कृषि – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Thu, 19 Oct 2023 10:11:02 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg कृषि – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो https://pradeshaawaj.com/?p=20611&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a5%2581%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2589%25e0%25a4%259a%25e0%25a4%25bf%25e0%25a4%25a4-%25e0%25a4%25ae%25e0%25a5%2582%25e0%25a4%25b2%25e0%25a5%258d%25e0%25a4%25af-%25e0%25a4%25a8%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%258f https://pradeshaawaj.com/?p=20611#respond Thu, 19 Oct 2023 10:11:02 +0000 https://pradeshaawaj.com/?p=20611 झापा, कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रोमूलुक निर्यात गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताउनुभयो ।

“काँचो सुपारी सोझै तेस्रो मूलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ”, अधिकारीले भन्नुभयो, “हाम्रो मागलाई बेवास्ता गरेमा दश लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।” उहाँले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आउनुभएका सरेन्द्र साहले विलौचियामार्फत स्थानीयस्तारमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरुमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो । सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर विचौलिया हाबी हुँद किसान मर्कामा परेका उहाँको भनाइ थियो ।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20611 0
लखनपुर साना किसान कृषि सहकारी द्वारा किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान https://pradeshaawaj.com/?p=19065&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b2%25e0%25a4%2596%25e0%25a4%25a8%25e0%25a4%25aa%25e0%25a5%2581%25e0%25a4%25b0-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf-%25e0%25a4%25b8%25e0%25a4%25b9 https://pradeshaawaj.com/?p=19065#respond Fri, 06 Jan 2023 15:34:10 +0000 https://pradeshaawaj.com/?p=19065 कमल  / झापाको कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसरमा ४२ जना किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की वितरण गरेको छ ।

किसानहरुलाई व्यवसायीक तरकारी खेती तर्फ प्रेरित गर्ने उदेश्यले ५० प्रतिशत अनुदानमा संस्थाले ति ट्याङ्की प्रदान गरेको हो । संस्थाकी उपाध्यक्ष शोभा उप्रेती संग्रौलाको अध्यक्षता र संस्थाका सल्लाहकार संयोजक बेनुप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सोहि कार्यक्रममा गाउँपालिका र संस्थाले संयुक्त रुपमा उत्पादन गरेको जैविक युरीया र घनजिवामृत समेत ६० जना किसानलाई प्रदान गरिएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिनु भएको छ ।

कार्यक्रममा उक्त जैविक मल प्रयोग गर्ने विधिका बारेमा गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी गराउनु भएको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19065 0
झापामा धानको उत्पादन बढ्यो https://pradeshaawaj.com/?p=18875&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25a7%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2589%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25a6%25e0%25a4%25a8-%25e0%25a4%25ac%25e0%25a4%25a2%25e0%25a5%258d https://pradeshaawaj.com/?p=18875#respond Mon, 28 Nov 2022 04:36:13 +0000 https://pradeshaawaj.com/?p=18875 झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७÷०७८ र आव २०७८÷०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७÷०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।

गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए ।

त्यस्तै, जिल्लामा आव २०७८÷०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18875 0
साना किसान कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न https://pradeshaawaj.com/?p=18576&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%2595%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf-%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a4%2582 https://pradeshaawaj.com/?p=18576#respond Sat, 24 Sep 2022 01:19:29 +0000 https://pradeshaawaj.com/?p=18576 कमल / लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता एवम् कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बास्तोला तथा लेखा समितिको तर्फबाट संयोजक सुजिता पोखरेलले प्रतिवेदन पेश गरिन्।

कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार समिति संयोजक बेनुप्रसाद शिवाकोटी, कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायतका अतिथीले महिलाहरुलाई संगठित गर्दै आय आर्जनका कार्यमा संलग्न गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए।

संस्थाले किसानहरु लक्षित कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवम् आयात प्रतिष्थापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिए । रैथाने बालीहरुको संरक्षण, व्यवसायीक कृषि र पशुपालन, उन्नत मल विउ वितरण, विभिन्न निकाय सँगको सहकार्यमा कृषिको व्यवसायीकरण लगायतका क्षेत्रमा संस्थाले प्राथमिकता दिएको उनले जनाए  । १ हजार ७ सय २९ शेयर सदस्य तथा २ सय ७५ समुह मार्फत संस्थाले कारोवार गर्दै आएको जनाईएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18576 0
सेतुमारी कृषि सहकारीकाे दशौं बार्षिक साधारण सभा सम्पन्न https://pradeshaawaj.com/?p=18449&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a5%2587%25e0%25a4%25a4%25e0%25a5%2581%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf-%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a5%2587 https://pradeshaawaj.com/?p=18449#respond Wed, 07 Sep 2022 15:32:17 +0000 https://pradeshaawaj.com/?p=18449 दमक /   दमक ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले आज आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि  दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले कृषि क्षेत्रको बिकास बिना मुलुकको समृद्धी असम्भब रहेको बताइन्। कृषिबाटै समृद्धीको यात्रा तय गर्न सहज हुने भन्दै उनले नगरपालीकाले पनि कृषिको प्रबर्धनका लागी प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताइन् । उनले कृषकलाई दिईने अनुदान वास्तबिक कृषकले पाएको या नपाएको भन्ने बारे आफुहरुले अनुगमन गरिरहेको पनि उल्लेख गरीन्। अनुदान लिने तर काम नगर्ने किसानलाई थप सेवा सुबिधा दिन नगर अग्र्रसर नहुने भन्दै उनले अनुदानमा पाएका कृषि सामाग्रीहरुको उचित प्रयोग गर्न आग्रह गरीन् ।

सहकारीले गत भदौ १८ गते गतेदेखी सुरु गरेको साधारण सभा आज सम्पन्न गरेको हो । संस्थाको आर्थिक बर्ष २०७८-७९ मा कुल कारोबार २ करोड ५९ लाख ५० हजार १ सय ६८ रुपैया १५ पैसा रहेको संस्थाका अध्यक्ष सोमराज तामाङ्गले जानकारी दिए । सहकारीले बिभिन्न बिधामा उत्कृष्ट भएका आफ्ना सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18449 0
झापाको कमल गाउँपालिकाले उत्पादन गर्यो जैविक मल https://pradeshaawaj.com/?p=17770&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259d%25e0%25a4%25be%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25b2-%25e0%25a4%2597%25e0%25a4%25be%25e0%25a4%2589%25e0%25a4%2581%25e0%25a4%25aa%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a5%2587 https://pradeshaawaj.com/?p=17770#respond Mon, 28 Mar 2022 16:18:20 +0000 https://pradeshaawaj.com/?p=17770 झापा/ झापाको कमल गाउँपालिकाले रसायनीक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ । गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि सोमबार सार्वजनिक गरिएको छ ।

 

गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले रसायनीक मलको सधै हाहाकार हुने र यसले माटो एवम् पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय श्रोत साधनको प्रयोग गरि जैविक मल उत्पादन गरिएको बताइन् मल उत्पादनको प्रविधि स्थानीय स्तरमा हस्तान्तरण गरि किसानलाई रसायनीक मलको विकल्प र आम्दानीको श्रोतको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताइन् ।

गाउँपालिकाले जनप्रतिनिधीहरुको कार्यकाल शुरु भएदेखिनै जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै आएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए । आधुनिक र व्यवसायीकताका नाममा रसायनीक मल र विषादीको प्रयोग उच्च हुने गरेको भन्दै उनले स्थानीय सरकारलेनै त्यस प्रकारका घातक मल र विषादीको विकल्प तयार पारेको उनले जनाए ।

गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारीक मल, युरीया तथा झोल मल प्रयोगशाला परीक्षणका क्रममा समेत उपयोगी ठहर भएको गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए । गाउँपालिकाले उत्पादन गरेको मललाई कमल मलको रुपमा ब्राण्डिङ् गरिएको उनले जनाए ।

यस अघि नमूनाका रुपमा किसानलाई वितरण गर्दा त्यसको परिणाम समेत रसायनीक मलको विकल्पको रुपमा प्रयोग गर्न मिल्ने गरि देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय लखनपुर साना किसान कृषि सहकारी संस्थाको समन्वयमा भएको विषादी प्रयोग मुक्त सप्ताहको समापनका अवसर पारि गाउँपालिकाका ७ ओटा वडाका उत्कृष्ट २१ किसानलाई कृषि उपकरणहरु प्रदान गरि पुरस्कृत गरियो ।

यस्तै कार्यक्रममा सहभागी किसानहरुलाई समेत गाउँपालिकाले उत्पादनको मल वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो भने किसानहरुले विषादीको प्रयोग न्युनिकरण गर्न जनचेतना जगाउने विभिन्न गीतहरु सुनाएका थिए ।

गाउँपालिकाले रसायनीक मल र विषादीको साटो जैविक र प्राङ्गारीक उत्पादनमा प्रेरीत गर्दै विगत वर्षहरु देखिनै विषादी प्रयोग मुक्त सप्ताह गर्दै आएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17770 0
शिवसत्ताक्षी नगर भेट्रान फूटबल, उपाधिका लागि वडा ९ र १० भिड्दै https://pradeshaawaj.com/?p=17260&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b6%25e0%25a4%25bf%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a5%2580-%25e0%25a4%25a8%25e0%25a4%2597%25e0%25a4%25b0-%25e0%25a4%25ad%25e0%25a5%2587%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25be-2 https://pradeshaawaj.com/?p=17260#respond Sat, 01 Jan 2022 06:11:07 +0000 https://pradeshaawaj.com/?p=17260 शिवसताक्षी । झापको शिवसताक्षीमा जारी दोस्रो संस्करणको शिवसत्ताक्षी नगर भेट्रान फूटबल प्रियोगिताको फाइनल खेल आज शनिबार हुँदै छ ।

शिवसताक्षी १ धरमपुर स्थित फूलबारी रंगशालामा भइरहेको वडा स्तरीय भेट्रान खेलमा आज वडा ९ र १० बीच उपाधि रक्षाको लागि भिडन्त हुने भएको हो । स्थानीय समय अनुसार २ बजे बाट शुरू हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा वडा नम्बर ९ले वडा नम्बर १ लाई पराजित गरेको थियो भने वडा नम्बर १० ले ११नम्बर वडालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । वडा नम्बर १० अघिल्लो संस्करणको उप विजेता हो भने ९ पहिलो पटक फाइनल खेलन लागेको हो ।

यस प्रतियोगिताको बिजेताले नगद ५०हजार रुपैयाँ सहीत ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले ३०हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सदस्य दिल सेरेङ लिम्बूले बताए ।

दुवै टोलीमा अनुभवी पूर्व खेलाडीहरूको बाहुल्यता रहेकोले पनि आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ । शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वडा नम्बर १ ले कब्जा गरेको थियो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17260 0
दमकमा पञ्चेबाजासहित सामुहिक धान रोपाइ https://pradeshaawaj.com/?p=16043&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25a6%25e0%25a4%25ae%25e0%25a4%2595%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a4%259e%25e0%25a5%258d%25e0%25a4%259a%25e0%25a5%2587%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%25bf%25e0%25a4%25a4-%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25ae%25e0%25a5%2581 https://pradeshaawaj.com/?p=16043#respond Mon, 05 Jul 2021 05:38:30 +0000 https://pradeshaawaj.com/?p=16043 दमक/झापाको दमक २ मा आज नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघझापाले बेठी लगाएर पञ्चेबाजासहित सामुहिक धान रोपाइ कार्यक्रम गरेको छ ।

कृषि पेशालाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाल खेलकुद महासंघले देशव्यापी रुपमा शुरु गरेको आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान अन्तर्गत महासंघले आयोजना गरेको सामुहिक रोपाइमा खेलकुद महासंघका नेता कार्यकर्ताहरुसहित स्थानीय महिलाहरु उल्लेख्य संख्यामा सहभागी थिए । महासंघका स्थायी कमिटी सदस्य समेत रहेका स्थानीय राजकुमार थापाको खेतमा आयोजना गरिएको सो रोपाइँमा महासंघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो

कार्यक्रमका प्रमुख अतिथी बस्नेतले सबै नेपाली नगरिक उत्पादनमा जोडिन प्रेरणास्वरुप महासंघले अभियान संचालन गरेको स्पस्ट पार्दै अब कृषि उत्पादनमा गुणात्मक वृद्धि गरि निर्यात गर्ने स्तरमा मुलुकलाई पुर्याउदै सम्वृद्द नेपाल, सुखी नेपाली नारालाई साकार पार्न सबैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने   बताए ।

पछिल्लो समयमा धेरै जग्गा बाजो राख्ने गरेको पाएकोले भएको खेत बाजो नराखौं धान रोपौ उब्जनी बढाऔं भनेर किसान हरुलाई प्रोत्साहन गर्ने उधेश्य अनुरूप देश व्यापी रूपमा  महासंघले  सुरू गरेकाको अभियानले  झापामा पनि गरिएको  महासंघका झापा सचिब भवानी बरालले बताए ।

 रोपाइमा कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्य होम बहादुर थापा,  खेलकुद महासंघका केन्द्रीय सचिव वाशु नेपाल, सन्तोश बान्तवा, पार्टी जिल्ला कमिटी सदस्य अम्बिका खनाल नेपाल खेलकुद महासंघ सचिबालय सदस्य खगेन्द्र घिमिरे युवा संघ नेपाल झापा संयोजक सम्भु भण्डारीको विशेष आतिथ्य रहेको थियो ।

]]> https://pradeshaawaj.com/?feed=rss2&p=16043 0 गाइको नब्याएकाे बाछीले आफै दूध दिन थाले पछी कृषक अचम्मित https://pradeshaawaj.com/?p=15498&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2597%25e0%25a4%25be%25e0%25a4%2587%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%259b%25e0%25a5%2580%25e0%25a4%25b2%25e0%25a5%2587-%25e0%25a4%2586%25e0%25a4%25ab%25e0%25a5%2588-%25e0%25a4%25a6%25e0%25a5%2582%25e0%25a4%25a7-%25e0%25a4%25a6%25e0%25a4%25bf%25e0%25a4%25a8-%25e0%25a4%25a5 https://pradeshaawaj.com/?p=15498#respond Thu, 06 May 2021 14:09:21 +0000 https://pradeshaawaj.com/?p=15498 गाेबिन्द ल्वागुन  चुलाचुली । इलामको चुलाचुली गाउपालिका १ कमलमा  दुई बर्षे गाइको बाछीले नब्याइ दूध दिदै आएको पाइएको छ ।

स्थानिय कृषक सन्तोष ओझाको गोठमा पालेको जर्षी जातको गाइको बाछीले आफै दूध दिन थालेको हो । कृषक ओझाका अनुसार उक्त बाछीले १५ दिन अघिबाट अचानक दूध चुहिन थालेपछी आफू आस्चर्यमा परेको र दुध दुहुदा आधा लिटर आएको बताए ।अहिले भने दैनिक साझ बिहान गरेर ३ लिटर दूध आउदै गरेको कृषक ओझाको भनाइ छ ।

बाछीको पहिलो दुध बिगौती नभइ अन्य गाइको सरह  दूध आएको र दूध डेरिमा लागि चेकजाच गर्दा सामान्य रिपोर्ट आए पछि उक्त दूध घरमा खपत हुँदै आएको बताइएको छ ।अहिले उक्त बाछीलाइ हेर्न छिमेकी तथा नजिकैको गाउँ शहर बाट हेर्न आउने मानिसहरुको घुइचो लाग्ने गरेको कृषक ओझाको दाजु गंगा ओझाले जानकारी दिएका छ्न्।

कृषक ओझा बैदेशिक रोजगारीको सिलसिलामा ४ बर्ष मलेसियामा श्रम गरि फर्केका हुन । अहिले कोरोना संक्रमणले विश्व आक्रन्त बनेको बेला गाउमानै केही गर्नु पर्छ भनी स्वदेश फर्केका ओझा अहिले गाउमा कृषि फर्म दर्ता गरि गाइ, भैंसी ,बाख्रा,कुखुरा पालन गर्नुका साथै विभिन्न जातको फलफुल लागएर कृषि कर्ममा लागेका छन  ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15498 0
कृषि अनुदान कहाँ जान्छ, खोइ अर्ग्यानिक तरकारी ? https://pradeshaawaj.com/?p=13523&utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2595%25e0%25a5%2583%25e0%25a4%25b7%25e0%25a4%25bf-%25e0%25a4%2585%25e0%25a4%25a8%25e0%25a5%2581%25e0%25a4%25a6%25e0%25a4%25be%25e0%25a4%25a8-%25e0%25a4%2595%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%2581-%25e0%25a4%259c%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%259b-%25e0%25a4%2596%25e0%25a5%258b https://pradeshaawaj.com/?p=13523#respond Fri, 28 Aug 2020 02:15:30 +0000 https://pradeshaawaj.com/?p=13523 दमक । झापाको दमकमा यसै साता नगरपालिकाले एउटा सर्वपक्षीय समितिको छलफल आयोजना गर्यो ।

गत शनिबार नगरपालिकाको सभाकक्षमा कोरोना सङ्क्रमण र घोषणा गरिएको लकडाउनका विषयमा छलफल गर्न बोलाइएको छलफलमा निर्वाचित जनप्रतिनिधि देखि स्थानीय राजनीतिक र सामाजिक सस्थाका प्रतिनिधि एवम भद्र भलादमीहरु सहभागी थिए । सहभागीहरुले सो विषयमा केन्द्रीत भएर आफ्ना कुराहरु राखे । सबैको ध्यान कोरोनाका कारण गर्नुपरेको लकडाउन र यसले पारेको प्रभावमा केन्द्रित भएको देखिन्थ्यो ।

यस्तै सहभागि मध्यका एक थिए राप्रपाका स्थानीय नेता राम थापा  उनले लकडाउनका समय र यो कोरोना सङ्क्रमणको विषम परिस्थितिमा स्थानीय कृषि उपज अर्ग्यानिक तरकारी उपलब्ध गराउने भुमिका कृषि सम्बन्धि सहकारी तथा राज्यबाट कृषि क्षेत्रमा अनुदान लिएका सस्थाहरुको हुनुपर्नेमा जोड दिए ।

उनले भने सरकारबाट अर्ग्यानिक उत्पादनका लागि अनुदान लिइरहेका सस्थाहरु कहाँ छन ? कहाँ कति उपलब्ध गराए ? कि त्यस्तो अनुदानको दुरुपयोग सदुपयोग के भयो ? खोइ स्थानीय सरकारले खोजी गरेको ?

दमकमा पनि लाख देखि कराेड बढी अनुदान लिने कृषि सहकारी र कृषिफर्महरू रहेका छन् । ति संस्थाले  साैलियत प्रदान गर्नु त कताहाे कता र्ग्यानिककाे नाममा  अाफु खुशि मुल्य राखेर बेच्ने गरेकाे पाइएकाे छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=13523 0