शिक्षा – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Sun, 12 Mar 2023 14:40:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg शिक्षा – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 दमककाे वेष्ट फेक्टरीले बार्षिकोत्सवमा गर्याे सामाजिक कार्य, सुरू गर्याे सौना बाथ https://pradeshaawaj.com/?p=19236 https://pradeshaawaj.com/?p=19236#respond Sun, 12 Mar 2023 14:40:06 +0000 https://pradeshaawaj.com/?p=19236

फागुन । दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आइतवार विभिन्न कार्यक्रम गरि आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा मनाईएको वेष्ट फेक्टरीका मेनेजिङ्ग डाइरेक्टर बिशाल पौडेलले बताए ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा आयोजित बार्षिकोत्सवमा विभिन्न क्षेत्रका चार जना अग्रजलाई आजीवन सदस्यता वितरण गर्नुका साथै शारीरिक अभ्यासका लागि उपयोगी सौना वाथ सेवा विस्तारको उद्घाटन गरिएको थियो । व्यामशालामा शारीरिक अभ्यासका लागि ती प्रविधि जडान गरि सञ्चालनमा ल्याइएको हो ।

त्यस अवसरमा वेष्ट फेक्टरीले दमक नगर प्रमख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र ब्राण्ड एम्बेसडर विकास लिम्बूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले स्वस्थ्य शरीरका लागि यस्ता व्यामशाला उपयोगी हुने भएकाले समाजमा अझै चेतनाको खाँचो रहेको औल्याएका थिए । कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले स्वस्थ्य जीवनयापनमा यस्ता व्यामशालाको भूमिका माथि चर्चा गरेका थिए ।

दमकका युवाहरु विनोद भट्टराई, विपीन सुवेदी, सुमन गौतम र विशाल पौडेलले दुइ दिन अघि उक्त व्यामशाला सञ्चालनमा ल्याएका हुन् । दमकका अन्य व्यामशाला भन्दा फरक किसिमको विषेशता युक्त यस व्यामशालामा दैनिक चार बढी महिला र पुरुष युवाहरुले शारीरिक अध्यास गरिआएको सञ्चालक विनोद भट्टराईले बताए ।

उनका अनुसार वेष्ट फेक्टरीले अव दमकमा व्यवस्थित एउटा फूटसल स्थापना गर्ने तयारी तीव्र पारेको छ । बेला बेला  वडीविल्डीङ्गका कार्यक्रम गर्दै अाएकाे व्यामशालाले त्यस किसिमको प्रतियोगिता लाइ निरन्तरता दिने जनाएकाे छ । त्यस कार्यक्रममा सहभागि अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर खुसीयाली मनाउनुका साथै  बार्षिकोत्सवकै अवसरमा व्यामशालाले अाफ्नाे सामाजिक उतरदायित्व अन्तरगर्त हाम्राे बाल अाश्रममा सहयाेग पनि गरेकाे थियाे ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19236 0
बालसेवा आधरभुत विद्यालयका बिध्यार्थी दीक्षित https://pradeshaawaj.com/?p=19231 https://pradeshaawaj.com/?p=19231#respond Fri, 10 Mar 2023 17:59:36 +0000 https://pradeshaawaj.com/?p=19231

झापा / झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभुत विद्यालयको २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न ।आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो ।

विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । उनले भने–सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख कार्कीले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दिक्षीत बिद्यार्थीहरु मर्यदित भएर लाग्न अनुरोध गरिन । उनले भनिन नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताउदै आगमी बजेट्मा स्काउट्को लागि पनि नगरको तर्फबाट आर्थिक सहयोग गर्ने आस्वशन दिइन ।

२००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको शिवसताक्षी स्काउट सम्योजक डिगम पराजुलीले जानकारी दिए । उनले भने नगरपालीकाले स्काउट गतिबिधी सन्चालन गर्न बजेट बिनियोजन गर्न अग्रह गरे ।

उक्त बिधयलयका स्काउट सम्रक्षक तथा प्र अ बेनु प्रसाद कार्कीले बताए अनुसार स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदै लैजाने बताए । उनले स्काउट मार्फत राष्ट्रिय दल ,धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शैक्षिक आन्दोलन गर्ने शक्ति भएको बताए ।

कार्यक्रममा झिलझिले माध्यमिक बिधयलयका बिध्यल्य ब्यबस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गना,बालसेवा आ बि का सल्लाहकार सम्योजक जीतेन्द्रराज चेम्जोङ्ग, उक्त बिध्यलयका बिध्यलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन लगयतले शुभकामना मन्तव्य बोल्नु भएको थियो। स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, वाडा सदस्य पुजा नेपाली,इन्दिरा श्रेष्ठ बिधयलयका बि ब्य स सदस्री प्रेम रोक्का लगयत सरोकारवाला ब्यक्ति शिक्षक ,बिध्यर्थीहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन स्काउट शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

२०३०सालमा स्थापना भएको यश बिध्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेज़ी माध्यमबाट पठन पाठन भैइ रहेको छ भने नगरले नमुना बिध्यालयको रुपमा सुचिकृत गरेको जनाइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19231 0
विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ https://pradeshaawaj.com/?p=19187 https://pradeshaawaj.com/?p=19187#respond Fri, 17 Feb 2023 04:25:16 +0000 https://pradeshaawaj.com/?p=19187

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उहाँले विद्यार्थीले राम्रोसँग नेपालमा पढ्ने र रोजगारी पनि नेपालमै सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अभिभावकले धेरै मेहनत गरेर आफ्नो छोराछोरीलाई पढाउँछन्, रोजगारीका लागि ती छोराछोरी विदेश जान्छन्”, उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीलाई सरकारले नेपालमा रोजगारीको सिर्जना गर्ने विषयमा ध्यान दिनुपर्छ ।” कलाकार श्रेष्ठले आफूहरूले पढ्दा अहिलेजस्तो अत्याधुनिक सूचना प्रविधिको विकास भइनसकेको र शिक्षकले बढी पिट्ने प्रचलन हुँदा धेरै विद्यार्थीले विद्यालय छाड्ने गरेको स्मरणसमेत गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर पौडेलले विद्यालयको समग्र शैक्षिक उन्नतिका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा विद्यार्थीले गीत, नृत्य, कराते, नाटक आदि प्रस्तुत गरेका थिए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19187 0
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि https://pradeshaawaj.com/?p=18296 https://pradeshaawaj.com/?p=18296#respond Sun, 03 Jul 2022 15:28:35 +0000 https://pradeshaawaj.com/?p=18296

काठमाडौं । देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार १ सय २० जनाकाे परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18296 0
भायानेटका ग्राहकले मिदासइ-क्लास निःशुल्कचलाउन पाउने https://pradeshaawaj.com/?p=17837 https://pradeshaawaj.com/?p=17837#respond Tue, 12 Apr 2022 00:10:17 +0000 https://pradeshaawaj.com/?p=17837

काठमाडौं, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकभायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवात कर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदासइ-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन्।

नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकार द्वारा प्रमाणितपाठ्यक्रम रहेको मिदासइ-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ।विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रमहरुरहेको यो सेवाले अनलाइन सिकाई लाइ अझ सहज र रमाइलो बनाउँछ। मिदासइ-क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस.इ.इनजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई  योसहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ।

भायनेटले वैशाख २०७९ सम्म आफ्नो ग्राहकलाईमिदास इ-क्लासएक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदासइ-क्लास दाबि गर्नुपर्नेछ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायनेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17837 0
दमक गोल्डकपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन माग https://pradeshaawaj.com/?p=17605 https://pradeshaawaj.com/?p=17605#respond Tue, 15 Mar 2022 04:48:50 +0000 https://pradeshaawaj.com/?p=17605

दमक / अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन दमक नगर नगर कमिटिले दमक गेल्डकपको प्रवेश शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरेका छन् ।

दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चम्लागाँइलाई दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु दमक नगर कमिटिका अध्यक्ष तपस दुलालले भने  अनेरास्ववियुले विद्यार्थीले  धेरै पैसा कमाउने र खर्च गर्न सक्ने अवस्था नभएकाे कारण विद्यार्थीका  हकहितमा हामी बोल्दै र काम गर्दै आएका छौं, हाम्रै दमकमा यस्तो विशेष र भव्य कार्यक्रममा विद्यार्थीलाई जोड्न आवश्यक छ ।  त्यसका लागि विद्यार्थीलाई उत्साहित बनाउन पनि हामीले प्रवेश शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउन माग गरेका छाै l

ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष चम्लागाँईले विद्यार्थीको सवाल छुट  माग उचित भएकोले  खेल आयोजक समितिले विषयमा छलफल गरी जानकारी दिने बताए ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17605 0
सरकारको निर्णय : २०७९ काे शैक्षिक सत्र वैशाखदेखि, पठनपाठन भने जेठ १ बाट https://pradeshaawaj.com/?p=17404 https://pradeshaawaj.com/?p=17404#respond Wed, 16 Feb 2022 12:41:58 +0000 https://pradeshaawaj.com/?p=17404

काठमाडौं । सरकारले २०७९ को नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ ।

बुधबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले नयाँ शैक्षिक सत्र वैशाखदेखि र पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।

‘शैक्षिक सत्र वैशाखदेखि नै सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, पढाइ भने जेठदेखि मात्र हुने गरी निर्णय भएको छ ।’

निर्णयसँगै अब विद्यालयहरूले चैतसम्म बाँकी रहेको कोर्स पूरा गर्नुपर्ने र वैशाखमा परीक्षा गरााइ नतिजा प्रकाशित गर्नुपर्ने  प्रेस संयोजक खड्काले बताए ।

उनका अनुसार वैशाख महिनाभित्र नतिजा प्रकाशित गरेर विद्यालयहरूले जेठ १ गतेदेखि पठनपाठन थाल्नुपर्नेछ । आगामी शैक्षिक वर्ष चैतसम्म कायम उनको भनाइ छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17404 0
दमकमा कार्यरत कार्की सर्वोत्कृष्ट प्रहरी घोषीत https://pradeshaawaj.com/?p=16949 https://pradeshaawaj.com/?p=16949#respond Mon, 22 Nov 2021 16:09:32 +0000 https://pradeshaawaj.com/?p=16949

बिराटनगर / ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्नुका साथै जिल्ला झापा, गौरादह नगरपालिका वडा नं.५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँ मिती २०७८/०७/११ गते विहान ११:०० वजे देखी हराएको भनि परेको निवेदनका आधारमा निजको खोज तलास गर्ने क्रममा निजलाई कर्तब्य गरी मारी सोही नगरपालिका वडा नं.५ स्थित महमद सद्दामको घर देखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मिति २०७८/०७/२६ गते निजको मृतक लाश फेला पारी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई २०७८ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर जनाएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16949 0
मिर्गौला पीडित बालकको उपचारमा नेता राईको सहयोग https://pradeshaawaj.com/?p=16918 https://pradeshaawaj.com/?p=16918#respond Wed, 17 Nov 2021 02:31:58 +0000 https://pradeshaawaj.com/?p=16918

दमक/ झापाको कमल गाउँपालिका वडा नं २ का मिर्गौला पीडित ६ बर्षिय एक बालकको थप उपचारका लागि कमल गाउँपालिकाको अध्यक्षका प्रत्यासी तथा सामाजिक व्यक्तित्व हुकुमसिंह राईले नगद १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । मानबहादुरका बुबा गोविन्द र आमा दुग भण्डारीलाई सो नगद सहयोग हस्तान्तरण गरेका हुन ।

करिब ३ महिनादेखि मिर्गौला सम्बन्धि समस्याका कारण उपचाररत ६ बर्षिय बालक मान बहादुर भण्डारीको उपचारका लागि मंगलबार राईले घरमै पुगेर सो सहयोग रकम परिवारलाई हस्तान्तरण गरेका हुन् । राईले केही समय अघि आफू अकस्मात भण्डारीको घरमा पुग्दा सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्किएको स्मरण गर्दै व्यक्तिगत रुपमा स्वैच्छिक रुपले सो सहयोग गरेको उल्लेख गरे । उनले आर्थिक र पहुँचको अभावमा कसैले पनि बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित हुन नहुने पनि बताए । शारिरिक रुपमा कमजोर रहेका भण्डारी दम्पतीले उपचाररत छोराको स्वास्थ्योपचारमा प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला नेता समेत रहेका राईले हरेक नागरिकले राज्यबाट पाउने स्वास्थ्य उपचार सेवाको पहुँच र उपलव्ता सहज बनाउन स्थानीय सरकारको भुमिका प्रभावकारी हुनुपर्ने बताए । उपचाररत ति बालकको स्वास्थ्यमा अहिले क्रमिक सुधार आइरहेको भएपनि पोषणयुक्त खानेकुरा र नियमित औषधि सेवन गर्न चिकित्सकहरुको सुझाव रहेकाले छ भण्डारी परिवारले सहयोगको याचना गर्दै आएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16918 0
रोटर्याक्ट क्लबको “मेरो महिनावारी” कार्यक्रम सम्पन्न https://pradeshaawaj.com/?p=16838 https://pradeshaawaj.com/?p=16838#respond Thu, 30 Sep 2021 01:02:26 +0000 https://pradeshaawaj.com/?p=16838

दमक / रोटर्याक्ट क्लब अफ दमकको आयोजना र आशा प्रोजेक्टको सहकार्यमा “मेरो महिनावारी” कार्यक्रम दमक ३ को ताराबारी डिपु चोकमा रोटर्याक्ट दमककी अध्यक्ष रोटर्याक्टर सपना कन्दङ्गवा को अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आमा तथा किशोरीहरु लाई पुन: प्रयोग गर्ने प्याड बनाउने तालिम दिई उक्त प्याड बितरण गरिएको छ। पहिलो चरण मा सोही स्थानमा महिनावारी र यस्का अन्य सम्पुर्ण विषयका बारेमा जानकारी दिईएको थियो भने दोस्रो चरणमा भने सोही सहभागीहरु साथसाथै रोटर्याक्ट दमकका सदस्यहरुलाई सहित गरि ३० जना किशोरी तथा आमाहरुलाई पुनः प्रयोग हुने प्याड बनाउन योग्य बनाईयो, सहभागीहरुलाई तालिम दिई सहजकर्ता को भुमिका निर्वाह धरानकी पुष्पा कट्वालले  गरेकी थिइन् ।

अबका दिनहरुमा बजारमा पाईने अन्य प्याडहरु भन्दा यस्तै प्याडहरु नै प्रयोग गर्ने किशोरिहरुको भनाई थियो भने आमाहरु ” बुढेसकाल मा भएपनी सिक्न पाईयो” भन्दै खुसी ब्यक्त गरेका छन् ।

हामिले पहिलो पटक कार्यक्रम गर्दै दोस्रो चरण गर्ने बाचा गरेका थियौ र यहाँ का सम्पुर्ण आमा तथा दिदिबहिनीहरुलाई पुन: प्रयोग हुने प्याड बनाउन योग्य बनाउने हाम्रो उदेश्य पूरा भएको कार्यक्रमकी संयोजक सबिता लिम्बूले बताइन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16838 0
test