विचार – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Tue, 08 Mar 2022 13:35:55 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg विचार – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 महिला सशक्तीकरण र उद्यमशिलतामा सहकारीको भूमिका https://pradeshaawaj.com/?p=17510 https://pradeshaawaj.com/?p=17510#respond Tue, 08 Mar 2022 13:11:56 +0000 https://pradeshaawaj.com/?p=17510

नेपाली समाजमा महिला पुरुष एक रथका दुई पा भन्ने उक्ति परापूर्वकालदेखि नै मनन गर्दै आए पनि हाम्रो आर्थिक सामाजिक र सांस्कृतिक जज्जीरहरूले त्यो उक्ति लाई व्यावहारिक रुपान्तरण गर्न अझै संघर्ष गरी राख्नु परेको छ। धर्म-कर्म पाप-पुन्य, स्वर्ग-नर्क जस्ता कथित धार्मिक शिक्षा र त्यसबाट विकसित मनोविज्ञानबाट परापूर्वकालदेखि नै महिलाप्रति हेर्ने र गर्ने व्यवहार पूर्ण विभेदकारी थियो ।

नेपालको राजनीतिक संस्कारले पनि सो कुरालाई चिन सकेको थिएन। २००७ सालको राजनीतिक परिवर्तनपछि महिलाप्रति समाज केहो उदार देखिए पनि व्यावहारिक बन्न सकेन । यो क्रम २०४७ सालको राजनीतिक परिवर्तनको अवधिसम्म कायमै रहन गयो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) ले सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भन्ने व्यवस्था गरी लिङ्ग अथवा कुनै पनि आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम- मानिएको छ। कारबाहीलाई पूर्णतः निषेध गरेको छ भन्ने उल्लेख भएसँगै महिला-पुरुष समविकासको अवधारणाले संविधानमा ने मूर्त रूप लिएको थियो। त्यसपछि खुलेका संघ-संस्था तथा सहकारीहरुले कुनै न कुनै रुपमा महिलाको सहभागितालाई स्थान दिँदै २०७२ को नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार र हाल स्थानीयदेखि संघीय सरकारसम्म महिलाहरुको सहभागितालाई हेर्दा दक्षिण एसियामा नै महिलाको स्थानलाई उच्चस्तरमा सम्मान गरेको अनुभूत भइरहेको छ । संवैधानिक बाध्यात्मक कारणले गर्दा अहिले । संघीय संसदमा महिलाको सहभागिता ३३ प्रतिशत छ । त्यसैगरी स्थानीय तहमा २७ प्रतिशत महिलाहरु निर्वाचित भएका छन् भने वर्तमान मन्त्री परिषदमा १९ प्रतिशत महिलाहरु पुगेका छन्।

परिवार, समुदाय हुँदै देश विकासको सन्दर्भमा रथका दुवै पाङ्ग्रा समानान्तर रुपमा अघि बढ्नु अपरिहार्य रहन्छ। जुन देशमा पुरुषसरह महिलाहरुको पनि सहभागिताले स्थान पाएको छ, निश्चित रूपमै ती देशहरुको आर्थिक तथा सामाजिक विकास राम्रो भएको छ । विश्वका विकसित मुलुकहरूमा महिलाको भूमिका पुरुषको सरह स्वीकार गरेको पाइन्छ। अथवा महिला पुरुष समान गतिमा अगाडि बढिरहेका हुन्छन् । नेपाल लगायत विश्वका धेरैजसो विकासशील देशहरूमा महिलाहरूको अवस्था कमजोर मानिएको छ।

महिलाको सर्वाङ्गीण विकासमा सहकारीको भूमिका

पछिल्लो समयमा प्रविधिको उच्च विकाससँगै सबै तह तप्काका नागरिकहरु सु-सूचित हुने अवसर प्राप्त भएको छ । नेपाल जस्तो कम-विकसित देशमा समेत विकासोन्मुख र विकसित देशहरुको प्रभाव बढ्दै गएको छ। फलस्वरूप महिला सशक्तीकरणसँग सबन्धित रहेर धेरै
प्रकारका सरकारी, गैर-सरकारी, पेशागत संघ-संस्थाहरु स्थापना भएका छन् । यस्ता संघ-संस्थाहरु महिलाहरुको कुनै एक पक्षको विकासमा काम गर्ने विशिष्ट उद्देश्यहरु • राखेर काम गरिरहेका छन् । संस्थाको उद्देश्यअनुसार महिला अधिकार, तालिम, शिक्षा, न्यायजस्ता विषयहरुमा कार्य गरिरहे तापनि महिलाको सर्वाङ्गिण विकासमा भूमिका खेल्ने संस्थाको रुपमा सहकारी संस्थालाई लिन सकिन्छ । सहकारी संस्थाहरुले महिलाको आर्थिक, सामाजिक तथा मानवीय एवम् चौतर्फी विकासमा बहुमूल्य योगदान पुयाएको भन्न सकिन्छ।

सहकारीको अवधारणा नै समूहमा काम गर्ने भन्ने जनाउँछ। शिक्षा र प्रविधिको विकाससँगै आम नागरिकको जीवन शैलीमा परिवर्तन आएको छ । गाउँमा मात्र नभएर सहरी क्षेत्रमा समेत छरिएर रहेका स-साना रकम संकलन गरी ठुलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । यिनै समूहहरु आज सहकारीमा रुपान्तरण भएका हुन् भने अझै पनि थुप्रै महिला आमा, दिदीबहिनीहरुले अनौपचारिक रुपमा समूहहरु सञ्चालन गरिराखेको पाइन्छ । समूहको दायरा, लक्ष्य र प्रभाव बढ्दै गएपछि सरकारी ऐन कानुनअनुसार सम्बन्धित निकायमा दर्ता भई स्थापित संस्थाहरुलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ। आमा समूह, दिदी-बहिनी समूह, किशोरी समूह लगायतका अनेकौँ नाममा खुलेका हजारौंको संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ । महिलाहरुमा नेतृत्वको विकास भएको छ। सानो-सानो पुँजीको सदुपयोग मात्र भएको छैन, त्यसलाई लगानीको चक्रबाट ठुलो पुँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो • कार्यले रोजगारी, नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य, सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् ।

महिला उद्यमशीलताको विकास हुनु भनेको देशको समृद्धिको अभियानमा सहयोग पुयाउनु हो । त्यसको गहनदायित्व राज्यको भए पनि सहकारी संस्थाहरुले राज्यको काममा सघाउ पुयाइराखेका छन् । सहकारी संस्थाका कारण महिलाहरुमा बचत गर्ने बानीको विकास मात्र नभएर रुचि अनुसारको ज्ञान, सीप र प्रविधि समेत हस्तान्तरण हुँदै आएको छ । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको पहिचान गर्दै स्थान विशेषका पेशा व्यवसाय सञ्चालन गर्न सहकारी संस्थाहरुले पुलको काम गरिदिनाले महिला आर्थिक रुपमा सबल र सामाजिक रुपमा सशक्त बन्दै गएका उदाहारणहरु छन् । पुरुषसरह महिलाहरुले अपनाएका पेशा व्यवसायबाट पनि पर्याप्त उदाहरण पेश गर्न सकिन्छ । व्यवसायले अन्ततः नाफा प्राप्त गरी आर्थिक रूपले सबल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ। थोरै लगानीमा स्वरोजगार बन्न सक्ने खालका व्यवसायहरु तितौरा, आलुचिप्स, सेनेटरी प्याड, दालमोठ, मैनबत्ती, साबुन, सिलाइबुनाइलगायत सयौँ प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पुऱ्याएको छ । त्यति मात्र होइन महिलाले सञ्चालन गरेका संघ-संस्था पुरुषको दाँजोमा बढी उत्पादनमूलक, पारदर्शी र सफल भएका छन् । यसबाट के विश्वास गर्न सकिन्छ भने महिलाहरुले आर्थिक रुपमा मात्र नभएर सामाजिक पुँजी निर्माणमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् ।

झापाका सहकारीमा महिला सहभागिता

विश्वका धेरै मुलुकहरुले सहकारी क्षेत्रबाट आर्थिक योगदान पुऱ्याइरहेको सन्दर्भमा विश्व सहकारीको मूल्यमान्यता र सिद्धान्त अनुरुप सहकारी ऐन २०४८ जारी गरी सहकारीलाई विधिवत ढंगबाट अघि बढाउने कुराको थालनी भएको पाइन्छ। ऐन जारी भएपछि देशमा सहकारी गठन गर्ने तथा सहकारी अभियान सञ्चालन गर्ने विषयले गति लिएको देखिन्छ । नेपाल संघीय संरचनामा गइसकेपछि मात्र २६ वर्षपछि नयाँ सहकारी ऐन २०७४ ले सहकारी क्षेत्रलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्य राखेको छ। यस अवधिमा विषयगत सहकारी संघ संस्थाको संख्या,त्यसमा आबद्ध भएका सदस्यहरुको संख्या, त्यसले ओगटेको क्षेत्र, गर्ने कारोबार र पहुँच अकल्पनीय रुपले झाँगिएको पाइन्छ।

देशभरि कुल सहकारीको संख्या २९,८८६ रहेको छ। कुल २९,८८६ मध्ये संघीय सरकारमार्फत १२५ (०.४१%) वय सहकारी संघ संस्था रहेका छन्, भने प्रदेश सरकार अन्तर्गत ६,००२ (२०.०८%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी स्थानीय सरकार अन्तर्गत २३,७५९ (७९.४९%) सहकारी संघ संस्था रहेका छन् । त्यसैगरी सहकारी संघ संस्थामा आबद्ध कूल सदस्य संख्या ७३,०७,४६२ रहेको छ। नेपालको कूल जनसंख्या २,६४,९४,५०४ रहेको छ र कुल जनसंख्याको २८ प्रतिशत सहकारीमा आबद्ध रहेको छ । कुल सदस्य संख्यामध्ये महिला सदस्यको संख्या ४०,९२,३९५ र पुरुष सदस्यको संख्या ३२,१५,०६८ रहेको पाइएको छ । जसमा कुल सहकारी सदस्यहरुमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत देखिएको छ। यस तथ्यांकलाई हेर्दा समेत सहकारीमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको छ।

जिल्ला सहकारी संघ झापाको तथ्यांकअनुसार झापामा ९१४ वटा सहकारी संस्था दर्ता भएका छन् । सहकारीमा अहिले ३ लाख ९९ हजार ७७४ शेयर सदस्य रहेको जिल्ला सहकारी संघ झापाको तथ्यांकमा उल्लेख छ । जसमध्ये १३६ वटा सहकारी संस्था महिलाले मात्र सञ्चालन गरेका छन् । झापामा महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थामा १६ हजार ९९० जना शेयर सदस्य छन् भने सञ्चालक सदस्यका रुपमा मात्र पनि एक हजार ६० जनाभन्दा बढी महिला सक्रिय रहेका छन्। पछिल्लो समयमा सहकारीमा आबद्ध हुने संख्यालाई हेर्दा झापामा सञ्चालित सहकारी संस्थामा महिलाहरूको मात्रै संख्या एक लाख ८० हजारभन्दा बढी पुगिसकेको छ । सहकारीमा आबद्ध भई महिलाको आर्थिक सबलीकरणका केही उदाहरणहरु : १. सतासी महिला मौरीपालन सहकारी संस्थाकासदस्यहरुलाई तालिम प्रदान गरी हाल वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको छ । ५२३ सदस्यमध्ये १५० सदस्यले मौरी पालेका छन् । सबै सदस्यसँग गरी ३ हजार गोला मौरी छन् ।

२. महारानीझोडा साना किसान कृषि सहकारीमा एक हजार ९७९ जना महिला मात्रै सदस्य छन् । उक्त संस्थाले ४६ करोडको कारोबार गर्दै आएको छ।

३. मेची सहकारीमा ७ हजार २५० जना शेयर सदस्य

छन् । जसमा झण्डै ५५ प्रतिशत महिला शेयर सदस्यहरु रहेका छन् । झापा गौरादह नगरपालिकाका-५ को नमूना एकीकृत ४.

कृषि सहकारीमा आबद्ध महिला सदस्यले नमुना

अचार लघु उद्योग सञ्चालनमा ल्याएका छन् । ५. अर्जुनधारा नगरपालिका-२ मा रहेको हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारीमा १८०० भन्दा बढी महिला सदस्यहरु आबद्ध रहेका छन् भने ३०० भन्दा बढी सदस्यले बाखा, कुखुरा लगायतका पशुपन्छीपालन व्यवसाय गरेका छन् । सहकारीले आफ्नै दूध संकलन केन्द्र र सहकारी पसल समेत सञ्चालनमा ल्याएको छ।

६. अर्जुनधारा नगरपालिका-७ को महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थामा २२०० सदस्य छन् भने कृषि बीउबिजन, मलदेखि पशु दाना उद्योग र युरिया मल समेत उत्पादन गरी सदस्यहरुको उद्यमशीलतामा सहयोग पुऱ्याइराखेको छ।

यी माथिका केही प्रतिनिधि उदाहरण हुन् जसमा सहकारीको माध्यमबाट महिलाहरुको सामाजिक, आर्थिक, बौद्धिक विकासमा टेवा पुगेको छ।

 चुनौती र अवसर

जब महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन्छन् तब सबै क्षेत्रमा महिलाप्रतिको दृष्टिकोणमा समेत परिवर्तन हुने कुरा विभिन्न अध्ययन तथा व्यवहारले देखाएको छ। त्यसैले सबै महिलाका लागि आर्थिक सशक्तीकरण प्रमुखलक्ष्य र आवश्यकता बनेको छ । आर्थिक सक्षमतासँगै अन्य अवसरहरु प्राप्त गर्न महिलालाई सहज हुने हुँदा यो आवश्यकत्ता स्वाभाविक धारणा मानिन पुगेको हो । परिवार चलाउन महिला र पुरुष दुवैको अधिकार र कर्तव्यलाई सन्तुलनमा लिएर जानु पर्दछ । अधिकारको माग बढी र कर्तव्य पालना कम भएको अवस्थामा समेत परिवार र समाज सरल रेखाबाट अघि बढ्न सक्दैन। महिलाका केही आफ्नै खालका विशेष भूमिका होलान् तर ती भूमिका निर्वाह गर्नुपर्ने कार्यका अतिरिक्त अर्थोपार्जनको जिम्मेवारी र चाहना महिलाको काँधमा थप भएको छ । सहकारीको प्रमुख जिम्मेवार पदमा रहेका महिलालाई घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण बनेका छन् । घर-परिवारलाई दिनु पर्ने समय पुरुषको तुलनामा महिलाहरुको बढी हुने गरेको छ भने त्यत्तिकै समय दिएर संस्था, उद्योग, व्यवसाय हाँक्ने कुरा र पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु ठुलो चुनौती छ । आर्थिकरुपमा स्वावलम्बी बन्नु र चुनौतीहरुलाई अवसरका रुपमा बदल्न सक्ने गरी आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भन्ने सन्देश दिनु छ। आफ्नो संस्था, व्यवसाय तथा उद्योगमा हुनुपर्ने व्यावसायिक ज्ञान, सीप र व्यवस्थापकीय क्षमतामा महिलाहरुले आफूलाई अगाडि बढाउन सके थप अवसर उनीहरुको पछि लाग्ने कुरामा शंका छैन । विषयगत ज्ञान, सीप र तालिमको कमी, पारिवारिक कुरामा बढी समयको खर्च, आधुनिक प्रविधिसँग आफूलाई जोड्न नसक्नु, स्वनिर्णय गर्ने कुराहरुमा अझै स्वतन्त्र अनुभूति नहुनु, तालिमको कमी, जोखिम मोल्न तयार नहुनु, घरभन्दा बाहिरको संसारमा प्राप्त हुने अवसरहरुमा आफूलाई समायोजन गर्न पछि पर्नु लगायतका कारणले गर्दा अझै पनि महिलाहरु निर्णायक भूमिकामा पुग्न सकिरहेका छैनन् ।

विभिन्न चुनौतीका बाबजुद पनि महिला घर व्यवस्थापन गर्दै आफ्नो कार्यक्षेत्रमा अगाडि बढिरहेका छन्। सहकारी संस्थाहरुले महिलालाई संगठित गरी आर्थिकतथा सामाजिक क्षमताको विकासमा योगदान दिँदै आएको छ। यसले समाजमा महिलाको हैसियत बृद्धि भएको छ। उनीहरुको विचार र बोलीलाई महत्व दिन थालिएको छ । आधुनिक सूचना सञ्चार प्रविधिसँगै जनमानसमा विकास भएको चेतनाका कारण सहकारी लगायत अन्य संघ संस्थाहरुमा महिला सहभागिता तुलनात्मक हिसाबले बढ्दै गएको छ। नेपालको संविधान, ऐन, कानुनले दिएका अधिकारलाई आत्मसात गर्दै कर्तव्यको बाटोमा आफूलाई अगाडि बढाउन सके चुनौतीहरु नै अवसर बन्ने छन् त्यसैले सक्रिय सहभागितामार्फत् नयाँ नयाँ अवसर प्राप्त गर्न महिला लाग्नु पर्दछ ।

 निष्कर्ष

पछिल्लो समय सबै क्षेत्रहरु समावेशी र महिलामैत्री बन्दै गएका छन् । महिलाको चौतर्फी विकासमा सहकारी पहिलो आधार हुन सक्छ, जसबाट माथि उठेर सामाजिक, आर्थिक, राजनीतिक सबै किसिमका नेतृत्वहरुमा पुग्न सक्ने छन् । त्यसका लागि महिलाको सीप र प्रविधि माथिको पहुँचमा बृद्धि गर्नु पर्दछ । हरेक सहकारी संघ/संस्थामा महिलाहरुको सहभागितालाई सुनिश्चित गर्नु पर्दछ, महिला केन्द्रित कार्यक्रमलाई वार्षिक योजनामा अनिवार्य रुपले राख्नुपर्दछ । यसका लागि स्थानीय सरकारसँग हातेमालो गर्न सकिन्छ।

महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरुलाई विभिन्न किसिमका छुट र अनुदानको व्यवस्था भए पनि पहुँचको कमीका कारण त्यस्ता सुविधाहरुबाट अझै बन्चित हुनुपरेको छ, जसलाई सम्बन्धित निकायबाट सुनुवाई हुनु जरुरी छ । सफल र अनुकरणीय संस्था र व्यक्तिलाई प्रोत्साहन गर्ने संस्कृतिको विकास गर्नु पर्दछ। योजना तर्जुमा, कार्यान्वयन र निर्णय प्रक्रियामा महिला सहभागिता अनिवार्य गर्न सके महिलाहरुको अहिलेको अवस्थाले थप फड्को मार्नेछ ।

(नोट: प्रस्तुत लेखमा समावेश गरिएका तथ्यांकहरु विभिन्न समयमा प्रकाशित लेख तथा प्रतिवेदनहरु बाट लिएको हुँदा वर्तमान तथ्यांकहरु फरक पर्न सक्नेछ ।) लेख  सहकारी स्मारिका २०७७ मा प्रकाशित छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17510 0
मालिका केशरीको आख्यान ‘दुबाल’ विमोचित https://pradeshaawaj.com/?p=16559 https://pradeshaawaj.com/?p=16559#respond Mon, 23 Aug 2021 01:49:29 +0000 https://pradeshaawaj.com/?p=16559

काठमाण्डाै,  साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुबाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनलेभने,– उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएरबाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुबाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनलेऔंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– ।शरणार्थी केटी कार्चुबको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।


यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुबाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागरगरेको बताए । उनले भने,–साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख,पीर, वेदना र उकुसमुकुसलाई दुबालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिमअध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै  आधुनिकता रपरम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण दुबाल’जन्मेको बताए । देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्नेप्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास पुनरुत्थान’ र सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशनगरेको ‘दुबाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16559 0
कोरोना महामारी, लक डाउन र सामाजिक संजालको प्रयोग https://pradeshaawaj.com/?p=15748 https://pradeshaawaj.com/?p=15748#respond Fri, 04 Jun 2021 06:20:55 +0000 https://pradeshaawaj.com/?p=15748

गत वर्षदेखि नै विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (covid 19 ) का कारणले हामी आज अत्यन्तै जटिल र विषम परिस्थितिमा छौँ । कोरोनाकै कारण नेपालमा पनि ठुलो धनजनको क्षति हुनुको साथै स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा पुग्नगएको क्षतिले हामी सबैलाई मर्माहत तुल्याएको छ भने अर्कातिर दिनप्रतिदिन मानवीय क्षति समेत भइरहेको छ । संक्रमितको संख्या दैनिक उकालो लागेको छ । संक्रमित बिरामीहरूले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुविधा पनि अस्पतालबाट पाउन सक्ने अवस्था छैन ।

मृत्युलाई अगाडि देख्दा पनि बिरामी निरीह भएर उपचारका अभावमा छट्पटाइ रहेको अवस्था छ । संक्रमितहरूको आफ्नै पिडा र बाध्यता छ तर उनीहरूका लागि उपयुक्त स्वास्थ्य सम्बन्धि साधन र प्रयाप्त औषधि छैन । सरकारसंग पुर्ब तयारीको निम्ति प्रशस्त समय थियो । तर सत्ता र शक्तिको छिनाझपटीमा सरकार अल्मलिंदा मूख्य तायित्वबाट उ च्यूत भयो, नजताको जनरमा सरकार गि¥यो । यस्तै विषयमा अल्झिदा अहिले स्वास्थ्यको दृष्टिले संकटपूर्ण अवस्थामा पुग्यो ।
महामारीको त्रासदीपूर्ण कारणले नागरिकहरू घरभित्रै बस्न बाध्य हुनुपर्यो । प्रायजसो घरबाहिर बस्ने बानी परेकोले घरमा समय बिताउन गाह्रो भएको छ । यो बेला मानिसहरू अन्य काम गर्नुको सट्टा सामाजिक संजालको बढी प्रयोग गरिरहेका छन् । सामाजिक संजाल जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि आज आएर हाम्रो जिवनका अभिन्न अङ्ग बनेका छन् तर सामाजिक संजालको सदुपयोग कसरी गर्ने र किन गर्ने भन्ने कुरा बुज्न जरुरी छ । नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकमा सामाजिक संजालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन् र यो क्रम निरन्तर बढ्दो छ । वर्तमान परिवेशमा सामजिक संजालको प्रयोगले ब्यक्तिलाई एकांगी बनाएको छ । असमाजिक बनाएको छ ।

हाल कोरोना महामारीको तेस्रो लहर चलिरहँदा केही मानिसहरू त्रसित र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला छ भने केही ब्यक्तिहरू सामाजिक संजाल मार्फत आतंक मच्चाइरहेका छन् । यसो गर्नुको सट्टा कोरोना जितेर आफुले बिरामी अवस्थामा भोगेका र अनुभव गरेका विषयमा केन्द्रीत रहेर आफू बाच्न सफल भएको कुरा अरुमापनि पु¥याउने बानी बसालौं ता कि तपाईंको सकारात्मक कुराले बिरामीलाई हौसला मिल्नेछ । २०७८ साल जेठ ९ गते पनि यस्तै अपत्यारिलो खबर हास्य टेलिसिरियल “हल्का रामाइलो” का चर्चित कलाकार बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) को कोरोनाको कारण निधन पूरा पढ्नुहोस् भनेर सामाजिक संजालमा एकाएक मिडियाले पोस्ट गर्यो र श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । तर यो खबर झुटो भएकाले कलाकार बल्छिले त्यही दिनमै लाइभमा जोडिएर आफ्नो घटना नभएको र आफू सकुशल रहेको यही सामाजिक संजाल बाट जानकारी गराएका थिए। त्यसको केही दिन लगतै अर्का लोकप्रिय गायक पशुपति पराजुलीको पनि एउटा “म मरें भने” बोलको गितमा गरिएको सुटिङको फोटोलाई लिएर कोरोनको कारण पशुपती परजुलीको यो हालत भनेर सामाजिक संजाल मार्फत पोस्ट गरिएको थियो । त्यस्तै अर्का विवेकशील पार्टीका नेता उज्वल थापाको फोटो राखेर निधन प्रति श्रद्धाञ्जलीको प्रचार गर्ने र मानवीय संबेदनामा खेल्ने पात्रहरू पनि धेरै देखिएका छन् भने अर्कातिर काेही भ्रममा नपरौ यो खबर झुट हो भन्दै मानवीय भावना पनि देखाएका छन् ।

यसरी अनुमती बिना र सोच बिचारै नगरी अरुको ब्यक्तिगत जीवनमा असर पुर्याउने काम जो कोहिले नगरौं । मेरो यो लेखबाटै सबै प्रति विनम्र अनुरोध छ । कसैको व्यक्तिगत जीवनमा हानी हुनपुग्ने झुटा समाचारहरू विलकुल पोस्ट नगरौं । मृत्यु जो सुकैको होस् यो संबेदनशील घटना हो । ब्यक्तिको मृत्यु हुन नपाइ मृतकका आफन्त साथिभाइहरूले मृतकका आफन्तको सहमति बिना सामाजिक संजाल मार्फत खोजी खोजी फोटो राखेर श्रद्धाञ्जली दिन हतारो गर्छन् । त्यति मात्र नभएर तिनै विभत्स तस्बिरहरूलाई लिएर यो तस्बिर देखेर पनि नदेखेजस्तो नगर्नुहोला अन्यथा नराम्रो हुनेछ वा जति सेयर गर्नु भयो तपाईंको मनोकांक्षा पूरा हुनेछ भनेर देबि देबताको तस्बिर पनि राखिएका हुन्छन् । वास्तवमा यो सरासर ब्यक्तिको आस्थामा गरिएको खेलवाड हो । भनिएको छ– विद्युतिय कारोबार ऐन २०६३ मा विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रशारण गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने विभिन्न आपराधिक काम वा हैरानी अनि अपमानजनक÷अमर्यादित किसिमका पोस्टहरू पोस्ट गर्ने गराउने ब्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ भन्ने व्यवस्था पनि छ । तर पनि कानुनी कार्यान्वयन भने शून्य नै छ ।

समाजिक संजाल प्रयाेगका सकारात्मक पक्षहरू

सामाजिक संजालका सकारात्मक प्रयोगका नवितम उदाहरणहरू प्रयाप्त मात्रामा देख्न र सुन्न पाइन्छ । सामाजिक संजालको प्रभावकारी ढङ्गले प्रयोग हुँदा कतिपय गरिव र अशक्त नागरिकको उपचार खर्चका लागि लाखौं रूपैयाँ संकलन भएका थुप्रै उदाहरण पनि छन् । केही रोजगारमुलक बिज्ञापनहरू पनि हामी यसबाट नै सूचना पाउछौं । आफुलाइ मनपरेको समानहरू घर बसिबसि सपिङ्ग गर्छौ । २०७२ सालको भुकम्पमा देशविदेश बाट सहयोग जुटेको हामिले भुलेका छैनौं । नेपाल प्रहरीले पनि यहि सामाजिक संजाललाई प्रभावकारी ढङ्गले सदुपयोग गरेको पाइन्छ । सुरक्षा उद्धारका लागि सामाजिक संजालले सहयोगी भुमिका खेलेको छ । मिडियाका लागि रिपोर्टरले दिन नसकेका सूचना तथा तस्वीर र भिडियो यहाँ उपलब्ध हुन सक्छन् । सन्सारको जुनसुकै मुलुकको घटनाहरू श्रब्य दृश्य सहितको समाचार छिनभरमै आफू बसेको ठाँउमा सुन्न र देख्न पाएका छौं ।

यतिमात्र होइन सन्सारका जुनसुकै कुनामा रहेका आफन्त साथीभाइसङ्ग जुन सुकै सिलसिलामा जुन बेलापनी प्रत्यक्ष कुराकानी गर्न पाएका छौं । फुर्सद हुनेका लागि त झन् समय बिताउने माध्यम बनेको छ। मानिसहरू घन्टौं रमाइरहन सक्छन् । पौरखिहरू घरमै बसिबसि आफ्ना प्रतिभाहरू पोस्ट गर्ने र हेर्ने गरेका छन् । यो सबै इन्टरनेट, फेसबुक र सामाजिक संजालको देन हो । विचार आदानप्रदान गर्नेहरूका लागि यो बहस गर्ने स्थान बनेको छ। विशिष्ट पत्रकारहरूका लागि त सूचनाको स्रोत नै बनेको छ । आफुदेखी टाढा हुनेहरूका लागि यसले नजिक भएको आभास गराएको छ । अध्ययन, अनुसन्धान एवं लेखन कार्यका लागि यसले थप सघाउ पुर्याएको छ । आफ्ना बिचार भावनाहरू राख्न सजिलो भएको छ । ब्यक्ति, परिवार, समुदाय, कार्यालय ब्यापार व्यावसाय सबैका लागि हरेक काममा प्रयोग गर्न सकिने भएकाले यसको सही सदुपयोग गरौँ भन्ने अपेक्षा छ ।

समाजिक संजाल प्रयाेगका नकारात्मक पक्षहरू

विभिन्न फाइदाजनक कुरा हुँदाहुँदै पनि कहिले काहीं त्यही सामाजिक संजाल हाम्रो लागि समस्या बन्न पुगेको छ । हामीले बुझेर होस् या नबुझी हाम्रा ब्यक्तिगत र नीजि जानकारी सामाजिक संजालमा राख्ने गर्छाै । जसलेगर्दा गलत सोच बोकेका ब्यक्तिले यसको भरपुर फाइदा लिने गर्छन् र उल्टै तपाईंलाई सिकार बनाई हानी नोक्सानी पुर्याउन सक्छन् । फेक आइडी बनाइ कसैलाई झुक्याउने, झुटा भ्रामक कुराहरू लेख्ने, ब्यक्तिगत स्वतन्त्रता र गोपनीयताको अधिकार माथी हनन् गर्ने काम यो संजालले गरेको छ । पछिल्लो समयमा सामाजिक संजालका कारण आत्महत्या, चोरी तस्करी जस्ता कुसंस्कारहरू दिनप्रतिदिन बढ्दै गएको छ । सामाजिक संजालको लतमा फसेका किशोर किशोरीहरू इन्टरनेटको माध्यमबाट विभिन्न अश्लिल फिल्महरू हेर्नुका साथै अश्लि भिडियोहरू सेयर गर्ने, पढ्ने, एक अर्कालाई मन परोस् या नपरोस् जबरजस्ती म्यासेज गर्ने र यसैको कुलतमा परि एक अर्कामा प्रेम गर्ने अनि कम उमेरमै शारीरिक सम्बन्ध कायम राख्ने प्रवृत्ति छ ।

अर्को कुरा दिनभरी काम गरेर जीविकोपार्जन गर्ने मानिस समेत सामाजिक संजालको लतमा परेर बिहान बेलुका छाक टार्ने पैसाले मोबाइल रिचार्ज गर्ने र अनावश्यक समय यसैमा खर्च गरेका छन् । उस्तै परे बुवाआमाले खाजा खान दिएको पैसा पनि नखाइनखाइ मोबाइल रिचार्ज गरि अनावश्यक च्याटिङ गर्ने केटाकेटीको पनि ठुलै जमात छ । सामाजिक संजालको प्रयोग अध्ययन अनुसन्धान भन्दा पनि मनोरञ्जनको साधनको रूपमा बढी प्रयोग गरिएको छ । सामाजिक संजालमा लिप्त भएकाहरूमा आफ्नो परिवारलाई दिने समय छैन भने बच्चाका आमाहरूलाई बच्चाको हेरबिचार गर्ने फुर्सद छैन । जसका कारण छोराछोरी विभिन्न कुलतमा फसेका छन् । मानिसमा रहेको मानबीय संवेदना यतिसम्म हराउँदै गएको छ कि आफुले कहिले नदेखेको ब्यक्तीसङ्ग च्याटमा बोलेकै भरमा नाङ्गो हुन तयार हुन्छन् । कतिपय युवा युवतीहरू सामाजिक संजालकै कारण झुटो बिबाह गर्न तयार हुन्छन् भने कतिपय मानसिक हिंसाको सिकार र आत्महत्या गर्न बाध्य हुन्छन् । यसैले यस्ता नोक्सानी बाट बच्नलाई कानुन बिपरित गरिएका अपराधीक क्रियाकलाप गर्ने ब्यक्तिलाई कानुनको कठघरामा उभ्याइ कानुन बमोजिम कारबाही गर्नु पर्ने जरुरी देखिएको छ ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15748 0
दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ https://pradeshaawaj.com/?p=15522 https://pradeshaawaj.com/?p=15522#respond Sat, 08 May 2021 02:23:48 +0000 https://pradeshaawaj.com/?p=15522

दमक/ यतिखेर देश नै कोरोना संक्रमणको चपेटमा छ । प्रमुख राजनीतिक दलहरु यतिखेर सत्ताको जोडघटाउनमा रहेकाछन् । राजनीतिक दलहरुको घोषणपत्र र उदेश्यकहरु हेर्ने हो भने जनजिवनलाई सहज बनाउने र जनता केन्द्रित भएर काम गर्ने हो । तर दुर्भाग्य यो भएको छैन । ब्याक्तिगत स्वार्थका कारण राजनीति त लाजनीतिमा परिणत भइसकेको अवस्था छ । यसले गर्दा स्थानीय राजनीतिक दलका नेता होस वा केन्द्रिय खास आस एवं भरोसा गर्ने अवस्था देखिन्न ।

यो कोरोना संक्रमण त्यति सहजै रोकथाम होला भन्ने देखिन्न । झापा सहित दमकमा पछिल्लो समयको कोरोना संक्रमणको दर हेर्ने हो भने अवस्था जटिल बन्दैछ । तर पक्कै पनि स्थिति नियण्त्रण बाहिर छैन यसले गर्दा हतोत्सहि हुनुपर्छ भन्ने छइन र होइन । तर हामी सबैको सामुहिक प्रयास र तयारी भएन भने हामीमाझ भयाभह अवस्था आउन पनि सक्छ । जसले गर्दा समयमा नै हामी एकताबद्ध भएर लागनौ भने हामी सबैको ज्यान जोखिममा छ ।

सर्वप्रथम त हामी पहिला आफु सुरक्षित बनौ । त्यसका लागि आधारभूत स्वास्थ्य मापदण्डको पालना गरौ । निषेधाज्ञा तथा लकडाउनको पूर्ण पालना गरौ र गराउन सहयोग गरौ । दमकको कोभिड उपचार केन्द्रको क्षमता विस्तारसंगै भेन्टिलेटर लगायतको सुविधा थप्नका लागि राज्यसंग जसको पहुँच पुग्छ त्यसका लागि पहल गरौ । सबैतिरबाट सहयोगका लागि सार्वजनिक अपिल गरौ । आखिर राजनीतिक दलहरु एक भएर यसका लागि लाग्ने हो भने असम्भव पक्कै नहोला ।

दमक सहित झापाका ५० बेडभन्दा मथि क्षमता रहेको नीजि अस्पतालहरुले सबैले कोभिड अस्थाई उपचार केन्द्र बनाऔ । जसरी बिएण्डसिले पछिल्लो समयमा झापामा मात्र नभएर नेपालमा नै अनुशरणिय काम गरेको छ । आम्दा अस्पतालले पनि कोरोना संक्रमितको उपचार शुरु गरेको छ । दमकमा पनि एडभान्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको बताएको छ । लाईफलाइन अस्पतालले पनि तयारी गरिरहेको छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो दिनु पर्छ । स्थानीय सरकारले झनै प्रभावकारी रुपमा समन्वय गर्नु पर्छ ।

दमकमा तत्कालै अक्सिजन प्लान्ट र कोरोना जाँच ल्याव आवश्यक छ । चाहे सरकारी अस्पतालमा होस या सामुदायिक अस्पताल (आम्दा) मा नै किन नहोस । नीजिमा नै पनि किन नगर्ने ? यसमा लायन्स क्लवहरु, रोटरी क्लव, जेसिज लगायत सामाजिक सेवा लाग्ने बताउने सबैले ध्यान दिन जरुरी रहेको छ । मानवीय सेवा नै सर्वोतम सेवा भएकाले कोरोना संक्रमितको जिवन रक्षाका लागि अक्सिजनको अपरिहार्यता पछिल्लो समयमा धेरै नै देखिएको छ । यसका लागि सामुहिक पहल जरुरी छ । कोहि पनि होम आईसुलेसनमा मृत्यु वरण गर्न नपरोस । यसका लागि बढिभन्दा बढि क्षमतामा आईसुलेसन कक्ष, क्वारेन्टाइन र अस्पतालहरुमा अस्थाई बेडहरु भएपनि लगाउन आवश्यक छ ।

काेरोना जाँच ल्याव दमक उद्योग बाणिज्य संघको पहलमा ल्याउन कसरत भएको थियो । त्यसमा स्थानीय सरकारले सञ्चालनका लागि समस्या देखाएका कारण त्यो आउन सकेन । कमसेकम ल्यावका लागि आवश्यक प्राविधिक उपकरण स्वीकार गर्न सकेको थियो भने कोरोना जाँचमा अहिलेको जस्तो ढिलो हुने थिएन । त्यो समयमा जनशक्ति र आवश्यक खर्चको बिषयले गर्दा ल्याव आउन सकेन । यसको केहि चरणको छलफलमा म पनि सहभागि भएकाले मलाई यो बिषयले अहिले पनि घोच्ने गर्छ । दाताले प्राविधिक उपकरणदेखि सबै ब्यवस्थापन गर्नेसके मात्र सम्भव बताएकाले यो हुन सकेन । यो गल्ति अहिले महसुस भएको हुनुपर्छ । संघले यसको समन्वय गर्न प्रकाश प्रशाईलाई जिम्मा दिएको थियो र उनले कोसिस पनि गरेका थिए ।

जसरी सरकारी होस या नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर सेवा गरिरहेकाछन् । यो सम्मानयोग्य छ । उनिहरुको हौसला बढाउन आवश्यक छ । यसमा सबैभन्दा बढि स्थानीय सरकारले सक्रियता जनाउनु पर्छ । मानिस कोरोना संक्रमितको छेउ पर्न जान मान्दैन । तर उनिहरु गएर प्रत्यक्ष सेवा गरिरहेका हुन्छन् । निश्चय पनि कोरोना संक्रमणका विरामीको उपचार केहि महगो हुनेरहेछ यसलाई अस्पतालहरुले लागत मूल्य लिएर अहिले सेवा गर्नु पर्छ । जोसंग आर्थिक हैसियत र साच्चै बिपन्न छ उसलाई निशुल्क उपचार एवं सेवा दिनु पर्दछ ।

कन्ट्याक्ट ट्रेसिङमा भएको कमजोरीका कारण समस्या विकराल बन्ने देखिन्छ । यसमा निक्कै ध्यान जान आवश्यक रहेको छ । अहिलेसम्म प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार नै गम्भिर बन्नुपर्छ । यो स्थानीय सरकार आफैले गर्न सक्दैन । अझ रिर्पोट ढिला आँउनु अर्को समस्या हो । दूइदेखि तीनमा मात्र रिर्पोट आँउदा कोरोना संक्रमणदर झन् बढदो गतिमा छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=15522 0
कोरोना कहर : महामारिको चौतर्फी असर https://pradeshaawaj.com/?p=13808 https://pradeshaawaj.com/?p=13808#respond Fri, 25 Sep 2020 04:25:02 +0000 https://pradeshaawaj.com/?p=13808

✍विष्णु  चुडाल पाण्डे

२०१९ डिसेम्बर २९ का दिन चिनको बुहानबाट जन्मिएको कोरोना भाइरस झन्डै बर्ष दिन बित्न लाग्दा पनि अझै नियन्त्रण हुन सकिरहेको छैन। कोरोना महामारी ( कोभिड १९) को अन्त्य कहिले र कसरी हुन्छ त्यो पनि कुनै टुंगो छैन। तर्सथ यो रोग विरुद्ध सबैले लड्नुका साथै रोकथामका उपायहरु अवलम्बन गर्नुपर्दछ । महामारीले विश्व हल्लाउँदै गरेको यो जटिल परिस्थितिमा सन्सारका शहर बजारहरु सुनसान अवस्थामा पुगेका छ्न्। सबै मानिसहरु माहामारी सगं सतर्क रहनु परेको छ। यस्तो कठिन परिस्थिति कहिले सम्म हो ? के छ तेस्तो यसमा ? आखिर यसले मानवजाती प्रतिको घमण्डीपन लाई तह लगाइ घुँडा टेक्न बाध्य बनायो। समय समयमा साबुन पानीले हात धुन सिकायो । आफन्त साथिभाइहरु बिचमा दुरि कायम राखिदियो। जबकी एक मानिसले अर्को मानिसलाई देख्ना साथ झस्किने अवस्था सम्म बनाइ दियो।

सयौ बर्षदेखि मनाउदै आएका चाडपर्व , उत्सव सबै त्याग्न बाध्य बनायो। मनोरञ्जनका क्षेत्रहरु नाटकघर, दोहोरीसाँझ , फिल्महल, महल, रेस्टुरेन्ट , पार्टी प्यालेस, बैंक , वितियसंस्था र विद्यालयहरु सबै खाली गरिदियो। एउटै देशका विभिन्न स्थानमा पनि फरक फरक नियम बनाइ दियो । आफन्तको मृत्यु हुँदा छेउ पर्न नमिल्ने दुरि पनि गजबले बडाइदियो। कोरोनाको महामारीलाई भोकले रोक्न सकेन संक्रमणको बिस्तार बिस्वभरि छ। अहिलेको अवस्थामा आम मानिसलाइ उत्तर रोग भन्दा भोक ठुलो हो भन्ने हरेक प्रसङ्गमा यस्तै टिप्पणी आउन थालेका छन्। यसका कारण नेपालमा गरिबी र बेरोजगार दिनानुदिन बढीरहेको छ। यसको असर देशको अर्थतन्त्रमा बृहत रूपमा परिरहेको छ। हाल नेपालमा करिब ६ महिना सम्म लगातार बन्दबन्दीको कारण नेपालीहरु ठुलो मर्कामा परेका छन्। लामो समय मुलुक बन्दका कारण दैनिक ज्यालादारिमा काम गर्ने मजदुर वर्गलाई एक छाक टार्न समस्या भएको छ। महामारीको सिकार भोग्दै गर्दा मुलुकले विभिन्न प्राकृतिक बिपत्ति पनि भोग्नु परेको छ। प्राकृतिक विपद बाढि पहोरोका कारण धेरै मानिसले अकालमा ज्यान गुमाइरहेका छन्। देशका सबै उद्योग धन्दा कलकारखाना बन्द भएका कारण रोजगारीका अवसरहरु गुमाउनु परेको अवस्था छ। रोजगारि पाउनेको पनि तलबमा कटौती गरिएको छ।

कोरोना कहरको उच्च जोखिमका कारण बन्दाबन्दिको सुरुमा उत्साहका साथ भारतबाट प्रबेस गरेका धेरै ब्यक्तिहरु नेपालमा राम्रो काम पाए भारत नफर्कने सोच बनाएर स्वदेश फर्केका नेपाली ४ महिना पनि पूरा नहुदै खिन्न मुद्रामा दैनिक गुजारा चलाउन समस्या भएकै कारण फेरि भारत तर्फनै फर्किए। बरु परदेशमा अलपत्र परेका नेपालिहरुले महामारीको समयमा केही राहत त पाए तर नेपालमै बसोबास गरेका नेपालीले कुनै किसिमको सेवा सुबिधा भने पाउन नसकेकाे अवस्था छ । यो भन्दा ठुलो दुख के होला ? अन्य जिल्लाको तुलनामा हेर्दा काठमाडौं जिल्लामा संक्रमणको जोखिम उच्च छ। कोरोना कहर र लकडाउनका कारण शहरी भेगबाट ३५ प्रतिशत मानिसहरु गाउँतिर पलायन भएका छन्। ६५ प्रतिशत भन्दा बढी मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्दैछन। तसर्थ राज्यले तत्कालै उनिहरुको जिवनस्थर सुधारका लागि ग्रामीण विकासका अवधारणाहरु अगाडी सार्नु पर्दछ।

नेपाल कृषिप्रधान देश हो यहाँका अधिकांस मानिसहरु कृषिमा निर्भर छ्न्। पशुपालन , तरकारी खेती, माछापालन , नगदेबाली, फलफूल खेती , मौरीपालन जस्ता व्यावसायमा संलग्न किसानहरुलाई महामारीले ठुलो नोक्सानी पुर्याएको छ भने अर्कोतर्फ मल बिउको अभावको कारण समयमा खेती लगाउन नपाउदा किसानहरु चिन्तित छ्न् । अलि अलि उत्पादन भएको वस्तु पनि बजार भाउ नपाउदाको पिडा आम किसानमा तेतिकै छ । आज पनि देशमा बहुसंख्यक किसानहरु कृषि क्षेत्रमा आवद्ध छन्। परम्परागत एवं निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक प्रणालीमा रूपान्तरण गर्दै कृषि क्षेत्रको उत्पादन व्यावसाय तथा बजारीकरणमा विशेष ध्यान दिनु पर्दछ। अहिलेको जटिल अवस्थामा देशभित्र औपचारिक क्षेत्रमा झन्डै २६ लाख र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर ४४ लाख छन् । केन्द्रिय तथ्यांक विभागका अनुसार दैनिक ज्यालादारी गरेर परिवार पाल्नेको संख्या झन्डै १६ लाख छ। लकडाउनको प्रभावले अहिले काम गर्ने अवस्था छैन। काम नहुदा दैनिक हातमुख जोडन गाह्रो छ। दैनिक कमाइका स्रोतहरु बन्दको असरले दैनिक रूपमा आवश्यकताका साधन जुटाउन नसक्दा कतिपय परिवारमा मनमुटाब सिर्जना भएको छ। ऋणको तनावले जस्ले आत्महत्या मात्र गरेनन् कि श्रीमती सङ्गै छोरा र कुकुरको समेत हत्या गरे। कोरोना कहरको समयमा ब्याप्त कालोबजारी राज्यको संरक्षणमा भएको भ्रष्टाचारको खबर अर्कोतिर न्युनतम आधारभुत आवश्यकताको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ। जसका कारण आम नागरिकलाई सरकार बिहिनताको अवस्था महसुस भएको छ।

महामारी नियन्त्रण मात्र होइनकी राज्यको जिम्मेवारीमा पनि सरकार चुकिरहेको छ। जोखिमका कारण नेपालको अर्थतन्त्र रेमिटेन्समा ठुलो क्षती पुगेको छ। नेपाल भ्रमण बर्ष २०२० पनि कोरोना महामारीका कारण रद्ध भएको छ। हवाईउडान र यातायात बन्दका कारण पर्यटक भित्र्याउने अवस्था पनि छैन। त्यस्तै शिक्षा क्षेत्र पनि शैक्षिक सत्र ब्यबस्थापन र परिक्षा जस्ता कुरामा झन्डै ६० लाख विद्यार्थीको भबिस्य अझै अन्योलमा रहेको छ। तसर्थ अबको विकल्प के हुन सक्ला ? बर्तमान परिस्थितिमा आम नागरिकको मनमा सायद यिनै प्रश्नहरु छन्। यो संक्रमण कहिले सम्म लम्बिएला ? कति मान्छेको मृत्यु होला ? यो रोगको खोप बन्ला या नबन्ला , देशको अर्थतन्त्रको पाटो के होला ? यसले नेपाललाई कस्तो असर गर्ला ? यो महामारी कसरी नियन्त्रणमा आउला ? यस्ता धेरै प्रश्नको जवाफ हामीसङ्ग छैन । जसका लागि हामी समय कुर्न बाध्य छौं ।

अन्त्यमा , कोभिड १९ ले अहिलेको वैज्ञानिक मानव सभ्यतालाई समेत चुनौती दिएको छ। महामारीको कहरका कारण नेपालमा आवश्यक पर्ने विभिन्न स्रोत र साधनहरुको निर्माण कृषिमा औधोगिकिकरण र प्रविधिको विकास उत्पादनमा जोड दिन राज्यलाई चुनौती र अवसर दिएको छ। जसका कारण कामको खोजीमा सहर र बिदेश तर्फ फर्किनु पर्दैन भने अर्को तर्फ बर्सेनि बढदो ब्यापार घाटा कम गर्दै देश भित्रै आर्थिक अवसरहरुको खोजी गर्न आवश्यक छ। विश्व ब्यापी कोरोना संक्रमण र खाध्य संकटको अवस्थाका कारण राज्यको यो घडीलाई हेर्दा र भोग्दा लाग्छ कतै यो सिङ्गो मानव सभ्यता ढुङ्गे युगतिर फर्कने क्रममा त छैन ? सामाजशास्त्रीहरुले भन्ने गरेको मानिस एक समाजिक प्राणि हो भन्ने कथनको पुनर्ब्याख्या पो गर्नु पर्छ की ।तसर्थ गरिबीको चपेटामा फसेका नागरिक तथा रोजगार गुमाउन बाध्य भएका मजदुर वर्गलाई राहत पुग्ने सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरु जति सक्दो चाडेै अगाडि ल्याउन आवश्यक छ।

लेखक रत्नराज्य लक्ष्मि क्याम्पस मानवशास्त्र केन्द्रिय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=13808 0
संघियता कार्यन्वयनकाे मिठाे दुखाई https://pradeshaawaj.com/?p=13618 https://pradeshaawaj.com/?p=13618#respond Sun, 06 Sep 2020 14:25:45 +0000 https://pradeshaawaj.com/?p=13618
✍ सरला राई – नेपाली जनताकाे पटक पटक काे बलिदानीपुर्ण र लामाे समय सम्मकाे संघर्षबाट नेपालमा संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापना भयाे । संविधानसभा बाट विक्रम संवत् २०७२ सालमा संविधान जारी भए पश्चात मुलुक नयां राजनीतिक चरणमा प्रबेश गरिसकेकाे छ ।
                         नेपालकाे संविधान अनुसार तीन तहकाे सरकार( संघिय ,प्रदेश र स्थानिय) सरकारकाे व्यावस्था रहेकाे छ । संविधानले सबै प्रकारका भेदभाव र असमान्ताकाे अन्त्य गर्दै सम्पुर्ण नेपालीलाई सार्वभाैमसत्ता सम्पन्न बनाई आर्थिक समानता ,समृध्दि र सामाजिक न्यायकाे सुनिश्चित्तता गर्दै समतामूलक समाजकाे निर्माण गर्ने र लाेकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्व रहि समृद्ध राष्ट्र निर्माण गर्ने परिकल्पना गरेकाे छ। संघियता कार्यन्वयन काे शिलशिला मा यी तीनै तहका सरकार हरुले संविधानकाे अनुसुची हरुमा उल्लेखित क्षेत्राधिकार भित्र रहि एकल तथा साझा कानुनहरु बनाउदै त्यैसैकाे मार्गदर्शन अनुसार अगाडी बढिरहेकाे अवस्था छ । तीन तहकाे सरकारहरु मध्ये स्थानिय तह भनेकाे जनताकाे सब भन्दा नजिककाे सरकार हाे । प्रत्यक्ष जनता संग जाेडिएर रहेकाले प्रदेश सरकार र संघिय सरकारलाई भन्दा स्थानिय सरकारलाई जिम्मेवारी अलि बढि नै भएकाे हाे कि जस्ताे देखिन्छ । संगसंगै समस्या र चुनाैति हरु पनि उत्तिकै ब्यहार्नु पर्ने देखिएकाे छ । किनभने जनताकाे नजिकमा वडा सदस्यहरु छन वडा अध्यक्षहरु छन,वडा कार्यलय छ पालिका प्रमुख हरुछन अनि उप प्रमुखहरु पनि छन र सिंगाे पालिकाहरु छन । निक्कै लामाे समय सम्म केन्द्रीकृत तथा एकात्मक राज्य प्रणालि काे शासन व्यनवस्था अन्तर्गत संचालित स्थानिय निकाय हरुले हरेक नागरिकहरुकाे आर्थिक , सामाजिक , भाैतिक र राजनैतिक अवस्थाकाे क्षेत्रमा खासै चासाे गरेकाे नदेखिएकाे , श्राेत साधन काे खाेजी तथा उचित ब्यावस्थापन त परै जाअाेस सामान्य आधारभुत आवश्यक्ता हरु सम्मकाे पनि बेवास्ता भएकाे थियाे । सामाजिक न्याय र समानता लाई नजिक बाट नियालेर हेर्ने हाे भने त झन सांच्चिकै दयनिय एबं कहालि लाग्दाे नै देखिन्छ ।
                             त्यसैले राज्यकाे पुनर्संरचना संगै संघिय शासन व्यवस्था मार्फत हरेक नागरिकले सेवा , सुबिधा र सुशासनकाे क्षेत्रमा धेरै नै परिवर्तनकाे अपेक्षा गरेका थिए । त्यस माथी घर घर मा सिंहदरवार काे नाराले नागरिककाे मन मस्तिष्क माअलि वडी नै नकरात्मक प्रभाव परेका कारण ले चाहिने र पाउने भन्दा बढि नै जन अपेक्षाहरु हुने गरेकाे छ । शिक्षा , स्वस्थ्य , खाने पानी,यातायात , पुर्वाधार र अन्य सामाजिक क्षेत्र , यि यावत क्षेत्रका असिमित चाहाना र आवश्यक्ता हरुलाई सिमित श्राेत साधनहरुले सम्बाेधन गर्नु पर्ने भएका ले स्थानिय तह लाई निक्कै नै कठिन भएकाे अवस्था छ।
                             याे देशमा संघियता काे अभ्यास कहिले पनि गरिएकाे थिएन। अन्य देशमा लागु भएकाे संघियता कार्यन्वयन र यसकाे विभिन्न गतिबिधिहरुकाे सन्दर्भमा अध्ययन गरेकाे हाेला, राम्राे संग पढेकाे हाेला । तर आफैले न कुनै कर्मचारीले न जनप्रतिनिधिले भाेगेकाे हाेईन र थिएन पनि । चाहे त्याे संघिय सरकारकाे हाेस ,चाहे प्रदेश सरकारकाे हाेस या स्थानिय सरकारकाे जनप्रतिनिधि र कर्मचारी दुबै पक्षले बिल्कुलै नयां अभ्यास गरिरहेकाे अवस्था हाे अहिलेकाे । त्यसैले याे कार्यन्वयन गरिरहदा केहि केहि अफ्ठ्यारा सहित काे तल-बितल हरु भैरहेका छन । जनप्रतिनिधिहरुले सबै कानुनहरु अध्ययन गर्ने समय नपाएर वा अरु कुनै कारणले आफैले बनाएकाे ऎन ,नियम ,कार्यविधि भन्दा बाहिर गएर आफ्ना निर्धारित कामकाजहरु गरिरहेका छन,अझै सम्म पनि आफ्नाे काम कर्तव्य , अधिकार ,दायित्व र जिम्मेवारी बाेध भैसकेका छैन । याेजना तर्जुमा देखि फर फराक सम्म कहिं न कहिं चुकिरहेकाे अवस्था छ । आफ्नाे निजी स्वभाव,आनी वानी र दैनिकी हरु परिवर्तन गर्न निक्कै कठिन परिरहेकाे छ । यध्यपि आफू र आफ्नाे परिवार काे कुनै प्रवाह नगरी जनप्रतिनिधिहरु दिन रात नभनि जनताकै काममा दाैडधुप गरिरहेका छन ।
                                    आफ्नाे पदिय जिम्मेवारी एवम् हैषियत पनि बिर्सिदै जनता कै लागि पुरै समर्पित भएर रात दिन खटिरहेका छन । विभिन्न अफ्ठ्यारा ,झमेलाहरु ब्यहाेर्दै आफ्नाे काम , कर्तब्य र अधिकार काे वररिपरि रहेर खटिरहेकाछन तिनै तहका कर्मचारीहरु । सरसर्ति नियालेर हेर्दा संघियता कार्यन्वयन काे शुरुमा केही समय अन्याेल्ता मै बित्याे ,त्यस पछि केही केही सिक्दै काम गर्दै ,आफ्नाे जिम्मेवारी थाहा पाउदै आएकाे भए पनि पर्याप्त जनशक्तिहरु नभएकाे ,कर्मचारीकाे ठुलाे अभावले भने जस्ताे काम गर्न नपाएकाे , हुँदै हदै पछिल्लाे समयमा चाहिं अनुभबहरु पनि निखारिदै गएकाे ,नयां नयां भए पनि जनशक्ति (कर्मचारी )हरु काे पनि उपस्थिती हुँदै गएकाे साथै काम पनि निक्कै गति लिएको,आफुले साेंचे जस्ताे काम गर्दै आई रहेकाे , निकै राम्राे परिणाम देखिन थालिएको ,उपलब्धिहरु आम जनतामा अनुभुती हुन थालेकाे थियाे । तर ठिक त्यसै बेला मुलुक नै महामारीकाे ठुलाे चपेटामा फंस्याे । विश्व नै हताहत भयाे , आक्रान्त भयाे ,थर्कमान भयाे , त्यस मा नेपाल पनि अछुताे रहेन । तथापि तिनै तह काे सरकार हरुले महामारिकाे बिचमा पनि पर्याप्त प्रयास हरु गरिरहेका छन । एकातिर आफ्नाे सम्पुर्ण बल बुता ,श्राेत सात साधन र जनशक्ति प्रयाेग गरेर काेराेना भाईरस संग लड्नु परेकाे छ भने अर्कातिर आफूले जनता संग गरेकाे प्रतिबध्दता अनुसार आफ्ना निर्धारित कार्यक्रम हरु पनि संचालन गर्नु परेकाे छ।
               त्यसाे त यत्तिबेला सबैकाे ध्यान काेराेना भाईरस राेकथाम तथा नियन्त्रणन तर्फ नै देखिन्छ । काेहि सस्ताे लाेकप्रियता का लागि राहात संकलन तथा बितरण गर्ने ,काेहि राहत बितरण गर्ने बाहानामा राजनिति प्रतिस्पर्दा मा ब्यस्त हुने ,काेहि हावा मा कुद्ने काेहि कुदाउने ,बिना शुर ताल काेहि नाच्ने काेहि नचाउने । भिडभाड नगर्ने ,सामाजिक दुरि कायम गर्ने ,सेनिटाईजर, मास्क अनिवार्य प्रयाेग गर्ने ,विना काममा घर बाहिर हिडडुल नगर्ने ,घरमै बस्ने जस्ता कुराहरु सबैलाई कण्ठ भैसकेकाे छ । तर बिडम्बना ..याे सब कुरा खालि अरुका लागि मात्र भएकाे छ। यत्ति सम्म कि बन्दा बन्दी पनि सरकारका लागि हाे ,आफ्नाे लागि हाेईन , सडक मा बाईक वा गाडी कुद्छ जनप्रतिनिधि सुतेकाे देखिने,व्यापारीले पसल मा भिडभाड लाउछन फेरि जनप्रतिनिधि जिउदै मरेकाे देखिने ,तिथि मिति स्थान सहित काे भिड भाड अनि त्यसबाट हुन सक्ने खतराकाे बिषयमा प्रत्यक्ष देखाउने ,सरकार लाई नालायक काे उपमा दिने तर आफू चैं त्यै भिडमा भएकाे थाहा नपाउने ।
                   बन्द गर्याे खुल्ला गर्नु पर्ने, फेरि खुल्ला गर्याे बन्द गर्नु पर्ने। सरकारलाई क्वारेन्टाईनका लागि ठाउँ ब्यावस्थापन गर्नै पर्ने बाध्यता भएकाे तर नागरिकले अाफ्नाे घर छेउछाउ बनाउन नहुने अडान लिएकाे,दुनियामा कसैकाे घर छेउ नपर्ने ठाउँ कहिं हदैन भन्ने कुरा संबन्धित ठाउंका नागरिकले बुज्दै नबुज्ने, आफ्नालाई क्वारेन्टाईन बस्न दिनु पर्ने अर्कालाई दिन नहुने। लाग्छ सबै खाले मान्छेहरु याे महामारी काे बिज्ञ नै हुन । त्यसैले त स्वास्थ्यकर्मि लाई सिकाईरहन्छन ,सुरक्षाकर्मिलाई सिकाई रहन्छन ,याे भयावह अपस्थामा अग्रभागमा आफ्नाे ज्यानै जाेखिम मा राखेर रात दिन माहामारिकाे बरुद्वमा खटिरहने स्वस्थ्यकर्मी र प्रहरी लाई सदभाव एवं सहानुभूति दिन त कता हाे कता ,उल्टै लान्छाना र अपहेलना र यातना दिन प्राेत्साहन गर्छन । समुदायमा विना शुल्क अभिमुखिकरण गरिरहन्छन कि – काेराेना यस्ताे हाे , त्यस्ताे हाे यस्काे नियन्त्रण गर्न सरकारले जानेन ,यसाे गर्नुपर्थ्याे ,उसाे गर्नु पर्थ्याे तिनै तह काे सरकार असक्षम,निकम्मा के के हाे के के । शुद्ध , अर्ग्यानिक ,जडिबुटिहरु,घरायसी अाैषधिहरु प्रगाेग गराै ,ताताे पनि खाअाैं,राेग संग लड्न सक्ने क्षमता उत्पादन गर्ने खालका खानेकुरा खाअाै भन्ने सल्लाह दिदा बेसारे अाेली भन्छन देशकाे सम्मानिय प्रधानमन्त्रीलाई जाेकर र गफाडीकाे संज्ञा दिन्छन ,खिल्ली उडाउछन,फेसबुकमा राेईलाे मच्याउछन । आफ्नालाई हाेम क्वारेन्टाईन बस्न दिनु पर्ने ,अर्काका लाई सामाजिक बहिस्कार नै गर्नु पर्ने यस्तै यस्तै छ यहांकाे चलन ।
                                    नयां व्यावस्था हाे, शासन पद्वति पनि नयां नै छ । नयां अनुभवहरु नभए पछि सरकार पक्षका जिम्मेवार ब्याक्तिहरुले पुरानै पद्वति अनुसार काम गर्न खाेज्दा कहिं कतै केही केहि कमि कमजाेरीहरु भैरहेकाे छ । कहि कर्मचरी र जनप्रतिनिधिकाे तालमेल नमिलेर ठुलै खालका त्रुटि हरु भैरहेकाे छन भने कहिं शसर्त अथवा स्वार्थ राखेर काम गर्दा गम्भिर खालका गैरकानुनि काम हरु पनि भैरहेका छन। सरकार पक्षका सबै मानिस हरु नराम्रा छैनन ,तिनै तहका केही ब्याक्ति हरुले गति छाडेर काम गर्दा दिनप्रति दिन आलेचना हरु खेप्नु परिरहेकाे देखिन्छ । गलत ठहरिएकाे खण्डका सरकार पनि चुपलागेर बसेकाे छैन । संबन्धित पक्ष लाई कार्वाही गर्न पनि पछि परेका छैन । तर यहाँ एउटाले गल्ति ग-याे भन्दैमा त्यसैलाई लिएर सामाजिक हाे हल्ला गर्ने मान्छे हरुकाे भिड निक्कै ठुलाे छ । पाकेटमार ले कसैकाे पर्स थुत्याे – दुई तिहाईकाे सरकार ले के हेरिराछ ? , कसैकाे बाईक चाेरी भयाे -अाेलीकाे सरकाराे काम छैन ,कसैले गांजा खायाे -निकम्मा सरकार ,अपराधीले बलात्कार ग-याे,एसिड आक्रमण ग-याे फेरि दुई तिहाई काे सरकारले के हेरिराछ? काेहि मान्छे झुण्डेर म-याे – सरकारलाई नै दाेष , पानी प-याे सरकार लाई दाेष ,चर्काे घाम लाग्याे सरकारलाई दाेष , असिना प-याे सरकारलाई दाेष ,आधिबेरी आयाे सरकारलाई दाेष ,बाढि आयाे सरकारलाई दाेष त्यस्तै महामारि आयाे सरकार लाई नै दाेष । वास्तविक्ता मा आधारित बिराेध कहिं कतै छैन ।
फेसबुकका भित्ता भरि सरकार बिराेेधी स्टाटस हरु प्रशस्तै देख्न पाईन्छ ,अनलाईन मिडियाहरु सरकारकै बिरुद्वमा,पत्रिका अखबारहरु सरकारकै बिरुद्वमा। सरकारले याे चैं काम राम्राे ग-याे भनेर लेख्ने पत्रकार कमै छन । सामाजिक संजालमा सरकार बिराेधी अभिब्यक्तिहरुकाे विस्कुन लागे झै हेर्न पाईन्छ । सरकारले याे गरेन त्याे गरेन,याे हुनु पर्थ्याे ,त्याे हुनु पर्थ्याे, प्रधानमन्त्री त जापानकाे जस्ताे हुनुपर्थ्याे ,चाईनाकाे जस्ताे हुनु पर्थ्याे । चाईनाकाे जस्ताे जापानकाे जस्ताे हुनु पर्थ्याे भनेर सुझाव दिने वालाहरुले आफुु चैं कुन देशकाे जस्ताे हुनु पर्ने हाे हेक्का भने छैन कसैलाई । साच्चै नै भन्ने हाे भने यहाँ चित्त कसैकाे बुझेकाे छैन ,आम देश बासीकाे चित्त बुझेकाे छैन सरकार संग ,पत्रकारकाे चित्त बुझेकाे छैन सरकार संग, सरकारकाे पनि चित्त बुझेकाे छैन सरकार संगै ,अनि परिस्थिति र जमाना संग पनि।सबैले बुज्नै पर्ने कुरा के छ भने मुलुकलाई संविधान तयार गर्न त ६/७ बर्ष लाग्याे भने कार्यन्वयन गर्न त झन समय पक्कै लाग्छ। याे एउटा संस्था हाेईन ।एउटा सिंगाे देश काे सरकार हाे । नयां पद्वति भएकाले अनेकन जटिल्ता हरु र अफ्ठ्यारा हरु पनि छन ।

                संभवत: याे हुवहु कार्यनवयन हुन अझै केही समय लाग्छ । देश ले स्थाई सरकार पाएकाे छ । याे पहिेले काे जस्ताे ९ महिनामा १८ महिनामा कसैले ढाल्दा ढल्ने सरकार हाेईन । सारा नेपाली नागरिक काे आवश्यक्ता बमाेजिम पटक पटक काे प्रयास बाट प्राप्त संघियता अन्तर्गतकाे स्थाई सरकार हाे । तिनै तहका सरकारहरुले संविधानद्वरा प्रदत्त क्षेत्राधिकार भित्र रहि ऐन ,कानुन लाई आत्मासाथ गर्दै जिम्मेवारी बहन गर्नु नै संगियता कार्यन्वयन गर्नु हाे । तर यसमा सबै पक्षकाे उत्तिकै बराेबर भूमिका हुन जरुरी छ ,नेपाल सरकार , प्रदेश सरकार ,स्थानिय सरकार , विभिन्न विभागहरु ,विभिन्न संघ संस्था ,पत्रकार अनि प्रत्येक नागरिकहरुले पनि महत्वपूर्ण भुमिका निभाउनु पर्ने हुन्छ । सरकार प्रति सकारात्मक भएर सबैले आ-आफ्नाे क्षेत्रमा आ-आफ्नाे जिम्मेवारी बहन गर्नु पर्ने देखिन्छ ।

किन भने सबैकाे त्याग ,लगानी र बलिदानी बाट प्राप्त भएकाे संसार कै उत्कृष्ट एवं प्रगतीशिल संघियता हाे नेपाल काे संघियता… यस अर्थमा पनि हामी सबै जना एउटै धरातलमा छाैं, भाग्यमानी छौ, एउटै स्वरमा बाेलाैं ,सबै सबै मिलेर हाम्राे प्याराे संघियताकाे सफल कार्यन्वयन गराै । धन्यबाद 🙏🙏🙏🙏।।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=13618 0
“मायाको प्रतिफल” हार कि बहार ? https://pradeshaawaj.com/?p=13447 https://pradeshaawaj.com/?p=13447#respond Mon, 24 Aug 2020 14:31:10 +0000 https://pradeshaawaj.com/?p=13447

✍विष्णु  चुडाल पाण्डे

माया शब्द यस्तो हो जुन बाहिरी आँखा ले कतै देख्न सकिदैन। तर सत्य कुरा यति हो कि अनुमान भने जो कोहिले पनि गर्न सक्छ। त्यसैले त भन्ने गरिन्छ माया भावबाची नाम हो। तर पनि यति भन्दैमा मायाको अर्थ पूरा भयो भन्नू मुर्खता हो। हिजोआज माया शब्दलाई जवान केटाकेटीहरुको शारिरिक आकर्षण सङ्ग जोडेर सँकुचित हिसाबले व्यबहार गरिएको पाइन्छ। माया बालकदेखी बृद्धअवस्था , मानवदेखि जनावर र प्रकृति सम्म हुन्छ। मानवीयताको हिसाबले हेर्दा अपरिचित ब्यक्ती जो कोहिलाई पनि माया गरिन्छ। आफ्नो मातृभुमी रास्ट्रियता सबैको निम्ति माया जोडिएको हुन्छ।

माया नेपालीमा दुई अक्षरले बनेको शब्द हो जस्मा सन्सार अटाइएको हुन्छ। माया एस्तो भावनात्मक हो जुन छुन र देख्न सकिदैन। तर महसुस गर्न सकिन्छ। नेपालिमा मायालाइ अन्य शब्द जस्तै स्न्नेह, प्यार, प्रेम , पिरती जस्ता धेरै शब्दले प्रतिनिधित्व गरे पनि अङ्ग्रेजी शब्द “लब ” नै बढी प्रचलनमा छ। प्रयोगका हिसाबले हेर्दा मायाको अर्थ कुनै प्राणि वा बस्तु प्रती मनै देखि चाहने अर्थात अनुभव गर्ने वा एक ब्यक्तिले अर्को ब्यक्ती प्रतिको भावनात्मक सम्बन्ध हो। केही साहित्यकारहरुले माया दुई मुटुको सङ्गम हो भनेका छ्न त कसैले माया शरीरसङ्गको छाया हो पनि भनेका छन् । तर जस्ले जस्तो सुकै परिभाषा दिएपनी यो यति व्यापक शब्दावली हो। जुन सामान्य परिभाषाले पनि पुर्ण हुदैन। वास्तवमा माया एक जन्मदेखी मृत्युसम्म नभै नहुने महत्वपूर्ण बस्तु हो। यदि एक अर्कामा आकर्षक भएर मन नपराइदिने हो भने त्यहाँ मायाको प्रश्न उठ्दैन। मिठो बोलेर लठ्ठ बनाउदैमा माया हुँदैन। माया त केवल फरक फरक किसिमको हुन्छ। श्रीमानले श्रीमतीलाई दिने माया , आमा बुवा प्रतिको माया, छोराछोरीको माया , दाजुबहिनीको माया आफन्त र साथिभाइको माया बस् माया कसरी गरिन्छ भन्ने कुरा मात्र फरक हो।

जति मायाको परिभाषा बुज्दै गयो तेति नै यो मायाको गहिराईले डुबाउदै लान्छ कसैले मायाको नाममा जीवन नै समाप्त गरिरहेका छ्न्। हात काटेर रगतले नाम लेख्दैमा र फोटो जोडेर भित्ताभरी टास्दैमा पनि माया हुने होइन। अनायसै हिजोआज मानिसहरु पागल हुने अनि आफ्नो जीवन समाप्त बनाउने गर्छन् । मायाले कतिको जीवन सुन्दर र उज्यालो बनाइदिएको छ भने कतिको त जिन्दगी बर्बाद र अन्धकार पारिदिएको छ। मायालाइ चिन्न र बुझ्न सकिएन भने यस्ले सुन्दर जीवन सखापै पारिदिएको छ। मायाको कमजोरी पनले होला सन्सारमा हत्या, हिम्सा र आतंकले जरो गाडीरहेको छ। हामीले सुनेका र देखेका छौं मायामा ऐजेरु पलाएपछी श्रीमानले श्रीमती को हत्या, बाबुले छोरीको हत्या, छोरिले आमाको हत्या , छोराले बाबुको हत्या गर्न पनि पछि पर्दैनन् । साच्चै भन्ने हो भने मायाको कथा कुनै नौलो होइन। बौद्धिक कालमा हेर्ने हो भने भगवान शिबकै कुरा गर्दा सतीदेबिले शिबको लागि आफ्नो देह त्याग गरिन। त्यस्तै त्रेतायुगका एक आदर्श नारी सिताले पनि रामसङ्ग चोखो माया गरेकी थिइन। रामका हरेक बचनलाइ शिरोधार्य गरेर जङ्गल पस्न सक्ने गर्भवती सीता र रामबिचको प्रेम अनि मयार्दाले निम्त्याएको बिछोड सन्सारले बुझेर आत्मसात गर्न जरुरी छ। यसैगरि द्वापर युगका श्री कृष्णले पनि राधाको प्रेममा परेर १६ हजार एकसय ७ जना गोपिनिहरुलाइ बिहे गरे तर उनले चाहेको र माया गरेको राधालाई भने कहिले पनि आफ्नो बनाउन सकेका थिएनन् ।

मायाको अन्त्य मिलन मात्र होइन कि विछोडमा बलिदान पनि हो। मायामा प्राप्ती मात्र होइन उत्सर्ग पनि हुनु पर्छ। यति बुझौकी मायाको अन्त्य कहिले पनि हुदैन । हामीले आफ्नो माया अमर रहोस् भन्नकालागि प्रेम दिवस पनि मनाउने गरेका छौं । यो दिवस हिजो आज नेपालमा पनि युबाहरु माझमा लोकप्रिय बन्दै गएको छ। यो दिन गुलाफको फुल दिएर आफ्ना प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव गरिन्छ। प्रस्ताव जस्ले राखेपनी पनि हुन्छ। तर प्रेम प्रस्तावका लागि ९०% पुरुषहरुले पहिला आइ लब यु भनेर प्रेम प्रस्ताव राख्ने गरेका छन् । यो दिन यति महत्वपूर्ण छ कि भागेरै भए पनि भेट्ने प्रस्ताब राख्ने गरिन्छ जस्तै २०१४ मा एरिजोनामा भ्यालेन्टाइन डे का दिन एक कैदिले आफ्नो प्रेमिकालाइ भेट्न् का लागि जेलबाट भागेका थिए।
जुन कुरा सेन्ट भ्यालेन्टाइनले सिपाही हरुलाई बिबाह गराएको कथासङ्ग जोडीएको भएतापनी यो प्रणय दिवस पश्चिमि संस्कृती हो। यो संस्कृतिको केही राम्रो पक्ष भएतापनी आहिलेका आधुनिक युवायुवती पुस्तामा एकदमै बिकृती फैलाउने काम भएको छ। आधुनिकता सङै संस्कृतिको जग्रेना भन्दापनी बिसङ्गती भित्रीएको छ।

अन्त्यमा जिवनका लागि माया एक अपरिहार्य बस्तु हो । यदाकदा सुन्ने गरिएको छ कि यदि तपाईंलाई कुनै दुख पिडा भएको बेला तपाईंको माया भएको मान्छेसङ्ग अङ्गालोमा बाधिनु भएमा त्यो अङ्गालोले तपाईंको नबर्स सिस्टमलाई पेनकिलर सरहको काम गर्दछ। यहाँ मायालाइ जसरी परिभाषा गरे पनि एउटा साचो माया शक्तिसाली हुन्छ। त्यसको अन्दाज कसैले लगाउन सक्दैन। माया गर्न जाने सन्सार बनेर आउछ, नजाने सजिलै सङ्ग काल बनेर आइदिन्छ।साच्चै माया नभैदिने हो भने यो सन्सार कस्तो हुने थियो होला हामी अनुमान समेत लगाउन सक्दैनौं। मायामा लगाब र झुकाब दुबै कुरा बराबर हुनुपर्छ। माया सफल भए सम्बन्ध पनि सफल रहन्छ। मायाका लागि हामिले आफ्नो बनाउन धेरै कुराहरु गरिरहेका हुन्छौं। आफुले चाहेको होस् या नहोस् आइ लब यु भन्दैमा माया बसिहाल्ने पनि होइन। हात काटेर होस् या मर्छु भनेर धम्काउने काम पनि गलत हो। यसरी कायम रहेको सम्बन्ध क्षणिक समयसम्म चिटिक्क देखिने बालुवाको घरजस्तै हो कति बेला भत्किने हो थाहा हुदैन। त्यसैकारण मजबुत घर बनाउन बलियो जगको आवश्यकता पर्दछ। सम्झनुहोस सम्बन्ध भनेको घर र बिश्वास भनेको जग हो। त्यसैले त मायाले मानिसलाई बाच्ने उर्जा थपिदिएको छ। जबकी माया शब्दको सदुपयोग हुन जरुरी छ। किनकी माया शब्द दुरुपयोगको लागि निर्माण भएकै होइन।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=13447 0
तिमी कुन थर, जात र धर्म ? https://pradeshaawaj.com/?p=12695 https://pradeshaawaj.com/?p=12695#respond Sun, 05 Jul 2020 17:59:05 +0000 https://pradeshaawaj.com/?p=12695

                                                     मलाइ फेसबुकको मनपर्ने एउटा पाटो भनेको आफूलाई लागेको कुरा स्वतन्त्र ढँगले साथिभाईमाझ राख्न पाउनु हो । विषयबस्तु जुनसुकै होस व्यक्तिगत रुपमा कसैलाई असर पर्दैन भने आफूलाई लागेको कुरामा साथिभाइसँग छलफल र बहस गर्नुलाई म राम्रो पक्षमा लिन्छु र बेला बेला म आफ्नो फेसबुक वालमा स्टाटस पोस्ट गरिरहन्छु ।  पोस्ट गर्नुको उद्येश्य त्यस विषयमाथि छलफल होस भन्नेमात्र नभई मनको बह पोख्ने ठाउँ पनि हो मेरो लागि । आफूलाई लागेको कुरा लेख्ने रहर र बानी पुरानै हो मेरो । जतीबेला मलाई मोबायल बोक्ने अनुमती थिएन त्यो बेला डायरिमा लेखेर राख्ने गर्थे । आफूले डायरिमा लेखेर पठाएका शब्दहरु ३ महिनापछि स्थानीय पत्रीकामा प्रकासीत हुँदाको खुशीनै बेग्लै हुन्थ्यो । पत्रीकामा आफ्नो सानो फोटो र नाम देख्दा मन फुरुङ्ग , अझ कसैले पत्रीका बोकेर आएर आफूभन्दा बढी खुसी हुँदै तिमिले लेखेको रैछौ नी भन्दा त निकै ठूलो उपाधी जितेझैँ खुसी लाग्थ्यो , जे होस अब यि कुराहरु सम्झनामै सिमित छन् ।

कुरा गरौ फेरि फेसबुक पोस्टकै केहिदिनअघिको कुरा हो मामाघरमा सत्यनारायणको पुजा थियो अनी म पाती चढाउँन पुजामा बसेकी थिए, आमाले आफ्नो मोबायलमा केही तस्बीरहरु समेट्न भ्याउनुभएछ । साँझमा मलाई आफ्नो तस्बीर सम्झनास्वरुप फेसबुकमा राख्न मन लाग्यो अनी पोस्ट गरे ‘धर्म=सत्य ” लेखेर फोटोसहित । एकैछिनपछी एकजना मित्रको कमेन्ट आइहाल्यो “तामाङ्गले हिन्दु धर्म मान्छ की के हो ? उत्तर नगरि बस्न मन लागेन “मन्दीर र गुम्बा दुवै ठाँउ पुज्छु म” मेरो उत्तर लगत्तै फेरि उही साथिको प्रश्न “तामाङ्ग र भट्टराई भएर होला”? यती हेरेपछि मुसुक्क हाँसे कुरा सकीयो । तिमि के थरि हो ? हिन्दु धर्म मान्छौ की बौद्य? यो प्रश्न नयाँ होइन मेरो लागि । मैले आफूलाई चिन्न थालेदेखि यो प्रश्न मलाई हरेक दिन कोही एकले सोधेकै हुन्छ ,यदि कुनै एकदिन यो प्रश्नको उत्तर मैले कसैलाई दिनुपरेन भने सायद त्यो कुरा चाँही नौलो होला मेरो लागि । पछिल्लो दिनमा केही नयाँ भनेको मलाई प्रश्न गर्ने शैली हो जस्तै, पहिले नानु तिमि के थरि ? अनी तिम्रो मामली चाँही ? अहिले, नानु तिमि के थरि? अनि तिम्रो माइति ? मामलको ठाउँ अहिले माइतले लिएको छ । अनुहारको बनौट हेरेर चिन्नुपर्ने कुन समुदायको भनेर ।

जात धर्मको कुरामा हाम्रो समुदायमा सँधै विवाद चलिरहेकै छ , अग्रज र विशिष्ट व्यत्तिहरुले आफूलाई ठीक लागेको कुरामा चर्को आवाज उठाइरहेकै छन् । खैर मलाई यहाँ के ठीक के बेठीक र कसले कहाँ के गरिरहेको छ भन्दापनि नितान्त आफ्नो भोगाइ सुनाउँन मन लागेको हो । कहीलेकाँही मलाई पनि प्रश्न गर्न मन लाग्छ आखीर थरमा के छ? केही वर्ष अघिको कुरा हो दमकको चोकमा र्याली निस्कियो कुनै पार्टी विषेश रैछ “यो देश कसको मँगोलको , क्षेत्री बाहुन कहाँको बिदेशको” कुनै एउटा पार्टीको यो नारा सुनीसकेपछि मलाई याद आयो मेरो बुबा तामाङ्ग अर्थात मँगोल अनि मेरि आमा सिटौला अर्थात क्षेत्री –बाहुन अब मैले के बुझे भने यदि हरेक क्षेत्रमा जात र धर्मको नाममा छुट्याउँदै र छुट्टीदै जाने हो भने सुरुवात मेरो घरबाट हुनेरहेछ र बिखण्डनको सुरुवात मेरो बा–आमाबाट ।। पछिल्लो समय रुकुम घटनाले गर्दा जातीय विभेदमाथि धेरै प्रश्नहरु उठ्यो । केहि दिन सामाजिक सञ्जालमा तहल्का नै मच्चियो अनी फेरि साम्य । सामाजिक सञ्जालमा हरेक दिन कुनै न कुनै एउटा नयाँ विषयले तहल्का मच्चाएकै हुन्छ चाहे त्यो बहस गर्न लायकको विषय होस या नहोस, विषयबस्तु परिवर्तन भइनैरहन्छन् तर कतिपय महत्वपूर्ण विषयमा तबसम्म आवाज उठाइरहनुपर्छ जबसम्म पिडितले न्याय पाउँदैन, जे होस रुकुम घटनाको सहि छानबिन होस र दोसीलाई कारबाही होस । जातीय विभेद बिरुद्व परिवर्तन पक्कै भयो होला कागजमा र शहरमा केहीहदसम्म तर हाम्रो सँस्कार र सोच जाहीँको त्यही ।

आज समाजको भन्दा पहिला मेरो घरको कुरा गर्न मन लाग्यो । जात–धर्मको कुरा गरिरहदा आजभन्दा पच्चीस वर्ष पहिले मेरो बा–आामाले अन्र्तजातिय विवाह गर्नुभएको हो , यो विषयमा धेरै सवाल–जवाफ बा–आामासँग पनि भयो होला यसका बाबजुद पनि आजसम्म बा–आामाले यो जात र त्यो जातमा यती फरक हुन्छ भनेर आफ्नो सन्तानलाई कहिल्यै भन्नुभएन । म जुन वातावरणमा हुर्कीए त्यहाँ मेरो लागि रातो टीका र सेतो टीकामा कहिल्यै फरक परेन, मन्दीर र गुम्बा कहिल्यै फरक भएन, गुनीउ लाउ की लुङ्गी तिम्रो इच्छा , अर्थात तिमिले यो मात्र रोज्नुपर्छ यो अवस्था कहिल्यै आएन , यो स्वतन्त्रतता मेरो घरको कुरा भयो जसले गर्दा मैले जात र धर्ममा कहिल्यै फरक देखिन र हेर्न पनि खोजिन । तर जसै मेरो थर सोधेपछि मेरो अनुहार हेरेर हाँस्न सुरु भयो, अनी मैले गरेको उत्तरमा “हो र”! भन्ने प्रतिप्रश्न सुरु हुन थाल्यो तबमात्र मलाई थरमा के छ? भन्ने कुराको महसुश हुन थाल्यो । मेरो अनुहार हेरेर मेरो थर मिलाउने बाजी राखेको र मेरै थर÷समुदायको कार्यक्रममा सहभागि भैरहँदा तिमि कुन समुदायबाट भन्ने प्रश्नको सामना गर्नुपरेको उदाहरण मसँग धेरै छन् तर पनि मलाई यि शब कुराले कहिल्यै निराश बनाएन बरु एक किसिमको आनन्द नै मिल्थ्यो । त्यतीबेला यो कुरामा खासै ध्यान नदीए पनि आज चाहीँ यो कुरामा केही सोच्न म बाध्य हुन्छु, कारण पछिल्लो समय मलाई सोधीने प्रश्नहरु ।

केहिसमय अघि मेरो विवाह भयो अन्र्तजातीय (मँगोल र ब्राहमण) अनि नितान्त रोजि विवाह , आफैले रोजेर । दुवैले आफ्नो परिवारलाई आफ्नै तरिकाले मनायौ कुनै नाइनास्तीले रोकेन । परिवारबाट आजसम्म जात धर्मको कुरा लिएर तिमि यस्तो भन्ने मैले सुन्नुपरेको छैन । तर म त यहि समाजमा छु जसले निकै उत्सुकताका साथ प्रश्नहरु सोधेकै हुन्छ, अनी साँच्चै तिमिलाई घरमा भित्राए त ?तिमि भान्सामा छीर्छौ? तिमिलाई तिम्रो घरमा राम्रै गर्छन् त ? सँस्कार त मिल्दैन नी है ? जातै नमिलेपछि त केहि चल्दैन……यावत प्रश्नहरु । थाहा छैन यति धेरै उत्सुकता कीन? हुन त तिमिले गरेको प्रश्न बाट त्यो कुराप्रतीको तिम्रो धारणा झल्कीने हो । शबैको विचार एउटै हुनुपर्छ भन्ने जरुरी पनि छैन र तिमिले भोगेको परिवेश र मैले भोगेको परिवेश उस्तै हुन्छ भन्ने पनि छैन । हरेक कुरामा आ–आफ्नो भोगाई अनुसार आ–आफ्नै परिभाषा हुन्छ तथापी मेरो जात र धर्ममाथि प्रश्न गरिरहनेलाई एउटै उत्तर छ मेरो कसैले भनेका छन् “जन्मदै कोही ब्रमहाण र शुद्र पक्कै हुँदैन” हुर्कीएको वातावरण र सँस्कारमा भर पर्ने कुरा हो त्यसैले अन्त्यमा मेरो जात मानव हो र मेरो धर्म सत्य हो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=12695 0
काेराेना त्रास, सरकार र क्वारेन्टाइनमा देखिएको लापरबाही https://pradeshaawaj.com/?p=12349 https://pradeshaawaj.com/?p=12349#respond Fri, 19 Jun 2020 17:40:36 +0000 https://pradeshaawaj.com/?p=12349

✍बिष्णु  चुडाल पाण्डे  –  विश्वमा विभिन्न रास्ट्रहरु जस्तै यतिबेला हाम्रो देश नेपाल पनि कोरोना महामारी Covid 19 विरुद्ध कठिन संघर्ष गरिरहेको अवस्था छ। सिङ्गो विश्व त्रसित हुँदै गर्दा हामी नेपालीहरु बन्द कोठामा जीवन गुजारा गरिरहेको बेला कोरोना महामारिबाट जोगाउन जिम्मा लिएको हाम्रो सरकार कोरोनाको नाममा दश अरब खर्च गरीएकाे भन्दै गर्दा नेपाली जनताहरु बसेको क्वारेन्टाइनको अवस्था, उनीहरुको खानपानको अवस्था र पि सि आर टेस्ट गर्न नपाउदा कसरी आम नागरिकको जीवन रक्षा होला ?

कोरोना भाइरस Covid 19 काे महामारीले देश आक्रान्त बनेकाे छ । यस्ताे महामारीको प्रभावबाट देशले कहिले मुक्ती पाउने हाे अहिलेनै भन्न सक्ने अवस्था छैन। अहिलेको वर्तमान समयमा हेर्दा संक्रमितको दर ज्यादै उच्च रहेको देखिएको छ। धेरै मानिसहरुले अकालमा ज्यान गुमाइ रहेका  छन् ।

अहिलेको यो विषम परिस्थितिमा बिगत ७ महिना अघिदेखि विश्व का बिभिन्न शक्तिशाली राष्ट्रहरू लकडाउनमा छन् भने नेपालले पनि ३ महिना अघाडिबाट लकडाउनको अवस्था भोगिरहेको छ । आम नागरिकहरुले लकडाउनको समयमा कष्टकर जीवन बिताइरहेका छन् भने अर्कोतिर शारिरिक, मानसिक तनाव, खाध्यान्नको अभाव र साहुको ऋणको बोझले हजारौं मानिसले आत्महत्या गरिरहेका छन् । मानसिक सन्तुलन गुमाउनेको संख्या पनि उतिकै बढीरहेको अवस्था छ । वास्तवमा भन्नू पर्दा झन्डै दुई तिहाई बहुमत भएको सरकारले नेतृत्व गरिरहेको संबेदनसिल अवस्थामा देशका सम्पुर्ण नागरिकले कोरोना विरुद्धको महामारी, भोकमरी, आत्महत्या मात्र नभएर सुरक्षित भनिएको क्वारेन्टाइनमै महिलाहरु बलात्कारको सिकार भैरहेको बेला एकतिर सरकारमै बसेका ब्यक्तिहरु कोरोनाको नाममा भ्रष्टाचार गर्न मस्त देखिएका छन् ।

कोरोना संक्रमण Covid 19 का कारण नागरिकले एक मुठ्ठी चिउरा पनि नपाइरहेको बेला दुईतिहाइ भनिएको सरकार करोडौंको कार्पेट ओछ्याउन ब्यस्त रहेकाे छ । हामी आम नागरिकले यहि कोरोना महामारीको सेरोफेरोमा रहेर यो कुरालाई अगाडि नल्याउने हो भने देशमा भोकमरी सृजना हुने सम्भावना नजिकै देखिएको छ। सरकार चलाउनेहरूनै यति बेला कोरोनाको निउमा कमाउने धन्दामा लागिरहेका छन् ।  तोकिएको रकम भन्दा बढी मुल्यमा स्वास्थ्य सामाग्री ल्याउने अनि कमिसन खाने कुरामा मात्र ब्यस्त देखिएको छ । Covid 19 कोरोना महामारी दिन प्रतीदिन उकालो लागिरहेको छ। यो कठिन परिस्थितिमा आम नागरिक ससक्त ढंगले उभिन जरुरी छ । अहिलेको वर्तमान अवस्थामा जति बढी लकडाउनको घोषणा भएको छ त्यति नै बढी संक्रमणको अवस्था बढीरहेको छ र संक्रमितकाे मृत्यु  भइ रहेकाे छ ।

आजकाे मिति सम्ममा नेपालमा २२ जनाले कोरोना बाट ज्यान गुमाइ सकेकाे र ८ हजार २ सय ७४ जना संक्रमित भइसकेकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ । कोहिले क्वारेन्टाइनमै उपचार र सुरक्षा नपाएर ज्यान गुमाए भने कोहिले डायलेसिस गर्दा गर्दै ज्यान गुमाए तर क्वारेन्टाइनमा देखिएको लापरबाही बारे सरकारलाई कुनै वास्ता छैन । सरकार खाली पि सि आर किट नकिनेर आर डि टी कीट मात्र किनेर जनताको आँखामा छारो हाल्ने काम गर्दैछ।

WHO को मापदण्ड अनुसार क्वारेन्टाइनको व्यवस्था राम्रो हुन सकिरहेको छैन । नेपालका क्वारेन्टाइनहरु बाख्राको खोर जतिको पनि देखिएका छैनन् , खानपिनको राम्रो किसिमको व्यवस्था छैन, साबुनपानीले हात धुनुपर्छ भनिएको छ तर क्वारेन्टाइनमा बसेको भनिएको ठाँउमा साबुनपानी को राम्रो व्यवस्था पनि छैन। व्यवस्थापनको लापरबाही र कमजोरीका कारण नेपालका क्वारेन्टाइनहरु सुरक्षित नभएर उल्टो भाइरस सार्ने ठाँउ बनेका छन् । कस्तो विडम्बना जिवित अवस्थामा उपचारका साथै बिरामीको पि सि आर टेस्ट हुन सक्दैन तर मृत्यु पछि मात्र टेस्ट गरिन्छ। यो अवस्था किन देखापरिरएको छ ? एकातिर खर्च जोगाउने नाममा क्वारेन्टाइनमा राखिएका साधारण नागरिकमा कोरोनाको लक्षण नदेखिएसम्म कुनै परिक्षण नगर्ने अर्कोतिर विशिष्ट भनाउदा ब्यक्तिहरुको भने धमाधम पि सि आर परिक्षण गरिन्छ।

विश्व स्वास्थ्य संगठनले सन्सार भर सतर्कता अपनाउन बिगुल फुकिरहेको छ। नेपालमा पनि आम नागरिकले सतर्कता अपनाउन जरुरी छ। कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फ विभिन्न शीर्षकमा उपचार त भएका होलान् तर कोरोना रोकथाम हुन सकिरहेको छैन । चिनमा करोडौं मानिसको दुई दिन भित्रै कोरोना परिक्षण भएको थियो तर नेपालमा यस्तो प्रक्रिया सम्भव नहोला तर पनि एक घर एक परिक्षणको प्रयास गर्न जरुरी देखिन्छ । हाम्रो देशमा पि सि आर को प्रयोग कम र आर डि टि काे  बढी प्रयोग गर्ने क्वारेन्टाइनमा बस्ने नागरिकको समेत परिक्षण नगर्ने  सरकारले  कसरी उपचार गरिदेला भनेर आम नागरिकले  विश्वास गर्ने ? यहाँ प्रश्न चिन्ह उब्जिएको छ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=12349 0
यस्तो संकट र त्रासको अवस्थामा नागरीक स्यंम जिम्मेवार बन्नुपर्छ : उप प्रमुख गिता अधिकारी https://pradeshaawaj.com/?p=11889 https://pradeshaawaj.com/?p=11889#respond Thu, 21 May 2020 03:02:53 +0000 https://pradeshaawaj.com/?p=11889

दमक,८ जेठ । नेपालभर कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहदा झापाको दमकमा लकडाउन एकदमै खुकुलो बन्दै गएको छ ।

झापामै पनि संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा दमकमा भने भिडभाड बढ्दै गईरहेको छ । भिड बढ्दै जानुमा स्थानीय तह, प्रहरी, प्रशासनको कमजोरी त छदैछ तर यसमा मुख्य जिम्मेवार स्यंम यहाका नागरिक नै रहेका छन् । आखिर लकडाउन किन खुकुलो बन्दै गईरहेको छ त यस बिषयमा दमक नगरपालिकाकी उप–प्रमुख गीता अधिकारी लकडाउन लम्बिदै जानु , नागरिकले संकटको अवस्थालाई राम्रो संग मनन गर्न नसक्नु तथा केही हद सम्म स्थानीय तह तथा प्रहरी प्रशासन कडाईका साथ नउत्रनु नै प्रमुख रहेको बताइन् ।

उनका अनुसार यस्तो संकट र त्रासको अवस्थामा नागरीक स्यंम जिम्मेवार बन्नुपर्छ । दमकमा एक पटक संक्रमण देखिएको र केहीको परिक्षण समेत भईसकेको अवस्थामा कोरोना सकियो भनेर बाहिर निस्कनु बुद्धिमानी नहुने अधिकारीको तर्क छ । उनले लकडाउन खुकुलो हुनुमा प्रहरी प्रशासन अलि कडा रुपमा प्रस्तुत नभएर पनि यस्तो भएको हुन सक्ने बताइन ।

संकटको अवस्थामा प्रहरी प्रशासन र स्थानीय तहले कडाईका साथ लकडाउन पालना गर्नुपर्ने हैन र भन्ने जिज्ञासामा उनले एउटा पाटो त्यो भए पनि यसबेला नागरिक नै जिम्मेवार बन्नु पर्ने बताइन् ।

नगरपालिका, प्रहरी प्रशासन कडा रुपमा उत्रनु भन्दा अघि नै उनले धैर्यताका साथ लकडाउनको पालना गर्न सबै नागरिक संग अनुरोध समेत गरेकी छन् ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=11889 0
test