धर्म/सस्कृती – Pradesh Aawaj https://pradeshaawaj.com Pradesh Aawaj Fri, 22 Dec 2023 17:53:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2 https://pradeshaawaj.com/wp-content/uploads/2020/09/cropped-pradesh-7-32x32.jpg धर्म/सस्कृती – Pradesh Aawaj https://pradeshaawaj.com 32 32 सताक्षीधामको झरना जाने बाटोमा बन्याे फलामे भर्याङ्ग https://pradeshaawaj.com/?p=20686 https://pradeshaawaj.com/?p=20686#respond Thu, 21 Dec 2023 17:46:04 +0000 https://pradeshaawaj.com/?p=20686

शिवसताक्षी/ पुर्वकै प्रशिद्द धार्मिक तथा पर्यट्किय तिर्थ स्थल सताक्षीधाम नजिकै रहेको झरना जाने बाटोमा स्थाइ फलामे भर्याङ्ग निर्माण गरि आज उद्घाटन गरिएको छ ।

स्थानीय सन्चारकर्मी डाइमण्ड कार्कीको पहलमा निर्माण गरिएको फलामे भर्याङ्गको शुक्रबार शिवसताक्षीका नगर प्रमुख मेघाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले सङ्युक्त रिबन कटेर उद्घाटन गरे । २० फुट उचाइ र ४ फुट चौडाइ रहेको भर्याङ्गको तौल ५ सय किलो रहेको निर्माणकर्ता डाइमण्ड कार्कीले बताए ।उनका अनुसार भर्याङ्ग निर्माण गर्न १लाख ४०हजार रुपैय खर्च भएको जानकारी दिए । जसमा २८हजार कोरियामा कार्यरत नरेश नेपाल र मङलसिह योङ्गहाङको पहलमा प्राप्त भएको छ भने गोपाल गौरी दिगो बिकास प्रतिस्ठान २ हजार ५ सय ,स्थानिय समजसेवी खनीमाय श्रेष्ठबाट ११ सय र नगरका स्वस्थ्य शाखा कर्मचारी दिनेस पौडेल ५ सय गरि जम्मा ३२हजार १सय मात्र सहयोग प्रप्त भएको कार्कीले बताए ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख मेघाहाङ्ग थोप्राले भर्याङ्ग निर्माणकर्ताको प्रसङ्गशा गर्दै नगरले गर्नु पर्ने काम ब्यक्तिको पहलमा निर्माण भएकोले अपुग रकम नगरको तर्फ बाट थप आर्थिक सहयोग गर्ने जानकारी गराए । पुर्वकै प्रशिद्द धार्मिक तिर्थ सथल सताक्षीधामको दर्शन गर्न आउने दर्शानर्थी भक्तालु जन हरुलाइ लक्षित गरि निर्माण गरिएको भर्याङ्गले सबैलाइ झरना सम्म जानको लागि सहज हुने बताए । उनले आवत जावत गर्नको लागि गोरेटो सड्कलाइ समेत प्राथामिकतामा राखि काम अघि बडाइने मेयर तोप्राले बताए ।

सो अवसरमा ११नम्बरका वडा अध्यक्ष बहदुर आङ्गबो उपमेयर नरमाया कार्कीले नगरको समुनत बिकासमा यस्ता बिकासे गतिबिधिले ठुलो भुमिका खेल्ने बताउदै यस्त सामजिक कार्यमा नगरले हातम हात साथमा साथ मिलाएर सहयोग गर्ने बतए । उद्घाटन कार्यक्रममा ११ नाम्बर वाडा सदस्य हरु एलिना राइ,७ नम्बर वडा सदस्य पुजा नेपाली ,कार्यपालीका सदस्य तुलसा बिमली लगायत नगरका कर्मचारीहरु र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

बालाचतुर्दर्शी मेलालाइ लक्षित गरेर निर्माण शुरु गरिएको भए पनि प्राविधिक करणले सुक्रबार मात्र उद्घाटन गरिएको हो ।
सताक्षीधाम देखि करिब २किमि पैदल यात्र गरे पछि पुगिने चुरे पहाड्को फेदिमा रहेको झर्ना हेर्न दैनिक सयौको संख्यामा आतरिक तथा बाहिय पर्यटक हरुको भिड लाग्ने गर्दछ । हाल अस्थायी काठको फट्के बनाएर झर्ना सम्म जने गरिन्थियो भने अबो फलामको पुल बाट जानको लागि सहज भएको छ । यस्को सबैले सम्रक्षण गर्न आवस्यक रहेको सरो

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=20686 0
सामान्य वर्षा सहित पाथीभरा क्षेत्रमा हिउँ झर्न थाल्यो https://pradeshaawaj.com/?p=19204 https://pradeshaawaj.com/?p=19204#respond Wed, 22 Feb 2023 13:36:22 +0000 https://pradeshaawaj.com/?p=19204

ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा सामान्य हिउँ परेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।

यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न सुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन । गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकामलगायत क्षेत्रमा चिसो बढेको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19204 0
एक महिने स्वस्थानी व्रत आरम्भ https://pradeshaawaj.com/?p=19052 https://pradeshaawaj.com/?p=19052#respond Fri, 06 Jan 2023 04:09:04 +0000 https://pradeshaawaj.com/?p=19052

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ पmूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास गरिन्छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिनुभयो ।

शालि नदीमा माधवनारायण एवं स्वस्थानी व्रत

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।

“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार प्रकाश श्रेष्ठले भन्नुभयो । बर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ । बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=19052 0
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै https://pradeshaawaj.com/?p=18993 https://pradeshaawaj.com/?p=18993#respond Fri, 30 Dec 2022 03:22:20 +0000 https://pradeshaawaj.com/?p=18993

काठमाडौं । आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी, राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउदैछन् । यस्तै, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । यस पटक ‘तो ल्हो’ अर्थात बाघ वर्गको बिदाई गरी ‘हि ल्हो’ अर्थात बिरालो वर्गको वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाइने छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने पर्वको रुपमा मनाउन गरिन्छ ।

पुस १५ सबैभन्दा छोटो दिन र रात सबैभन्दा लामो हुने विश्वास पनि रहेको छ । यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18993 0
विवाह पञ्चमी पर्व देशभर मनाइँदै https://pradeshaawaj.com/?p=18881 https://pradeshaawaj.com/?p=18881#respond Mon, 28 Nov 2022 01:41:14 +0000 https://pradeshaawaj.com/?p=18881

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ ।

त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18881 0
गोवर्द्धन, बलि, गोरु र हली पूजा https://pradeshaawaj.com/?p=18703 https://pradeshaawaj.com/?p=18703#respond Wed, 26 Oct 2022 04:05:02 +0000 https://pradeshaawaj.com/?p=18703

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

बलि, हली एवं गोरु पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18703 0
असार १५ मा दही-चिउराकाे महत्व https://pradeshaawaj.com/?p=18238 https://pradeshaawaj.com/?p=18238#respond Wed, 29 Jun 2022 01:33:10 +0000 https://pradeshaawaj.com/?p=18238

काठमाडौं । आज बुधबार असार १५ । रोपाइँ सकेको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपमै असार १५ मा दही-चिउरा खाने प्रचलन रहँदै आएको हो ।

तर, असार १५ मै किन खाइन्छ दही-चिउरा ? असार १५ को सांस्कृतिक महत्व किन छ ?

संस्कृतिकर्मीहरु असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने प्रचलन रहेको बताउँछन् । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकाे छ । समयक्रमले यस प्रचलनलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीहरुको तर्क छ ।

उनीहरुका अनुसार पहिले रोपाइँ नसकिएसम्म दही-चिउरा खाइँदैन । तर, अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्षको असार १५ मा दही-चिउरा खाइन्छ । हुन त अहिले दही-चिउरा खान असार १५ नै पर्खनु पर्दैन । बजारमा बार्‍है महिना दही-चिउरा उपलब्ध छन् ।

तर, परापूर्वकालमा रोपाइँ सकिएको खुशीयालीमा मात्रै भोजस्वरुप दही-चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । ‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुशीयालीमा दही-चिउरा खाइन्छ’, उनले भने ।

रोपाइँका वेला सबैलाई भ्याइनभ्याइ हुन्छ । त्यसैले समय लगाएर पकाइरहन नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने दही-चिउरा खाने प्रचलनले महत्व पाएको उनले स्पष्ट पारे । ‘असारमा रोपाइँको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने दही-चिउरा रोपाइँ सकिएको खुशीयालीमा खाने प्रचलन रहेको हो । अहिले असार १५ मै दही-चिउरा खाने थिति नै बसेको छ ।’

उसवेला सबैसँग अहिलेजस्तो माछामासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैन ।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । किसानहरुको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत रहेको छ ।

यसरी घरमै हुने दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको अर्का संस्कृतिकर्मी दीपेशराज शर्मा स्पष्ट पार्छन् ।

‘दही-चिउरा पौष्टिक आहार पनि हो । धेरै समय लाग्ने गरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो’, उनी भन्छन्, ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएकोमात्र हो ।’

संस्कृतिकर्मी शर्माका अनुसार कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुन थालेको छ । असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण भएको उनी बताउँछन् । ‘पहिले दही-चिउरा घरकै हुन्थे’, उनी भन्छन्, ‘तर, अहिले दही र चिउरा बजारबाट किन्नुपर्छ ।’

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=18238 0
धुमधामका साथ मनाइयाे शिवसताक्षीमा चासोक तङ्नाम २०७८ https://pradeshaawaj.com/?p=17099 https://pradeshaawaj.com/?p=17099#respond Tue, 21 Dec 2021 18:40:26 +0000 https://pradeshaawaj.com/?p=17099

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा अवस्थित मिलन चौकमा पुस ६ गते (मंगलबार) मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ धुमधामका साथ मनाइएको छ ।

आयोजक मिलन साँस्कृतिक परिवारले आयोजना गरेको चासोक तङ्नाममा चासोक सेवा पूजा तथा प्रसाद वितरण कार्यक्रम, चासोक तङ्नाम प्रमुख कार्यक्रमको उद्घाटन र छेलो (पलङ) धनु (लि), डोरी तान्ने (इधाक) लगायतका खेलहरु गरिएको थियो ।

राजबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नगरका प्रमुख चन्द्रकुमार सेर्मा रहनुभएको थियो । यस्तैगरी किरात याक्थुुङ चुम्लुुङका नगर अध्यक्ष विरवल जबेगु, वडा नं. ७ का अध्यक्ष नविन इजम, नेकपा एमाले नगर अध्यक्ष रोशन थोप्रा, समाजसेवी जितेन्द्र चेम्जोङ, समाजसेवी तुलाराम बोखिम, सन्तोष थोप्रा, सुर्य योङ्या, नेपाली कांग्रेस नगर उपाध्यक्ष सन्त फेउदेन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । र, कार्यक्रमको अन्त्यमा गायक एकदेव लिम्बु र गायिका सुनिता संयक (लिम्बु)ले आफ्नो प्रस्तुति पस्केका थिए ।

 

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17099 0
शिबसताक्षीमा चासोक तङनाम https://pradeshaawaj.com/?p=17084 https://pradeshaawaj.com/?p=17084#respond Mon, 20 Dec 2021 00:38:14 +0000 https://pradeshaawaj.com/?p=17084

शिबसताक्षी । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा बारीमा पैँयू फुल्न थालेपछि मनाइने उधौली पर्व आइतबार झापाको शिबसताक्षी स्थीत दुधेमा पनि धुमधामका साथ मनाइएको छ ।

लेकमा बढी चिसो हुने भएपछि मंसिर पूर्णिमादेखि उँधो अर्थात् तराई वा बेंसीतिर झर्ने चलन छ । त्यसैलाई उधौली अर्थात् चासोक तङनाम पर्वको रुपमा लिम्बु समुदायले मनाउने प्रचलन रहिआएको छ । सोही अनुरुप आज शिबसताक्षीको दुधे रंगशालामा पनि धुमधामका साथ चासोक तङनाम मनाइएको छ । चासोक तङनाम कार्यक्रमका प्रमुख अतिथि शिबसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्माले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सबैको साझा दायित्व भएको बताएका छन् ।


उनले पुर्बी नेपाल संस्कृति र सम्पदाको उद्यम थलो भएको र साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताए । नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र संस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रुपमा रही आएको भन्दै नगर प्रमुख शेर्माले विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहहरुको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान गौरव महत्वपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व भएको बताए ।

२०७३ बाट सार्वजनिक रुपमा चासोक तङनामलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ शिवसताक्षीको दूधेमा सुरु गरिएको चासोक तङनाम (नुवागी) उत्सवले लिम्बू समुदाय मात्र नभइ नगर तथा नगर बाहिरको समुदायलाई समेत उत्सवमय बनाएको छ । नेपालीहरुको राष्ट्रिय पर्व तथा किरात लिम्बू समुदायको महान पर्वले समाजमा भातृत्व तथा धार्मिक सहिष्णुता कायम गर्ने किरात याक्थुङ चुम्लुङका नगर अध्यक्ष बीरबल जवेगूले बताएका छन् । राष्ट्रिय कलाकार मेलिना राई सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा मौलिक घर, मौलिक मेलाको स्टलहरु, धान नाँच मेला, च्याब्रुङ नाच मेला, मौलिक भेषभुषा, लिःतोङ धनुकाण, पतःलुङ, छेलो प्रतियोगिता समेत भएको थियो ।
गायीका मेलिना राईले आफ्नो बिभिन्न एक दर्जन बडि चर्चित गितहरु प्रस्तुत गरि दर्शकलाई नचाइन । बिगत का बर्षहरुमा २ दिन सम्म मनाइदै आएको यो पर्ब अघिल्लो बर्ष कोरोना माहामारीले गर्दा हुन सकेन भने यो बर्ष पनि कोरोना भाइरसको तेस्रो भेरियन्टको जोखिमलाइै मध्यनजर गर्र्दै आज एक दिन मात्र मनाइएको आयोजक किरात याक्थुम चुम्लुङका नगर सचिब प्रेम शेर्माले जनाएका छन ।

शिबसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, नगरका प्रबक्ता नबिन इजम, नेपाली कंग्रेश नगर सभापती असोक बस्नेत,इलकाप्रहरी कार्यलय झिलझिलेका प्रमुख धुर्बनारायाण श्रेष्ठ लगायतको उपस्थीति रहेको कार्यक्रम पुर्ब साम्सद तारासम योङया, नेपाली कांग्रेशकाझापा जिल्ला सभापति देउमान थेबेले चासोक तङनामको महत्व र औचित्य प्रकाश पार्दै मनतब्य राखेका थिए ।

किन मनाइन्छ चासोक तङनाम
विशेषगरी पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ । प्रकृतिपूजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरिन्छ ।
यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् । लिम्बू संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम शुरु भएको मानिन्छ ।

प्रकृतिपूजक किरातहरुले मनाउने यो पर्व एउटा समय–सूचक पनि हो । खेतीपाती एवं पशुपालन गर्ने किरातका पूर्खाहरुले प्रकृतिसँग लय मिलाउँदै यो उत्सव मनाउन शुरु गरेका हुन् । सुनुवार, राई, लिम्बु, याख्खा जातिले यो उत्सव मनाउने गर्छन् ।
उधौली र उभौलीमध्ये (मंसिरे धान्य पूर्णिमा)मा उधौली र वैशाखे चण्डी पूर्णिमा)मा उभौली पर्व मनाउने गरिन्छ । किरातीहरु प्रकृतिपूजक हुन् । किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भनेर मान्ने गर्छन् । त्यसैले यो पर्व मौसमी सूचना दिने सूचक पनि हो ।

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=17084 0
आज जनै पूर्णिमा, रक्षा बन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस यस्ताे यी चाडकाे महत्व https://pradeshaawaj.com/?p=16554 https://pradeshaawaj.com/?p=16554#respond Sun, 22 Aug 2021 01:47:47 +0000 https://pradeshaawaj.com/?p=16554

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

समथर फाँटका गह्राहरूदेखि गैरीखेतसम्मका रोपाईँ सकिइहोला । शुरुमा रोपेका धानहरू त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । अझ भदौरे धानका बालाहरू त फुट्न थालिसके होलान् ।

अब यो रोपाइँपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्करै चाड–पर्वहरू आउन थालेका छन् । वास्तवमा रोपाईँपछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।

खुसीयालीको चाड विशेष रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन् । अनि दिदी–बहिनी हुनुहुन्छ भने आफ्ना दाजुभाइहरूका लागि राखी खरिद गर्नुभयो त ! अनि दाजुभाइहरूले भने आफ्नी दिदी–बहिनीहरूका लागि के कस्तो उपहार दिने तर्खर गर्नुभएको छ त आज ?

हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।

बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’

आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।

यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल बिहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ ।

आजको दिन कज्वाइँ–ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडाँैको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसार्इँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूध–कुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाँधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरूमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।

सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो, जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ, जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् । स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त संकुचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्छ, तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।

यस दिन, दिदी–बहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनका धागो बाँधिदिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदी–बहिनिलाई उपहार दिन्छन् । आफ्ना दिदी–बहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् । आफ्ना दाजुभाई तथा दिदी–बहिनीसँग टाढा हुनुहुन्छ ? यदि टाढा हुनुहुन्छ भने आफ्नो दिदी–बहिनी दाजुभाइसँग रक्षा बन्धन लगाउन नपाउनु या उपहार दिन नपाउनुको कमी पक्कै महसुस गर्दै हुनुहुन्छ होला ।

यो पावन अवसरमा आफ्नो दिदी–बहिनी दाजुभाइ सँगसँगै नहुनु कति दुःखद हुन्छ हामीले बुझेका छौँ । यही कमीलाई केही हदसम्म पूरा गर्न हाम्रो पात्रोले हाम्रो रिचार्ज सेवा लिएर आएको छ, जहाँ हजुरहरूले नेपालमा बस्नुभएका दिदी–बहिनी तथा दाजुभाईलाई उपहार स्वरुप हाम्रो रिचार्ज प्रयोग गरी खुसी बाड्न सक्नुहुनेछ ।

क्वाति खाने दिन

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ ।

पानीमा भिजाई राखिएको ९ प्रकारका गेडागुडीहरू (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

नेवार समुदायले आज गुंपुन्हि मनाउँछन् । यही गुंपुन्हिको दिन विभिन्न ९ थरी गेडागुडी पकाएर बनाइने क्वाति खाने भएकोले यसलाई क्वाति पुन्हि पनि भनिन्छ। गुंपुन्हि पर्वको नाम यो पर्व पर्ने महिनाको नामसँग पनि जोडिएको छ। नेपाल सम्वतअनुसार यो पर्व गुंला महिनामा पर्न आउँछ। गुंलाको पुन्हि भएकोले यसको नाम गुंपुन्हि भएको भन्ने पनि चलन छ।

क्वाति पकाउने आ–आफ्नै तरिका हुन्छ । भुटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाति तयार पारिन्छ । आजको दिन क्वाति खाएमा पाचनक्रियासँग सम्बन्धित रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ ।

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ । परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ । तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई–हामी जहाँ छौंँ, जे गर्दैछौँ ।

आजको यो सांस्कारिक काँचो धागो वा दाजु–भाई, दिदी–बहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँ युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् । सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।

संस्कृत दिवस

संस्कृत भाषाको वस्तुगत महत्वलाई जनसमक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिनमै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो ।

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार–प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुँदा पनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो । आजको दिन देशभर संस्कृत जागरणका लागि विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ ।  (हाम्रो पात्रो)

]]>
https://pradeshaawaj.com/?feed=rss2&p=16554 0
test