फोटो फिचर – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sun, 03 Jul 2022 17:53:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg फोटो फिचर – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 महिलालाई आत्मनिर्भर बनाउन नगरपालीकाले  बिभिन्न याेजना ल्याउदै – उप पमुख भट्टराई https://pradeshaawaj.com/?p=18293 https://pradeshaawaj.com/?p=18293#respond Sun, 03 Jul 2022 15:27:35 +0000 https://pradeshaawaj.com/?p=18293

दमक / व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुर झापा र दमक नगरपालीकाको आयोजनामा सञ्चालित ३ महिने केश श्रृंगार तालिमको आज समापन भएको छ ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र समेत उपलब्ध गराईएको थियो । उक्त तालिम सिप विकास तालिम केन्द्र भद्रपुरकी प्रशिक्षक माया गजमेरले दिएकी थिइन् । दमक नगर उप प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमका वक्ताहरुले शिप सिकेर त्यसलाई ब्यबहारीक कार्यान्यन्वयन गरे मात्रै सिकेको उद्देस्य प्राप्त हुने बताएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि सिप विकास तालिम केन्द्र भद्रपुरकी प्रमुख कृष्णा श्रेष्ठले हातमा शिप भए जहाँ गए पनि कमाई गर्न सकिने भन्दै सिकेको शिपलाई सदुपयोग गर्न आग्रह गरीन् । सहभागीका तर्फ बाट प्रेमकला निरौलाले तालिम अत्यन्तै प्रभावकारी भएको र धेरै कुरा सिक्न पाएको बताइन् ।

कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै दमक नगर उप प्रमुख भट्टराईले श्रृंगारलाई स्वौन्दर्य संग मात्रै जोडेर हेर्न नहुने भन्दै यो स्वास्थ्य संग समेत सम्बन्धित बिषय भएको बताइन् । उनले तालिम सहभागीहरुले व्यवसायीक बने मात्रै नगरपालीकाको उद्देस्य प्राप्त हुने बताइन् । महिलालाई आत्मनिर्भर बनाउन नगरपालीकाले अरु बिभिन्न  योजना ल्याउने भन्दै महिला स्वरोजगार बने मात्रै समाजको समता मुलक बिकाश हुने बताइन् ।

तालिम समापन कार्यक्रममा तालिम केन्द्रका योजना प्रमुख गौतम पौडेल, पाथिभरा प्रोफेसनल एजुकेसन प्रा.लीका डिल्लीराम भट्टराई लगायतले समेत बोलेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18293 0
दमक ३ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न https://pradeshaawaj.com/?p=18289 https://pradeshaawaj.com/?p=18289#respond Sun, 03 Jul 2022 15:15:33 +0000 https://pradeshaawaj.com/?p=18289

दमक / दमकमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण, प्रसब फिष्टुला, स्तन क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ३ स्थित सहरी स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा १४० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको नगरपालीका स्वास्थ्य शाखाका सि. अहेब देवीका न्यौपानेले जानकारी दिइन् ।

दमक नगरपालीकाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर १ र सुनसरीको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग रहेको थियो ।

शिविरमा परिक्षण गरेका मध्ये २ जना महिलामा पाठेघरको मुखको क्यान्सर, १० जनामा पाठेघर खसेको र ४ जनामा प्रसब फिस्टुला देखिएको सि अहेब न्यौपानेले जानकारी दिइन् ।

क्यान्सर पोजेटिभ देखिएका र प्रसब फिष्टुला देखिएका महिलाको थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । त्यसैगरी पाठेघर खसेका महिलाको उपचार सुरु गरिएको र अन्य बिरामीहरुलाई पनि औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

दमक वडा नम्बर ३ का वडा अध्यक्ष नविन बरालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर उद्घाट कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख रेगिना भट्टराईले सुरक्षीत प्रसुतीका लागी अझै पनि जनचेतनाको अभाव रहेको बताइन् । स्वास्थ्य संस्थामा गएर प्रसुती गराए बिभिन्न जोखिमहरु कम हुने भए पनि तल्लो समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्थामा पुग्न नसकि रहेको बताइन् ।

बाटो र निर्माण मात्रै बिकाश नभएको भन्दै नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरपालीकाले कार्यक्रम गर्ने बताइन् । कार्यक्रममा सुत्केरी भएका बेला उचित हेरचाह र उपचार नहुँदा महिलामा पाठेघरको मुखको क्यान्सर, पिसाब नरोकीने जस्ता समस्या देखिने प्रतिष्ठानका प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18289 0
असार १५ मा दही-चिउराकाे महत्व https://pradeshaawaj.com/?p=18238 https://pradeshaawaj.com/?p=18238#respond Wed, 29 Jun 2022 01:33:10 +0000 https://pradeshaawaj.com/?p=18238

काठमाडौं । आज बुधबार असार १५ । रोपाइँ सकेको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपमै असार १५ मा दही-चिउरा खाने प्रचलन रहँदै आएको हो ।

तर, असार १५ मै किन खाइन्छ दही-चिउरा ? असार १५ को सांस्कृतिक महत्व किन छ ?

संस्कृतिकर्मीहरु असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने प्रचलन रहेको बताउँछन् । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकाे छ । समयक्रमले यस प्रचलनलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीहरुको तर्क छ ।

उनीहरुका अनुसार पहिले रोपाइँ नसकिएसम्म दही-चिउरा खाइँदैन । तर, अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्षको असार १५ मा दही-चिउरा खाइन्छ । हुन त अहिले दही-चिउरा खान असार १५ नै पर्खनु पर्दैन । बजारमा बार्‍है महिना दही-चिउरा उपलब्ध छन् ।

तर, परापूर्वकालमा रोपाइँ सकिएको खुशीयालीमा मात्रै भोजस्वरुप दही-चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । ‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुशीयालीमा दही-चिउरा खाइन्छ’, उनले भने ।

रोपाइँका वेला सबैलाई भ्याइनभ्याइ हुन्छ । त्यसैले समय लगाएर पकाइरहन नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने दही-चिउरा खाने प्रचलनले महत्व पाएको उनले स्पष्ट पारे । ‘असारमा रोपाइँको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने दही-चिउरा रोपाइँ सकिएको खुशीयालीमा खाने प्रचलन रहेको हो । अहिले असार १५ मै दही-चिउरा खाने थिति नै बसेको छ ।’

उसवेला सबैसँग अहिलेजस्तो माछामासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैन ।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । किसानहरुको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत रहेको छ ।

यसरी घरमै हुने दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको अर्का संस्कृतिकर्मी दीपेशराज शर्मा स्पष्ट पार्छन् ।

‘दही-चिउरा पौष्टिक आहार पनि हो । धेरै समय लाग्ने गरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो’, उनी भन्छन्, ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएकोमात्र हो ।’

संस्कृतिकर्मी शर्माका अनुसार कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुन थालेको छ । असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण भएको उनी बताउँछन् । ‘पहिले दही-चिउरा घरकै हुन्थे’, उनी भन्छन्, ‘तर, अहिले दही र चिउरा बजारबाट किन्नुपर्छ ।’

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18238 0
स्वास्थ्यकर्मीले भनेको नमान्दा, स्वाब लिने ठाउँबाटै संक्रमण सर्ने खतरा बढ्यो https://pradeshaawaj.com/?p=15579 https://pradeshaawaj.com/?p=15579#respond Sat, 15 May 2021 02:55:13 +0000 https://pradeshaawaj.com/?p=15579

दमक, १ जेठ / झापाको दमकमा नगरपालिकाले गर्ने पिसिआर परीक्षण हप्ताको दुइ दिन मात्र हुने गरेको छ । यसको लागि दमक २ मा रहेको कोविड अस्पतालमा मान्छेहरु भेला हुने गरेका छन् । एउटै लाइनमा बसेर पिसिआरको स्वाब दिँदा त्यहीँ संक्रमण फैलिने खतरा देखिन थालेको छ।

पिसिआरको स्वाब दिन अस्पताल पुगेका मान्छेले नै सामाजिक दूरीको पालना नगर्दा त्यहाँबाटै संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

बिहीबार दमक २ स्थित कोभिड अस्पतालमा यस्तो दृश्य देखिएको हो । स्वाब दिन पुगेकाहरू एक अर्कोसँग टाँसिएर लाइनमा बसेका थिए। दमक नगपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले सामाजिक दूरीको पालना गरी लाइनमा बस्नुहोस् भनी रहेका थिए । लाइनमा बस्नेले उक्त कुराको कुनै वास्तानै नगरेको देखियो । विश्व स्वास्थ्यसंगठनले एक व्यक्ति बाट अर्को व्यक्ति बीच २ मीटर दूरी कायम गर्न भनेको छ ।

लाइनमा संक्रमित भएका वा नभएकाको पहिचान हुँदैन सबै नजिक नजिकै लाइन बसेर स्वाब दिइरहेकाले संक्रमित व्यक्तिबाट अन्यलाई स्वाब दिएकै दिन कोरोना सर्ने सक्ने सम्भावना बढेको देखिन्छ ।

दमकमा नगरपालिकाले मात्र लिएको पिसिआर रिपोर्टको तथ्यांकमा स्वाब लिएकामध्ये आधा भन्दा बढीको रिपोर्ट पोजेटिभ आउने गरेको नगर स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

पिसिआर परीक्षण गर्न जाँदा आफू सजग नहुँदा उक्त दिन सम्म कोरोना पोजेटिभ नभए पनि सोही दिनको हेलचेक्राइले संक्रमण सर्न सक्ने भएकाले पिसिआर परीक्षण गर्न जाँदा आफू सजग रहन आवश्यक देखिएको छ । बिहीबार मात्र ९२ जनाको स्वाब लिइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15579 0
दमकमा तपाइकाे मास्क खै अभियान ( फाेटाे फिचर ) https://pradeshaawaj.com/?p=15377 https://pradeshaawaj.com/?p=15377#respond Fri, 30 Apr 2021 12:42:01 +0000 https://pradeshaawaj.com/?p=15377

दमक / झापाकाे दमकमा केही दिन देखि  तपाइकाे मास्क खै अभियान सुरू भएकाे छ ।  दमक उधाेग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय दमकले संयुक्त रूपमा याे अभियान गरीरहेका छन् ।

 

ब्यापारी लाइ सचेत गराउदै इलाका प्रहरी कार्यलयमा डि.एस.पी. नवराज कार्की
बाटाेमा बिना मास्क हिड्ने लाइ मास्क बितरणा गर्दै दमक उधाेग वाणिज्य संघका पधादीकारीहरू
ब्यापरी लाइ सचेत गराउदै दमक उधाेग वाणिज्य संघका अध्यक्ष सहित इलाका प्रहरी

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15377 0
बजाज शून्य अफर अन्तर्गत पथरीका विनोद न्यौपाने पाए एक लाख  https://pradeshaawaj.com/?p=15021 https://pradeshaawaj.com/?p=15021#respond Thu, 18 Mar 2021 17:06:16 +0000 https://pradeshaawaj.com/?p=15021

दमक, ५ चैत / बजाज शून्य अफर अन्तर्गत पथरीका विनोद न्यौपाने एक लाख पाएका छन् ।

पथरी शनिश्चरे ४ का राम प्रसाद न्यौपानेका छोरा विनोद न्यौपाने बिहीबार मोटरसाइकल किन्न दमक स्थित बजाज कम्पनि को आधिकारिक विक्रता न्यू संगम इन्टरप्राइजेज पुगे । उनले आफूले किन्न चाहेको मोटर साईकल छाने । कम्पनीले मागे अनुरूप सम्पूर्ण विवरण सोरुमले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध भयो र उक्त कोडमार्फत उनलाई पाँच शून्य पर्यो र एक लाख प्राप्त गरे ।

उनले पाएको पुरस्कारको रकम तुरुन्तै किनेको बाईकको मुल्यमा छुट पाउँद न्यौपाने दंग परे उनले भने पुरस्कार पाउने कुरा विज्ञापन मात्र हो, परे पनि निकै झन्झट हुन्छ भन्ने लागेको थियो । तर आफ्नो जीवनमा पहिलो पटक परेको पुरस्कार तत्कालै कुनै झन्झट बिना पाउँदा अचम्मित भएको बताए ।

उक्त पुरस्कार लाई इन्टरप्राइजेजका प्रोपाइटर विमल शर्मा र पहिलो पाइला दमक शाखाका अध्यक्ष दीपक खड्काको उपस्थितीमा कम्पनीका सेल्स प्रतिनिधि सी एम पौडेलले हस्तान्तरण गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा बजाजले चैत १ गते देखि देश भर बजाज शून्य अफर ल्याएको छ । यस अन्तर्गत बजाजका बाइक किन्न चाहने ग्राहकको सम्पूर्ण विवरण सोरुमहरुले भरिसके पश्चात उनीहरुलाई एउटा कोड उपलब्ध हुनेछ । सो कोडमार्फत उनीहरुलाई जति धेरै शून्य जान्छ, उति नै रुपैयाँ छुट उपलब्ध हुनेछ ।

यस अन्तर्गत न्यूनतम १० हजारका साथै १ लाख र १० लाख रुपैयाँ सम्म पर्नेछ । जति धेरै शून्य पर्छ, त्यति नै धेरै रकम ग्राहकले प्राप्त गर्नेछन् ।

त्यसैगरी बजाजका बाइक किन्दा शुरुमा बाइकको मूल्यको ५० प्रतिशत रकम बुझाए पछि बाँकी रकम १८ महिना सम्म तिर्न सकिने छ । यसरी बाँकी रकममा कुनै पनि ब्याज लाग्ने छैन । यसरी शून्य प्रतिशत ब्याजमा बाइक किन्न सकिने यसै अन्तर्गतको अर्को फाइदा उपलब्ध हुनेछ ।

यसरी शून्यलाई आधार मानेर स्किम ल्याएकोले यसको नाम नै ‘बजाज शून्य अफर’ राखिएको कम्पनीको भनाइ छ ।

यसका साथै न्यू संगम इन्टरप्राइजेजले ग्राहकको सुविधालाई मध्यनजर गर्दै दमकमा चैत ७ गते देखि ११ गते सम्म एक्सचेन्ज अफर राखिएको इन्टरप्राइजेजका प्रोपाईटर विमल शर्माले जानकारी दिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15021 0
कोभिड–१९ विरुद्धको खोप दिन सुरु, दमकमा डा. नबिनले लिए पहिलाे खाेप https://pradeshaawaj.com/?p=14655 https://pradeshaawaj.com/?p=14655#respond Wed, 27 Jan 2021 06:45:26 +0000 https://pradeshaawaj.com/?p=14655

काठमाडौँ, १४ माघ  / कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएकाे छ  । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइन सुरू गरीएकाे छ।  ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने कार्यक्रम रहेकाे छ ।

साेही अनुरूप झापाकाे दमकमा पनि भर्चुअल कार्यक्रममा जाेडिएर  खाेप दिन सुरू गरिएकाे छ । कार्यक्रमकाे शुभारम्भ गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले दमकमा पहिलाे खाेप लिने डा. नबिन ढकाललाइ  खाेपदिने सिरिन्ज प्रदान गर्नु भएकाे छ ।  दमक २ मा रहेकाे काेभिड अस्पतालमा दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेली, उप प्रमुख गिता अधिकारी, प्रमुख प्रसाशिकय अधिकृत गणेश तिम्सिना, इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक डिएसपी नवराज कार्की, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतकाे उपस्थितिमा खाेपकाे शुभारम्भ गरीएकाे छ ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

आज ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिनुभयो । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने दमक नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराइले जनाकारी दिनुभयाे ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14655 0
सुयाेग खरेलकाे नेतृत्वमा दमक जेसीज, पदभार तथा सपथ ग्रहण सम्पन्न (फाेटाे फिचर ) https://pradeshaawaj.com/?p=14615 https://pradeshaawaj.com/?p=14615#respond Mon, 25 Jan 2021 06:04:09 +0000 https://pradeshaawaj.com/?p=14615

दमक/ दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

 

पद हस्तान्तरण समारोहमा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्य र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको विशेष आतिथ्यता रहेकाे थियाे ।

 

निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक कार्यकारी उपाध्यक्षमा रमेश लुइटेल र राम चन्द्रअधिकारी, उपाध्यक्षमा प्रकाश थापा,लाेकेश सापकाेटा,बिनाेद उप्रेती र असाेक श्रेष्ठ रहेका छन् ।

त्यसै गरी महासचिवमा निरोज आचार्य, सचिबमा सुनिता अाचार्य, काेषाध्यक्षमा सन्दिप बस्नेत, प्रकरण निर्देशकमा उमेश गजमेर, तालिम निर्देशकमा सहदेव भट्टराइ,  कानुनी सल्लाहकारमा सन्दिप न्यौपाने र जन सम्पर्क अधिकारीमा राजेन्द्र बिमली मनाेनित भएकाे बर्ष २०२० का महासचिब सन्जिव बरालले जानकारी दिए ।

सो अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्धय भोलेश्वर दुलाल, प्रकाश अधिकारीसहित पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्था एवं निकायका प्रतिनिधि तथा प्रमुखहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14615 0
लक डाउनमा यस्ताे देखियाे दमक फाेटाेमा हेर्नुहास् https://pradeshaawaj.com/?p=11330 https://pradeshaawaj.com/?p=11330#respond Wed, 29 Apr 2020 02:17:48 +0000 https://pradeshaawaj.com/?p=11330

दमक / विश्व भर फैलिएकाे काेराेना भाइसकाे कारण देश भर लक डाउन गरीएकाे छ । यही लक डाउनकाे बेला दमकका बिभिन्न स्थानहरूकाे दृष्य यस्ताे देखिएकाे छ ।


 

सबै फाेटाे  प्रदेशआवाज डट कमका जिवन चुडालले खिचेका हुन् 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=11330 0
दमकमा काेराेना संक्रमण भएपछि उर्लावारीमा थप कडाई, मेयर फेरी निस्के सडकमा https://pradeshaawaj.com/?p=11182 https://pradeshaawaj.com/?p=11182#respond Sat, 25 Apr 2020 04:42:05 +0000 https://pradeshaawaj.com/?p=11182

दमक, बैशाख १३ / शुक्रबार  झापा दमकका ६२ वर्षीय वृद्धको कोरोना संक्रमण पुष्टि भए पछी उर्लावारीमा पनि सुरक्षा ब्यवस्था कडा पारीएकाे छ ।

संक्रमण भएकाे स्थान झापा र माेरङकाे सिमाना नजिक भएकाे कारण पनि उर्लावारीमा सुरक्षा ब्यवस्था कडा पारीएकाे हाे । उर्लावारीका मेयर खड्ग फागाे आफै सडकमा निस्किएका छन् । दमक र उर्लाबारीकाे सिमानामा खाेला रहेकाले  खाेलामा आवत जावत  बढ्न सक्ने अनुमान गरीएकाे छ ।

यता दमक नगरलिकाले उतरमा मावा पुल देखि बेलडागी १ सम्म दक्षिणमा कृष्ण मन्दिर राज मार्ग उतर, उतर पुर्वमा हिमाबी स्कुल देखि बेलडागी १ सम्म र पश्चिममा मावा खोला सम्म कुनै पनि आवत जावत लगायत कुनै पनि गतिबिधी  गर्न पुर्ण रुपले निषेध गरी सकेकाे छ ।

उर्लाबारीमा  सुरक्षा ब्यवस्था कडा पारीएकाे हेर्नुहाेस् फाेटाेमा 

फाेटाे पत्रकार किशाेर श्रेष्ठ

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=11182 0
test