसंख्याको २८ प्रतिशत सहकारीमा आबद्ध रहेको छ । कुल सदस्य संख्यामध्ये महिला सदस्यको संख्या ४०,९२,३९५ र पुरुष सदस्यको संख्या ३२,१५,०६८ रहेको पाइएको छ । जसमा कुल सहकारी सदस्यहरुमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत देखिएको छ। यस तथ्यांकलाई हेर्दा समेत सहकारीमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको छ।

जिल्ला सहकारी संघ झापाको तथ्यांकअनुसार झापामा ९१४ वटा सहकारी संस्था दर्ता भएका छन् । सहकारीमा अहिले ३ लाख ९९ हजार ७७४ शेयर सदस्य रहेको जिल्ला सहकारी संघ झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये १३६ वटा सहकारी संस्था महिलाले मात्र सञ्चालन गरेका छन् । झापामा महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा १६ हजार ९९० जना शेयर सदस्य छन् भने सञ्चालक सदस्यका रुपमा मात्र पनि एक हजार ६० जनाभन्दा बढी महिला सक्रिय रहेका छन्। पछिल्लो समयमा सहकारीमा आबद्ध हुने संख्यालाई हेर्दा झापामा सञ्चालित सहकारी संस्थामा महिलाहरूको मात्रै संख्या एक लाख ८० हजारभन्दा बढी पुगिसकेको छ । सहकारीमा आबद्ध भई महिलाको आर्थिक सबलीकरणका केही उदाहरणहरु : १. सतासी महिला मौरीपालन सहकारी संस्थाकासदस्यहरुलाई तालिम प्रदान गरी हाल वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको छ । ५२३ सदस्यमध्ये १५० सदस्यले मौरी पालेका छन् । सबै सदस्यसँग गरी ३ हजार गोला मौरी छन् ।

२. महारानीझोडा साना किसान कृषि सहकारीमा एक हजार ९७९ जना महिला मात्रै सदस्य छन् । उक्त संस्थाले ४६ करोडको कारोबार गर्दै आएको छ।

३. मेची सहकारीमा ७ हजार २५० जना शेयर सदस्य

छन् । जसमा झण्डै ५५ प्रतिशत महिला शेयर सदस्यहरु रहेका छन् । झापा गौरादह नगरपालिकाका-५ को नमूना एकीकृत ४.

कृषि सहकारीमा आबद्ध महिला सदस्यले नमुना

अचार लघु उद्योग सञ्चालनमा ल्याएका छन् । ५. अर्जुनधारा नगरपालिका-२ मा रहेको हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारीमा १८०० भन्दा बढी महिला सदस्यहरु आबद्ध रहेका छन् भने ३०० भन्दा बढी सदस्यले बाखा, कुखुरा लगायतका पशुपन्छीपालन व्यवसाय गरेका छन् । सहकारीले आफ्नै दूध संकलन केन्द्र र सहकारी पसल समेत सञ्चालनमा ल्याएको छ।

६. अर्जुनधारा नगरपालिका-७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थामा २२०० सदस्य छन् भने कृषि बीउबिजन, मलदेखि पशु दाना उद्योग र युरिया मल समेत उत्पादन गरी सदस्यहरुको उद्यमशीलतामा सहयोग पुऱ्याइराखेको छ।

यी माथिका केही प्रतिनिधि उदाहरण हुन् जसमा सहकारीको माध्यमबाट महिलाहरुको सामाजिक, आर्थिक, बौद्धिक विकासमा टेवा पुगेको छ।

 चुनौती र अवसर

जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन्छन् तब सबै क्षेत्रमा महिलाप्रतिको दृष्टिकोणमा समेत परिवर्तन हुने कुरा विभिन्न अध्ययन तथा व्यवहारले देखाएको छ। त्यसैले सबै महिलाका लागि आर्थिक सशक्तीकरण प्रमुखलक्ष्य र आवश्यकता बनेको छ । आर्थिक सक्षमतासँगै अन्य अवसरहरु प्राप्त गर्न महिलालाई सहज हुने हुँदा यो आवश्यकत्ता स्वाभाविक धारणा मानिन पुगेको हो । परिवार चलाउन महिला र पुरुष दुवैको अधिकार र कर्तव्यलाई सन्तुलनमा लिएर जानु पर्दछ । अधिकारको माग बढी र कर्तव्य पालना कम भएको अवस्थामा समेत परिवार र समाज सरल रेखाबाट अघि बढ्न सक्दैन। महिलाका केही आफ्नै खालका विशेष भूमिका होलान् तर ती भूमिका निर्वाह गर्नुपर्ने कार्यका अतिरिक्त अर्थोपार्जनको जिम्मेवारी र चाहना महिलाको काँधमा थप भएको छ । सहकारीको प्रमुख जिम्मेवार पदमा रहेका महिलालाई घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण बनेका छन् । घर-परिवारलाई दिनु पर्ने समय पुरुषको तुलनामा महिलाहरुको बढी हुने गरेको छ भने त्यत्तिकै समय दिएर संस्था, उद्योग, व्यवसाय हाँक्ने कुरा र पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु ठुलो चुनौती छ । आर्थिकरुपमा स्वावलम्बी बन्नु र चुनौतीहरुलाई अवसरका रुपमा बदल्न सक्ने गरी आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भन्ने सन्देश दिनु छ। आफ्नो संस्था, व्यवसाय तथा उद्योगमा हुनुपर्ने व्यावसायिक ज्ञान, सीप र व्यवस्थापकीय क्षमतामा महिलाहरुले आफूलाई अगाडि बढाउन सके थप अवसर उनीहरुको पछि लाग्ने कुरामा शंका छैन । विषयगत ज्ञान, सीप र तालिमको कमी, पारिवारिक कुरामा बढी समयको खर्च, आधुनिक प्रविधिसँग आफूलाई जोड्न नसक्नु, स्वनिर्णय गर्ने कुराहरुमा अझै स्वतन्त्र अनुभूति नहुनु, तालिमको कमी, जोखिम मोल्न तयार नहुनु, घरभन्दा बाहिरको संसारमा प्राप्त हुने अवसरहरुमा आफूलाई समायोजन गर्न पछि पर्नु लगायतका कारणले गर्दा अझै पनि महिलाहरु निर्णायक भूमिकामा पुग्न सकिरहेका छैनन् ।

विभिन्न चुनौतीका बाबजुद पनि महिला घर व्यवस्थापन गर्दै आफ्नो कार्यक्षेत्रमा अगाडि बढिरहेका छन्। सहकारी संस्थाहरुले महिलालाई संगठित गरी आर्थिकतथा सामाजिक क्षमताको विकासमा योगदान दिँदै आएको छ। यसले समाजमा महिलाको हैसियत बृद्धि भएको छ। उनीहरुको विचार र बोलीलाई महत्व दिन थालिएको छ । आधुनिक सूचना सञ्चार प्रविधिसँगै जनमानसमा विकास भएको चेतनाका कारण सहकारी लगायत अन्य संघ संस्थाहरुमा महिला सहभागिता तुलनात्मक हिसाबले बढ्दै गएको छ। नेपालको संविधान, ऐन, कानुनले दिएका अधिकारलाई आत्मसात गर्दै कर्तव्यको बाटोमा आफूलाई अगाडि बढाउन सके चुनौतीहरु नै अवसर बन्ने छन् त्यसैले सक्रिय सहभागितामार्फत् नयाँ नयाँ अवसर प्राप्त गर्न महिला लाग्नु पर्दछ ।

 निष्कर्ष

पछिल्लो समय सबै क्षेत्रहरु समावेशी र महिलामैत्री बन्दै गएका छन् । महिलाको चौतर्फी विकासमा सहकारी पहिलो आधार हुन सक्छ, जसबाट माथि उठेर सामाजिक, आर्थिक, राजनीतिक सबै किसिमका नेतृत्वहरुमा पुग्न सक्ने छन् । त्यसका लागि महिलाको सीप र प्रविधि माथिको पहुँचमा बृद्धि गर्नु पर्दछ । हरेक सहकारी संघ/संस्थामा महिलाहरुको सहभागितालाई सुनिश्चित गर्नु पर्दछ, महिला केन्द्रित कार्यक्रमलाई वार्षिक योजनामा अनिवार्य रुपले राख्नुपर्दछ । यसका लागि स्थानीय सरकारसँग हातेमालो गर्न सकिन्छ।

महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरुलाई विभिन्न किसिमका छुट र अनुदानको व्यवस्था भए पनि पहुँचको कमीका कारण त्यस्ता सुविधाहरुबाट अझै बन्चित हुनुपरेको छ, जसलाई सम्बन्धित निकायबाट सुनुवाई हुनु जरुरी छ । सफल र अनुकरणीय संस्था र व्यक्तिलाई प्रोत्साहन गर्ने संस्कृतिको विकास गर्नु पर्दछ। योजना तर्जुमा, कार्यान्वयन र निर्णय प्रक्रियामा महिला सहभागिता अनिवार्य गर्न सके महिलाहरुको अहिलेको अवस्थाले थप फड्को मार्नेछ ।

(नोट: प्रस्तुत लेखमा समावेश गरिएका तथ्यांकहरु विभिन्न समयमा प्रकाशित लेख तथा प्रतिवेदनहरु बाट लिएको हुँदा वर्तमान तथ्यांकहरु फरक पर्न सक्नेछ ।) लेख  सहकारी स्मारिका २०७७ मा प्रकाशित छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17510 0
test