कला/साहित्य – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Tue, 26 Sep 2023 06:23:34 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg कला/साहित्य – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 युकेको स्कट्ल्याण्डमा जीवन शर्मा एकल साझ हुने https://pradeshaawaj.com/?p=20592 https://pradeshaawaj.com/?p=20592#respond Tue, 26 Sep 2023 06:23:34 +0000 https://pradeshaawaj.com/?p=20592

लण्डन । युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा चर्चित जनगायक जीवन शर्माको सम्मानार्थ जीवन शर्मा एकल साझ हुने भएको छ ।

गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद (NRNA,)नेपाल स्कट्ल्याण्ड एसोसिएसन ( NSA) , नेपाली फाइफ कम्युनिटी (NFC) , नेपाल स्कट क्लव (Nepal Scot Club) ,ग्लास्गो नेपाली एसोसिएसन (GNA) र मालिका नौमति बाजा समुह (Malika Naumati Baja Samuha ) को संयुक्त आयोजना तथा समाजसेवी तथा स्कट क्लबका अध्यक्ष श्री धन के सी को संयोजकत्वमा हुन लागेको यो कार्यक्रम अक्टोवर ९ तारिक सोमवारको दिन बेलुकी ५ बजे देखी रात्री १० बजेसम्म Good Companions
2-4 Oxgans Bank, Edinburgh, EH13 9JT मा सन्चालन हुने NRNA UK का पुर्व सचीव तथा समाजसेवी श्री तारानाथ भण्डारीले जानकारी दिए ।

नेपालको जन आन्दोलन र नेपाललाइ प्रजातान्त्रिक प्रणाणीमा विकसित गर्नुपर्छ र मजदुर किसान देखी थिचोमिचोमा परेका आम जनसमुदाय सक्रियताका साथ एकजुट भै अघि बढ्नुपर्छ भन्ने सचेतना सहित हरेक तह र तप्कामा रहेका आम नागरिकहरुलाइ आफ्नो अधिकार आफै ल्याउन को लागी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेका जीवन शर्माका गीतहरुले नेपालको जनाअन्दोलन सफल बनाउन महत्वपुर्ण योगदान गरेको थियो।

जीवन शर्माका गीतहरुको प्रभावले कैयन युवाहरु जनयुद्धमा होमिए, कैयन अभियन्ताहरु प्रधानमन्त्री र मन्त्रीहरु बने,कतिले देशको परिवर्तनको लागी आफ्नो ज्यानको आहुती दिए त कैयन युवाहरु देशमा भएको धरपकड र जोखिम सहन नसकि बिदेशिन बाध्य भए । हो तिनै बिदेशिन बाध्य भएका युवाहरुको जमात जस्ले सवैभन्दा पहिला आफ्नो देशलाइ पहिलो दर्जामा राख्छ।त्यही पुस्ताले जीवन शर्माले देश र जनता प्रति सद्भाव र सम्मानका साथ अफ्नो कला र लेखनबाट शुशोचित गरेको र योगदान दिएको त्यो कठिन समयलाइ आदर गर्दै अनि वहाको आजसम्मको सादगीपन र सादा जीवन उच्च बिचारको हृदयङ्गम गर्दै शर्माको सम्मान गर्न यो कर्यक्रमको आयोजना गरिएको हो कार्यक्रमका सम्योजक श्री धन केसीले जानकारी दिए उनले जीवन शर्माको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन सबैसंग अनुरोध समेत गरेका छन् ।

देशको लागी आफ्नो जीवनकाल भर परिश्रम गरेका जनगायक जीवन शर्मालाइ यसरी सम्मान गरी कार्यक्रम गर्दा विश्वभरी छरिएर वसेका नेपालीहरुले देशलाइ अनेक कालख्ण्ड मा योगदान पुर्याएका बिभुतीहरुलाइ सामुहिक सम्मान गर्ने कार्यको थालनी हुने र सवैले अनुशरण गर्न बाटो खुल्ने आयोजकको अपेक्षा रहेको छ ।

स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी भएर सफल पार्नुहुन स्कटल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली भाषीहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20592 0
जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन, पुरस्कारको राशी बृद्धि, नयाँ विधा थप https://pradeshaawaj.com/?p=18452 https://pradeshaawaj.com/?p=18452#respond Wed, 07 Sep 2022 16:32:19 +0000 https://pradeshaawaj.com/?p=18452

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशी समेत बृद्धि गरेको छ ।

संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाई र सचिव राजेन्द्र संग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा रेजिना गौतम सदस्य रहेको समिति गठन गरेको छ । पत्रकारिता पुरस्कार छनौट समितिमा संयोजकले एकजना सदस्य थप गर्नसक्ने संस्थाका अध्यक्ष प्रसाईले जानकारी दिए ।

त्यसैगरी यसअघि प्रदान गर्दै आएको विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा पुरस्कारको नाम परिवर्तन गर्दै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार नामाकरण गरेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

त्यसैगरी संस्थाले यसअघि वितरण हुँदै आएको पुरस्कारको राशीमा बृद्धि गरी तीनवटै पुरस्कारको राशी समान २५ हजार पुर्याएको छ । यसअघि पुरस्कारको राशी २१ हजार नगद र सम्मान पत्र रहेको थियो । स्थापनाको २० वर्ष पुग्दा संस्थाले कान्छो पुरस्कारका रुपमा नयाँ विधा थप गरेको छ । बैठकले फरक क्षमता भएका विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्ने लक्ष्यका साथ फरक क्षमताको विशेष प्रतिभा पुरस्कार को स्थापना गरेको हो । ११ हजार राशीको उक्त पुरस्कार यसैवर्षदेखि वितरण गरिने अध्यक्ष प्रसाईले बताए ।

२०५९ सालमा स्थापना भएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले स्थापनाकालमा बर्षोत्कृष्ट कृति पुरस्कारबाट पुरस्कार समर्पण शुरुसंगै त्यसयता वर्षेनी निरन्तरता पाउँदै आएको छ । साहित्य र छन्द संरक्षणका लागि क्रियाशील कोषले यो वर्षदेखि फरक क्षमता भएकाहरुका क्षेत्रमा पनि पुरस्कार थप गरेको हो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18452 0
८ औं दमक फुड फेस्टिबल आज बाट सुरू हुदै https://pradeshaawaj.com/?p=17814 https://pradeshaawaj.com/?p=17814#respond Wed, 06 Apr 2022 02:01:35 +0000 https://pradeshaawaj.com/?p=17814

दमक/होटल व्यवसायी संघ दमकले गर्दै आएको फुड फेस्टिबल आज बाट सुरू हुदैछ ।

संघले स्थानीय विभिन्न जातजाती विशेष परमपरागत तथा मौलिक खानेकुराहरुको संरक्षण गर्दै व्यवसायिक प्रवद्र्धनको मुख्य उद्धेश्य राखेर यो बर्ष पनि ८ औं फुड फेस्टिबलका रुपमा ७ दिन सम्म महोत्सव आयोजना गर्ने निधो गरेको हो ।

संघले  चैत्र २३ गतेदेखी २९ गते सम्म सञ्चालन गर्न लागिएको खाना महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बु, राई, नेवारी लगायतका जातजातीका भान्सामा पाक्ने परम्परागत खानेकुराहरुको अलग अलग स्टल राखिने महोत्सव आयोजना गर्ने समितिका संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

दमक ७ स्थित वडा कार्यालयसंगै आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातीको मौलिकता झल्काउने परम्परागत नाचसंगै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहनुका साथै महोत्सवका माध्यमबाट दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक दिपक फुयाँलले जनाए ।

करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने र फेस्टिवलमा २५ लाख बढिको आर्थिक करोबार गर्ने लक्ष्य राखिएको संयोजक फुयाँलले बताए । फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका संरक्षकका रुपमा रहने र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहने  जनाइएको छ ।

सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
फुड फेस्टिबलमा सांगितिक कार्यक्रमकाे लागि बनाइएकाे स्टेज
]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17814 0
सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढ्याे https://pradeshaawaj.com/?p=17802 https://pradeshaawaj.com/?p=17802#respond Thu, 31 Mar 2022 15:20:14 +0000 https://pradeshaawaj.com/?p=17802

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्ने माग गर्दै आएका थिए ।

सरकारले भाडा नबढाए आफैं बढाउने चेतावनी समेत दिंदै आएका थिए । रुटगत भाडादर भने आगामी आइतबार प्रकाशित गर्ने विभागले जनाएको छ ।  प्रतिशत भन्दा पनि रुटगत भाडादर कायम गरिने विभागले जनाएकाे छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17802 0
राजेश हमालले गाए गीत, सार्वजनिक भयाे ‘मन बुढो भएन’ https://pradeshaawaj.com/?p=16896 https://pradeshaawaj.com/?p=16896#respond Tue, 09 Nov 2021 08:17:24 +0000 https://pradeshaawaj.com/?p=16896

चैतन्य बराल ✍    काठमाडौं । अभिनेता राजेश हमाल आफैँले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैँले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बुढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैँले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए । आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको स्मरण गर्दै उनले गायक बनाउन सहयोग गरेकोमा गीतकार शर्मा र निर्देशक पाण्डेलाई धन्यवाद दिए ।

हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु भाग्यको विषय भएको प्रतिक्रिया दिइन् । उनले अवसरका लागि निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिइन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16896 0
रोट्याक्ट क्लब अफ दमकले तेस्रो लिङ्गीको मुद्दामा रहेर नाटक बनाउदै https://pradeshaawaj.com/?p=16835 https://pradeshaawaj.com/?p=16835#respond Tue, 28 Sep 2021 11:21:30 +0000 https://pradeshaawaj.com/?p=16835

झापा,दमक दमकमा रहेर परोपकार समाजसेवा नेतृत्वविकास भातृत्व बिकास पर्यावरण संरक्षण शैक्षिक बिकास तथा अन्य सेवा मुलक कार्य गर्दै आइरहेको रोट्याक्ट क्लब अफ दमकले यो वर्ष फरक फरक मुद्दा तथा विषयमा रहेर काम गरिरहेको छ । आफ्नो वार्षिक योजना अनुसार क्लबले तेस्रो लिङ्गीहरुको आवाजलाई नाटक मार्फत उठाउन लागेको छ ।

कदम थिएटरको प्राविधिक सहयोगमा नाटक यहि असोज २१ देखि २६ गते सम्म सन्चालन गरिने अध्यक्ष सपना लिम्बुले जानकारी दिनु भएको छ ।२०५० सालको वरिपरिको समय र तत्कालीन अवस्थामा तेस्रो लिङ्गीहरुले समाजमा भोगेका समस्याहरुलाइ नाटकमा प्रस्तुत हुनेछ ।

प्रकाश अधिकारीको कथा तथा लेखन रहेको प्रस्तुत नाटकलाई सागर खातिले निर्देशन गर्दैछन्।प्रस्तुत नाटकका लागि कदम थिएटर चुलाचुली रङ्गमन्च र धुलाबारीका विभिन्न कलाकारले अभिनय गर्दैहुनुहुन्छ ।दमक नगरपालिका ,बुक बस ,लिड नेपाल र दमक उद्योग वाणिज्य सघको सहयोगमा नाटक निर्माण गरिएको आयोजकले जानकारी गराएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16835 0
मारुनी’ चलचित्र युट्युबमा (भिडियो) https://pradeshaawaj.com/?p=14969 https://pradeshaawaj.com/?p=14969#respond Sun, 14 Mar 2021 08:41:15 +0000 https://pradeshaawaj.com/?p=14969

काठमाडौं । दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘मारुनी’ युट्युबमा सार्वजनिक गरिएको छ ।

गतवर्ष भदौमा प्रदर्शनमा आएको चलचित्रलाई बुढासुब्बा डिजिटलले बिहीबार युट्युबमा सार्वजनिक गरेको हो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको मारुनीलाई युट्युबमा पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=14969 0
सरकार भेटियाे, न्याय भेटियेन https://pradeshaawaj.com/?p=13399 https://pradeshaawaj.com/?p=13399#respond Wed, 19 Aug 2020 09:05:16 +0000 https://pradeshaawaj.com/?p=13399

न्यायालय भेटियाे , न्याय भेटियेन
श्रीमान् भेटिये , मान भेटियेनन
सम्मान भेटियाे , समानान्तर भेटियेन

आमा , बुवा , दिदिभाइ तथा दाजु बहिनि
याहा कालोपाटिमा इतिहास लेखियो
र डस्टरले मेटियाे ,
घुम्दै फिर्दै सत्यको आग्रह गर्दै
सारङि रेटियाे
आवाज भेटियाे , सत्य भेटियाे
सत्याग्रही भेटियाे ,
सरकार भेटियाे ,
न्याय भेटियेन ।

सरकार भेटियाे , न्याय भेटियेन
न्यायालय भेटियाे , न्याय भेटियेन
श्रीमान् भेटिये , मान भेटियेनन
सम्मान भेटियाे , समानान्तर भेटियेन ।।

✍सुलभ राज, दमक झापा

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=13399 0
म चेपाङ हुँ चेपाङ https://pradeshaawaj.com/?p=12990 https://pradeshaawaj.com/?p=12990#respond Sun, 26 Jul 2020 15:07:37 +0000 https://pradeshaawaj.com/?p=12990

म चेपाङ हुँ चेपाङ
म यो झुप्रोमा बस्न सक्दिनँ
जलाईदेऊ
म कुद्न सक्दिनँ
हात्ती लाएर लखेट
म बोल्न सक्दिन
मुखमा पट्टी बाँध
र जंगलमा लगेर कुट
यी पानी, झरी, बर्षा र बढी
मेरै लागि हुन्
यही भेलसँगै बगेर जान मन छ मलाई
म अनागरिक,
मसँग पासपोर्ट भिषा छँदै छैन्
यही नारायणीको उछालसँगै बग्छु
र ठोरी पार हुन्छु
मलाई यहाँ बस्न
एकरती मन छैन्
दिन र रात त मेरो थिएन
आगो र पानी त मेरो भयो नि
म चेपाङ हुँ चेपाङ ।

✍बुलु मुकारुङ, ११ साउन ०७७

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=12990 0
दमककाे हिमालय माबिमा चलचित्र नालापानीको निर्माण टाेली, दमकमा बिषेश प्रर्दशन हुदै https://pradeshaawaj.com/?p=10198 https://pradeshaawaj.com/?p=10198#respond Mon, 10 Feb 2020 15:50:25 +0000 https://pradeshaawaj.com/?p=10198

दमक, माघ २७ /  चलचित्र ‘नालापानी’ को अफिसियल ट्रेलर सार्बजानिक भए सगै यसकाे चर्चा चुलिएकाे छ ।

चारैतिर चर्चा चलिरहेकाे बेला चलचित्र निर्माणकाे टाेली भने  यतिबेला झापाकाे दमकमा बिषेश प्रर्दशन लागि अाएकाे छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढमा भएको अङ्ग्रेज र नेपालको युद्धमा नेपालको रक्षाको लागि  वीर बलभद्र कुँवरकाे कप्तानीमा लडेको ऐतिहासिक लडाइँ ‘नालापानी’ काे कथालाइ  दमकका बिभिन्न बिध्यालयका बिध्यार्थिलाइ चलचित्र देखाउन लागिएकाे छ ।

यसैकाे प्रचारका लागि चलचित्र निर्माणकाे टाेली निर्देशक रिमेश अधिकारी, नायिका पुजना प्रधान, चलचित्र बितरक केदार पराजुली,नेपाल चलचित्र संघको पुर्वाञ्चल अध्यक्ष चैतन्य बराल, लगायतकाे टाेली दमकमा हिमालय माबि पुगेकाे थियाे ।

  बिध्यार्थि सगंकाे भेटघाट कार्यक्रममा बाेल्दै  नायिका तथा निर्माता समेत रहेकी पुजना प्रधानले कक्षा ४ देखि सामाजिक शिक्षामा पढ्रदै गरेकाे  नालापानी काे इतिहासलाइ चलचित्रकाे माध्यम बाट बुझ्न सहज हुने भएकाले  बिध्याथीमाझ प्रर्दशन गर्न लागिएकाे  बताइन् ।

नालापनी लडाइलाई नेपाली फौजीहरुले कसरी सफल बनाए तथा लडाई सफल बनाउन वीर बलभद्र कुवँरको कस्तो भूमिका रहेको थियो लगायतका पक्षलाई चलचित्रले समेटेको छ ।

मनोज शाक्यले निर्माण गरेको चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन भने रिमेश अधिकारीले निर्देशन गरेका छन् । चलचित्रको कथावस्तु कृष्ण आचार्य र रिमेश अधिकारीले लेखेका हुन ।

नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द रहेको छ । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही,सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान लगायत अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=kNssnlTkXyo

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=10198 0
test